F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

|| पुस्तकालय || ICT || कार्य सम्पादन सम्पन्न || प्रतिवेदन ||

Print Friendly and PDF

 पुस्तकालय  तथा  ICT  कार्य सम्पादन सम्पन्न  प्रतिवेदन

  • परिभाषा र प्रयोजन
    प्रविधिको क्षेत्रमा समेत पहुँचको कमी रहेको छ । त्यसको अलावा  सेवाक्षेत्रभित्रका अध्ययनरत विद्यार्थीहरुलाई शिक्षण सिकाईको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्न सैद्धान्तिक ज्ञानका साथै प्राविधिक ज्ञानको पनि नियमित कक्षा सञ्चालन गर्न आवश्यक छ । त्यसैगरी विद्यालयमा विद्यार्थीको संख्या अनुसार भौतिक पूर्वाधार एवम् शैक्षिक गुणस्तरमा समस्याहरु देखा परेका छन् । विद्यालयमा उपयुक्त पुस्तकालय, विज्ञान तथा प्राविधिक प्रयोगशाला, खानेपानी, शैक्षिक सामाग्री, खेलकुद सामाग्री, लगायत अन्य आवश्यक भौतिक पूर्वाधार सहित शिक्षण गर्न अति आवश्यक देखिएकोले तत्काल यस समस्यालाई समाधान नगरिए शैक्षिक  वातावरणमा असर पर्ने देखिएकाले गुणस्तरीय शैक्षिक वातावरलाई यथावत राखी दक्ष जनशक्ति उत्पादनमा जोड दिई निरन्तरता दिने उद्देश्यले नेपाल सरकारको आ.व. ०८०/०८१ को नीति कार्यक्रम बमोजिम भेरीगंगा नगरपालिका शिक्षा शाखा मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर–नेपालको भौतिक पूर्वाधार निर्माण भवन तथा अन्य कार्यक्रम सञ्चालन बमोजिम विद्यालयमा पुस्तकालय तथा ICT व्यवस्थापनको आवश्यकता परेको हुदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा प्रस्तावना तयार गरी मिति २०८१/०२/०२ पेश गरिएको  थियो ।  सोहि अनुसार विद्यालयमा पुस्तकालय तथा ICT स्थापना गरिएको जानकारी गराउन चाहन्छौ |
 शिक्षा युवा तथा खेलकुद शाखाको अनुगमन 
  • परिकल्पना 

“बालमैत्री, अपाङ्गमैत्री तथा प्रविधिमैत्री शिक्षण सिकाइमा विद्यालयमा पुस्तकालय तथा ICT व्यवस्थापन को व्यवस्थापन श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घारिवनको आवश्यकता र पहिचान”
विद्यार्थीभाईबहिनिहरुको पुस्तकालयको प्रयोग
  • लक्ष्य 
शैक्षिक सत्र २०८१ मा विद्यालयमा पुस्तकालय तथा ICT व्यवस्थापन सञ्चालन गरी शिक्षण क्रियाकलापलाई डिजीटल प्रविधिद्धरा सन्चालन गर्ने । 
विद्यार्थीभाईबहिनिहरुको पुस्तकालयको प्रयोग
  • आयोजनाको उद्देश्य
भेरीगंगा नगरपालिकाको वडा नं.६ को घारिवनमा वि.व्य.स, शिक्षक, अभिभावक, र विद्यार्थीहरुको आवश्यकता र मागलाई ध्यानमा राखि आयोजनाले उद्देश्य निर्धारण गरेको छ ।
विद्यार्थीभाईबहिनिहरुको ICT को प्रयोग
    • विद्यार्थी संख्याको आधारमा पुस्तकालय को अभावलाई पूर्ति गर्न ।
    • विद्यालयमा पर्याप्त मात्रामा सन्दर्भ सामग्री, शैक्षिक सामग्री, विज्ञान सामग्रि तथा खेलकुद सामग्रीहरुको व्यवस्थापन गर्ने ।
    • विद्यालयमा भौतिक, शैक्षिक, प्रशासनिक, सामाजिक र शैक्षिक गुणस्तर बृद्धि गर्ने । 
    • सेवा क्षेत्रभित्रका सम्पूर्ण बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउने र गुणस्तरीय शिक्षा प्रदानमा भुमीका निर्वाह गर्ने ।
    • पुस्तकालय को स्थापना गरी प्रविधिमैत्री शिक्षण सिकाईको विकास गर्ने ।
    • विद्यार्थी संख्याको आधारमा विद्यालयमा पुस्तकालय तथा ICT व्यवस्थापन को अभावलाई पूर्ति गर्न ।
    • बालमैत्री, अपाङ्गमैत्री, आधुनिक प्रविधिमैत्री विद्यालयमा पुस्तकालय तथा ICT व्यवस्थापन को व्यवस्थापन गर्न ।
    • विद्युत तथा इन्टरनेट सुविधामा बृद्धि गर्ने ।
    • विद्यालयमा पुस्तकालय तथा ICT व्यवस्थापन को स्थापना गरी प्रविधिमैत्री शिक्षण सिकाईको विकास गर्ने ।
विद्यार्थीभाईबहिनिहरुको पुस्तकालयको प्रयोग

"श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन"
विद्यालय परिवार

Post a Comment

0 Comments