F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत || मिमि २०८० -०६-१२ गते || संचालीत्त कार्यक्रम || हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिता

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन

कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न. ६ सुर्खेत,नेपाल

विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत मिमि २०८० -०६-१२ गते संचालीत्त कार्यक्रमको प्रतिवेदन
मिति :२०८०-०६-१२

? परिचय :

भेरिगंगा नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाको बार्षिक कार्यपात्रो  अनुसार भेरिगंगा नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले प्रत्येक शुक्रबारे अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्नेमा यस विद्यालयको बार्षिक शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मिति २०८०-०६-१२ गते शुक्रबारको दिन कक्षा ४-८ हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिता संचालन गरि सम्पन्न गरिएको छ ।   ? कार्यक्रमको विवरण :

o   कार्याक्रमको नाम             : हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिता

o   शिर्षक छनोट                   : कक्षा (४-८) हिन्जे शब्दावली अंग्रेजी

o   स्थान                             : विद्यालय

o   जम्मा साहभागी संख्या      : कक्षा (५-८) २५ जना

o   समूह विभाजन                 : सहभागी विद्यार्थीलाई ५ समूह विभाजन

o   उपस्थित                         : प्रधानाध्यापक,शिक्षक,कर्मचारी, अभिभावक तथा विद्यार्थी भाइबहिनिहरु

? उद्देश्य :

धेरै भन्दा धेरै विद्यार्थीभाईबहीनीहरुलाई शुक्रबारे कार्यक्रम हिन्जे शब्दावली अंग्रेजी प्रतियोगितामा सहभागी बनाई विद्यार्थीको अंग्रेजी शब्दावलीको ज्ञान तथा अतिरिक्त क्रियाकलप प्रतिको सिकाई,आत्मबल,मनोबल बढाउनुको साथै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई स्वच्छ प्रतिस्पर्धा गराउने ।

? प्रस्थावना पेश :

1.  सर्वप्रथम १२:०० बजे तिर कार्यक्रको रुपरेखा तयार पारि कामको जिमेवारी बाडफाट गरि कार्यक्रम संञ्चालन गनुपुर्व सहभागी विद्याथीहरुलाई बोलाई कार्यक्रममा सहभागी भाईबहिनिहरुलाई छिटा  तान्न  लगाई  सहभागी भाइबहिनीहरुलाई ५ समुहमा कक्षा (४-८) विभाजन गरि हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिताको खेलमैदान तयार गरि तपशिलका नियमहरु पालना गर्ने निर्देशन दिएयो । साथै यस कार्यक्रमलाइ निर्णायका लागि मुल्यांकन मापनको खाका सेतो पाटीमा तयार गरि अंक टिपोटको जिम्मा श्री दुर्ग बहादुर घर्तीलाई दिएको थियो तथा कार्यक्रमको संचालन श्री झलक वली ले गर्नु भएको थियो अन्य पक्षको व्यावस्थापनको लागि यसै विद्यालयका शिक्षकहरुलाई दिएको थियो |

नियमहरु :

1.   हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिताका नियमहरुको जानकारी दिएको थियो ।

2.   हिन्जे शब्दावली अंग्रेजीको लागि घन्टी पालक  तथा प्रतियोगिताको नियमहरुको जानकारी गराइएको थियो |

2.  कक्षा (४-८) लाइ हिन्जे शब्दावली अंग्रेजी प्रतियोगितामा एक हप्ता अगाडी कार्यक्रम तयार पारियो । कार्यक्रम संचालक बाट (Start) शब्दको सुरु गर्दै कार्यक्रमको सुरुवात कक्षा (४-८) शिक्षक श्री झलक वली तथा यसै विद्यालयका शिक्षकहरुले भएको  थियो । साथै अन्य शिक्षकहरुले सहयोगी भूमिका खेल्नु भएको थियो ।

3.  सहभागी विद्यार्थी भाइबहिनीहरुलाई  हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिता कार्यक्रमको जानकारी गराउदै समुहगत रुपमा पालै पालो आ-आफ्नो भागमा परेको अंग्रेजी शब्दको अन्तिम अक्षर बाट हिन्जे शब्दावली अंग्रेजी प्रतियोगीतामा सहभागी भाइबहिनिहरु ब्यस्त रहनु भयो । लगभग १:५० तिर कार्यकम सकिएपछी मुल्यांकन मापनको खाका सेतो पाटीमा तयार गरि अंक प्राप्त भए अनुसार २:०० बजे तिर अन्तिम नतिजा प्रकासन गरियो ।

4.  यस कार्यक्रममा हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिता लगभग ३५० अंग्रेजी शब्दहरु प्रयोगमा आएका थिए

५.      यसपछि यस कार्यक्रममा मुल्यांकन मापनको नेतृव गर्ने शिक्षकले समूह अनुसार नतिजा तयार पार्नु भयो र क्रमश:

? ठुलोखाली समूह :

मनिषा खत्री

तृतीय स्थान

? घारिवन समूह :

धीरता घर्ती मगर

तृतीय स्थान

? नाच्ने समूह :

सुमन खड्का

प्रथम स्थान

? तिल्केनी समूह :

संगीता घर्ती मगर

द्वतीय स्थान

? किच समूह

लक्ष्मी खड्का

तृतीय स्थान

नोट : माथिको प्रत्येक समुहमा ५ जना सहभागी राखिएको थियो | मूल्यांकनमा प्रथम समुहले ३ अंक द्वतीय समुहले २ अंक र अन्य समुहले ० अंक प्राप्त गरेका थिए | यसको निचोडमा प्रत्येक समुहमा जम्मा ५ वटा अंग्रेजी शब्दको अन्तमा अन्य शब्द बनाउन नसकेर पाएको नम्बर रहेको जानकारी गराइन्छ |

माथिको स्थान प्राप्त गर्ने बिद्यार्थी भाइबहिनीहरुलाई मनोबल बढाउनको लागि अबिर,चकलेट तथा स्याबासी दिएर पुस्कृत गर्दै आउदा कार्यक्रम मा अन्य भाइबहिनिहरुलाई  हौसल्ला प्रधान गरियो ।

? कार्यक्रमका केहि तस्विरहरु:







? कार्यक्रम गर्दा देखिएका समस्याहरु:

1.       हिन्जे शब्दावली अंग्रेजी पर्तियोगिता मूल्यांकनमा पहिले अलिकति समस्या भएको थियो ।

2.       कार्यक्रम सकिन समय लागेको थियो ।

3.       विद्याथीलाइ हिन्जे शब्दावली अंग्रेजीको अभ्यास नभएका कारण विद्यार्थी  धेरै फल गरेका आदि ।

4.       साना विद्यार्थीलाइ हिन्जे शब्दावली अंग्रेजी प्रतियोगिता सहभारी गराउन नसकिएको |

? कार्यक्रको मुल्यांकन,निस्कर्ष,शुझाबहरु :

1.       विद्यार्थी लाइ अभ्यास गराई  सिकाउनु पर्ने ।

2.       साना विद्यार्थी  सबै जनालाई  अन्य समयमा पनि अतिरिक्त क्रियाकलापमा  सहभागी गराउनु पर्ने ।

अन्तमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीको सामुहिक छलफलमा अघिल्लो शुक्रबार गरिएको कविता प्रतियोगीताको प्रतिवेदन वाचन, कमिकमजोरी, सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।


....................                                              .........................                                  .........................
तयार पार्ने                                                   रुजु गर्ने                                                  प्रमाणित गर्ने
श्री झलक वली                                         श्री दुर्ग बहादुर घर्ती                                      श्री शिवजंग वली

Post a Comment

0 Comments