F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत || मिमि २०८० -०५-२२ गते || संचालीत्त कार्यक्रम || सटफुट प्रतियोगिता

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन

कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न. ६ सुर्खेत,नेपाल

विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत मिमि २०८० -०५-२२ गते संचालीत्त कार्यक्रमको प्रतिवेदन

मिति :२०८०-०५-२२

? परिचय :

भेरिगंगा नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाको बार्षिक कार्यपात्रो  अनुसार भेरिगंगा नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयले प्रत्येक शुक्रबारे अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्नेमा यस विद्यालयको बार्षिक शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मिति २०८०-०५-२२ गते शुक्रबारको दिन कक्षा १-४ तातोआलु  तथा कक्षा ५-८ सम्म सटफुट प्रतियोगिता संचालन गरि सम्पन्न गरिएको छ ।   

? कार्यक्रमको विवरण :

o   कार्याक्रमको नाम             : सटफुट प्रतियोगिता

o   शिर्षक छनोट                   : कक्षा (१-४) तातोआलु प्रतियोगिता, कक्षा (५-८) सटफुट

o   स्थान                             : विद्यालय

o   जम्मा साहभागी संख्या      : कक्षा (१-४) सम्म-सबै जना , कक्षा (५-८) सबै जना

o   समूह विभाजन                 : विद्यार्थीको स्तर अनुसार २  समूह विभाजन

o   उपस्थित                        : प्रधानाध्यापक,शिक्षक,कर्मचारी, अभिभावक तथा विद्यार्थी भाइबहिनिहरु

? उद्देश्य :

धेरै भन्दा धेरै विद्यार्थीभाईबहीनीहरुलाई शुक्रबारे कार्यक्रम तातोआलु तथा सटफुट प्रतियोगितामा सहभागी बनाई विद्यार्थीको बोल्ने अतिरिक्त क्रियाकलप प्रतिको सिकाई,आत्मबल,मनोबल बढाउनुको साथै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई स्वच्छ प्रतिस्पर्धा गराउने ।

? प्रस्थावना पेश :

1.  सर्वप्रथम १२:०० बजे तिर कार्यक्रको रुपरेखा तयार पारि कामको जिमेवारी बाडफाट गरि कार्यक्रम संञ्चालन गनुपुर्व सहभागी विद्याथीहरुलाई बोलाई कार्यक्रममा सहभागी भाईबहिनिहरुलाई २ समुहमा कक्षा (१-४), कक्षा (५-८) विभाजन गरि तातोआलु तथा सटफुट प्रतियोगिताको खेलमैदान तयार गरि तपशिलका नियमहरु पालना गर्ने निर्देशन दिएयो । साथै यस कार्यक्रमलाइ निर्णायका लागि मुल्यांकन मापनको खाका तयार गरि यसको जिम्मा श्री दुर्ग बहादुर घर्तीलाई दिएको थियो तथा अन्य पक्षको व्यावस्थापनको लागि यसै विद्यालयका शिक्षकहरुलाई दिएको थियो |

नियमहरु :

1.   सटफुट प्रतियोगिताका नियमहरुको जानकारी दिएको थियो ।

2.  तातोआलुको लागि घन्टी पालक तथा तातोआलु प्रतियोगिताको नियमहरुको जानकारी गराइएको थियो |

2.  कक्षा (१-४) लाई तातोआलु प्रतियोगिता, कक्षा (५-८) लाइ सटफुट प्रतियोगितामा एक हप्ता अगाडी कार्यक्रम तयार पारियो । क्रमश: यसको नेतृत्व कक्षा (१-४) शिक्षक गीता खत्री, कक्षा (५-८) शिक्षक श्री झलक वली तथा यसै विद्यालयका शिक्षकहरुले भएको  थियो । साथै अन्य शिक्षकहरुले सहयोगी भूमिका खेल्नु भएको थियो ।

3.  यस कार्यक्रममा तातोआलु तथा सटफुट प्रतियोगिताको आवश्यक पर्ने निर्णायक कपि यसै विद्यालयका शिक्षक श्री हरिमाया वली, शिक्षक श्री दुर्ग बहादुर घर्तीले तयार पार्नु भएको थियो ।

५.      सहभागी विद्यार्थी भाइबहिनीहरुलाई  तातोआलु तथा सटफुट प्रतियोगिता कार्यक्रमको जानकारी गराउदै समुहगत रुपमा पालै पालो आ-आफ्नो भागमा परेको शिर्षक अनुसारको  तातोआलु तथा सटफुट प्रतियोगीतामा सहभागी भाइबहिनिहरु ब्यस्त रहनु भयो । लगभग १:५० तिर कार्यकम सहभागीको भनाइ सकिएपछी मुल्यांकन गर्ने मुल्यांकन कपि को आधारमा तिन जना निर्णायक मण्डलको कपि प्राप्त गरि २:०० बजे तिर अन्तिम नतिजा प्रकासन गरियो ।

६.      यसपछि यस कार्यक्रममा नेतृव गर्ने शिक्षकले नतिजा तयार पार्नु भयो र क्रमश:

? कक्षा (१-४)  तातोआलु प्रतियोगिता बाट  :

प्रथम : सुमन परियार - कक्षा -२

द्वातिया : टंक बुढाथोकी कक्षा -१

तृतीय : एन्जु पुन मगर कक्षा -१

सान्तोना : अनिता परियार - ४

? कक्षा (५)  बाट - सटफुट :

प्रथम: बसन्त विस्ट कक्षा -५ १४.१७ मि

द्वातिया : युबराज खड्का कक्षा -५

-४.११ मि

? कक्षा (६-८) बाट : सटफुट

प्रथम- स्थान श्री लोकेश डाँगी -८ -२५.९८.मि

द्वातिय- स्थान श्री पवन वली -८  -२५.७५ मि

तृतीय- स्थान श्री भरत बुढाथोकी -८  २५.४६ मि

सान्त्वना स्थान  श्री  पवन बुढा मगर- ८ २४.६९ मि

माथिको स्थान प्राप्त गर्ने बिद्यार्थी भाइबहिनीहरुलाई मनोबल बढाउनको लागि अबिर,चकलेट तथा स्याबासी दिएर पुस्कृत गर्दै आउदा कार्यक्रम मा अन्य भाइबहिनिहरुलाई  हौसल्ला प्रधान गरियो ।

? कार्यक्रमका केहि तस्विरहरु:



















? कार्यक्रम गर्दा देखिएका समस्याहरु:

1.   सटफुट पर्तियोगिता मूल्यांकनमा दुरी नप्नको  लागि समस्या भएको थियो आवश्यक नापका सामग्री नभएकोले  

2.       विद्यार्थीमा पुर्व तयारी नभएको ।

3.       विद्याथीलाइ सटफुटको अभ्यास नभएका कारण विद्यार्थी  धेरै फल गरेका आदि ।

4.       साना विद्यार्थीलाइ सटफुट प्रतियोगिता सहभारी गराउन नसकिएको |

? कार्यक्रको मुल्यांकन,निस्कर्ष,शुझाबहरु :

1.       विद्यार्थी लाइ अभ्यास गराई  सिकाउनु पर्ने ।

2.   विद्यालयमा आवश्यक पर्ने  खेलकुद सामग्री हुनुपर्ने तथा पुर्व तयारी बिना एक्कासी खेलमा समाबेस गर्दा  विद्यार्थी अलमल परेका ।

3.    साना विद्यार्थी  सबै जनालाई  अन्य समयमा पनि अतिरिक्त क्रियाकलापमा  सहभागी गराउनु पर्ने ।

अन्तमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीको सामुहिक छलफलमा अघिल्लो शुक्रबार गरिएको कविता प्रतियोगीताको प्रतिवेदन वाचन, कमिकमजोरी, सुधार गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

 

....................                                         .........................                        .........................
तयार पार्ने                                              रुजु गर्ने                                      प्रमाणित गर्ने
श्री टिका बुढा                                         श्री झलक वली                             श्री शिवजंग वली

Post a Comment

0 Comments