F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत || मिमि २०८० -०५-०१ गते || संचालीत्त कार्यक्रम || कविता प्रतियोगिता

Print Friendly and PDF

 श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन

कर्णाली प्रदेश

भेरिगंगा नगरपालिका वडा न. ६ सुर्खेत,नेपाल

विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत मिमि २०८० -०५-०१ गते संचालीत्त कार्यक्रमको प्रतिवेदन

मिति :२०८०-०५-०१


? ?परिचय :

भेरिगंगा नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाको बार्षिक कार्यपात्रो  अनुसार भेरिगंगा नगरपालिकाका सम्पूर्ण सामुदायक विद्यालयले प्रत्येक शुक्रबारे अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्नेमा यस विद्यालयको बार्षिक शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मिति २०८०-०५-०१ गते शुक्रबारको दिन कक्षा १ देखि कक्षा ८ सम्म कविता प्रतियोगिता संचालन गरि सम्पन्न गरिएको छ । 

? कार्यक्रमको विवरण :

o   कार्याक्रमको नाम             : कविता प्रतियोगिता

o   शिर्षक छनोट                   : कक्षा (१-५) , आफ्नो कला प्रस्तुति कक्षा (६-८) कविता प्रतियोगिता

o   स्थान                             : विद्यालय

o   जम्मा साहभागी संख्या      : कक्षा (१-५) सम्म-सबै जना , कक्षा (६-८) १७ जना

o   समूह विभाजन                 : विद्यार्थीको स्तर अनुसार २ तहमा विभाजन

o   उपस्थित                         : प्रधानाध्यापक,शिक्षक,कर्मचारी, अभिभावक तथा विद्यार्थी भाइबहिनिहरु

??उद्देश्य :

धेरै भन्दा धेरै विद्यार्थीभाईबहीनीहरुलाई शुक्रबारे कार्यक्रम 'कविता प्रतियोगितामा' सहभागी बनाई विद्यार्थीको बोल्ने तथा लयात्मक कविता वाचन कोक्षमताविकास/कविता प्रतिको सिकाई,आत्मबल,मनोबल बढाउनुको साथै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई स्वच्छ प्रतिस्पर्धि गराउने ।

??प्रस्थावना पेश :

  • 1.  सर्वप्रथम १२:०० बजे तिर कार्यक्रको रुपरेखा तयार पारि कामको जिमेवारी बाडफाट गरि कार्यक्रम संञ्चालन गनुपुर्व सहभागी विद्याथीहरुलाई बोलाई कार्यक्रममा सहभागी भाईबहिनिहरुलाई २ समुहमा कक्षा (१-५), कक्षा (६-८) विभाजन गरि तपशिलका नियमहरु पालना गर्ने निर्देशन दिएयो । साथै यस कार्यक्रमलाइ औपचारिक रुपमा कायक्रमको सभाअध्यक्ष श्री चन्द्रकला खड्का, निर्णायक मण्डलमा श्री विमला बुढा, श्री दुर्ग बहादुर घर्ती, श्री झलक वली वलीले गर्नु भएको थियो र कार्यक्रम संचालन यसै विद्यालयकि शिक्षक श्री गीता खत्रीले गर्नु भएको थियो
  • 2.  कक्षा (१-५) लाई  'आफ्नो कला प्रस्तुति', कक्षा (६-८) ' कविता प्रतियोगिता' शिर्षकमा एक हप्ता अगाडी कार्यक्रम तयार पारियो । क्रमश: यसको नेतृत्व कक्षा (१-५) शिक्षक टिका बुढा, कक्षा (६-८) शिक्षक श्री गीता खत्री ले गर्नु भएको  थियो । साथै अन्य शिक्षकहरुले सहयोगी भूमिका खेल्नु भएको थियो ।
  • 3.  यस कार्यक्रममा आवश्यक पर्ने निर्णायक कपि यसै विद्यालयका शिक्षक श्री झलक वलीले तयार पार्नु भएको थियो ।
  • ४.      सहभागी विद्यार्थी भाइबहिनीहरुलाई कविता प्रतियोगिता कार्यक्रमको शिर्षकको जानकारी गराउदै तहगत रुपमा आ-आफ्नो भागमा परेको शिर्षक अनुसारको कविता पर्तियोगीतामा सहभागी भाइबहिनिहरु ब्यस्त रहनु भयो । लगभग १:५० तिर कार्यकम सहभागीको भनाइ सकियापछी मुल्यांकन गर्ने मुल्यांकन कपि को आधारमा तिन जना निर्णायक मण्डलको कपि प्राप्त गरि २:०० बजे तिर अन्तिम नतिजा प्रकासन गरियो ।
  • ५.      यसपछि यस कार्यक्रममा नेतृव गर्ने शिक्षकले नतिजा तयार पार्नु भयो र क्रमश:

? कक्षा (१-३) बाट :

सबै जना सहभागीलाई

मनोबल बढाउने गरि

हौसल्ला प्रदान गरियो

? कक्षा (४-५)  बाट :

सबै जना सहभागीलाई

मनोबल बढाउने गरि

हौसल्ला प्रदान गरियो

? कक्षा (६-८) बाट :

प्रथम- स्थान श्री संगीता घर्ती मगर -८

द्वातिय- स्थान श्री मनिषा खत्री-८  

तृतीय- स्थान श्री हिमा राडी मगर, भावना बुढा मगर, धीरता घर्ती मगर -७

सान्त्वना स्थान  श्री तुल्शी खत्री -७

माथिको स्थान प्राप्त गर्ने बिद्यार्थी भाइबहिनीहरुलाई मनोबल बढाउनको लागि अबिर,चकलेट तथा स्याबासी दिएर पुरस्कृत गर्दै आउदा कार्यक्रम मा अन्य भाइबहिनिहरुलाई  हौसला प्रधान गरियो ।

? ?कार्यक्रमका केहि तस्विरहरु:










? ?कार्यक्रम गर्दा देखिएका समस्याहरु:

1.     कविता प्रतियोगिता समान अंक भएकोले स्तर निर्धारण गर्न समस्या भएको 

2.    विद्यार्थीमा पुर्व तयारी नभएको ।

3.     विद्याथीलाइ कविताको अभ्यास नभएका कारण विद्यार्थी बोल्नमा अलमलमा परेका ।

? ?कार्यक्रको मुल्यांकन,निस्कर्ष,शुझाबहरु :

1.     विद्यार्थी वाचन  लयबद्ध नभएका कारण अलमल परेकाले  सिकाउनु पर्ने ।

2.    बोल्दा आवश्यक पर्ने सामग्री तथा पुर्व तयारी बिना एकासी बोल्न जादा विद्यार्थी अन्मलमा परेका ।

3.     विद्यार्थी  सबै जनालाई अभ्यास गराउनु 

अन्तमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीको सामुहिक छलफलमा अघिलो शुक्रबार गरिएको वादबिबाद प्रतियोगिताको प्रतिवेदन वाचन, कमिकमजोरी, सुधार गर्नुपर्ने विषयम छलफल गरिएको थियो ।

 

 

 

....................                                         .........................                                     .........................

तयार पार्ने                                               रुजु गर्ने                                                  प्रमाणित गर्ने

श्री गीता खत्री                                         श्री दुर्ग बहादुर घर्ती                                   श्री शिवजंग वली

Post a Comment

0 Comments