F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

वक्तित्वकला प्रतियोगिता || २०८०-०४-१९ गते || शुक्रबार

Print Friendly and PDF
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन
कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न. ६ सुर्खेत,नेपाल
विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत मिमि २०८० -०४-१९ गते संचालीत्त कार्यक्रमको प्रतिवेदन

मिति :२०८०-०४-१९
  • परिचय :
भेरिगंगा नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाको बार्षिक कार्यपात्रो अनुसार भेरिगंगा नगरपालिकाका सम्पूर्ण सामुदायक विद्यालयले प्रत्येक शुक्रबारे अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्नेमा यस विद्यालयको बार्षिक शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मिति २०८०-०४-१९ गते शुक्रबारको दिन कक्षा १ देखि कक्षा ८ सम्म वक्तित्वकला प्रतियोगिता संचालन गरि सम्पन्न गरिएको छ ।
  • कार्यक्रमको विवरण :
    • कार्याक्रमको नाम : वक्तित्वकला प्रतियोगिता
    • शिर्षक छनोट : कक्षा (१-३) 'मेरो परिवार', कक्षा (४-५) 'मेरो विद्यालय', कक्षा (६-८) 'मेरो देश नेपाल'
    • स्थान : विद्यालय
    • जम्मा साहभागी संख्या : कक्षा (१-३) सम्म-९ जना , कक्षा (४-५) सम्म-८ जना, कक्षा (६-८) सम्म-२१ जना,
    • समूह विभाजन : विद्यार्थीको स्तर अनुसार ३ तहमा विभाजन
    • उपस्थित : प्रधानाध्यापक,शिक्षक,कर्मचारी, अभिभावक तथा विद्यार्थी भाइबहिनिहरु
  • उद्देश्य :
धेरै भन्दा धेरै विद्यार्थीभाईबहीनीहरुलाई शुक्रबारे कार्यक्रम 'वक्तित्वकला प्रतियोगितामा' सहभागी बनाई विद्यार्थीको बोल्ने क्षमताविकास/कला प्रतिको शिकाई,आत्मबल,मनोबल बढाउनुको साथै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई स्वच्छ प्रस्तिस्पर्दी गराउने ।
  • प्रस्थावना पेश :
१. सर्वप्रथम १२:०० बजे तिर कार्यक्रको रुपरेखा तयार पारि कामको जिमेवारी बाडफाट गरि कार्यक्रम संञ्चालन गनुपुर्व सहभागी विद्याथीहरुलाई बोलाई कार्यक्रममा सहभागी भाईबहिनिहरुलाई ३ समुहमा कक्षा (१-३), कक्षा (४-५), कक्षा (६-८) विभाजन गरि तपशिलका नियमहरु पालना गर्ने निर्देशन दिएयो । साथै यस कार्यक्रमलाइ औपचारिक रुपमा कायक्रमको सभाअध्यक्ष श्री हरिमाया वली, निर्णायक मण्डलमा श्री दुर्ग बहादुर घर्ती, श्री बिमला बुढा मगर, श्री बिर्मा कुमारी वलीले गर्नु भएको थियो र कार्यक्रम संचालन यसै विद्यालयकि शिक्षक श्री टिका बुढाले गर्नु भएको थियो |
  • नियमहरु :
    • चिट वा कुनै कागजमा हेरेर बोल्न वा नक्कल गर्न पाईने छैन ।
    • बोल्ने समय जम्मा ५ मिनेटको हुने छ ।
    • जनाउ घन्टी १ मिनेट बाकी रहदा बज्ने छ यसपछि आफ्ना भनाइहरु अन्त्य गर्नु पर्ने छ ।
    • बोल्दा कसैलाई आक्षेप,अप्ठारो पर्ने गरि बोल्न पाइने छैन ।
    • निर्णायक मण्डलको अन्तिम निर्णय नै अन्तिम निर्णय हुने छ आदि ।
२. कक्षा (१-३) लाई 'मेरो परिवार', कक्षा (४-५) 'मेरो विद्यालय', कक्षा (६-८) 'मेरो देश नेपाल' शिर्षकमा एक हप्ता अगाडी कार्यक्रम तयार पारियो । क्रमश: यसको नेतृत्व कक्षा (१-३) शिक्षक बिर्मा खत्री वली, कक्षा (४-५) शिक्षक श्री विमला बुढा र कक्षा (६-८) शिक्षक श्री टिका बुढाले गर्नु भएको थियो । साथै अन्य शिक्षकहरुले सहयोगी भूमिका खेल्नु भएको थियो ।

३. यस कार्यक्रममा आवश्यक पर्ने निर्णायक कपि यसै विद्यालयका शिक्षक श्री झलक वलीले तयार पार्नु भएको थियो ।

४. सहभागी विद्यार्थी भाइबहिनीहरुलाई वक्तित्वकला प्रतियोगिता कार्यक्रमको शिर्षकको जानकारी गराउदै तहगत रुपमा आ-आफ्नो भागमा परेको शिर्षक अनुसारको वक्तित्वकला पर्तियोगीतामा सहभागी भाइबहिनिहरु ब्यस्त रहनु भयो । लगभग १:५० तिर कार्यकम सहभागीको भनाइ सकियापछी मुल्यांकन गर्ने मुल्यांकन कपि को आधारमा तिन जना निर्णायक मण्डलको कपि प्राप्त गरि २:०० बजे तिर अन्तिम नतिजा प्रकासन गरियो ।

६.  यसपछि यस कार्यक्रममा नेतृव गर्ने शिक्षकले नतिजा तयार पार्नु भयो र क्रमश:

? कक्षा (१-३) बाट :

प्रथम- स्थान श्री सुस्मिता परियार-३

द्वातिय- स्थान श्री  विद्यादेवी खड्का-३

तृतीय- स्थान श्री  ललिता खत्री-३

सान्त्वना स्थान श्री  बविता बुढा मगर-२

? कक्षा (४-५)  बाट :

प्रथम- स्थान श्री  सलिना बुढा मगर-४

द्वातिय- स्थान श्री पुस्कर खत्री-४

तृतीय- स्थान श्री लिला खत्री-४

सान्त्वना स्थान श्री युबराज खड्का-५

? कक्षा (६-८) बाट :

प्रथम- स्थान श्री सुमन खड्का-७

द्वातिय- स्थान श्री धीरता घर्ति मगर-७  

तृतीय- स्थान श्री तुल्सी खत्री-७

सान्त्वना स्थान  श्री मनिषा खत्री-८

माथिको स्थान प्राप्त गर्ने बिद्यार्थी भाइबहिनीहरुलाई मनोबल बढाउनको लागि अबिर,चकलेट तथा स्याबासी दिएर पुस्कृत गर्दै आउदा कार्यक्रम मा अन्य भाइबहिनिहरुलाई  हौसल्ला प्रधान गरियो ।

  •  कार्यक्रमका केहि तस्विरहरु: 











  • कार्यक्रम गर्दा देखिएका समस्याहरु:
    1. बक्तित्वकला पर्तियोगिता मूल्यांकनमा समस्या ।
    2. विद्यार्थीमा पुर्व तयारी नभएको ।
    3. विद्याथीलाइ वक्तित्वकलाको अभ्यास नभएका कारण विद्यार्थी बोल्नमा अक्मकियाको ।

  • कार्यक्रको मुल्यांकन,निस्कर्ष,शुझाबहरु :
    1. विद्यार्थी बोल्दा कहाबाट कसरि सुरु गर्ने भन्ने विषयमा अलमल परेका कारण क्रमबढ्द तरिकाले बोल्न सिकाउनु पर्ने ।
    2. बोल्दा आवश्यक पर्ने सामग्री तथा पुर्व तयारी बिना एकासी बोल्न जादा विद्यार्थी अन्मलमा परेका ।
    3. साना विद्यार्थी  सबै जनालाई अभ्यास गराउनु पर्ने ।

अन्तमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीको सामुहिक छलफलमा अघिलो शुक्रबार गरिएको नाच पर्तियोगीताको प्रतिवेदन वाचन, कमिकमजोरी, सुधार गर्नुपर्ने विषयम छलफल गरिएको थियो ।

 

तयार पार्ने                                                 रुजु गर्ने                                                  प्रमाणित गर्ने

श्री टिका बुढा                                           श्री झलक वली                                          श्री शिवजंग वली


Post a Comment

0 Comments