
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन
कर्णाली प्रदेश
भेरिगंगा नगरपालिका वडा न. ६ सुर्खेत,नेपाल
विद्यालयको शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत मिमि २०८० -०२-१२ गते संचालीत्त कार्यक्रमको प्रतिवेदन मिति :२०८०-०२-१२
- परिचय :
- भेरिगंगा नगरपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाको बार्षिक कार्यपात्रो अनुसार भेरिगंगा नगरपालिकाका सम्पूर्ण सामुदायक विद्यालयले प्रतेक शुक्रबारे अतिरिक्त क्रियाकलाप संचालन गर्नु पर्नेमा यस विद्यालयको बार्षिक शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत मिति २०८०-०२-१२ गते शुक्रबारको दिन कक्षा १ देखि कक्षा ८ सम्म चित्रकला प्रतियोगिता संचालन गरि सम्पन्न गरिएको छ ।
- कार्यक्रमको विवरण :
- कार्याक्रमको नाम : चित्रकला प्रतियोगिता
- चित्रकलाको छनोट : नेपालको झण्डा, राष्ट्रिय जनावर गाई, नेपालको नक्शा नामसहित प्रदेश विभाजन
- स्थान : विद्यालय
- जम्मा साहभागी संख्या : कक्षा (१-३) सम्म-२६ जना , कक्षा (४-५) सम्म-१७ जना, कक्षा (६-८) सम्म-३० जना,
- समूह विभाजन : विद्यार्थीको स्तर अनुसार ३ तहमा विभाजन
- उपस्थित : प्रधानाध्यापक,शिक्षक,कर्मचारी तथा विद्यार्थी भाइबहिनिहरु
- उद्देश्य :
- धेरै भन्दा धेरै विद्यार्थीभाईबहीनीहरुलाई शुक्रबारे कार्यक्रम 'चित्रकला प्रतियोगितामा' सहभागी बनाई विद्यार्थीको कला प्रतिको शिकाई,आत्मबल,मनोबल बढाउनुको साथै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई स्वच्छ प्रस्तिस्पर्दी गराउने ।
- प्रस्थावना पेश :
- सर्वप्रथम १२:०० बजे तिर कार्यक्रको रुपरेखा तयार पारि कामको जिमेवारी बाडफाट गरि कार्यक्रम संञ्चालन गनुपुर्व सहभागी विद्याथीहरुलाई बोलाई कार्यक्रममा सहभागी भाईबहिनिहरुलाई ३ समुहमा कक्षा (१-३), कक्षा (४-५), कक्षा (६-८) विभाजन गरि तपशिलका नियमहरु पालना गर्ने निर्देशन दिएयो ।
- नियमहरु :
- चिट वा कुनै कागजमा हेरेर चित्र कोर्न वा नक्कल गर्न पाईने छैन ।
- चित्र कोर्न समय १ घण्टा हुनेछ ।
- कक्षा (१-३) लाई नेपालको झण्डा, कक्षा (४-५) राष्ट्रिय जनावर गाई, कक्षा (६-८) नेपालको नक्शा नामाकरण सहित प्रदेश विभाजन गरि चित्रकला कार्यक्रम तयार पारियो । क्रमश: यसको नेतृव कक्षा (१-३) शिक्षक श्री विमला बुढा, कक्षा (४-५) शिक्षक श्री बिर्मा कुमारी खत्री (वली) र कक्षा (६-८) शिक्षक श्री झलक वलीले गर्नु भएको थियो । साथै अन्य शिक्षकहरुले सहयोगी भूमिका खेल्नु भएको थियो ।
- यस कार्यक्रममा आवश्क पर्ने कपि यसै विद्यालयका प्रधानाध्यापक श्री शिवजंग वलीले तयार पार्नु भएको थियो ।
- सहभागी विद्यार्थी भाइबहिनीहरुलाई चित्रकलाको कपि वितरण गरेपछि करिब १ घण्टा जति आ-आफ्नो भागमा परेको शिर्षक अनुसारको चित्र कोर्नमा सहभागी भाइबहिनिहरु ब्यस्त रहनु भयो । लगभग १ घण्टा पछी सहभागीको कपि प्राप्त भैसकेपछि सहभागी विद्यार्थी भाइबहिनी हरुको चित्रका आधारमा मुल्यांकन गरियो ।
- यसपछि यस कार्यक्रममा नेतृव गर्ने शिक्षकले नतिजा तयार पार्नु भयो र क्रमश:
- कक्षा (१-३) बाट :
- प्रथम- स्थान श्री ललिता खत्री-३
- द्वातिय- स्थान श्री चित्र बहादुर परियार-३
- तृतीय- स्थान श्री सुस्मिता परियार-३
- सान्त्वना स्थान श्री दीक्षा डाँगी-२
- कक्षा (४-५) बाट :
- प्रथम- स्थान श्री प्रेम वली-५
- द्वातिय- स्थान श्री अस्मिता बुढामगर-४
- तृतीय- स्थान श्री राजीना वि.क-४
- सान्त्वना स्थान श्री मेनुका परियार-५
- कक्षा (६-८) बाट :
- प्रथम- स्थान श्री दाउत परियार-८
- द्वातिय- स्थान श्री भरत बुढाथोकी-८
- तृतीय- स्थान श्री ओम प्रकाश वली-८
- सान्त्वना स्थान श्री सुमन खड्का -७
- कार्यक्रमका केहि तस्विरहरु:
कक्षा (१-३) लाई नेपालको झण्डा कक्षा (१-३) लाई नेपालको झण्डा कक्षा (४-५) राष्ट्रिय जनावर गाई कक्षा (४-५) राष्ट्रिय जनावर गाई कक्षा (६-८) नेपालको नक्शा नामाकरण सहित प्रदेश विभाजन कक्षा (६-८) नेपालको नक्शा नामाकरण सहित प्रदेश विभाजन - कार्यक्रम गर्दा देखिएका समस्याहरु:
- चित्रकला पर्तियोगिता मूल्यांकनमा समस्या ।
- विद्यार्थीमा पुर्व तयारी नभएको ।
- शिक्षकलाई चित्रकलाको अभ्यास नभएका कारण शिक्षकको शिकाइ विद्यार्थी भएको ।
- कार्यक्रको मुल्यांकन,निस्कर्ष,शुझाबहरु :
- विद्यार्थी चित्र बनाउदा कहाबाट कसरि सुरु गर्ने भन्ने विषयमा अलमल परेका कारण क्रमबढ्द तरिकाले चित्र कोर्न सिकाउनु पर्ने ।
- चित्र बनाउदा आवश्यक पर्ने सामग्री तथा चित्र बनाउदा आवशक पर्ने विधिको जानकारी दिनुपर्ने ।
- साना विद्यार्थीहरुलाई नक्कल गरिएका तस्बिर, चित्रहरुमा अभ्यास गराउनु पर्ने ।
अन्तमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीको सामुहिक छलफलमा अघिलो शुक्रबार गरिएको हाजिर जवाफ पर्तियोगीताको प्रतिवेदन वाचन, कमिकमजोरी, सुधार गर्नुपर्ने विषयम छलफल गरिएको थियो ।
तयार पार्ने रुजु गर्ने प्रमाणित गर्ने
श्री झलक वली श्री दुर्ग बहादुर घर्ति श्री शिवजंग वली
0 Comments