श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय
कर्णाली प्रदेश
भेरीगंगा नगरपालिका वडा नं. ६, घारिवन,सुर्खेत नेपाल
अतिरिक्त त्रियाकलाप अन्तर्गत संञ्चालित कार्यक्रमको प्रतिवेदन
मितिः २०७९/०९/२२
आज मिति २०७९ साल पुष २२ गते शुक्रबारको दिन यस नेपाल राष्ट्रिय आधारभूत विद्यालय कर्णली प्रदेश भेरीगंगा–६,घारीवन सुर्खेतमा ग्रामिन स्वास्थ्य र सेवा गुठीको आर्थीक सहयोगमा यस विद्यालयमा रेष्ट तथा ननरेष्ट गरि जम्मा ३२ जना विद्यार्थीहरुलाई सहभागी गराइ प्रधानाध्यापक श्री शिवजंग वली को संयोजकत्वमा “बाल यौन हिंसा न्यूनीकरणमा अभिभावकको भूमिका” शिर्षकमा निबन्ध प्रतियोगीता कार्यक्रम संञ्चालन गरि प्रथम,द्धतिय,तृतिय,सान्त्वना स्थान आउने विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।
- परिचय :
विगत लामो समयदेखी यस भेरीगंगा नगरपालिकाका विभिन्न स्थानमा रहेका सामुदायीक विद्यालयहरुमा रहेका विपन्न,निम्न आयस्तर तथा कमजोर विद्यार्थीहरुलाई यस ग्रामिन स्वास्थ्य र सेवा गुठी (रेष्ट) द्धारा सहयोग गदै आएको कुरा तपाई हामी सवैलाई अवगत नै छ । यस विद्यालयमा विद्यार्थीको बहुपक्षिय विकासको लागी अतिरिक्त त्रियाकलाप अन्तर्गत हरेक शुक्रबारे कार्यक्रम विभिन्न विषयमा विद्यार्थीलाई संलग्न गराइ कार्यक्रम संञ्चालन गराउदै आएका छौ । यसै विचमा ग्रामिन स्वास्थ्य र सेवा गुठी (रेष्ट) संस्थाको आर्थीक सहयोग तथा विद्यालयको सहजीकरणमा बिभिन्न शिर्षकमा कार्यक्रम गर्नुपर्ने सुचना अनुसार आज मिति २०७९ साल पुष महिनाको २२ गते शुक्रबारको दिन विद्यार्थीका अन्तरनिहीत प्रतिभाहरुलाई प्रस्फुटन गराउने उद्देश्यका साथ “बाल यौन हिंसा न्यूनीकरणमा अभिभावकको भूमिका” भन्ने शिर्षकमा निबन्ध प्रतियोगीता संञ्चालन गरियो ।
- कार्यक्रमको विवरण :
- कार्यक्रमको नाम : निबन्ध लेखन
- कार्यक्रमको शिर्षक : “बाल यौन हिंसा न्यूनीकरणमा अभिभावकको भूमिका”
- स्थान : विद्यालयको प्राङ्गन
- जम्मा सहभागी संख्या : ३२ जना (कक्षा ५ देखी कक्षा ८ सम्म)
- उपस्थीत ब्यत्तिहरु : शिक्षक, कर्मचारी, वि.व्य.स अध्यक्ष, अन्य विद्यार्थीभाईबहीनीहरु
- उद्देश्य :
धेरै भन्दा धेरै विद्यार्थीभाईबहीनीहरुलाई कार्यक्रमा सहभागी बनाई बाल यौन हिंसा न्यूनीकरणमा अभिभावकको भूमिका विषयमा जानकारी गराउदै विद्यार्थीको आत्मबल बढाउनुको साथै अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने ।
- प्रस्थावना पेश :
- सर्वप्रथम कार्यक्रको रुपरेखा तयार पारि कामको जिमेवारी बाडफाट गरि लगभग ११ः३० बाट कार्यक्रम संञ्चालन गनुपुर्व सहभागी विद्याथीलाई बोलाई विद्यालयको प्रराङ्गनमा बसाली बिद्यालयका शिक्षकहरुले सहभागीलाई लेख्ने कपी उपलब्ध गराई तयारी अवस्थामा राखी यस निबन्ध लेखनको मुल्याकनको विषयमा जानकारी दिनु भयो ।
- यसपछि विद्यालयका प्रधानाध्यापकले हिंसा सम्बन्धि केही जानकारी दिदै तथा स्वस्थ्य मापदण्डका विषयमा सामान्य जानकारी दिदै बाल यौन हिंसा न्यूनीकरणमा अभिभावकको भूमिका विषयको बारेमा विद्यार्थीलाई लेख्ने संकेत दिनु भयो । साथै नियमको जानकारी गराउनुभयो ।
- नियमहरु :
- चिट वा कुनै कागजमा हेरेर लेख्न पाईने छैन ।
- असलिन शब्दहरु,लेख्न पाईने छैन ।
- लेख्ने समय ३० मिनेटको हुनेछ आदी ।
- सहभागी विद्यार्थीलाई विद्यालयको चौरमा बसाली “बाल यौन हिंसा न्यूनीकरणमा अभिभावकको भूमिका” शिर्षकमा निबन्ध लेख्न लगाईएको थियो ।
- यस कार्यक्रममा ३ जना शिक्षकहरुलाई निर्णायक मण्डलमा राखीएको थियो प्रत्येकलाई १०० पुर्णाक बराबर को मुल्याकन गर्ने जिम्मा दिईएको थियो । ३ जना बराबर ३०० पुर्णाकमा मुल्याङ्कन भएको थियो यसै मुल्याङ्कनलाई आधार मानेर यस कार्यक्रमा प्रथम नविना बुढा मगर,द्धतिय रेशम खड्का र तृतिय मनिषा खत्री तथा सान्त्वना पुरस्कार संगीता डाँगीले प्राप्त गर्नुभएको थियो ।
- कार्यक्रमका तथा पुरस्केकार वितरणका केहि तस्वीरहरुः
- नतिजा :
0 Comments