१३. शाखा प्रमुखको काम कर्तव्य र अधिकार
- (१) नगरस्तरीय शिक्षा, युवा तथा खेलकुदसम्बन्धी योजना तर्जुमा गरी नगर कार्यंपालिकामा पेस गर्ने,
- (२) नगरपालिका तथा नगरशिक्षा समितिबाट शिक्षा तथा शैक्षिक विकासका लागि पारित नीति तथा कार्य क्रमको कार्यान्वयन गर्ने तथा प्राप्त निर्देशन पालना गर्ने,
- (३) विद्यालय तथा शैक्षिक संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गर्ने गराउने,
- (४) नगर कार्यपालिका, नगरशिक्षा समिति र प्रमुख प्रशासकीय अधिकृतलाई शैक्षिक विकासका लागि आवश्यक परामर्श दिने,
- (५) शिक्षकहरुकोतोकिए बमोजिमको कार्यसम्पादन मूल्याकन गरी अभिलेख ,
- (६) आधारभूत तहका कक्षा ८ को अन्तिम तथा बाह्य परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने,
- (७) सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको अभिलेख राख्ने,
- (८) विद्यालयमा स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागूगरे नगरेको अनुगमन गर्ने,
- (९) विद्यालयबाट प्राप्त भएका लेखापरीक्षकहरुको सूचीमध्ये एकजनालाई लेखापरीक्षकमा नियुक्त गर्ने,
- (१०) विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्ने,गराउने,
- (११) विद्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने,
- (१२) शिक्षकको तलवी प्रतिवेदन स्वीकृतका लागि सिफारिस गर्ने,
- (१३) विद्यालयको शैक्षिक कार्यक्रमको नियमित अनुगमन गर्ने, गराउने,
- (१४) नगर शिक्षा समितिको सदस्य सचिवको भूमिका निर्वाह गर्ने,
- (१५) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।
0 Comments