
- (१) नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विद्यालय तथा शैक्षिक निकायहरुको रेखदेख, समन्वय र व्यवस्थापन गर्ने कामका लागि देहायबमोजिमको नगरशिक्षा समिति रहनेछ :
- (क) नगर प्रमुख – अध्यक्ष
- (ख) नगर उपप्रमुख – सदस्य
- (ग) प्रमुख प्रशासकीय अधिकृत – सदस्य
- (घ) नगरसभाका सदस्यहरु मध्येबाट एकजना महिला सहित नगरकार्यपालिकाले तोकेका दुई जना – सदस्य
- (ङ)नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका विव्यस अध्यक्षहरु मध्येबाट शिक्षा समितिबाट मनोनित दुई जना – सदस्य
- (च)सामुदायिकतथा संस्थागत विद्यालयको प्रधानाध्यापकहरु मध्येबाट समितिले मनोनित गरेकादुई जना – सदस्य
- (छ) संयोजक, सामाजिक विकास समिति – सदस्य
- (ज) शिक्षाविद्तथा समाजसेवीहरुमध्येबाट अध्यक्षले तोकेकोएक जना – सदस्य
- (झ) नगरपालिकाको शिक्षक महासंघको अध्यक्ष – सदस्य
- (ञ) शाखा प्रमुख, शिक्षा, युवा तथा खेलकुद शाखा – सदस्य सचिव
- (२) समितिका मनोनित सदस्यको कार्यकाल तीन वर्षको हुनेछ ।
- (३) उपदफा (१) अनुसारका मनोनित सदस्यहरुले आफ्नो पदीय आचरण पूरा नगरेमा नगरशिक्षा समितिलेजुनसुकै समयमा पनि हटाउन सक्नेछ तर त्यसरी हटाउन वा वर्खास्त गर्नुअघि मनासिव माफिकको स्पष्टीकरणको मौकाबाट वञ्चित गरिने छैन ।
- (४) नगर शिक्षा समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
- (क) आफ्नो कार्य क्षेत्रभित्रको शैक्षिक योजना तयार गर्ने,
- (ख) नगरपालिका क्षेत्रभित्र विद्यालय सञ्चालनका लागि अनुमति, स्वीकृति, कक्षा थप, तह थप, नाम परिवर्तन गर्ने, विद्यालय सार्ने, गाभ्ने, कोचिङ तथा ट्यूसन सेन्टरको अनुमति दिने,
- ग) विद्यालयहरुलाई आर्थिक अनुदानसम्बन्धी आवश्यक स्रोतको खोजी गर्ने,
- (घ) आफ्नो क्षेत्रभित्र सञ्चालन हुने परीक्षालाई मर्यादित र भयरहित बनाउन सहयोग गर्ने,
- ङ) विद्यालयहरुको लेखा परीक्षकहरुको सूची सार्वजनिक गर्ने,
- (च) नगरपालिका क्षेत्रभित्र स्थापना भएका आफ्नो स्रोतमा सञ्चालित सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी, सेवा, सुविधा र सर्तहरु स्वीकृत गर्ने ।
- (छ) विद्यालय व्यवस्थापन समितिलाई आवश्यक निर्देशन दिने,
- (ज) विद्यालयका लागि आवश्यक स्रोत र साधन जुटाउन र परिचालन गर्ने,गराउने।
- (झ) द्वन्द्व व्यवस्थापन गर्ने,
- (ञ) शिक्षाकोगुणस्तर कायम राख्ने सूचक विकास गर्ने र प्रगति मूल्यांकन गर्ने,
- (ट) गुणस्तरीय शिक्षाको सामाजिक परीक्षण गर्ने एवम्शिक्षाको अनुगमन तथा सुरिवेक्षणको प्रबन्ध गर्ने,
- (ठ) सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्ने,
- (ड) शैक्षिक गुठीसँग सम्झौताका सर्तहरु निर्धारण गर्ने,
- (ढ) शैक्षिक संस्था र शिक्षासँग आबद्ध शिक्षक कर्मचारीहरुलाई कामको आधारमा आवश्यक प्रोत्साहन, नसियत, दण्ड, कारवाही गर्ने गराउने,
- (ण) संस्थागत विद्यालय सञ्चालनको मापदण्ड बनाउने, सञ्चालनको स्वीकृति र अनुमति प्रदान गर्ने,
- (त) विद्यालय व्यवस्थापन समिति गठन गर्न सहजीकरण गर्ने,
- (थ) शिक्षकहरुको सरुवा व्यवस्थापन गर्ने,
- (द) सामुदायिक सिकाइ केन्द्र स्थापना र सञ्चालनसम्बन्धी नीति तर्जुमा गर्ने,
- (ध) आवश्यकता अनुसार विद्यार्थी कल्याण कोषकोव्यवस्थापन गर्ने,
- (न) विद्यालयमा दरवन्दी मिलान गर्ने र विद्यार्थी शिक्षक अनुपात कायम गर्ने,
- (प) विद्यालयमा पठनपाठनको अधिकतम प्रबन्ध हुने गरी शैक्षिक क्यालेन्डर बनाई लागु गर्ने, गराउने,
- (फ) शिक्षक तालिम नीति तर्जुमा गरी लागु गर्ने,
- (ब) नगर कार्यपालिकालाई गुणस्तरीय शैक्षिक विकास केन्द्रका लागि आवश्यक सुझाव तथा परामर्श दिने,
- (भ) शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी राय, सुझाव र गोष्ठीहरुको आयोजना गर्ने,
- (म) तोकिएबमोजिमका अन्य कार्यहरु गर्ने,
0 Comments