१५. विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार:
- (१) सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछ :
- (क) अभिभावकले आफूमध्येबाट छानी पठाएका कम्तीमा दुईजना महिलासहित चारजना –सदस्य
- (ख) विद्यालय रहेको वडाको वडा अध्यक्ष वा वडा समितिले तोकेको सदस्य एकजना –सदस्य
- (ग) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका वा दश लाखभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेका एकजना महिला सहित दुईजना – सदस्य
- (घ) शिक्षकहरुले आफूमध्येबाट छानी पठाएको शिक्षक प्रतिनिधि एकजना – सदस्य
- (ड.) विद्यालयका प्रधानाध्यापक – सदस्य सचिव
बालक्लवको अध्यक्षलाई आवश्यकतानुसार आमन्त्रित सदस्यका रुपमा वैठकमाबोलाउन सकिनेछ । मनोनित सदस्यहरुको तीन वर्षे पदावधि रहने गरी घ र ङ वाहेकका सदस्यहरुबाट समितिको अध्यक्षछनोट गरिनेछ । कुनै पनि सरकारी वा गैह्सरकारी सेवामा कार्यरत शिक्षक र कर्मचारी भएको अवस्थामा समितिको अध्यक्ष हुन पाइनेछैन । चन्दादाताहरुवाट सदस्य छनौट गर्दा जसले दान दातव्य गरेको हो सोही व्यक्ति मात्र सदस्यका रुपमा राख्न सकिने छ ।
- (२) सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
- (क) विद्यालय सञ्चालनका लागि प्राप्त स्रोत साधनको परिचालन गर्ने,
- (ख) विद्यालयको चल, अचल सम्पत्तिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्ने,
- (ग) विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ र विवरण अद्यावधिक गराई राख्ने,
- (घ) विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी वडा र नगरपालिकालाई दिने,
- (ङ) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक, धार्मिक वा साम्प्रादायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने,
- (च) विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीकोपोशाक तोकी कार्यान्वयन गर्ने ।
- (छ) प्रचलित कानुनबमोजिम शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षक पदका लागि योग्य उम्मेदवारलाई हाजिर गराई काममा लगाउने तथा नगरपालिकाबाट स्वीकृत दरबन्दीमा कर्मचारीको व्यवस्थापन गर्ने,
- (ज) सम्बन्धित निकायबाट खटिएका शिक्षक तथा कर्मचारीलाई हाजिर गराई काममा लगाउने,
- (झ) नगरशिक्षा समितिबाट तोकिएको रजिष्टर्ड लेखापरीक्षकबाट विद्यालयको वार्षिक लेखापरीक्षण गराउने,
- ञ) लेखापरीक्षकको प्रतिवेदनअनुसार तत्काल आवश्यक कारबाही गर्ने र त्यसको प्रतिवेदन वडा शिक्षा समिति र नगरशिक्षा समितिमा पेस गर्ने,
- (ट) तोकिए बमोजिमका क्षेत्रसँग सम्बन्धित वडा शिक्षा समिति,नगरपालिका र नगरशिक्षा समितिले दिएको निर्देशनहरूको पालना गर्ने,
- (ठ) विद्यालय सेवा क्षेत्रमा निरक्षरता उन्मूलन तथा आधारभूत शिक्षा सुनिश्चित गर्न पहल गर्ने,
- (ड) तोकिएबमोजिम दरबन्दीका शिक्षक तथा कर्मचारीलाई विभागीय कारवाही गर्ने,
- (ढ) विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी नियुक्त वा बढुवा गरेका शिक्षकका लागि सेवा, सर्त र सुबिधा तोक्ने र तोकिएबमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्ने,
- (ण) विद्यालय शिक्षा एकै शिक्षण अवधिमा सञ्चालन गर्न प्रबन्ध मिलाउने,
- (त) स्थानीय पाठ्यक्रम निर्माणका लागि विषय विज्ञ र सल्लाहकार मनोनयन गर्न सकिने छ,
- (थ) विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक आचारसंहिता बनाई लागु गर्ने,
- (द) तोकिएबमोजिमका अन्य कार्य गर्ने ।
- (३) यस ऐन भन्दा अगाडिको ऐनद्वारा गठित विद्यालय व्यवस्थापन समितिको पदावधि यो ऐन राजपत्रमा प्रकाशित भएको मितिले १५ दिनभित्र स्वतः विघटन भएको मानिनेछ ।
- नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्दा पदावधि समाप्त भएको १५ दिनभित्रसमितिको गठन प्रक्रिया थालनी गरिनेछ |
- समिति गठन नहुँदासम्म सामान्यतयाः पहिलेको समितिले बढीमा एक महिनासम्म कामकाज गर्न पाइनेछ |
0 Comments