शैक्षिक उन्नति पहल || "ईआईए रिसोर्स सेन्टर" सस्थाको कम्प्युटर सहयोग- आ.व-२०७६-०२-२२
"ईआईए रिसोर्स सेन्टर" सस्थाको सहयोग-२०१९ |
विद्यालयको परिचय
सुर्खेत जिल्लाको सदरमुकाम देखी पुर्वी क्षेत्रमा पर्ने साविकको मैनतडा गा.वि.स वडा नं. १ घारीवन हाल भेरीगंगानगरपालीका वडा नं. ६ मा अवस्थीत श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको स्थापना २०४५ सालमा भएको हो । यसको सेवा क्षेत्र किच, घारिवन, ठुलोखाल र नाच्ने गाँउका टोलहरुलाई ध्यानमा राखी यस गाउँका बुद्धीजिवी र समाजसेवी शेर सिं वली र शसिराम डाङ्गीको सक्रियतामा अभिभावकको जनश्रमदान बाट सामान्य छाप्रो निमार्ण गरी एक शिक्षको ब्यवस्था गरी कक्षा १ को अनुमतिल्याई पठन पाठन सुचारु गरीएको थियो । त्यस पश्चात नेपाल सरकार बाट २०४५ साल पछि तिनवटा दरवन्दी स्थापना गरी कक्षापाँच सम्म पठन पाठन सुचारु गरीदै आएकोमा अभिभावकको आर्थिक अवस्था र भौगोलीक अवस्थालाई मध्यनजर गरी २०६४/०९/२७ गते पुनः अभिभावक बाट रु ७५०००/- (अक्षरुपी: पचहक्तर हजार रुपैया) संकलन गरी राष्टिय बाणिज्य बैकमा धरौटी जम्मा गरी २०६५ साल देखी कक्षा ६ अनुमतिल्याइ हाल कक्षा ८ सम्मको पठनपाठन सुचारु गरीदै आएको छ । रत्नराजमार्गको छिन्चु खण्डबाट करिब ८ कि.मी पुर्वमा रहेको छ । यस विद्यालयमा पुग्नको लागी मैदानीचौर तथा छिन्चुको झिल्मीले बाट हिडेर १.५ घण्टामा पनि पुग्न सकिन्छ । यस विद्यालय देखी पूर्वमा किच, पश्चिमा ठुलोखालीउत्तरमा खोल्टेपानी सामुदाय बन र दक्षिणमा नाच्ने गाँउ र सरकारी जंगल पर्दछ | साथै विभिन्न खाले अभावको बिचमा यस विद्यालयले यसै बिद्यालयका प्रधानाध्यक श्री शिवजंग वली को सक्रियतामा २०१९ मा 'ईआईए रिसोर्स सेन्टर सस्थामार्फत' ११ वटा कम्पुटर अनुदान प्राप्त गरेको छ|
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन-तस्बिर |
'ईआईए रिसोर्स सेन्टर सहयोग:
यस श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवन सुर्खेतलाई त्यस संस्थाको मिशन अुसार एक्काइसौं शताब्दीको शैक्षिक स्रोतहरू प्रदान गरेर समुदायहरूलाई सशक्त बनाउने।त्यस संस्थाको भिजन अनुसार आर्थिक सहयोग प्रदान गर्दै र स्थानीय समुदायसँग नवीनतम उपकरण र स्रोतहरूले सुसज्जित शैक्षिक पूर्वाधार विकास गर्न सहयोग गरेको छ । साथै आउदा दिनहरुमा अझै प्रभावकारी सहयोगको अपेक्षा गदै । यसको लागी विद्यालयको तर्फबाट हार्दिक आभार ब्यक्त्त गर्दछौ ।
'ईआईए रिसोर्स सेन्टर सस्थाले गरेको कम्प्युटर सहयोगको सदुपयोग:
- यस विद्यालयमा २०१९ अगाडी पनी कम्प्यूटर कक्षा ६ देखी कक्षा ८ सम्म हुने गरेको थियो यसको कुनै उपलब्धि थिएन कम्प्यूटर एउटा आफैमा प्रयोगात्मक विषय रहेकोले लेक्चर विधिबाट कम्प्यूटरको सिकाई गर्न धेरै कठिन अवस्था सिर्जना भएको थियो |
- यस संस्थाको सहयोग पश्चात विद्यार्थीलाई कम्प्यूटर ज्ञान दिन तथा प्रयोगात्मक तरिकाले सिकाई गर्न निकै सजिलो तथा बिद्यार्थी सिकाई प्रभाकारी भएको छ ।
- ग्रामिन स्तरको विद्यालयमा आर्थीक विपन्न घरधुरीका गरीब, जेहेन्दार, दलित, जनजाति अन्य समुदायका बिद्यार्थीले कम्प्यूटर सम्बन्धि सहजै ज्ञान हासील गर्न सक्षम भएका छन् ।
- त्यस संस्थाले दिएका ११ वटा कम्प्युटर हाल २०२२ सम्म पनि निरन्तर दिनको ३ घण्टा विद्यार्थीको कम्प्यूटर सिकाइलाई सहज बनाइरहेको अवस्था छ ।
- यस विद्यालयमा अध्यनरत विद्यार्थीहरु कक्षा ६ देखी निरन्तर कम्प्यूटर शिक्षा सिकाइमा कक्षा ८ सम्म जादाँ कम्प्यूटर सम्बन्धि बेसीक कोर्ष पुर्ण रुपमा हासिल गरी रहेका छन् । कोर्ष : नेपाली अग्रेजी टाइपीङ ३० मीनेट १५० वर्ड, (वर्ड, एक्सल, पावरपोइन्ट मा सहजै काम गर्न सक्ने) नेटमा आफुलाई आवश्यक परेको सामाग्री खोजेर अध्यन गर्न सक्ने , एच.टी.एम.एल.को सामान्य जानकारी, फोटोसप को सामान्य जानकारी वा चलाउन सक्ने, प्रोग्रामीङ किउबेसीकको सामान्य प्रयोग, पेन्ट मार्फत आफुलाई आवश्यक परेको ड्रईङ गर्न सक्ने आदी विषयमा विद्यार्थीहरु सक्षम भएका छन ।
नेपाल सरकारको कम्पुटर शिक्षाप्रतिको सोच तथा विद्यालयको अवस्था :
- विद्यालय एउटा घरको बलियो जग जस्तै बहुमुखी प्रतिभाहरुको उत्पति हुने थलोको रुपमा विद्यालयलाई लिन सकिन्छ । यो सत्य कुरा पनी हो । यदी विद्यालयमा पढाईहुने प्राविधिक विषय, कम्प्यूटर शिक्षा कमजोर भएपछि हामीले आधुनीक प्राविधि वा आधुनीक युगको कल्पना सपना वा कुरामा मात्रै सिमीत हुने गर्दछ । व्यवहारमा लागु हुन सक्तैन । विद्यालय स्तरमा कम्प्यूटर शिक्षाको पढाइ कम्पप्यूटर प्रयोगात्मक ज्ञान शुन्य भएका शिक्षक बाट विद्यार्थीले के ज्ञान लिने र कम्प्यूटरको ज्ञान प्रभावकारी हुन्छ भनेर कति सम्मको आशा गर्ने ?
- नेपाल सरकाले विद्यालयको तथ्याङ IEMS मार्फत अहिले सवै अनलाईन बनाईएको कुरा हामी सवैलाई अवगत नै छ। यो तथ्याङ कतिको स्वछ छ । यसमा काम गर्ने विद्यालयमा को छ ? जबसम्म एउटा विद्यालयमा एउटा राम्रो कम्प्यूटर सिप जानेको शिक्षक हुदैन तबसम्म सही तथ्याङ्क उपलब्ध हुन्छ भनेर आशा गर्नु निराधार हुन्छ ।
- विद्यालयमा कम्प्युटर शिक्षा हटाई अन्य बिषय राख्दा आधुनिक तथा प्राबिधिक इन्टरनेट जमानाको युगको कुरा कसरि सम्भव हुन्छ ?
- पहिलेको जमानामा कम्प्युटर नभएर भएकै थियो भन्नुहुन्छ भने आधुनिक जमाना वा टेक्नोलोजीका कुरा मात्र नगरौ |
- प्राय जसो सबै सामुदायिक बिद्यालयमा १ देखि ३ ओटा कम्प्युटर रहेका छन् तर प्रयोग भने सुन्य नै छ, किनेर ल्याएको ४–५ दिन चले अनी थन्किएर बसेका छन् अनि विद्यालयको काम गर्न परे कम्प्युटर सेन्टर तिर जाने यो किन भएको उत्तर छ तपाईहरुसंग ? उत्तर छ तर भन्न सक्नुहुन्न वा यो समस्या जस्ताको तस्तै राख्न चाहनु हुन्छ ?
नोट: नेपाल सरकारको कम्पुटर शिक्षाप्रतिको सोच तथा विद्यालयको अवस्थामा लेखिएका बुदाहरु सल्लाह सुझाबको रुपमा ||धन्यबाद ||
0 Comments