पाठ ७ - वर्ड प्रोसेसिङ (Word Processing Software)
Table of Contents [विषयसुची]
पाठ
अभ्यास
१. तलका खाली ठाउँमा मिल्ने शब्द भर:
(क) डकुमेन्ट टाइप गर्ने र त्यसलाई आवश्यकताअनुसार सम्पादन गर्ने कार्यलाई ............... भनिन्छ ।
उत्तर: वर्ड प्रोसेसिङ
(ख) वर्ड परफेक्ट, माइक्रोसफ्ट वर्ड २००७ आदि ............... हुन् ।
उत्तर: वर्ड प्रोसेसिङ सफ्टवेयरहरु
(ग) नयाँ डकुमेन्ट खोल्दा, कर्सर पेजको माथिल्लो ............... मा हुन्छ ।
उत्तर: बायाँ कुना
(घ) डाटाहरूलाई टेबुलर फर्म्याटमा देखाउन ............... को प्रयोग गरिन्छ ।
उत्तर: टेबल
(ङ) ............... को प्रयोग गरी छोटो समयमा नै धेरै ओटा उस्तै तर व्यक्तिगत डकुमेन्टहरू तयार गर्न सकिन्छ ।
उत्तर: मेलमर्ज
२. ठिक र बेठिक छुत्याऊ :
(क) वर्ड प्रोसिसिङ सफ्टवेयरले चित्र बनाउन मद्दत गर्दछ ।
उत्तर: बेठीक
(ख) इक्वेसनको प्रयोग गरी विभिन्न गणितीय सूत्रहरू टाइप गर्न सकिन्छ ।
उत्तर: ठिक
(ग) एउटा डकुमेन्टलाई दुई वा दुईभन्दा बढी कोलममा विभाजन गर्न सकिन्छ ।
उत्तर: ठिक
(घ) डकुमेन्टमा टाइप गरिएका शब्दहरू गल्ती भएमा सच्याउन सकिंदैन ।
उत्तर: बेठीक
(ङ) मेल मर्ज गर्दा हामीसँग पहिले नै उपलब्ध डाटाहरूलाई पनि प्रयोग गर्न सकिन्छ ।
उत्तर: ठिक
३. तलका प्रश्नको उत्तर लेख :
(क) वर्ड प्रोसिसिङ भनेको के हो ?
उत्तर: वर्ड प्रोसेसिङ भनेको शब्दहरूलाई टाइप गर्ने र तिनीहरूलाई आफूले चाहेको जस्तो आकारमा ल्याउनु हो ।
(ख) वर्ड प्रोसिसिङ सफ्टवेयरका कुनै चार ओटा उदाहरणहरू लेख ।
उत्तर: वर्ड प्रोसिसिङ सफ्टवेयरका उदाहरणहरु निम्नानुसार छन्:
- माइक्रोसफ्ट वर्ड (Microsoft Word)
- वर्ड स्टार (Word Star)
- वर्ड पर्फेक्ट (WordPerfect)
- आईवर्क पेजिज (iWork Pages)
- ओपन अफिस राइटर (OpenOffice Writer)
- फोकस राइटर (FocusWriter)
- लिब्रे अफिस राइटर (LibreOffice Writer)
- अबिवर्ड (AbiWord)
- गुगल डक्क (Google Docs)
- डब्लु पि एस वर्ड (WPS Word)
- पोलार अफिस (Polaris Docs)
- राइट मङ्की (Writemonkey)
- Zoho Docs Writer (जोहो डक्स राइटर)
- Dropbox Paper (ड्रपबक्स पेपर)
- स्क्रिबस (Scribus)
(ग) पेज ब्रेकको काम के हो ?
उत्तर: पेज ब्रेक भनेको हामीले लेख्दै गरेको डकुमेन्टको पेजलाई त्यतीकै छोडेर अर्को पेजमा पुग्ने काम हो । यसको काम पहिले लेख्दै गरेको प्रिन्टेवल क्षेत्रलाई यतिकै खाली राखि आवश्यकता अनुसार अन्य पेजमा पुर्याउनु हो ।
(घ) टेबलको प्रयोग किन गरिन्छ, उल्लेख गर ।
उत्तर: हामीसँग उपलब्ध विभिन्न डाटा तथा तथ्याङ्कहरुलाई ट्याबुलर फर्मेट वा तालिकामा राख्नको लागि प्रयोग गरिन्छ ।
(ङ) किवोर्डमा नभएका चिह्नहरू डकुमेन्टमा कसरी राख्न सकिन्छ, व्याख्या गर ।
उत्तर: इन्सर्ट (insert) ट्याबमा क्लिक गरेर दायाँ पट्टीको छेउमा रहेको सिम्बोल (symbol) भन्ने बटनमा क्लिक गरेपछि देखिने स्पेसल क्यारेक्टरहरुको समूहहरु (special character list) बाट किवोर्डमा नभएका चिह्नहरू डकुमेन्टमा राख्न सकिन्छ । यदि उक्त समूहमा पनि आफूले खोजेको चिन्हहरु नभेटिएमा more भन्ने बटनमा क्लिक गरेर आवश्यकता अनुसार चिन्ह र सिम्बोलहरु राख्न सकिन्छ ।
(च) मेल मर्ज भनेको के हो, यसका फाइदाहरू उल्लेख गर ।
उत्तर: हामीसँग पहिले नै उपलब्ध डाटाहरूको प्रयोग गरी छोटो समयमा धेरै व्याक्तिहरुको छुट्टाछुट्टै डकुमेन्ट तयार गर्नका लागि प्रयोग गर्न सकिने माइक्रोसफ्ट वर्डको मर्जिङ टुललाई मेलमर्ज भनिन्छ । यो विद्यार्थीहरुको मार्कसिट बनाउने, धेरैजनाको निम्ति एकैचोटि चिठी तयार गर्ने जस्ता झन्झटिलो काम एकैचोटि गर्न अती आवश्यक हुन्छ ।
यसका फाइदाहरुलाई निम्नानुसार लेख्न सकिन्छ:
१. हामीसंग पहिल्यै उपलब्ध डाटाहरुको उपयोग गर्न सकिन्छ ।
२. एकैपटकमा सबैको वा आफ्नो इच्छा अनुसार धेरै जनाको मार्कसिट, चिठी पत्र, प्रमाणपत्र वा अन्य व्याक्तिगत डकुमेन्ट बनाउन सकिन्छ ।
३. समयको बचत हुनुको साथै सजिलो पनि हुन्छ ।
४. आवश्यकता अनुसार डकुमेन्ट फर्मेटिङ गर्न सकिन्छ ।
५. मुख्य डकुमेन्टमा सेट गरिएको फर्मेटिङ अन्य डकुमेन्टमा पनि स्वतः लागू हुन्छ ।
१. प्रयोगशाला कार्य
(क) आफ्ना सम्पूर्ण व्यक्तिगत विवरण नाम, ठेगाना, जन्म मिति, शैक्षिक योग्यता आदि खुल्ने गरी एउटा Bio Data बनाऊ ।
उत्तर: तल दिइएको बायोडाटा जस्तै आफ्नै बायोडाटा बनाउनुहोस् ।
BIO-DATA
Name :
Mobile : Email id :
Father’s Name :
Gender :
Date of Birth :
Marital Status :
Religion :
Languages Known : Qualification
|
Institute Name |
Year of Passing |
Marks Percentage |
School |
|
|
|
Intermediate |
|
|
|
Degree |
|
|
|
|
|
|
|
Experience
S No |
Company Name |
Position |
Working Period |
1 |
|
|
|
2 |
|
|
|
3 |
|
|
|
Address :
Place :
Date :
Signature
(ख) आफ्नो कक्षामा भएका विद्यार्थीहरूको नाम, रोल नम्बर, सेक्सन, जन्म मिति र ठेगाना टेबुलर फर्मेटमा टाइप गर ।
उत्तर: आफ्नो कक्षामा भएका विद्यार्थीहरूको नाम, रोल नम्बर, सेक्सन, जन्म मिति र ठेगाना तल देखाइएझैँ टेबुलर फर्मेटमा टाइप गर्नुहोस् ।
S.N. |
Names |
Roll No. |
Section |
Date of Birth |
Address |
1 |
Nikhil Bk |
1 |
A |
2057-11-12 |
Bheriganga nagarpalika-6,ghariban |
2 |
Tulshi Bk |
2 |
A |
2056-10-09 |
Bheriganga-na.pa-6,ghariban |
3 |
Manoj Thapa |
3 |
A |
2058-03-06 |
Bheriganga-na.pa-6,Ghariban |
4 |
Sahil Lama |
4 |
A |
2057-12-14 |
Bheriganga-na.pa-6,Surkhet |
(ग) स्थानीय स्तरको कुनै प्रख्यात ठाउँका बारेमा विस्तृत विवरण खुल्ने गरी फोटो र चार्टहरूसहितको एउट डकुमेन्ट तयार गर ।
उत्तर: तपाईंलाई थाहा भएको कुनै प्रख्यात ठाउँका बारेमा विस्तृत विवरण खुल्ने गरी फोटो र चार्टहरूसहितको डकुमेन्ट तल दिइएको उदाहरण जसरी तयार गर्नुहोस् ।
उत्तर: यसलाई यहाँ प्रस्तुत गर्न नमिल्ने भएकाले शिक्षकको सहयोगमा आफै प्रयास गर्नुहोला अथवा तलको भिडियो ट्युटोरियल हेर्नुहोला ।
(ङ) निम्न लिखित सूत्रहरू टाइप गरी शिक्षकलाई देखाऊ :
(अ) (a+b)2=a2+2ab+b2
उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ ।
- चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - (a+b)2=a2+2ab+b2 टाइप गर्ने ।
- चरण २: अब घाताइ्कको रुपमा रहेको 2 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गरेर Ctrl र Shift ++ थिचेर सुपर स्क्रिप्ट (super script) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।
(आ) (a+b)3=a3+3a 2b+3ab2+b3
उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ ।
- चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - (a+b)3=a3+3a2b+3ab2+b3 टाइप गर्ने ।
- चरण २: अब घाताइ्कको रुपमा रहेको 2 र 3 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गरेर Ctrl र Shift ++ थिचेर सुपर स्क्रिप्ट (super script) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।
(इ) H2SO4
उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ ।
- चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - H2SO4 टाइप गर्ने ।
- चरण २: अब आधारको रुपमा रहेको 2 र 4 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गर्दै Ctrl र = थिचेर सबस्क्रिप्ट (subscript) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।
(ई) (NH4)2 co3
उत्तर: यो सुत्र लेख्न निम्न चरणहरु पार पार गर्छ ।
- चरण १: सुरुमा किबोर्डको सहायताले सामान्य टेक्स्टहरु - (NH4)2 CO3 टाइप गर्ने ।
- चरण २: अब आधारको रुपमा रहेको 4, 2 र 3 लाई मात्र माउसको सहायताले पालैपालो हाइलाइट गर्दै Ctrl र = थिचेर सबस्क्रिप्ट (subscript) बनाउने वा होम ट्याबमा देखिने x2 बटनमा क्लिक गर्ने ।
0 Comments