पाठ-५ | कम्प्युटर सफ्टवेयर (Computer Software) |
Table of Contents [विषयसुची]
तलका प्रश्नहरुको उत्तर लेख :
(क) कम्प्युटर सफ्टवेयर भनेको के हो, यसका प्रकार लेख ।
सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुह हो, जुन प्रोगामरले कम्प्युटरले बुझ्ने भाषामा क्रमबद्ध रुपमा लेखिएका हुन्छन् । यसका प्रकारहरू तल देखाइएका छन :
( ख ) सिस्टम सफ्टवेयर भनेको के हो, कुनै दुई ओटा उदाहरण लेख?
कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर नै सिस्टम सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेरर आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । यो ४ किसिमका हुन्छन् ।
- अपरेटिङ सिस्टम: एम.एस.डस. (MS Dos), विन्डोज (Window XP, Window 7, Window Vista, Window 8, Windows 10) युनिक्स (Unix), लिनक्स (Linux), एन्ड्रोइड (Android), म्याक ओएस (Mac OS), युबुन्टु (Ubuntu) आदि।
- ल्याङ्ग्वेज प्रोसेसर: एसेम्ब्लर, इन्टरप्रेटर, कम्पाइलर आदी ।
- डिभाइस ड्राइभर: विभिन्न प्रिन्टर ड्राइभरहरु (Printer Driver), अडियो ड्राइभर (Audio Driver), ग्राफिक्स (Graphics Driver) आदी ।
- युटिलिटी: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।
(ग) कम्पाइलर र टान्सलेटरबिच फरक छुट्याऊ ।
कम्पाइलर र ट्रान्सलेटर दुबै कम्प्युटर प्रोगामिङमा प्रयोग हुने भाषा हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ
कम्पाइलर ट्रान्सलेटर
- यसले प्रोगामहरुलाई हाइ लेभल कम्प्युटर भाषाबाट लो लेभल कम्प्युटर भाषामा रुपान्तरण गर्छ । १. यसले एउटा प्रोगामिङ भाषामा लेखिएको कुरालाई अर्को उस्तै खालकोकम्प्युटर भाषामा रुपान्तरण गर्छ ।
- यसले कम्प्युटरको सम्पूर्ण सिन्टाक्स एरोर जाँच गरि गल्ती भेटेमा लाइन नंबर सहित उल्लेख गरेर रिकम्पाइल पश्चात अब्जेक्ट फाइलमा रुपान्तरण गर्छ । २. यसमा कम्पाइलर र इन्टरप्रेटर दुबै खालका ल्याङ्ग्वेज प्रोसेसरहरु पर्छन ।
- यसको कम्पाइलिङ गति ढिलो हुन्छ । ३. यसको कम्पाइलिङ गति छिटो हुन्छ ।
- यसको गल्ती पत्ता लगाउन सजिलो हुन्छ । ४. यसको गल्ति पत्ता लगाउन गाह्राे हुन्छ ।
- यो Java, C, C++ आदीले प्रयोग गर्छ । ५. यो एसेम्ब्ली ल्याङ्ग्वेज, C, C++ आदीले प्रयोग गर्छ ।
(घ) युटिलिटी सफ्टवेयरका कार्यहरू लेख ।
युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरका फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटरमा निम्नानुसारका कामहरु गर्छन ।
क. कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्छ ।
ख. अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने गर्छ ।
ग. डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्छ ।
घ. कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्न मद्दत गर्छ ।
(ङ) प्याकेज सफ्टवेयरका विशेषताहरू लेख ।
प्याकेज सफ्टवेयर भनेको विभिन्न सङ्घ संस्था, कार्यालय वा व्यक्तिहरूको साझा समस्यालाई समाधान गर्ने उद्देश्यले तयार पारिएको सफ्टवेयर हो । यसका विशेषताहरु निम्नानुसार छन् ।
१. यसले समग्र व्याक्ति, संस्था र कार्यालयको साझा समस्यालाई समाधान गर्छ ।
२. यो सस्तो र बहुउपयोगी हुन्छ ।
३. युजर इन्टरफेस राम्रो हुने हुँदा चलाउन सजिलो हुन्छ ।
४. आवश्यकता अनुसार कम्प्युटरमा सजिलै राख्न र हटाउन सकिन्छ ।
५. यसको प्रयोग गरि छोटो समयमा सजिलै जटिल कार्यहरु सम्पादन गर्न सकिन्छ ।
ठिक र बेठिक छुट्याऊ :
(क) अपरेटिङ सिस्टमले इन्पुट आउटपुटको व्यवस्थापन गर्दछ। ठिक
(ख) हाइ लेभल ल्याङ्ग्वेज कम्प्युटरले सिधा बुझ्दछ। बेठिक
(ग) इन्टरप्रेटरले छिटो गल्ती पहिचान गर्दछ। बेठिक
(घ) एप्लिकेसन सफ्टवेयर प्रयोगकर्ताको निश्चित काम गर्न बनाइन्छ। ठिक
(ङ) MS word कस्टमाइज्ड सफ्टवेयर हो। बेठिक
तलका खाली ठाउँमा मिल्ने शब्द भर :
(क) कम्प्युटर सिस्टमको सम्पूर्ण कार्यहरूलाई नियन्त्रण गर्न बनाइएको सफ्टवेयरलाई सिस्टम सफटवयेर भनिन्छ।
(ख) कम्प्युटरका हार्डवेयरहरू सफ्टवेयरको मद्दतबाट सञ्चालन हुन्छन् ।
(ग) विन्डोज एट (Windows 8) अपरेटिङ सिस्टम हो।
(घ हाइलेभल ल्याङ्वेजलाई मेसिन लेभलमा परिवर्तन गर्नेलाई ल्याङ्ग्वेज प्रोसेसर भनिन्छ।
(ड) अपरेटिङ सिस्टममा कमान्डलाई हार्डवेयरले बुझ्ने भाषामा रूपान्तरण गर्नेलाई एसेम्ब्लर भनिन्छ।।
जोडा मिलाऊ :
(क) MS Access (घ) एन्टी भाइरस
(ख) कम्पाइलर (ङ) अपरेटिङ सिस्टम
(ग) प्याकेज सफ्टवेयर (क) एप्लिकेसन सफ्टवेयर
(घ) लिनक्स (Linux) (ख) ल्याङ्ग्वेज प्रोसेसर
(ङ) युटिलिटी सफ्टवेयर (ग) MS Excel
निम्नलिखित शब्दहरुको बिस्तारित रुप लेख :
(क) MS Window = Microsoft Windows
(ख) MS Excel = Microsoft Excel
(ग) MS-DOS = Microsoft Disk Operating System
0 Comments