F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

शिक्षक सक्षमताको प्रारूप २०७२ अनुसार शिक्षकको सक्षमताहरु (Teacher Competencies 2072)

Print Friendly and PDF

 


शिक्षक सक्षमताको प्रारूप २०७२ अनुसार शिक्षकको सक्षमताहरु
सक्षमता १ : विषय वस्तुको ज्ञान (Content Knowledge)

विद्यार्थीहरूको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न आफूले अध्यापन गर्ने विषयमा गहन ज्ञान भएको ।
  • सम्बन्धित विषय वस्तुमा गहन तथा अद्यावधिक ज्ञान,
  • सम्बन्धित विषयको अवधारणा, सिद्धान्त तथा आपसी सम्बन्धबारे जानकारी,
  • अध्यापन गर्ने विषयको पाठ्यक्रमको बनौटलगायत समग्र पक्षको,
  • ज्ञान तथा अन्य विषयसँगको अन्तरसम्बन्धको जानकारी,
  • विषय वस्तुको स्थानीय परिवेशसँगको सान्दर्भिकता सम्बन्धी ज्ञान ।
सक्षमता २ : शिक्षण सिकाइका तौर तरिका सम्बन्धी ज्ञान (Pedagogical Knowledge)
  • शिक्षण सिकाइ प्रक्रिया सम्बन्धी गहन ज्ञान भएको र सो ज्ञानलाई शिक्षण सिकाइमा उपयुक्त तवरले प्रयोग गर्न सक्षम ।
  • शिक्षण सिकाइका विभिन्न तौर तरिका तथा नवीनतम् शिक्षण प्रविधिमा अद्यावधिक ज्ञान,
  • पाठ्यक्रमका उद्देश्य तथा सक्षमताहरू हासिल गराउने गरी शैक्षणिक योजना र रणनीति तय गर्न,
  • विषय वस्तुको प्रकृति, विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नतालाई ख्याल गरी उपयुक्त शिक्षण विधिको छनोट गर्न,
  • सक्रिय सिकाइको लागि उपयुक्त शिक्षण विधि तथा सामग्रीको प्रयोग गरी सिकाइ सहजीकरण गर्न,
  • उपयुक्त साधनहरूको प्रयोग गरी सिकाइका विविध पक्षको मूल्याङ्कन गर्न, नतिजाको विश्लेषण गर्न तथा सोको उपयोग गर्न,
  • सिकाइ सुनिश्चितताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्न ।
सक्षमता ३ : बाल बालिका/सिकारु सम्बन्धी ज्ञान (Knowledge About Children/Learners)
  • बाल बालिकाहरूको विविध सिकाइ आवश्यकता पहिचान गरी सो अनुरूप शिक्षण गर्न सक्षम ।
  • बाल बालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासको ज्ञान तथा त्यसको शिक्षणसँगको सम्बन्ध बारेमा जानकारी राखी उपयोग गर्न,
  • बाल बालिकामा भएको पूर्व ज्ञानको उचित आँकलन गरी नयाँ सिकाइसँग सम्बन्ध स्थापित गर्न,
  • सिकारुको भाषिक तथा सामाजिक, साँस्कृतिक मूल्य मान्यता र विविधताको पहिचान गरी सोको सम्मान गर्न,
  • प्रत्येक बाल बालिकाले सिक्ने अधिकार राख्छन् र सिक्न सक्छन् भन्ने कुराको आत्मसात गर्दै उच्च सिकाइको अपेक्षा गर्न,
  • बाल बालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्न ।
सक्षमता ४ : सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन (Learning Environment and Classroom Management)
बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि कक्षा व्यवस्थापन गर्न सक्षम ।
  • सिकाइका निमित्त सुरक्षित, सहयोगात्मक र चुनौतीपूर्ण वातावरण सिर्जना गरी सक्रिय सहभागिता हासिल गर्न,
  • विद्यालयको समग्र विकासलाई ध्यान दिदै स्रोत र साधनको उपयुक्त व्यवस्थापन गरी बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्न,
  • सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकताअनुसार समूहहरू परिचालन गर्न,
  • सकारात्मक अनुशासनमार्फत् सिकारुहरूबिच सहयोग तथा आपसी समझदारी कायम गरी आदर्श व्यवहारलाई प्रोत्साहित गर्न,
  • सिकारुलाई खोज तथा सिर्जना उन्मुख गराउनका लागि पुस्तकालय र सूचना प्रविधिको प्रयोग लगायत अन्य उपयुक्त साधन र अवसर उपलब्ध गराउन,
  • विषम परिस्थितिमा समेत कुशलतापूर्वक उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरता दिन ।
सक्षमता ५ : सञ्चार तथा सहकार्य (Communication and Collaboration)
विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच प्रभावकारी सञ्चार र सहकार्य गर्न सक्षम ।
  • खोज, सहकार्य तथा अन्तकियाका निमित्त प्रभावकारी सञ्चार गर्न,
  • सिकारुलाई सिकाइप्रति उत्साहित बनाउन, विषय वस्तु स्पष्ट पार्न, निर्देशन अनुरूपको कार्यमा सहभागी गराउन तथा शैक्षणिक परामर्श दिन प्रभावकारी रूपमा सञ्चार गर्न,
  • पेसागत विकास र विद्यार्थी सिकाइ प्रवर्धनका लागि सहकर्मीहरूबिच अनुभव, पृष्ठपोषणको आदान प्रदान, आपसी सहयोग र सहकार्य गर्न,
  • सिकारुको शिक्षण सिकाइमा सहभागिता र शैक्षिक
  • उपलब्धि लगायतका विषयको अभिलेखन तथा सहयोगका लागि अभिभावकसँग छलफल परामर्श गर्न ।
सक्षमता ६ : निरन्तर सिकाइ र पेसागत विकास (Continuous Learning and Professional Development)
  • आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गरी निरन्तर सिकाइ र पेसागत विकासको लागि प्रतिबद्ध ।
  • पेसागत विकासका अवसरहरूको खोजी गरी निरन्तर सिकाइमा संलग्न रहन,
  • आफूले सम्पन्न गरेका कामहरूको स्वप्रतिबिम्बन (Reflection) गरी निरन्तर सुधारको प्रक्रियामा संलग्न रहन,
  • आफ्नो विषय क्षेत्रमा भएका अध्ययन अनुसन्धानबारे जानकारी राख्ने तथा शिक्षण सिकाइ सुधारका निमित्त कार्यमूलक अनुसन्धान गर्न,
  • आपसी सहयोग र सहकार्यमार्फत आफ्ना अभ्यास र व्यवहारमा नवप्रवर्तन तथा सिर्जनशीलताको विकास गर्दै पेसागत उन्नयनमा योगदान दिन,
सक्षमता ७ : कानुनी आधार तथा पेसागत आचार सहिता (Legal Bases and Professional Conduct)
  • प्रचलित ऐन नियम तथा सामाजिक मूल्य मान्यता अनुकूल आदर्श पेसागत आचरण प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी तथा उत्तरदायित्त्व वहन गर्न सक्षम ।
  • आफ्नो पेसाप्रति सम्मान र निष्ठाभाव राख्ने तथा उच्चतम् नैतिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक विश्वास आर्जन गर्न
  • प्रचलित ऐन, नियमावली, निर्देशिकाहरूअनुरूपको आदर्श आचरण प्रदर्शन गर्दै आफ्नो कार्य तथा व्यवहारको जिम्मेवारी लिन
  • पेसागत आचार संहिता र पदीय मर्यादा अनुकूल सबै बाल
  • बालिकाप्रति तटस्थ र सम्मानजनक व्यवहार प्रदर्शन गर्न तथा उहाँहरूको सर्वोत्तम् हितका लागि प्रतिबद्ध रहन,
  • सामाजिक मूल्य मान्यता र स्थानीय संस्कृतिप्रति सम्मान तथा भिन्न विचार र आस्थाप्रति सहिष्णु व्यवहार प्रदर्शन गर्न,
  • शिक्षा सम्बन्धी विश्वव्यापी मान्यताहरू (मानव अधिकार, बाल अधिकार, मौलिक हकका रूपमा शिक्षा, सबैका लागि शिक्षा आदि) प्रति सचेत रहँदै सोअनुकूल व्यवहार प्रदर्शन गर्न ।
सक्षमता ८ : सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology)
प्रभावकारी शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम
  • सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरूको छनौट तथा उपयोग गर्न,
  • सिकारुका आवश्यकता अनुकूल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकूलन गरी उपयोग गर्न,
  • सूचना प्रविधिका साधनमार्फत सिकारुहरूको स्वसिकाइ प्रवर्धन गर्न आपसी सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन,
  • सिकाइको मूल्याङ्कन र पृष्ठपोषण प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न,
  • शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीति र डिजिटल संस्कृतिमा भएको विकासबारे परिचित हुँदै सो अनुकूल पेसागत व्यवहार पर्दशन गर्न ।

Post a Comment

0 Comments