F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ ११: सूचना तथा प्रविधिबारे जानकारी (Information and Communication Technology) | कम्प्युटर शिक्षा कक्षा ६

Print Friendly and PDF

 

Information and Communication Technology
पाठ ११: सूचना तथा प्रविधिबारे जानकारी (Information and Communication Technology)
Table of Contents (विषयसूचीहरु)
  1. पाठ
    1. सूचना र सञ्चार प्रविधि (Information and Communication Technology)
    2. सूचना (Information)
  2. क्रियाकलाप
  3. अभ्यास
    1. (क) तल दिइएका प्रश्नहरूको उत्तर लेख :
    2. (ख) खाली ठाउँमा उपयुक्त शब्द भर :

पाठ

सूचना र सञ्चार प्रविधि (Information and Communication Technology)

सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा पठाउन, प्रसारण गर्न वा सञ्चार गर्न सकिन्छ । तर यसरी एक ठाउँबाट अर्को ठाउँमा सूचना आदान प्रदान गर्न सञ्चार माध्यम (communication medium) को आवश्यकता पर्दछ । यस्तो खालको माध्यमलाई दुर सञ्चार (telecommunication) को माध्यम भनिन्छ । पहिले पहिले एक ठाउँबाट अर्को ठाउँमा सूचना वा खबर पठाउन चिठीपत्र प्रयोग गरिन्थ्यो । हुलाकले आदान प्रदान गर्ने माध्यमको काम गर्थ्यो । यसमा मान्छे (हुलाकी) नै चिठी बोकेर अर्को ठाउँमा पुग्नु पर्थ्यो । तर आजकले हामी टेलिफोन, मोबाइल फोन, फ्याक्स, इ-मेल, इन्टरनेट, भिडियो कन्फ्रेसिङ (video-conferencing), रेडियो, टी.भी. लगायतका साधनहरू प्रयोग गरी खबर वा सूचना आदान प्रदान र प्रसारण गर्न सक्छौँ । यसरी वर्तमान समयमा हामीले सूचनालई टाढा टाढासम्म पुयाउन वा एक आपसमा आदान प्रदान गर्न प्रयोग गरिने आधुनिक सञ्चारका साधनहरूलाई समष्टिमा दुर सञ्चार प्रविधि (telecommunication technology) भनिन्छ ।
नोट : सूचना आदान प्रदानका लागि प्रयोग गरिदै आएका परम्परागत मानवीय किसिमबाट जस्तै: हुलाक कार्यालय, कटवाल प्रथा, परेवा) लगायतका बारेमा पनि विद्यार्थीहरूलाई जानकारी दिनुहोस् ।

सूचना (Information)

हामी पुस्तक तथा पत्रपत्रिका पढ्छौं, रेडियो सुन्छौं, टेलिभिजन तथा फिल्म हेछौं । शैक्षिक भ्रमण जान्छौं । यी सबैबाट हामीले ज्ञान हासिल गछौं । हामीले प्राप्त गरेको ज्ञान हाम्रो दिमागमा रहन्छ । यहीँ ज्ञानका आधारमा हामी ठिक, बेठिक, राम्रो, नराम्रो छुट्याउन सक्छौं । जब हामी एक आपसमा भएको ज्ञान साटासाट गछौं वा ज्ञानलाई कुनै उपयुक्त काम गर्न प्रयोग गछौं त्यही ज्ञानलाई सूचना भनिन्छ ।
सूचना (information) लाई व्यवस्थित गर्ने साधनका रूपमा काम्प्युटर प्रविधिलाई लिन सकिन्छ । हामी कि-बोर्ड, माउस, स्क्यानर, डिजिटल क्यामेरा, मुभी क्यामेरा, माइक, मोबाइल फोन आदि प्रयोग गरेर कम्प्युटरमा डाटा (data) र निर्देशन (command) हरू दिन्छौं । कम्प्युटरले डाटालाई हामीले दिएको निर्देशन (command) अनुसार प्रशोधन (process) गरेर व्यवस्थित रूपमा मिलाउँछ । अनि प्रशोधन गरेको नतिजा (result) लाई प्रिन्टरमार्फत् प्रिन्ट गरेर वा कम्प्युटरको पर्दा (screen) मा ल्याएर हामीलाई जानकारी दिन्छ । यसरी कम्प्युटरले दिएको नतिजालाई पनि सूचना भनिन्छ । यस्ता नतिजा हाम्रा लागि उपयोगी हुन्छन् । यस्ता नतिजाहरूलाई आवश्यकताअनुसार उपयुक्त काममा प्रयोग गर्न सकिन्छ ।
कम्प्युटरको भाषामा कि-बोर्ड, माउस लगायतका अन्य कैयन इनपुटका साधनहरू प्रयोग गरेर हामी कम्प्युटरमा विभिन्न तथ्याङ्क र डाटाहरू राख्ने कार्य गरिन्छ । यसरी प्राप्त सूचना वा तथ्याङ्कलाई नै डाटा (data) भनिन्छ । त्यसैगरी कम्प्युटरले प्रशोधन (process) गरेपछि जुन नतिजा (result) हामीलाई दिन्छ त्यसलाई सूचना (information) भनिन्छ । सूचना लेख, तस्विर, ग्राफ, भिडियो, आवाज वा अन्य कुनै पनि रूपमा सूचनाहरू हुन सक्छ ।
सूचना (Information) का विशेषताहरू
१. सूचना प्रशोधन गरिएको र व्यवस्थित हुन्छ ।
२. सूचना उपयोगी हुनुका साथै मूल्यवान हुन्छ ।
३. सूचना साटासाट गर्न सकिन्छ वा एक ठाउँबाट अर्को ठाउँमा पठाउन सकिन्छ ।
४. सूचनालाई सङ्कलन (store) गरेर राख्न सकिन्छ ।
कुनै सूचना सङ्कलन, प्रशोधन तथा संरक्षण गर्न कम्प्युटर प्रविधिको प्रयोग गरिन्छ । यसरी कुनै सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा पठाउन वा आदान प्रदान गर्न प्रयोग हुने प्रविधिको संयुक्त रूपलाई सूचना तथा सञ्चार प्रविधि अर्थात् (information and communication technology or ICT) भनिन्छ । तसर्थ सूचना प्रविधि (Information Technology - IT) र दुर सञ्चार प्रविधि (telecommunication technology) को संयुक्त रूपलाई नै सूचना तथा सञ्चार प्रविधिको रूपमा चिनिन्छ । यस्ता प्रविधिमार्फत् विभिन्न सूचनाहरू पठाइन्छ । यसका लागि एउटा स्टुडियो (studio) को आवश्यकता पर्छ । स्टुडियो भन्नाले विशेष प्रकारको स्थान बुझिन्छ, जहाँ ध्वनि, आवाज, सङ्गीत, दृश्य आदिलाई व्यवस्थित रूपमा विकास तथा निर्माण कार्य गरिन्छ । यस्ता स्टुडियोमा विभिन्न प्रकारका विद्युतीय मेसिनहरू, कम्प्युटर, मोनिटर, माइक, साउन्ड बक्स आदिको व्यवस्था गरिएको हुन्छ ।
रेडियो नेपाल, सगरमाथा, कान्तिपुर, गोरखा आदि संस्थाहरूको आफ्नै स्टुडियो छ । जहाँबाट विभिन्न प्रकारका सूचना तथा मनोरञ्जनका सामग्रीहरू प्रसारण गरिन्छ । यस्ता स्टुडियोहरूमा भएको कम्प्युटरमार्फत् कलाकारहरूले आफ्ना आवाज रेकर्ड गर्छन् । त्यसलाई छाँटकाँट गरी संरक्षण तथा भण्डार गरिन्छ । अनि छाँटकाँट गरिएको आवाज ट्रान्समिटरमार्फत् प्रसारण गरिन्छ र हाम्रो रेडियो सेटसम्म आइपुग्छ । अब हामी त्यो आवाज सुनेर जानकारी हासिल गछौँ । रेडियो नेपालमा भएको स्टुडियो र कम्प्युटर सूचना प्रविधि हो तर ट्रान्समिटरबाट प्रसारण गरिएका आवाज हाम्रो घरमा भएको रेडियोसम्म आइपुग्ने दुर सञ्चार प्रविधि हो । तसर्थ यी दुवैको संयुक्त रूपलाई हामी सूचना तथा सञ्चार प्रविधि भन्छौं ।

क्रियाकलाप

तिम्रो समुदायमा रहेको सूचना केन्द्रको भ्रमण गरी त्यहाँबाट प्रसारण हुने सूचनाहरू तथा त्यहाँ प्रयोग हुने उपकरणहरूको सूची बनाई कक्षामा छलफल गर ।
उत्तर: आइसिटी केन्द्रहरू भनेको त्यस्ता सार्वजनिक स्थानहरू हुन्, जहाँ मानिसहरूले कम्प्युटर, इन्टरनेट र अन्य मिडियाहरू प्रयोग गर्न;  प्रशिक्षण प्राप्त र अन्य संचार-सम्बन्धित सेवाहरू प्राप्त गर्दछ । मेरो समुदायमा रहेको आइसिटी केन्द्रको एउटा उदाहरण रेडियो स्टेसन हो ।
रेडियो स्टेसनमा प्रयोग हुने उपकरणहरुको सुची यसप्रकार छन्:
- एफएम प्रसारण ट्रान्समिटर, एन्टेना, केबल आरएफ, आरएफ कनेक्टरहरू
- कम्प्युटर, मिक्सर कन्सोल, माइक्रोफोन, हेडफोन, एक्टिभ स्पिकर मनिटर, माइक, आदी ।
(तपाईंले आफ्नो समुदायमा रहेको सूचना केन्द्रको भ्रमण गरी त्यहाँबाट प्रसारण हुने सूचनाहरू तथा त्यहाँ प्रयोग हुने उपकरणहरूको सूची बनाई माथी दिएको उदाहरण जसरी लेख्ने कोशिश गर्नुहोला ।)

अभ्यास

(क) तल दिइएका प्रश्नहरूको उत्तर लेख :

१. तिमीले सूचना प्रविधिबारे के बुझेका छौ ? लेख ।
उत्तर: सूचना प्रविधि (IT) भनेको कुनैपनि सूचना तथा जानकारीहरुलाई कम्प्युटर प्रविधिको प्रयोग गरि विद्युतीय स्वरुप वा इलेक्ट्रोनिक डाटाको रुपमा सुरक्षित रुपले प्रशोधन, भण्डारण र कम्प्युटरजन्य उपकरणहरु बिच आदानप्रदान गर्नु हो ।
२. सूचना प्रविधिको महत्त्व बारेमा लेख ।
उत्तर: सूचना प्रविधिको महत्त्वलाई निम्नानुसार बुँदाहरुमा यसरी प्रस्तुत गर्न सकिन्छ:
क. घरमै बसिबसि विश्वमा घटेका घटनाहरुको बारेमा थाहा पाउन ।
ख. आफूले नजानेको कुराहरु इन्टरनेटको माध्यमबाट खोजेर पढ्न ।
ग. ईमेल, टेलिफोन, फ्याक्स, सामाजिक सञ्जाल वा च्याटबाट सूचनाहरु आदनप्रदान गर्न ।
घ. बैकिङ र ई-मेडिसिन सेवा लिन तथा व्यापार व्यवसाय प्रवर्द्धन गर्न ।
३. कम्प्युटरलाई कसरी सूचना प्रविधिमा प्रयोग गरिएको छ ? कुनै चार ओटा प्रयोग क्षेत्रका बारेमा लेख ।
उत्तर: कम्प्युटरलाई सूचना प्रविधिमा निम्नानुसार प्रयोग गरिएको छ:
क. शिक्षण क्षेत्रमा
ख. स्वास्थ क्षेत्रमा
ग. बैङ्किङ क्षेत्रमा
घ. सञ्चार क्षेत्रमा
ङ. व्यापार व्यवसाय क्षेत्रमा
४. सूचना प्रविधिमा प्रयोग हुने गरेका कुनै तिन प्रविधिका बारे उल्लेख गर ।
उत्तर: सूचना प्रविधिमा प्रयोग हुने गरेका प्रविधिहरु निम्नानुसार छन्:
क. टेलिफोन वा टेलिकम्युनिकेसन प्रविधि
ख. रेडियो र टेलिभिजन प्रविधी
ग. इमेल र इन्टरनेट प्रविधि
घ. वर्ड वाइड वेव (WWW) र क्लाउड प्रविधि
५. रेडियो र टेलिभिजनबाट प्रसारण हुने गरेका सूचनाहरू कस्ता कस्ता हुन्छन् ? यसका बारेमा छोटकरीमा विवेचना गर ।
उत्तर: रेडियो र टेलिभिजन सुचना सञ्चार प्रविधिको महत्त्वपूर्ण प्रविधिहरु हुन् । यिनीहरू दुइटैले विश्वभर घेटका घटनाहरुलाई समचारको माध्यमबाट प्रस्तुत गर्नुको साथै विभिन्न शैक्षिक, मनोरञ्जनात्मक र ज्ञानवर्दक कुराहरुलाई दर्शक वा श्रोताहरु समक्ष पुर्‍याउने काम गर्छ । साधारणतयाः दुबैको काम उस्तै भएपनि यिनीहरूमा प्रयोग हुने प्रविधि फरक हुन्छ । रेडियोबाट आवज मात्र सुन्न सकिन्छ तर टेलिभिजनबाट सुन्न र दृश्यहरु प्रत्यक्ष देख्न पनि सकिन्छ ।
६. रेडियोभन्दा टेलिभिजनबाट प्रसारण हुने सूचनाहरू किन बढी प्रभावकारी हुन्छन् ? कारणसहित व्याख्या गर ।
उत्तर: रेडियोभन्दा टेलिभिजनबाट प्रसारण हुने सूचनाहरू बढी प्रभावकारी हुन्छन् किनभने रेडियोबाट आवज मात्र सुन्न सकिन्छ तर टेलिभिजनबाट सुन्न र दृश्यहरु प्रत्यक्ष देख्न पनि सकिन्छ । रेडियोबाट सुनेको कुरा भन्दा टेलिभिजनबाट देखेको कुरा चिरस्थायी हुन्छ ।
७. रेडियो, एफएम तथा टेलिभिजनलाई प्रयोग गरी कसरी प्रभावकारी शिक्षा प्रदान गर्न सकिन्छ । उदाहरणसहित व्याख्या गर ।
उत्तर: रेडियो, एफएम तथा टेलिभिजनलाई प्रयोग गरी खुला तथा दुर शिक्षाको माध्यमबाट प्रभावकारी शिक्षा प्रदान गर्न सकिन्छ । विद्यार्थीहरु आफ्नो घरमै बसेर रेडियो तथा टिभिबाट प्रसारण हुने शैक्षिक कार्यक्रमहरु सुनेर वा हेरेर शिक्षा ग्रहण गर्न सक्छन् ।
उदाहरणको रुपमा कोभिड महामारीको कारण विद्यालयहरु बन्द रहेको अवस्थामा पनि विद्यार्थीहरुले रेडियो तथा टेलिभिजनहरुबाट शैक्षिक कार्यक्रमहरु सुनेर वा हेरेर ज्ञान हासिल गरिरहेका छन् ।

(ख) खाली ठाउँमा उपयुक्त शब्द भर :

१. वर्तमान अवस्थामा सूचना प्राप्त गर्ने प्रविधिलाई .......... भनिन्छ ।
२. प्रभावकारी तरिकाबाट विभिन्न सूचनाहरूलाई ........... सकिन्छ ।
३. कम्प्युटर प्रयोग गरी ........... सूचनाहरू लिन र दिन सकिन्छ ।
४. टेलिजिभनबाट ........... सूचनाहरू प्रसारण गरिन्छ ।
५. रेडियोबाट ........... सूचनाहरू मात्र प्रसारण गर्न सकिन्छ ।
उत्तर:
१. वर्तमान अवस्थामा सूचना प्राप्त गर्ने प्रविधिलाई दुरसञ्चार प्रविधि भनिन्छ ।
२. प्रभावकारी तरिकाबाट विभिन्न सूचनाहरूलाई आदानप्रदान सकिन्छ ।
३. कम्प्युटर प्रयोग गरी प्रशोधित  सूचनाहरू लिन र दिन सकिन्छ ।
४. टेलिजिभनबाट श्रव्य-दृश्य सूचनाहरू प्रसारण गरिन्छ ।
५. रेडियोबाट श्रव्य सूचनाहरू मात्र प्रसारण गर्न सकिन्छ ।

Post a Comment

0 Comments