F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ २ - कम्प्युटरको इतिहास (History Of Computer) | कम्प्युटर शिक्षा कक्षा ८

Print Friendly and PDF

पाठ

कम्प्युटरको इतिहास प्रायः ऐतिहासिक समयबाट सुरु हुन्छ । अङ्कहरूको विकास हुनु अगाडि मान्छेहरू गणना गर्न कुनै स्रोतहरूको प्रयोग गर्दथे । भित्तामा धर्काहरू कोर्ने, आफ्ना जनावरहरू गणना गर्न ढुङ्गाहरू प्रयोग गर्ने, आफ्ना औंलाहरू र डोरीका गाँठाहरू प्रयोग गर्ने गर्दथे । यसको फलस्वरूप हिन्दु दार्शनिकहरूले गणना गर्न नयाँ प्रविधि विकास गरे । यसमा ०-९ सम्मका अङ्कहरू प्रयोग गरिन्थ्यो । यसमा जम्मा १० ओटा मात्र हुने भएकाले यसलाई डेसिमल नम्बर (decimal number system) भनिन्छ । मानवको विकाससँगै उनीहरूले व्यापार गर्न थाले । यसमा विभिन्न किसिमका अप्ठ्यारा हिसाब गर्नुपर्ने भयो । यही दौरानमा विभिन्न समयमा विभिन्न अप्ठ्यारा किसिमका हिसाबहरू सजिलै सम्पन्न गर्न नयाँ नयाँ मेसिन र प्रविधिको विकास गर्न थाले । यस पाठमा हामी तिनै प्रविधिबारे छोटकरीमा चर्चा गछौँ :

१. अवाकस (Abacus)


Abacus

अबाकस पहिलो मानव निर्मित हिसाब (calculating) गर्ने उपकरण हो । यो करिब ३००० वर्ष अगाडि चिनियाँ व्यापारीहरूले बनाएका थिए । यो चारपाटे फ्रेममा काठ वा धातुका डन्डीहरू जडान गरी बनाएको हुन्छ । फ्रेमलाई तल्लो र माथिल्लो गरी दुई भागमा छुट्याइएको हुन्छ र बिचको काठले तल्लो भाग र माथिल्लो भागलाई छुट्याएको हुन्छ । तल्लो भागलाई अर्थ (earth) र माथिल्लो भागलाई हेभन (heaven) भनिन्छ । तल्लो भागमा ५/५ ओटा डल्लाहरू हुन्छन् भने माथिल्लो भागमा २/२ ओटा डल्लाहरू जडान गरिएका हुन्छन् । यी डल्लाहरू हातका औंलाले तल माथि सारेर हिसाब गरिन्छ । यी डन्डीहरूमा जडित डल्लाहरूले निश्चित अङ्कको प्रतिनिधित्व गरेका हुन्छन् । डन्डीहरू दायाँबाट बायाँतर्फ जाँदा, पहिलोले एक अङ्कको प्रतिनिधित्व गर्दछ भने दोस्रोले दस, तेस्रोले सय…, एवम् प्रकारले ती डल्लाहरूले अङ्कभार बोकेका हुन्छन् तर माथिल्लो डल्लाहरूको अङ्कभार पाँच हुन्छ । उदाहरणका लागि पहिलो डन्डीका डल्लाहरू पाँच ओटै गणना गरिसकेपछि माथिल्लो एउटा डल्लो गणना गरिन्छ । जब माथिल्लो दुई ओटा गणना हुन्छ, त्यस बराबर दोस्रो डन्डीको एक डल्ला हुन्छ । यस उपकरणबाट फ्राक्सनहरू (fraction) को पनि गणना गर्न सकिन्छ ।

नापियर बोन (Napier's Bone):

Nepiers Bone
Nepiers Bone
जोन नापियर (John Napier) एक स्कटिस (Scottish) गणितज्ञ हुन् । उनले लगरिथ्म (logarithm) सम्बन्धी किताब 'राबडोलोजिया' (Rabdologia) निकालेका थिए । जसले गुणन र भाग गर्न सजिलो बनायो । उसले इ.सं. १६१७ मा जनावरहरूको हड्डीमा विभिन्न अङ्कहरू कोरेर गणना गर्ने उपकरण विकास गरे । जसलाई नापियर बोन भनिथ्यो । यस उपकरणमा जम्मा नौ ओटा हाडहरू हुन्छन् । ती हाडहरूमा १-९ ओटा सम्मका गुणाङ्कहरू कुँदिएका हुन्थे ।

स्लाइड रूल (Slide Rule)

स्लाइड रुल एक एनालग हिसाब गर्ने उपकरण हो । यसलाई विलियम औगरेट (William Oughtred) ले इ.सं. १६२० मा बनाएका थिए । उनी ब्रिट्रिस गणितज्ञ थिए । उनको उपकरण जोन नापियरको सिद्धान्त 'लगरिथम (logarithm)' मा आधारित छ ।
स्लाइड रुलमा दुई ओटा स्केल हुन्छन् । एउटा लामो र अर्को छोटो हुन्छ । यसमा अङ्कहरू कोरिएका हुन्छन् । सानो स्केल लामो स्केलमाथि खप्टयाएर चलाउन मिल्ने गरी बनाएको हुन्छ । यसको मद्तबाट गुणन र भाग सजिलै गर्न सकिन्छ । यसलाई पहिलो एनालग (analog device) उपकरण पनि भनिन्छ ।

पास्कलाइन (Pascaline)

पास्कलाइन (Pascaline)
पास्कलाइन (Pascaline)
इ.सं. १६४२ मा फेन्च गणितज्ञ ब्यलेज पास्कल (Blaise Pascal) ले पास्कलाइन (Pascaline) उपकरण बनाएका थिए । ब्यलेज पास्कलले यो उपकरण उनको बुबाको कामलाई सहयोग पुयाउन बनाएका थिए । यस उपकरणमा आठ ओटा घुमाउन मिल्ने चक्का जडान गरिएको हुन्छ, जसमा ० देखि ९ सम्म अङ्क कोरिएको हुन्छ । यी चक्काहरू एक अर्कासँग विशेष किसिमले जोडिएका हुन्छन्, जसमा एउटा चक्का ० देखि ९ सम्म घुमाउँदा सँगैको अर्को चक्का १ पटक घुम्छ ।
यहीँ अनुपातमा अरू चक्काहरू घुम्ने व्यवस्था मिलाइएको हुन्छ । सानो घडी हरेक चक्काको माथि जडान गरिएको हुन्छ, जसले चक्काको अवस्था वा मात्रालाई देखाउँछ । यो उपकरणलाई विशेष गरी जोड र घटाउ हिसाब गर्न प्रयोग गरिन्छ । गुणन र भाग गर्न पटक पटक जोड वा पटक पटक घटाउ गरिन्थ्यो । यस उपकरणले आठ अङ्कसम्म मात्र हिसाब गर्न सकिन्छ ।

लेबनाइज स्टेप्ड रेकनर (Leibnitz Stepped Reckoner)

लेबनाइज स्टेप्ड रेकनर (Leibnitz Stepped Reekaner)
जर्मन गणितज्ञ गटफ्रिड विल्हेम लेवनिज (Gottfried Wilhelm Leibniz) ले इ.सं. १६७३ मा यो उपकरणको निर्माण गरेका थिए । यो उपकरण पास्कलाइनकै सिद्धान्तमा आधारित थियो। तर बनावट पास्कलाइन भन्दा अलि जटिल थियो । यस उपकरणको मद्दतबाट जोड, घटाउ, गुणन र भाग गर्न सकिन्छ । यसमा एउटा ह्यान्डलको मद्दतबाट नम्बरहरू इन्ट्री गरिन्थ्यो र आवश्यक हिसाब निकालिन्थ्यो ।

चार्ल्स बावेज (Charles Babbage)

Charlse Babbage
Charlse Babbage
चार्ल्स बाबेज इ.सं. १७९१ मा ब्रिटेनमा जन्मेका थिए । उनी आधुनिक कप्प्युटर पिता (Father of Computer) मानिन्छन् । उसले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिन गरी दुई ओटा आधुनिक उपकरण बनाएका थिए । विशेष कारण ती दुई ओटा उपकरण पूर्ण हुन पाएन । तर पनि उनको विचार र प्रविधिले धेरै ख्याति कमाएका थिए, जसको फलस्वरूप अहिलेको आधुनिक कम्प्युटरमा उसको प्रविधि प्रयोग गरिएको पाइन्छ । उनी क्याम्बिज (Cambridge) विश्व विद्यालयका प्राध्यापक थिए ।

डिफरेन्स इन्जिन (Difference Engine)

चार्ल्स बाबेजले इ.सं. १८२२ मा डिफरेन्स इन्जिन बनाएका थिए । यस इन्जिनमा इन्धनको रूपमा बाफ प्रयोग गरिन्थ्यो । यस इन्जिनले डिफरेन्स टेबल (Difference Table) को आधारमा काम गर्छ । हाल यसको एउटा मोडेल लन्डनको म्युजियममा राखिएको छ ।

एनालिटिक्कल इन्जिन (Analytical Engine)

डिफरेन्स इन्जिन बनाउने क्रममा बाबेजले नयाँ विचार र प्रविधि पत्ता लगाए । इ.सं. १८३३ मा डिफरेन्स इन्जिनलाई बिचैमा छाडेर नयाँ उपकरण बनाउनेतर्फ लागे, जसको नाम एनालिटिकल इन्जिन हो । (Analytical Engine) यस इन्जिनमा चार मुख्य भाग थिए :
१. मिल (Mill) : हिसाब गर्ने (Calculating) भाग
२. स्टोर (Store) : भन्डारण गर्ने भाग
३. इन्पुट (Input) : डाटा इन्ट्री गर्ने भाग
४. आउटपुट (Output) : परिणाम देखाउने भाग
यस उपकरणमा इन्पुट र आउटपुट कार्य गर्न पन्च कार्ड (Punch Card) को प्रयोग गरिन्थ्यो । बाबेजले यो विधि ज्याकर्ड लूम (Jacquard Loom) बाट लिएका थिए । यसले २० अङ्कसम्मको हिसाब निकाल्न सक्दछ, जसको गति ६० ओटा जोड प्रति मिनेट थियो । यस उपकरणका मुख्य विशेषताहरू निम्न लिखित छन् :
१. डाटा र इन्स्ट्रक्सन (Instructions) हरू पन्च कार्डको मद्दतबाट दिइन्थ्यो ।
२. डाटाहरूलाई भन्डारण (store) गर्न सकिन्थ्यो ।
३. मिल (Mill ) को प्रयोग गरी प्रशोधन (Processing) कार्य गरिन्थ्यो ।
४. आवश्यक आउटपुट (Output) परिणामको रूपमा निकाल्न सकिन्थ्यो ।

लेडी अगस्ट अडा (Lady Augusta Ada)

लेडी अगस्टा चार्ल्स बाबेजको विचारबाट प्रभावित थिइन् । बाबेजसँगको भेटघाटको क्रममा लेडी अगस्टले एनालेटिकल इन्जिन सम्बन्धी थुप्रै ज्ञान हासिल गरेकी थिइन् । उनीले एनेलिटिकल इन्जिनमा बाइनरी नम्बर (Binary Number) प्रयोग गर्न सुझाव दिएका थिए । अडाले पहिलो पल्ट कम्प्युटरमा प्रोग्रामिङ गर्न सफल भए । कम्प्युटरमा एक पटक दिएको निर्देशन (Instruction) पटक पटक आवश्यकताअनुसार दोहोर्‍याउन सकिन्छ भनी लुपिङ (Looping) को आवधारणा पत्ता लाग्यो । उनलाई पहिलो कम्प्युटर प्रोग्रामर (Computer Programmer) भनी चिनिन्छ । पछि उनको सम्मानमा इ.सं. १९७९ मा अमेरिकाको सुरक्षा विभागले तयार गरेको कम्प्युटर प्रोग्रामिङको नाम लेडी अगस्टा अडा (ADA) भनी राखियो ।

टाबुलेटिक मेसिन (Tabulating)

हर्मन अमेरिकाको तथ्याङ्क विभागमा जनगणना कार्यालयका कर्मचारी थिए । उसले ज्याकर्ड लुमको पन्जकार्डको प्रविधिलाई परिमार्जित गरी टाबुलेटिङ मेसिनमा प्रयोग गरेका थिए । इ.सं. १८८० को अमेरिकाको जनगणना कार्य झन्डै ७ सात वर्ष लागेको थियो । त्यसको १० वर्षपछि इ.सं. १८९० मा जनसङ्ख्या वृद्धिका कारण १० वर्ष लाग्ने अनुमान गरेका थिए ।
त्यसैले अमेरिकाको जनगणना कार्यालयले कसले छिटो गणना गर्ने उपकरण बनाउन सकिन्छ भनी प्रतियोगिताको आयोजना गर्‍यो । यस प्रतियोगितामा हर्मनले 'टाबुलेटिङ मेसिन' (Tabulating Machine) बनाई प्रतियोगितामा भाग लिएर प्रतियोगितासमेत जिते । यही मेसिनपछि १८९० को जनगणनामा प्रयोग गरियो र जनगणना कार्य ३ वर्षमा कम खर्चमा सम्पन्न गर्न सफल भयो । हर्मनले पहिलो पल्ट आफ्नो मेसिनमा पन्ज कार्डको प्रयोग गरेका थिए । इ.सं. १८९६ मा होरिडले टाबुलेटिङ मेसिन कम्पनी (Tabulating Machine Company) को स्थापना गरे । उनले अर्को कम्पनीसँग मिली विश्व प्रसिद्ध कम्पनी आई.बी.एम (I.B.M.) को स्थापना गरे, जुन हालसम्म प्रसिद्ध छ ।

इलेक्ट्रो मेकानिकल कम्प्युटर (Electro Mechanical Computer) मार्क-I (Mark-I)

Mark-I
मार्क I लाई पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर मानिन्छ । इ.सं. १९४० मा हावर्ड विश्व विद्यालयका प्रोफेसर हावर्ड आइकन (Howard Aikon) र IBM का इन्जिनियरहरूद्वारा एक जटिल किसिमको मेसिन तयार गरियो, जसको नाम मार्क - आई (Mark-1) राखियो ।
यसलाई आई. बी. एम. ए. एस. सी. सी. (IBMASCC) भनिन्छ । यो पहिलो प्रोग्राम्बेल (programmable) कम्प्युटर हो । यो मेसिनको बनावट जटिल र आकार विशाल थियो । यसमा ७५०,००० विभिन्न पार्ट पुर्जाहरू जडान गरिएको थियो र यसमा ५०० माइल लामो तारले ती पुर्जाहरूलाई जोडिएका थिए । यसमा भ्याकुम ट्युबहरू मात्र १८,००० ओटा प्रयोग गरिएको थियो । यसको लम्बाइ ५१ फिट, उचाइ ३ फिट र तौल ३२ टन थियो । यसले धेरै मात्रामा विद्युत् खपत गर्नुका साथै ताप बढी मात्रामा उत्पादन गर्दथ्यो । ग्रेस होपर (Grace Hoper) मार्क-I को प्रोग्रामर थिए, जसले पहिलो कम्प्युटर बग (Computer Bug) पत्ता लगाए ।

एन्टानासफ बेरी कम्प्युटर (ABC/Antanasoff Berry Computer)

ABC/Antanasoff Berry Computer
जोन भासेन एन्टानासफ र उसका विद्यार्थी किलिफड बेरी मिली पहिलो इलेक्ट्रोनिक कम्प्युटर एन्टानासफ बेरी (ए.बी.सी.) बनाए । यसमा जम्मा ३००० विट्स भन्डारण गर्ने क्षमता राख्दथ्यो । एन्टानासफले आफ्नो मेसिनमा पहिलो पल्ट क्यापासिटर प्रयोग गरी इलेक्ट्रिक चार्ज (Electric Charge) भन्डारण गर्न सफल भए । ती इलेक्ट्रिक चार्जलाई बाइनरी नम्बर ० र १ ले प्रतिनिधित्व गरे, जसलाई बाइनरी नम्बर सिस्टम पनि भनिन्छ ।

इनिक (ENIAC/Electronic Numerical Integrator and Calculator)

इलेक्ट्रोनिक्स न्युमेरिकल इट्रिग्रेटर र क्यालकुलेटर दोस्रो विश्वयुद्धका दौरान विभिन्न किसिमका अत्याधुनिक उपकरणको बिकास भयो । इ.सं १९४६ मा जोन विलियम माउटयुली र जे.पी. इकर्टले यी मेसिन अमेरिकाको सैनिक प्रयोजनका लागि बनाएका थिए । यसको कार्य क्षमता पहिलेका कम्प्युटरहरू भन्दा निकै बढी थियो । यसको आकार १० फिट अग्लो र १,००० स्क्वायर फिट कोठा आवश्यक पर्दथ्यो । यसको तौल ३० टन थियो । यसमा ७०,००० रेजिस्ट्रर (Register), १०,००० क्यापासिटर (Capacitor), ६०,००० स्विच (switch) र १८००० भ्याकुम ट्युब (Vacuum Tube) जडित थियो । यसले १८०,००० वाट विद्युत् खपत गर्दथ्यो । यो कम्प्युटरलाई पहिलो जेनरल परपोज कम्प्युटर (General Propose) भनिन्छ ।

एडस्याक (Electronic Delay Storage Automatic Computer)

जोन भ्यान न्युमानले सन् १९४५ मा भन्डारण गर्ने EDSAC सिद्धान्त पत्ता लगाएका थिए । इडस्याक (EDSAC) कम्प्युटर उसकै भन्डारण गर्ने सिद्धान्तमा आधारित कम्प्युटर हो । क्याम्ब्रिज विश्व विद्यालयमा माडसी विल्क तो ले इ.सं. १९४९ मा यसको निर्माण गरेका थिए । यसमा ३,००० वाट भ्याकुम ट्युब प्रयोग गरिएको थियो । यसले जम्मा ३० किलोवाट विद्युत् खपत गर्दथ्यो । यसको गति १५०० माइक्रो सेकेन्ड जम्मा गर्न र ४००० माइक्रोसेकेन्ड गुणन गर्न लाग्थ्यो ।

युनिभ्याक (UNIVAC/Universal Automatic Computer-I)

युनिभ्याक कम्प्युटर पहिलो व्यापारिक प्रयोजनका लागि बनाएको जनरल कम्प्युटर हो । यो कम्प्युटर पहिलो पल्ट धेरै मात्रामा उत्पादन गरिएको थियो । यो कम्प्युटर जोन म्याउटयुली र जे.पी एकर्टले स्थापना गरेको कम्पनी युनिभरर्सल एकाउन्टिङ कम्पनी (ग्niversal Accounting Company) मा बनेको हो । यसको बनावट २५ फिट चौडाइ, ५० फिट लम्बाइको थियो । यसको भन्डारण क्षमता १,००० शब्द वा १२,००० ओटा अक्षर थियो । यसमा म्याग्नेटिक टेप इन्पुट र स्टोरेजका लागि प्रयोग गर्दथे र इलेक्ट्रोनिक टाइप राइटर आउटपुटको लागि प्रयोग गर्दथे । यसले १२० के.भी.ए. विद्युत् खपत गर्दथ्यो । यसले ०.५२५ मिलि सेकेन्ड जम्मा गर्ने, २.१५ मिलि सेकेन्ड गुणन गर्न र ३५ मिलि सेकेन्ड भाग गर्न समय लिन्थ्यो ।

इडिभ्याक (EDVAC/Electronic Discrete Variable Automatic Computer)

इ.सं. १९५२ मा जोन माउचुली र जे.पी.एकर्टहरूले इडिभ्याक कम्प्युटर निर्माण गरेका थिए । यसलाई स्टोर प्रोग्राम सिद्धान्त प्रयोग गरिएको दोस्रो कम्प्युटर मानिन्छ । यसमा प्रोसेसर मेमोरी र स्टोर प्रोग्रामसमेत राखिएको हुन्थ्यो । यसमा ४००० भ्याकुम ट्युब र १०००० क्रिस्टल डाइड्स (Crystal Diodes) प्रयोग गरिएको थियो ।

नेपालमा कम्प्युटरको इतिहास (History of computer in Nepal)

नेपालमा कम्प्युटरको इतिहास वि.सं. २०२८ सालबाट सुरु भएको मानिन्छ । तत्कालिन सरकारले २०२८ सालको जनगणनाका लागि दोस्रो पुस्ताको कम्प्युटर IBM 1401 भित्र्याएको थियो । त्यस कम्प्युटरको मद्दतले १ वर्ष ७ महिनमा, १ करोड १२ लाख ५० हजार जनताको गणना गरेको थियो । पछि सो कम्प्युटर सरकारले किनी राष्ट्रिय तथ्याङ्क विभागलाई जिम्मा दियो र वि.सं. २०३१ सालमा सोही कम्प्युटरको मद्दतबाट इलेक्ट्रोनिक डाटा प्रोसेसिङ सेन्टरको स्थापना भयो । हाल यो विघटन भैसकेको छ । वि.सं. २०३८ सालमा ICL 2950/10 खरिद गरियो । यसको मद्दतले पहिलोको जनगणनाभन्दा छिटो गणना गर्न सक्षम भए । वि.सं. २०३९ बाट माइक्रो कम्प्युटर एप्पल, भेक्टर, सिरस नेपालमा भित्रिएको पाइन्छ । विस्तारै आजसम्ममा हरेक ब्रान्डका राम्रा राम्रा कम्प्युटर पाइन थालेको छ ।

कार्यकलाप

१. मेकानिकल कम्प्युटरहरूको चित्र बनाई त्यसको निर्माणकर्तासमेत उल्लेख गरी चार्ट बनाऊ ।
उत्तर: 
मेकानिकल कम्प्युटर
मेकानिकल कम्प्युटर


२. इलेक्ट्रोनिक कम्प्युटरहरूको सूची तयार गर ।
उत्तर: इलेक्ट्रोनिक कम्प्युटरहरू Mark I, ENIAC, EDSAC, UNIVAC, EDVAC लगायत वर्तमान समयमा सबै कम्प्युटरहरू हुन । 

अभ्यास

१. तलका बाली ठाउँमा भर:

(क) अबाकस ...........  व्यापारीहरूले बनाएका थिए ।
(ख) अबाकसको माथिल्लो भागलाई ............ भनिन्छ ।
(रा) पास्कलाइन ........... ले बनाएका थिए ।
(घ) कम्प्युटरका पिता भनी ........... लाई चिनिन्छ।
(ङ) .......... पहिलो व्यावसायिक कम्प्युटर मानिन्छ ।

उत्तरखाली ठाउँको उत्तरहरु:
(क) अबाकस चिनियाँ व्यापारीहरूले बनाएका थिए ।
(ख) अबाकसको माथिल्लो भागलाई हेभन (heaven) भनिन्छ ।
(रा) पास्कलाइन ब्यलेज पास्कल (Blaise Pascal) ले बनाएका थिए ।
(घ) कम्प्युटरका पिता भनी चार्लस बाबेज (Charles Babbage) लाई चिनिन्छ।
(ङ) युनिभ्याक आई  (UNIVAC-I) पहिलो व्यावसायिक कम्प्युटर मानिन्छ ।

२. ठिक र बेठिक बुट्याऊ :

(क) स्लाइड रुल लगरिथम (logarithm) मा आधारित उपकरण हो ।
उत्तर: ठिक
(ख) नापियर बोन जनावरका हाडमा अङ्ग कुडिएर बनाएका हुन्छन् ।
उत्तर: ठिक
(ग) लेबनाइण्ड स्टेप रकनर चार्ल्स बाबेजले बनाएका थिए ।
उत्तर: बेठिक (किनकी यो जर्मन गणितज्ञ) गटफ्रिड विल्हेम लेवनिजले बनाएका हुन ।)
(घ) एनालिटिकल इन्जिनमा भन्डारण गर्ने भाग हुँदैन ।
उत्तर: बेठिक (किनकी यसमा मिल, स्टोर, इन्पुट र आउटपुट हुन्छ ।
(ङ) लेडी अगस्टा अडा पहिलो कम्प्युटर प्रोग्रामर हो ।
उत्तर: ठिक

३. जोडा मिलाऊ :

(क) डिफरेन्स इन्जिन         इनिक (ENIAC)
(ख) मार्क आई                   युनिभ्याक (UNIVAC)
(ग) एबिसी                         चार्ल्स बाबेज
(घ) जोन माउच्युली             पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर
(ङ) जेपी एकर्ट                    ३,००० बिट्स (0.4k) भन्डारण क्षमता

उत्तरजोडा मिलाउको उत्तर:
(क) डिफरेन्स इन्जिन         चार्ल्स बाबेज
(ख) मार्क आई                 पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर
(ग) एबिसी                     ३,००० बिट्स (0.4k) भन्डारण क्षमता
(घ) जोन माउच्युली         इनिक (ENIAC)
(ङ) जेपी एकर्ट             युनिभ्याक (UNIVAC)

४. निम्न लिखित सक्षिप्त शब्दका विस्तारित रूप लेख :

(क) इडिस्याक (EDSAC) = Electronic Delay Storage and Automatic Computer
(ख) इडिभ्याक (EDVAC) = Electronic Discrete Variable Automatic Computer
(ग) युनिभ्याक (UNIVAC) = Universal Automatic Computer
(घ) इनिक (ENIAC) = Electronic Numerical Integrator and Calculator
(ङ) एबिसी (ABC) = Atanasoff-Berry Computer

५. तलका प्रश्नहरूको उत्तर लेख :

(क) अबाकसको बारेमा छोटो टिप्पणी गर ।
उतर: अबाकस भनेको तीन हजार बर्ष पहिले चिनियाँ व्यापारीहरुले चारपाटे फ्रेमको काठ वा धातुका डन्डीहरुमा  सात सात वटा डल्ला उनेर जडान गरि बनाएको बनाइएको हिसाब गर्ने यान्त्रिक उपकरण हो । यसको फ्रेमलाई तल्लो र माथिल्लो भागमा छुट्याएको हुन्छ । तल्लो भागलाई लोअर डेक वा अर्थ र माथिल्लो भागलाई अपर डेक वा हेभन भनिन्छ ।  तल्लो भागमा ५/५ वटा डल्ला र माथिल्लो भागमा २/२ वटा डल्ला राखिएको हुन्छ, जसलाई तल वा माथि सारेर गणना गर्ने कार्य हुन्छ ।

(ख) नापियर बोन भनेको के हो, यसको आविष्कार कसले गरेका थिए ।
उत्तर: नापियर बोन भनेको इ.सं. १६१७ मा स्कटिस गणितज्ञ जोन नेपियले जनवारको हड्डीलाई कुँदेर बनाइएको सानो हिसाब गर्ने उपकरण हो । यस उपकरणमा एक देखि नौ सम्मको गुणाङ्कहरु कुँदिएका हुन्थे, जसले गर्दा एक अङ्कको गुणन अति छोटो समयमा गर्न सक्थ्यो । यो उपकरण प्रयोग गरेर गुणन र भाग गर्न सकिन्थ्यो । उनले यस उपकरणको अवधारणा आफ्नो लगरिथ्म सम्बन्धि किताब 'राबडोलोजिया' मा अगि सारेका थिए ।

(ग) चार्ल्स बाबेजलाई किन कम्प्युटरको पिता भनिएको हो, छोटकरीमा चर्चा गर ।
उत्तर: चाल्स बाबेजलाई कम्प्युटरको पिता भनिन्छ, किनकी उनले कम्प्युटरको इतिहासमा सबभन्दा पहिले वाफबाट चल्ने डिफेन्स इन्जिन र एनालिटिकल इन्जिनको अविस्कार गरेर ठूलो योगदान गरेका थिए । डिफेन्स इन्जिनबाट टेबुलहरु तयार गर्न र विजगणितीय पदावलीको मान निकाल्न सकिन्थ्यो । उनको जन्म इ.सं. १९७१ मा ब्रिटेनमा भएका थिए । उनी क्याम्ब्रिज विश्व विद्यालयमा प्राध्यापकका रुपमा पनि कार्यरत थिए ।
 
(घ) एनालिटिकल इन्जिनका विशेषताहरू लेख ।
उत्तर: एनालिटिकल इन्जिन चार्ल्स बाबेजले बनाएको पहिलो टेबुलहरु तयार गर्न र विजगणितीय पदावलीको मान निकाल्न प्रयोग हुने मेसिन हो । यसको विशेषज्ञहरू निम्नानुसार छन्:
(क) इन्पुट गर्नका लागि पन्चकार्डको प्रयोग गरिन्थ्यो ।
(ख) प्रशोधन गर्नका लागि मिल (mill) को प्रयोग गरिन्थ्यो ।
(ग) भन्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिन्थ्यो ।
(घ) स्वचालित छपाइ विधिको उपयोग भएको थियो ।

(ङ) इनाइक (ENIAC) कम्प्युटरको बनावटबारे लेख ।
उत्तर: इनाइक कम्प्युटर इ.सं. १९४६ मा जोन विलियम मोच्ली र जे.पी. इकर्टले क्याम्ब्रिज विश्वविद्यालयमा निर्माण गरेका हुन । यो कम्प्युटर उनीहरुले दोस्रो विश्वयुद्धको समयमा सैन्य प्रयोजनको लागि बनाएका थिए । यो कम्प्युटर सामान्य प्रयोजनका लागि तर तुलनात्मक रुपमा पहिलेका कम्प्युटर भन्दा अती शक्तिशाली र ठूलो परिमाणमा काम गर्न सक्ने खालको थियो । यसको आकार १० फिट अग्लो र १००० स्क्वायर फिटको कोठा आवश्यक पर्ने खालको थियो । यसमा ७० हजार रेजिट्रर, १० हजार क्यापासिटर, ६० हजार स्विच र १८ हजार भ्याकुम ट्युबहरुको प्रयोग भएको थियो । यसको तौ ३० टनको थियो ।

Post a Comment

0 Comments