पाठ
सफ्टवेयर (Software) भनेको कम्प्युटर प्रोग्रामहरूको सङ्कलन हो, जसमा कम्प्युटरका कुन कार्य कसरी सम्पन्न गर्ने भन्ने निर्देशनहरू दिइएका हुन्छन् । कम्प्युटरका हार्डवेयर (Hardware) सफ्टवेयरको मद्दतबाट सञ्चालन हुन्छन् । सफ्टवेयर बिना कम्प्युटरले कुनै कार्य गर्न सक्दैन । सफ्टवेयर बिना कम्प्युटर धातुहरूको बाकसमा सीमित हुन्छ । सफ्टवेयरलाई कम्प्युटरमा प्रयोग गर्न सकिन्छ तर छुन सकिंदैन । सफटवेयर कुनै व्यक्ति वा सफ्टवेयर कम्पनीहरूद्वारा निर्माण गरिन्छन् । यिनीहरूलाई सिडी वा डिभिडी वा सिधा इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छ । केही सफ्टवेयरहरू आधिकारिक रूपमा प्रयोग गर्न निश्चित रकम तिरी स:शुल्क उपलब्ध हुन्छन् । तर केही सफ्टवेयरहरू नि:शुल्क पनि प्राप्त गरी प्रयोग गर्न सकिन्छन् ।
सफ्टवेयरका प्रकार (Types of Software)
सफ्टवेयरलाई मुख्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ :
(१) सिस्टम सफ्टवेयर (System software)
(२) एप्लिकेसन सफ्टवेयर (Application software)
सफ्टवेयरलाई तलका तालिकाअनुसार विभिन्न भागमा विभाजन गर्न सकिन्छ :
सिस्टम सफ्टवेयर (System Software)
कम्प्युटर आफै केही काम गर्न सक्दैन । कुनै काम गराउन निर्देशनहरू दिनुपर्दछ । यी निर्देशनहरू सफ्टवेयरको माध्यमबाट कम्प्युटरमा दिइन्छ । कम्प्युटरको भित्री संरचनाको कार्य गर्ने जस्तै: इन्पुट उपकरणको डाटा पढ्ने, प्रोसेसिङ गर्ने, डाटाहरू स्टोरेज डिभाइसमा स्टोर गर्ने सफ्टवेयरलाई सिस्टम सफ्टवेयर भनिन्छ । सिस्टम सफ्टवेयर, प्रोग्रामहरूको सङ्कलन हो, जसले कम्प्युटरलाई चलाउने, नियन्त्रण गर्ने र व्यवस्थापन गर्ने काम गर्दछ । यसलाई कम्प्युटर र एप्लिकेसन (Application) सफ्टवेयरको बिच इन्टरफेज (Interface) को रूपमा प्रयोग गरिन्छ । सिस्टम सफ्टवेयरलाई निम्न लिखित चार भागमा विभाजन गर्न सकिन्छ :
१. अपरेटिङ सिस्टम
२. ल्याङ्वेज प्रोसेसर
३. डिभाइस ड्राइभर
४. युटिलिटी सफ्टवेयर
अपरेटिङ सिस्टम (Operating System)
अपरेटिङ सिस्टम भनेको प्रोग्रामहरूको सङ्कलन हो, जसले कम्प्युटरका सम्पूर्ण काम कारवाहीहरूलाई नियन्त्रण र सञ्चालन गर्दछ । कम्प्युटरको स्विच वटन अन गर्ने वित्तिकै कम्प्युटरको हार्ड डिस्क वा अरू कुनै स्रोतबाट मुख्य मेमोरीमा अपरेटिङ सिस्टम लोड हुन्छ । यसपछि प्रयोग कर्ताले कम्प्युटरमा काम गर्ने वातावरण बन्छ । अपरेटिङ सिस्टमबिना कम्प्युटरद्वारा सिस्टम सञ्चालन गर्न सकिदैन । यस्ता अपरेटिङ Operating System सफ्टवेयरहरू विभिन्न छन्, जस्तै: एम.एस.डस. (MS-DOS), विन्डोज (Window XP, Windows 7, Windows Vista, Window 8, Unix, Linux, Ubuntu) आदि।
अपरेटिङ सिस्टमले मुख्य गरी तलका कार्य गर्दछन् :
१. भित्री मेमोरीको व्यवस्थापन
२. प्रोसेज व्यवस्थापन
३. स्टोरेज डिभाइस व्यवस्थापन
४. इन्पुट, आउटपुट व्यवस्थापन
५. फाइल व्यवस्थापन
६. व्याकअप र रिकभरी
ल्याल्वेज प्रोसेसर (Language Processor)
प्रोग्रामरहरूले कम्प्युटरमा प्रोग्राम लेख्न एक हाइलेभल प्रोग्रमिङ ल्याङ्वेजको प्रयोग गरी लेख्छन् । उनीहरूलाई हाइलेभल ल्याङ्ग्वेजको प्रयोग सजिलो र छिटो हुन्छ । तर कम्प्युटर एक इलेक्ट्रोनिक्स डिजिटल मेसिन भएकाले यी हाइलेभल ल्याङ्वेजको भाषा कम्प्युटरले सिधा बुझ्दैन । कम्प्युटरले बाइनरी नम्बर (० अथवा १) मात्र बुझ्ने भएकाले हाइलेभल ल्याङ्ग्वेजबाट लेखिएको भाषालाई कम्प्युटरले बुझ्ने भाषामा (०, १) मा रूपान्तरण गर्ने सिस्टम सफ्टवेयरलाई ल्याङ्ग्वेज प्रोसेसर भनिन्छ ।
If marks > = 50 | | 0011101010111 |
Grade = 'P' | Language processor | ----------- |
Else | | ----------- |
Grade = 'F' | | |
End if | | |
ल्याङ्वेज प्रोसेसरलाई तिन भागमा छुट्याउन सकिन्छ:
१. एसेम्बलर (Assembler)
२. इन्टरप्रेटर (Interpreter)
३. कम्पाइलर (Compiler)
एसेम्बलर (Assembler)
एसेम्बलर एक सिस्टम सफ्टवेयर हो । यसले एसेम्बली ल्याङ्वेजबाट लेखिएको सोर्स प्रोग्रामलाई कम्प्युटरले बुझ्ने भाषा (0, 1) मा रूपान्तरण गर्दछ । यस प्रोग्रामले सोर्स प्रोग्रामको प्रत्येक लाइन पढ्दा केही गल्ती छ, कि छैन भनी जाँच्दछ । यदि ठिक छ भने सोर्स प्रोग्रामलाई अब्जेक्ट (objects) फाइलमा परिवर्तन गर्दछ ।
Source program Assembler Object program Processor
Program in ALL Transistor Program MLL
इन्टरप्रेटर (Interpreter)
यो ल्याइन्वेज प्रोसेसरले हाइलेभल ल्याङ्वेजबाट लेखिएका प्रोग्रामहरु एक एक लाइन पढी, तिनीहरूलाई कम्प्युटरले बुझ्ने ल्याङ्ग्वेज (मेसिन लेभल) मा रुपान्तरण गर्दछ । यदि पढ्ने समयमा कहीं कतै गल्ती भेटेमा यसले गल्ती भएको लाइनमा रोकी गल्तीको सूचना दिन्छ । गल्ती नसच्चिएसम्म प्रोग्राम चल्न दिँदैन । प्रोग्रामको लाइनमा गल्ली लेखिने बित्तिकै गल्तीको सूचना दिन्छ । तर, यसले अनावश्यक रूपमा मेमोरीमा ठाउँ ओगटेको हुन्छ ।
कम्पाइलर (Compiler)
कम्पाइलर पनि एक किसिमको 4th GL ल्याङ्वेजलाई मेसिन लेभलमा परिवर्तन गर्दछ । तर परिवर्तन गर्ने शैली फरक छ । यसले हाइलेभल ल्याइग्वेजमा लेखिएको सम्पूर्ण सोर्स (Source) कोड एकै पटकमा जाँच्दछ । यस क्रममा यदि कम्पाइलरले कुनै सिन्टाक्स एरोर (Syntax error) भेटेमा लाइन नम्बरसमेत उल्लेख गरी जानकारी दिन्छ । सिन्टाक्स एरोर कुनै प्रोग्रामको नियम वा व्याकरणहरू गलत हुँदा उत्पन्न हुन्छ । गल्तीहरू सबै हटाइसकेपछि रिकम्पाइल (Recompile) गरी सोर्स प्रोग्रामलाई अब्जेक्ट (Object) फाइलमा परिवर्तन गर्छ । अब्जेक्ट फाइल बनिसकेपछि कम्पाइलरको मेमोरीमा आवश्यक पर्दैन । अब्जेक्ट फाइल बाइनरी नम्बरले बनेको हुन्छ । तसर्थ यो फाइल प्रोसेसरले सिधा सञ्चालन गर्दछ ।
डिभाइस ड्राइभर (Device Driver)
डिभाइस ड्राइभट वा ड्राइभर एक किसिमको सिस्टम सफ्टवेयर हो, जसले अपरेटिङ सिस्टमका कमान्डहरूलाई सम्बन्धित हार्डवेयरले बुझ्ने भाषामा रूपान्तरण गरिदिन्छ । प्रत्येक हार्डवेयर उपकरण किबोर्ड, मोनिटर, स्क्यानर, माउस, मोडिमको आफ्ना छुटै ड्राइभर हुन्छन् । एउटै उपकरण पनि फरक फरक कम्पनीबाट बनेको छ भने तिनीहरूको कार्य गर्ने शैली फरक हुन्छ । जस्तै HP प्रिन्टरको ड्राइभर, Canon प्रिन्टरलाई मेल खाँदैन । उपकरण जडान गर्ने, समयमा सम्बन्धित उपकरणको ड्राइभर पनि इन्सटल गर्नुपर्दछ । तर हाल नयाँ अपरेटिङ सिस्टम Windows 7 वा Windows 8 मा प्रायः धेरै उपकरणहरूको ड्राइभर पहिला नै व्यवस्था भएको हुन्छ ।
युटिलिटी सफ्टवेयर (Utility Software)
युटिलिटी सफ्टवेयरले कम्प्युटरलाई निरन्तर एकनास रूपमा कार्य गर्न मद्दत गर्दछ । यो सफ्टवेयरले कम्प्युटरलाई सघाउने काम गर्दछ । कुनै युटिलिटीले कम्प्युटरमा डाटाहरूलाई व्याकअप गर्न सघाउँछ । कुनैले अनावश्यक र समय नाघेका फाइलहरूलाई हटाउने कार्य गर्दछ । केही युटिलिटी सफ्टवेयरले डाटाहरू रिकभर (Recover) गर्ने, फाइलहरू मिलाउने र भाइरसहरू लाग्नबाट बचाउने र लागेको छ भने हटाउने कार्य समेत गर्दछ । युटिलिटी सफ्टवेयरलाई हाउसकिपिङ कार्य गर्ने सफ्टवेयरका रूपमा चिनिन्छ । केही युटिलिटी सफ्टवेयरहरू अपरेटिङ सिस्टमका साथ आउँछन्, उदाहरणहरू : टेक्स्ट इडिटर (Text Editor), ब्याकअप युटिलिटी (Backup utility), डिस्क डिफ्रगमेन्टेसन (Disk Defragmentation), एन्टी भाइरस (Anti Virus) आदि।
एप्लिकेसन सफ्टवेयर (Application software)
कुनै एउटा निश्चित कामका लागि बनाइएको सफ्टवेयरलाई एप्लिकेसन सफ्टवेयर भनिन्छ । साधारणतया कुनै एउटा कामको लागि बनाएको एप्लिकेसन सफ्टवेयरले अर्को काममा प्रयोग हुँदैन । जस्तै स्कुलको मार्कसिट बनाउने सफ्टवेयरले हवाई यात्राको टिकट बुकिङ गर्न प्रयोग गरिदैन । एप्लिकेसन सफ्टवेयरका उदाहरणहरूमा बर्ड प्रोसेसिङ (Word Processing), इन्भेटरी कन्ट्रोल (Inventory Control), रिजल्ट प्रिपरेसन (Result Preparation), बिलिङ (Billing) आदि पर्छन् ।
पाकेज सफ्टवेयर (Package Software)
विभिन्न कार्यालय वा व्यक्तिहरूका आवश्यकता फरक फरक हुन्छन् । कुनै एउटा सफ्टवेयरले सम्पूर्ण कार्यालय वा व्यक्तिहरूको समस्याहरूलाई सम्बोधन गर्न सक्दैन । तर तिनीहरूमध्ये केही समस्याहरू साझा हुन सक्छन् । पाकेज सफ्टवेयरहरू धेरै जसो संघ संस्था, कार्यालय वा व्यक्तिहरूको साझा समस्यालाई समाधान गर्न बनाइएका हुन्छन् । यसलाई युनिभर्सल सफ्टवेयर पनि भनिन्छ । यो कुनै एक जना व्यक्ति वा संस्थाको लागि मात्र बनाइँदैन । यस्ता सफ्टवेयरहरू विश्वभरिका व्यक्तिहरू वा संस्थाहरूले प्रयोग गर्न सक्छन् । उदाहरणहरूमा वर्ड प्रोसेसिङ (Word Processing), डाटावेस म्यानेजमेन्ट (Database Management) आदि हुन् ।
कस्टमाइज्ड सफ्टवेयर (Customized Software or Tailored)
कुनै व्यक्ति वा संस्थाको विशेष आवश्यकता पुरा गर्न बनाइएको सफ्टवेयरलाई कस्टमाइज्ड सफ्टवेयर भनिन्छ । यसले निश्चित व्यक्ति वा संस्थाको समस्यालाई हल गर्दछ । व्यक्ति वा संस्थाको मागअनुसार सफ्टवेयर कम्पनीहरूले हाइलेभल प्रोग्रामिङ ल्याङ्ग्वेज (C, C++, VB, Java) को प्रयोग गरी कस्टमाइज्ड सफ्टवेयर बनाउँछन्, जस्तै स्यालरी सिट (Salary Sheet) लाइब्रेरी म्यानेजमेन्ट (Library Management), स्कुल म्यानेजमेन्ट (School Management) आदि ।
अभ्यास
१. खाली ठाउँमा भर
(क) कम्प्युटर सिस्टमको सम्पूर्ण कार्यहरूलाई नियन्त्रण गर्न बनाइएको सफ्टवेयरलाई ......... भनिन्छ।
(ख) कम्प्युटरका हार्डवेयरहरू ......... मद्दतबाट सञ्चालन हुन्छन् ।
(ग) विन्डोज एट (window 8) ........... सिस्टम हो।
(घ) हाइलेभल ल्याङ्वेजलाई मेसिन लेभलमा परिवर्तन गर्नेलाई ........ प्रोसेसर भनिन्छ।
(ङ) अपरेटिङ सिस्टममा कम्मान्डलाई हार्डवेयरले बुझ्ने भाषामा रूपान्तरण गर्नेलाई ...... भनिन्छ।
उत्तर: खाली ठाउँमा भरको उत्तर
(क) कम्प्युटर सिस्टमको सम्पूर्ण कार्यहरूलाई नियन्त्रण गर्न बनाइएको सफ्टवेयरलाई सिस्टम सफ्टवेयर भनिन्छ।
(ख) कम्प्युटरका हार्डवेयरहरू सफ्टवेयरको मद्दतबाट सञ्चालन हुन्छन् ।
(ग) विन्डोज एट (Windows 8) अपरेटिङ सिस्टम हो।
(घ) हाइलेभल ल्याङ्वेजलाई मेसिन लेभलमा परिवर्तन गर्नेलाई ल्याङ्ग्वेज प्रोसेसर भनिन्छ।
(ङ) अपरेटिङ सिस्टममा कमान्डलाई हार्डवेयरले बुझ्ने भाषामा रूपान्तरण गर्नेलाई एसेम्ब्लर भनिन्छ।
२. ठिक र बेठिक छुट्याऊ
(क) अपरेटिङ सिस्टमले इन्पुट आउटपुटको व्यवस्थापन गर्दछ ।
उत्तर: ठिक
(ख) हाइलेभल ल्याङ्ग्वेज कम्प्युटरले सिधा बुझ्दछ ।
उत्तर: ठिक
(ग) इन्टरप्रेटरले छिटो गल्ती पहिचान गर्दछ ।
उत्तर: बेठीक
(घ) एप्लिकेसन सफ्टवेयर प्रयोग कर्ताको निश्चित काम गर्न बनाइन्छ ।
उत्तर: ठिक
(ङ) MS Word कस्टमाइज्ड सफ्टवेयर हो।
उत्तर: बेठीक
३. जोडा मिलाऊ
(क) MS Access एन्टी भाइरस
(ख) कम्पाइलर अपरेटिङ सिस्टम
(ग) प्याकेज सफ्टवेयर एप्लिकेसन सफ्टवेयर
(घ) लिनक्स (Linux) ल्याङ्ग्वेज प्रोसेसर
(ङ) युटिलिटी सफ्टवेयर MS Excel
उत्तर: जोडा मिलाउको उत्तर:
(क) MS Access = एप्लिकेसन सफ्टवेयर
(ख) कम्पाइलर = ल्याङ्ग्वेज प्रोसेसर
(ग) प्याकेज सफ्टवेयर = MS Excel
(घ) लिनक्स (Linux) = अपरेटिङ सिस्टम
(ङ) युटिलिटी सफ्टवेयर = एन्टी भाइरस
४. तलका सक्षिप्त शब्दको विस्तारित रूप लेख
(क) MS Window
उत्तर: Microsoft Windows
(ख) MS Excel
उत्तर: Microsoft Excel
(ग) MS-DOS
उत्तर: Microsoft Disk Operating System
५. तलका प्रश्नको उत्तर लेख
(क) कम्प्युटर सफ्टवेयर भनेको के हो, यसका प्रकार लेख ।
उत्तर: सफ्टवेयर भनेको कम्प्युटरलाई राम्रोसँग कार्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निर्देशनहरुको समुह हो, जुन प्रोगामरले कम्प्युटरले बुझ्ने भाषामा क्रमबद्ध रुपमा लेखिएका हुन्छन् ।
(ख) सिस्टम सफ्टवेयर भनेको के हो, कुनै दुई ओटा उदाहरण लेख ।
उत्तर: सिस्टम सफ्टवेयर भनेको कप्युटरका हार्डवेयर र सम्पूर्ण कामहरु सञ्चालन तथा नियन्त्रण गरी कम्प्युटर र प्रयोगकर्ता बिच दोभाषेको भूमिका निर्वाह गर्ने अत्यन्तै महत्त्वपूर्ण सफ्टवेयर हो । यसले कम्प्युटरको फाइल, सुरक्षा, मेमोरी, भण्डारण, इन्पुट, प्रोसेर र आउटपुट आदी व्यवस्थापन गर्ने काम गर्छ । यो ४ किसिमका हुन्छन् जसको उदाहरणहरु तल दिइएको छ :
१. अपरेटिङ सिस्टम: एम.एस.डस. (MS Dos), विन्डोज (Window XP, Window 7, Window Vista, Window 8, Windows 10) युनिक्स (Unix), लिनक्स (Linux), एन्ड्रोइड (Android), म्याक ओएस (Mac OS), युबुन्टु (Ubuntu) आदि।
२. ल्याङ्ग्वेज प्रोसेसर: एसेम्ब्लर, इन्टरप्रेटर, कम्पाइलर आदी ।
३. डिभाइस ड्राइभर: विभिन्न प्रिन्टर ड्राइभरहरु (Printer Driver), अडियो ड्राइभर (Audio Driver), ग्राफिक्स (Graphics Driver) आदी ।
४. युटिलिटी: एन्टी भाइरस (Antivirus), डिक्स क्लिनर (Disk Cleaner), फर्मेटिङ डिक्स (Formating Disk), डिक्स डिफेन्मेन्टर (Disk Defragmenter), फाइल म्यानेजर (File Manager), टेक्स्ट इडिटर (Text Editor), ब्याकप युटिलिटी (Backup Utility) आदी ।
(ग) कम्पाइलर र टान्सलेटरबिच फरक छुट्याऊ ।
उत्तर: कम्पाइलर र ट्रान्सलेटर दुबै कम्प्युटर प्रोगामिङमा प्रयोग हुने भाषा हो । यिनीहरू बिचको फरकलाई तलको तालिकामा देखाइएको छ ।
कम्पाइलर | ट्रान्सलेटर |
१. यसले प्रोगामहरुलाई हाइ लेभल कम्प्युटर भाषाबाट लो लेभल कम्प्युटर भाषामा रुपान्तरण गर्छ । | १. यसले एउटा प्रोगामिङ भाषामा लेखिएको कुरालाई अर्को उस्तै खालको कम्प्युटर भाषामा रुपान्तरण गर्छ । |
२. यसले कम्प्युटरको सम्पूर्ण सिन्टाक्स एरोर जाँच गरि गल्ती भेटेमा लाइन नंबर सहित उल्लेख गरेर रिकम्पाइल पश्चात अब्जेक्ट फाइलमा रुपान्तरण गर्छ । | २. यसमा कम्पाइलर र इन्टरप्रेटर दुबै खालका ल्याङ्ग्वेज प्रोसेसरहरु पर्छन । |
३. यसको कम्पाइलिङ गति ढिलो हुन्छ । | ३. यसको कम्पाइलिङ गति छिटो हुन्छ । |
४. यसको गल्ती पत्ता लगाउन सजिलो हुन्छ । | ४. यसको गल्ति पत्ता लगाउन गाह्राे हुन्छ । |
५. यो Java, C, C++ आदीले प्रयोग गर्छ । | ५. यो एसेम्ब्ली ल्याङ्ग्वेज, C, C++ आदीले प्रयोग गर्छ । |
(घ) युटिलिटी सफ्टवेयरका कार्यहरू लेख ।
उत्तर: युटिलिटी सफ्टवेयर भनेको कम्प्युटरका फाइल फोल्डर र सुरक्षा व्यवस्थापन गर्ने सफ्टवेयर हो । यसले कम्प्युटरमा निम्नानुसारका कामहरु गर्छन ।
क. कम्प्युटर हार्डवेयर र सफ्टवेयर बिच राम्रो वातावरण सिर्जना गर्छ ।
ख. अनावश्यक, समय नाघेका, हानीकारक फाइल तथा प्रोगामहरु हटाउने गर्छ ।
ग. डाटा तथा फाइलहरु व्याकप र रिकभर गर्छ ।
घ. कम्प्युटर प्रोगाममा लेखिएका कुराहरुलाई सच्याउन, मेट्न, प्रोसेसिङ र कम्पाइल गर्न मद्दत गर्छ ।
(ङ) प्याकेज सफ्टवेयरका विशेषताहरू लेख ।
उत्तर: प्याकेज सफ्टवेयर भनेको विभिन्न सङ्घ संस्था, कार्यालय वा व्यक्तिहरूको साझा समस्यालाई समाधान गर्ने उद्देश्यले तयार पारिएको सफ्टवेयर हो । यसका विशेषताहरु निम्नानुसार छन् ।
१. यसले समग्र व्याक्ति, संस्था र कार्यालयको साझा समस्यालाई समाधान गर्छ ।
२. यो सस्तो र बहुउपयोगी हुन्छ ।
३. युजर इन्टरफेस राम्रो हुने हुँदा चलाउन सजिलो हुन्छ ।
४. आवश्यकता अनुसार कम्प्युटरमा सजिलै राख्न र हटाउन सकिन्छ ।
५. यसको प्रयोग गरि छोटो समयमा सजिलै जटिल कार्यहरु सम्पादन गर्न सकिन्छ ।
कार्यकलाप
तलका तालिकामा केही एप्लिकेसन सफ्टवेयरहरूको सूची दिइएको छ । तिनीहरूको विवरण र उदाहरण लेख ।
उत्तर:
एप्लिकेसन | सफ्टवेयर | विवरण उदाहरण |
डाटावेस | डाटावेस डाटा स्टोर र रिट्रिभ गर्ने प्रयोग गर्दछ । | MS Access, Fox Pro, MySQL, Oracle, IMB DB2 |
स्प्रेडसिट | डाटा इन्ट्री, हिसाब र तथ्याङ्क विश्लेषण गर्दछ । | MS Excel, Lotus 1-2-3, iWork Number, LibreOffice, VisiCale, Google Sheet |
वर्ड प्रोसेसिङ | शब्दहरुलाई टाइप गर्ने र आफूले चाहेजस्तो आकारमा ल्याउँछ वा फर्मेटिङ गर्दछ । | MS Word, Quick Office, Libra Office, Google Docs |
प्रिजेन्टेसन | विभिन्न किसिमको प्रिजेन्टेसनहरु तयार गर्दछ । | Microsoft PowerPoint, Google Slides, Ludus, FlowVella, Sidebean, Keynote |
सफ्टवेयर | कम्प्युटरमा आवश्यक निर्देशन दिने गर्दछ । | Windows, MacOS, Android, Antivirus, MS Office, Adobe Photoshop |
डेस्कटप | वेव ब्राउजर बिनै कुनै वेव एप्लिकेसनहरु खोल्ने गर्दछ । | Word Processer, Media Players, Game Application, Social Media Application |
पब्लिकेसन | छापा वा लेखन सम्बन्धि काम गर्दछ । | Adobe InDesign, QuarkXPress, MS Publisher, Libra Office Writer, MS Word |
भिडियो मेकिङ | भिडियो निर्माण र सम्पादन गर्दछ । | Adobe Premiere, Windows Movie Maker, Video Editor, CyberLink, Power Director, Nero Video |
0 Comments