पाठ २: भाग्य
मुख्य भाव
भाग्य कथाका लेखक सुधा त्रिपाटी हुन् । उनको जन्म (वि.सं. २०१५ जेठ २८ गते) दार्जिलिङ भारतमा भएको हो । बादल, धर्ती, आस्थाहरु (नियात्रा २०५०), दोलखा दर्पण (सह सम्पादन, २०५१), जीवनसुत्र र स्वप्नाभास (निबन्ध संग्रह, २०५३), अनिवार्य नेपाली, (सहलेखन, २०५३), सुट, टाइ र सुँगुर (व्यङग्य निबन्ध) आदि उनका मुख्य कृतिहरु हुन् ।
हामी आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ भन्ने सन्देश दिन भाग्य कथाको रचना गरिएको हो । श्रम र जमिनको सम्बन्धले श्रमिकको जीवन पद्धतिमा व्यापक परिवर्तन ल्याउन सक्छ । देउता, साहु, ठूलाबडा, पुरानो सोंच, आदिबाट हाम्रो भाग्य परिवर्तन हुँदैन । हामीले आफ्नो भाग्य श्रम र जमिनबीचको सम्बन्धलाई बुझेर श्रमको मूल्य स्थापित गर्न सके आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ । मान्छे चेतनशील प्राणी हो । उसले आफ्नो भाग्य र भाग्यसँग जोड्ने कुराको मूल्याङ्कन आफैले गर्न सक्छ ।
मान्छेको भाग्य श्रम र जमीनको सम्बन्धबाट बलियो र राम्रो हुन्छ । श्रमको मूल्यलाई बुझी त्यसको स्थापना गरेर हामीले आफ्नो भाग्य आफैँले लेख्नुपर्छ ।
अभ्यास खण्ड (क)
१. माथिको पाठ पालैपालो एक एक अनुच्छेद पढेर कक्षामा सुनाऊ ।
२. उत्तर भन :
क. पुन्टे किन छक्क परेर हेरिरहेको थियो ?
उत्तर: साहुको थालमा थोरै भात तथा तरकारी अचारहरुको परिकार देखेर पुन्टे छक्क परेर हेरिरहेको थियो ।
ख. दिउँसोको छुट्टीमा केटाहरु के गर्थे ?
उत्तर: दिउँसोको छुट्टीमा केटाहरु भकुन्डो खेल्ने जानीजानी भकुण्डाले पुन्टेलाई हान्ने गर्थे ।
ग. हजुरआमाको विचारमा भाग्य के हो ?
उत्तर: हजुरआमाको विचारमा भाग्य भनेको देउताले हाम्रो निधारमा लेखिदिने कुरा हो ।
घ. कर्मको कलम भनेको के हो ?
उत्तर: काम नै कर्मको कलम भनेको हो ।
ङ. मान्छेको भाग्य कसरी बलियो र राम्रो हुन्छ ?
उत्तर: मान्छेको भाग्य श्रम र जमीनको सम्बन्धबाट बलियो र राम्रो हुन्छ ।
३. कसले कसलाई भनेको हो, लेख :
क. भाग्य भनेको देउताले हाम्रा निधारमा लेखेको कुरा हो ।
उत्तर: हजुरआमाले पुन्टेलाई
ख. हामीले तेरो छैटीमा देउतालाई तेरो भाग्य लेख्न दिएनौं नि ।
उत्तर: पुन्टेको बाले पुन्टेलाई
ग. कर्मको कलमले भाग्य लेख्नुपर्छ ।
उत्तर: पुन्टेको बाले पुन्टेलाई
घ. यो काम गर्ने कालु मकै खाने भालु भने झैँ भएन र ?
उत्तर: पुन्टेले बाबुलाई
ङ. अब श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्ने कुरा गर्नुपर्छ ।
उत्तर: पुन्टेको बाले पुन्टेलाई
४. ठिक उत्तरमा (✔) चिन्ह लगाऊ :
क. धनीराम कसको नाम हो ?
(अ) बुबाको (आ) आमाको (इ) साहको (✔)
ख. "हाम्रो भाग्य अरुलाई लेख्न दिनु हुँदैन ।" यो भनाइ कसको हो ?
(अ) पुन्टेकी हजुरआमा (आ) पुन्टेकी आमाको (✔) (इ) पुनटेको बाबुको
ग. धनेले दुधभात ल्याएर कसलाई दियो ?
(अ) पुन्टेलाई (आ) चरालाई (इ) कुकुरलाई (✔)
५. उत्तर लेख :
क. पुन्टेले किन घुटुक्क थुक निल्यो ?
उत्तर: धनीराम साहुले हातमा ल्याएको दुधभात जुठेल्नाको ढुङ्गामा राख्छन् । राखेपछि कुकुरले त्यो दुधभात कपाकप खान्छ । कुकुरले दुधभात कपाकप खाएको देखेर पुन्टेले घुटुक्क थुक निल्यो ।
ख. पुन्टेले किन छैटौँ दिनको प्रतिक्षा गरिरहेको थियो ?
उत्तर: पुन्टेकी बहिनी भर्खर जन्मेकी थिई । छैटौँ दिनपछि आउने छैटीका दिन भगवानले बहिनीको निधारमा के लेख्छ भन्ने कुरा पत्ता लगाउन पुन्टेले छैटौँ दिनको प्रतिक्षा गरिरहेको थियो ।
ग. पुन्टेले किन असन्तुष्टि जनायो ?
उत्तर: पुन्टेका बाबुले छैटीमा तेरो भाग्य लेख्न देउतालाई नदिएको कुरा बताएपछि किन मेरो निधार खाली राखेको भन्दै पुन्टेले असन्तुष्टि जनायो ।
घ. पुन्टेका बाबु किन गरिब बन्न पुगे ?
उत्तर: पुन्टेका बाबु श्रम र जमिनबीचको सम्बन्धलाई नबुझेर भाग्यसँग जोड्न नसकेकाले गरिब बन्न पुगे ।
ङ. हामीले कसरी आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ ?
हामीले आफ्नो भाग्य श्रम र जमिनबीचको सम्बन्धलाई उत्तर: बुझेर श्रमको मूल्य स्थापित गर्न सके आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ ।
च. 'भाग्य' कथाबाट के शिक्षा पाइन्छ ?
उत्तर: हामीहरुले आ–आफ्नो भाग्य आफैँले लेख्न सक्छौँ । आफ्नो भाग्यवृद्धिका लागि कसैको भर पर्नु पर्दैन ।
६. भाव स्पस्ट गर :
अब श्रम र जमिनको सम्बन्ध हाम्रो भाग्यसित जोड्ने कुरा गर्नुपर्छ र आफ्नो भाग्य आफै लेख्नुपर्छ ।
उत्तर: भाग्य कथाका लेखक सुधा त्रिपाटी हुन् । उनको जन्म (वि.सं. २०१५ जेठ २८ गते) दार्जिलिङ भारतमा जन्म भएको हो । बादल, धर्ती, आस्थाहरु (नियात्रा २०५०), दोलखा दर्पण (सह सम्पादन, २०५१), जीवनसुत्र र स्वप्नाभास (निबन्ध संग्रह, २०५३), अनिवार्य नेपाली, (सहलेखन, २०५३), सुट, टाइ र सुँगुर (व्यङग्य निबन्ध) आदि उनका मुख्य कृतिहरु हुन् ।
हामी आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ भन्ने सन्देश दिन भाग्य कथाको रचना गरिएको हो । श्रम र जमिनको सम्बन्धले श्रमिकको जीवन पद्धतिमा व्यापक परिवर्तन ल्याउन सक्छ । देउता, साहु, ठूलाबडा, पुरानो सोच, आदिबाट हाम्रो भाग्य परिवर्तन हुँदैन । हामीले आफ्नो भाग्य श्रम र जमिनबीचको सम्बन्धलाई बुझेर श्रमको मूल्य स्थापित गर्न सके आफ्नो भाग्य आफैँ लेख्न सक्छौँ । मान्छे चेतनशील प्राणी हो । उसले आफ्नो भाग्य र भाग्यसँग जोड्ने कुराको मूल्यांकन आफैँले गर्न सक्छ ।
श्रमको मूल्यलाई बुझी त्यसको स्थापना गरेर हामीले आफ्नो भाग्य आफैँले लेख्नुपर्छ ।
शब्द भण्डार खण्ड(ख)
७. मिल्ने अर्थ छानेर जोडा मिलाऊ :
जस्तै: छक्क - अचम्म
छक्क, अर्थ, देउता, निधार, आमा, श्रम, भगवान, मिहिनेत, अचम्म, माता, तात्पर्य, ललाट
उत्तर: छक्क : अचम्म, देउता : ईश्वर, भगवान्, आमा : माता, अर्थ : तात्पर्य : आशय, निधार : ललाट, श्रम : मिहिनेत
८. उल्टो अर्थ दिने शब्दसँग जोडा मिलाई कापीमा सार :
जस्तै : धनि - गरिब
उत्तर: देउता : दानव, नयाँ : पुराना, धेरै : थोरै, बलियो : कमजोर, असन्तुष्टि : सन्तुष्टि
९. पढ, बुझ र गर :
- काम चाहीँ तपाईं गर्ने तर भाग्य चाहिँ धनीरामको राम्रो हुने किन ? यो त काम गर्ने कालु मकै खाने भालु भएन र ।
- पुन्टे साँच्चै हुनेे बिरुवाको चिल्लो पात भने झेैँ सानैदेखि परिश्रमी र जिज्ञासु पनि थियो ।
माथिका वाक्यमा प्रयोग भएका उखानले सुत्रात्मक कथनलाई बुझाएको छन् । उखानलाई लोकोक्ति पनि भनिन्छ । उखानले अभिव्यक्तिलाई रोचक, स्पस्ट र मार्मिक बनाउँछन् ।
तलका उखानलाई अर्थ स्पस्ट हुने गरि वाक्यमा प्रयोग गर :
गर्ने हनुमान् पगरी गुथ्ने ढेगु, इन्द्रका अगाडी स्वर्गको बयान, आए आँप गए झटारो, हात्तीको मुखमा जिरा, नाच्न नजान्ने आँगन टेढो, बाँदरको हातमा नरिवल
उत्तर:
- गर्ने हनुमान् पगरी गुथ्ने ढेगु : अर्थ = काम एउटाले गर्ने, जस अर्कोले पाउने - गर्ने हनुमान् पगरी गुथ्ने ढेगु भनेझेैँ मैले उत्तर भनेको थिएँ सरले स्याबासी निकितालाई दिनुभयो ।
- इन्द्रका अगाडी स्वर्गको बयान : अर्थ = जान्नेको अगाडी नजान्ने बाठो बन्नु - इन्द्रका अगाडी स्वर्गको बयान भनेझैँ नबिनले नेपाली सरलाई व्याकरण सिकाइदिन्छु भन्यो ।
- आए आँप गए झटारो : अर्थ = काम सफल भए फाइदा हुने, नभए वेफाइदा पनि नहुने - आए आँप गए झटारो भनेर नबिनले ठिक बेठीक अभ्यास गरेको मिल्न पो गएछ ।
- हात्तीको मुखमा जिरा : अर्थ = धेेरै समस्या, थोरै समधान - हात्तीको मुखमा जिरा भनेझेैँ आमाले दिनुभएको पैसा बस भाडा पनि पुुगिन ।
- नाच्न नजान्ने आँगन टेढो : अर्थ = आफुले नजान्ने, अरुलाई दोष लगाउने - नाच्न नजान्ने आँगन टेढो भनेझैँ रोहनले आफूू परिक्षामा अनुतिर्ण भएको दोष मलाई थुपार्यो ।
- बाँदरको हातमा नरिवल : अर्थ = जतन गर्न नसक्ने - बाँदरको हातमा नरिवल भनेझैँ भाइलाई लेख्नलाई कपि दिएको सबै च्यातिदिएछन् ।
११. तल दिइएका शब्दहरु सच्याऊ :
जिग्यासु, म्वाइ, घुतुक्क, बेचइन, परिशर्मी
उत्तर: जिग्यासु : जिज्ञासु, म्वाइ : म्वाइँ, घुतुक्क : घुटुक्क, बेचइन : बेचैन, परिशर्मी : परिश्रमी
१२. पाठबाट पुन्टे, घुटुक्क, थुक जस्ता ह्रस्व उकार हुने दस ओटा शब्दहरु खोजेर लेख ।
उत्तर: उत्सुक, सुटुक्क, कुरा, हुन्छ, दुःख, साहु, कालु, दुध, फुरुङ्ङ, सुन्दर, सुने, हुन, बुझेको, टुलुटुलु, चुला, जुठेल्ना, बाबु, आदी ।
१३. पढ, बुझ र गर ।
क. ऊ मनमनै अर्थ लगाउँथ्यो पनि । उनीहरु धनी छन्, म गरिब छु ।
ख. हामीले भनेको सुन्, तैँले पनि तेरो भाग्य आफेैँ लैख्ने हो ।
ग. तपाइँ मलाई सिकाउनुहोस् । म आफेै लेख्दै जान्छु ।
माथिका वाक्यहरुमा रेखाङ्कित भएका अक्षरमा आएका ऊ, उनीहरू, म, हामी, तँ, आफैँ, तपाइँ जस्ता शब्दहरूले सर्वनाम बुझाएका छन् । सर्वनाम नाम पदको सट्टामा प्रयोग हुन्छ । मुख्य रुपमा सर्वनाम चार प्रकारका छन् । जस्तै :
पुरुषवाचक सर्वनाम | दर्शक सर्वनाम | सम्बन्धवाचक सर्वनाम | प्रश्नवाचक सर्वनाम |
म, हामी, तँ, तिमी, तपाइँ, ऊ, उनी, तिनी, हजुर, आफू | यो, यी, यिनी, त्यो, उहाँ, त्यहाँ | जो, जे, जुन, जो जो, जुन जुन, जे जे, जुनसुकै | को, के, कुन, को को, के के, किन कुन, केही, कुनै, कुनै कुनै |
माथिको तालिका अध्ययन गरी पाठबाट सर्वनाम प्रयोग भएका पाँचवटा वाक्यहरु खोेजेर लेख ।
उत्तर: तलको रेखांकित शब्द सर्वनाम हो ।
- ऊ सोच्दै थियो ।
- ऊ त्यहाँ आफ्नो घरको भन्दा सबै थोक फरक देख्थ्यो ।
- ऊ स्कुलमा आफ्ना फुटेका गोडा हेर्थ्यो ।
- ऊ मनमनै अर्थ पनि पहिल्याउँथ्यो ।
- उनीहरु धनी छन्, म गरिब छु ।
- ऊ छैटौँ दिनको प्रतीक्षा गरिरहेको थियो ।
- उसले असन्तुष्टि जनायो ।
- बाबुको कुरा सुनेपछि ऊ फुरुङ्ङ परेर बहिनीको छेउमा गयो ।
१४. पढ, बुझ र गर :
क. रातभरि बत्ती निभ्नु हुँदैन रे ।
ख. किन खाली राखेको त बा मेरो निधार ?
ग. म मेरो भाग्य आफेैँ लेख्दै जान्छुु है ।
घ. छैटीमा देउतालाई तेरो भाग्य लेख्न दिएनौँ नि ।
माथिको वाक्यमा आएको रे, त, है, नि जस्ता गाढा अक्षरका शब्द निपात हुन् । निपात एक्लैको अर्थ हुँदैन । तर वाक्यमा प्रयोग भएपछि भने त्यसको विशेष अर्थ हुन्छ । निपातले भनाइलाई सुन्दर बनाउन विशेष भूमिका खेलेको हुन्छ ।
पाठबाट निपात शब्द प्रयोग भएको पाँच ओटा वाक्य खोजेर लेख ।
उत्तर: तल गाढा गरिएका शब्दहरु निपात हुन् ।
- ए ! के त्यहाँ टुलुटुलु हेरेर बसेको हँ ?
- साहुको घरको कुकुर हुनु पो जाती रहेछ ।
- साथीहरूको भकुन्डाको खेेलको कुरा त उसलाई उसलाई थाहा थियो ।
- भाग्य चाहीँ उसको राम्रो किन भएको नि ?
- म मेरो भाग्य आफेै लेख्दै जान्छु है ।
१५. तलका वाक्यमा भएका निपात शब्द चिन र कापीमा लेख ।
आमा, म त आफ्नो भाग्य आफै लेख्ने भएँ नि ।
उत्तर: त, नि निपात शब्दहरु हुन् ।
१६. त, पो, क्यारे, नि, चाहिँ, लौ, ल आदि निपातको प्रयोग गरी एक एक ओटा वाक्य बनाऊ ।
उत्तर: त, पो, क्यारे, नि, चाहिँ, लौ, ल बाट बन्ने बाक्यको उदाहरण :
- त : नानी ! आजै आउ न त ।
- पो : आले स्वार्थी पो रहेछ ।
- क्यारे : चाहिने क्यारे ! भन्दै ठुल्दाइ पनि आए ।
- नि : डराउनु हुन्न नि भाइ भन्दै पुन्टेले भुन्टेलाई सम्झाई।
- चाहिँ : तिमी चाहिँ जहिले पनि यस्तै गर्ने ?
- लौ : लौ अब कसैले ढिलो नगर्नु ।
- ल : दावा दाइ चाँडै आऊ ल भन्दै दोर्जे घरतिर लाग्यो ।
सिर्जजनात्मक अभ्यास खण्ड(ग)
१७. तल दिइएका बुँदाहरुलाई मिलाएर एउटा कथा तयार पार र उपयुक्त शीर्षक पनि देऊ :
कुनै गाउँमा एउटा ठुलो जङ्गल हुनु ……… काग र कोइली त्यहीँ जंगलमा बस्नु ……… दुवैको राम्रो मित्रता हुनु ……… एक दिन दुवै काठमाडौँ घुम्न हिँड्नु ……… गोदावरी पुग्नु ……… स्याल काकासंग भेेट हुनु ……… साँझ सबेै जङ्गली जनावर जम्मा भएर स्याल काकाकहाँ रमाइलो कार्यक्रम गर्नु ……… सबैले आफ्नो प्रतिभा देखाउनु ……… काग र कोइलीले गीत गाउनुु ……… कागको स्वर कसैलाई मन नपर्नु ……… सबैले कोइलीको प्रसंग गर्नु ……… कागलाई कसैले वास्ता नगरेकोमा नगरेकोमा रिस उठ्नु ……… ऊ खुरुखुरु आफ्नो बाटो लाग्नु ……… स्याल र कोइलीले सम्झाउनु र नरिसाउन अनुरोध गर्नु ……… कागले मान्नु ……… सबैजना मिलेर बस्ने वाचा गर्नु ………
उत्तर: कथा लेख्दा भूूतकालका पक्ष र क्रियाहरुको प्रयोग गर्नुपर्छ ।
फुट्नु भन्दा जुट्नु वेश
कुनै ठाउँमा एउटा ठुलो जङ्गल थियो । उक्त जंगलमा काग र कोइली बस्ने गर्थ्यो । उनीहरु दुबै बिच राम्रो मित्रता कायम रहेका थिए । एक दिन दुवैजनाले काठमाडौँ घुम्न जाने योजना बनाएर हिँड्यो । उनीहरु हिँड्दाहिँड्दै गोदावरी भन्ने जंगलमा पुगे । त्यहाँ उनीहरूले स्याल काकालाई भेेट्यो । साँझ जङ्गली जनवारहरु जम्मा भएर स्याल काकाकहाँ रमाइलो कार्यक्रम गरे । सबै जनवारहरुले आआफ्नो प्रतिभा देखाए । काग र कोइलीले पनि गीत गाए । तर, कागको स्वर कसैलाई मन परेनँ । सबैले कोइलीको मात्र प्रसंसा गर्यो । कागलाई कसैले पनि वास्ता गरेनँ । उसलाई कसैले वास्ता नगरेकोमा साह्रै रिस उठ्यो । ऊ रिसाउँदै खुरुखुरु आफ्नो बाटो लाग्यो । स्याल र कोइलीले कागलाई सम्झाउन थाल्यो र नरिसाउन अनुरोध गर्यो । कागले उनीहरुले भनेको कुरा मान्यो र सबैजना मिलेर बस्ने बाचा गरे ।
१८. तिमीले सुनेको वा पढेको कुनै कथा लेखेर कक्षामा सुनाऊ ।
उत्तर: (तिमीले जानेको कुनै लोक कथा, लघु कथा वा दन्त कथा लेख्ने प्रयास गर ।)
जिउँदो मान्छेको करामत र यमराज
एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन पर्छौ? यस्ता भुसुनालाई पनि ठेगान लाउन सक्दैनौ?”
हात्तीले जवाफ दिएछन्- “मानिसको जात मापाको ज्याद्रो पो हुन्छ त यमराज, तिमी यमलोकमा मरेको मानिससँग संगत गर्छौ अनि के थाहा पाउछौ र? कुनै दिन जिउँदो मानिसको फेला पर्यो भने थाहा पाउँछौ!”
यति भनी हात्ती फेरि माहुतेको डरले माहुते भएतिर गयो भने यमराज चाहिँ गम खाँदै यमलोक फर्कियो।
यमलोक पुगेपछि यमराजले जिउँदो मानिस कस्तो हुँदो रहेछ त भनी जान्नेि विचारले आफ्ना दुतहरू चण्ड, अचण्ड र प्रचण्डलाई मर्त्यलोकबाट एउटा जिउँदो मानिसलाई यमलोक ल्याउन अह्राएछन्।
यमदुतहरूले एउटा सुतिरहेको मानिसलाई उसले थाहै नपाउने गरी खाटै समेत बोकेर यमलोकतिर लाँदै गरेछन्। यमराज कहाँ पुग्ने बेलामा नर्कमा बलिरहेको आगोको रापले जिउँदो मानिसको आधा निद्रा खुलेछ र आफु यमलोक आइपुगेको भन्ने उसलाई थाहा पनि थिएन। उसले भन्ठान्यो कि उसका तीनै छोराहरू चण्ड, अचण्ड र प्रचण्ड अनि नोकर यमे आगो ताप्न दाउरा बालेर दाउरा खेर फाल्ने काम गर्दैछन्। उसले अर्धनिद्रामै छोराहरूलाई हकारेछन्- “तिमीहरूलाई, भातमारा पाजी हो, यो आगो कसले बाल्यो, तुरुन्त निभाओ। चण्डे ए चण्डे, हैन अचण्डे र प्रचण्डे पनि कता मुण्टिएछन् बजियाहरू?”
यसरी आ-आफ्नो नामै काढेर हकारेको देख्दा यमदुतहरूको सातोपुत्लो उड्यो र उनीहरूले लुगलुग काम्दै जिउदो मानिसलाई यमराजकहाँ लगे।
ऊ बम्कँदै थियो- “ए यमे, यमे। पख्लास् भतुवा, आज तैंले चाहिँ राम्रै चाख्ने” भइस्। तेरा पिडुँला नफर्काई त कहाँ छोडुँला र?”
यसरी आफूलाई पनि बेस्सरी हपारेको देखेर यमराज पनि अक्कल न बक्कस परेर बोली नै फुटाउन सकेनन्।
त्यतिन्जेलमा जिउँदो मान्छेको निद्रा पुरै खुल्यो र उसले आफूलाई यमराजको अगाडि पायो र सबै यथार्थ बुझिहाल्यो। तर उसले आफूलाई तुरुन्त सम्हाल्यो र स्थिति सम्हाल्ने उपाय सोचिहाल्यो। अनि यमराज अक्कस न बक्कि परेको मौका छोपी खाटबाट बर्लुक्कज उफ्रियो र दौडेर यमराजको सिंहासन नजिक गयो। त्यसपछि सिंहासन नजिकै रहेको यमदण्ड आफ्नो हातमा लिएर उठायो र कुर्ल्यो- “चण्डे, अचण्डे, प्रचण्डे। यो पाजी स्वाँठ यमेलाई पाता फर्काओ। यसको यत्रो हिम्मत! जिउँदो मान्छेलाई यमलोक ल्याउन लगाउने? यसका डँडाल्नुमा तिमेरु तीनैजनाले पालैपालो सय सय कोर्रा बर्साओ।”
सृष्टिपालक भगवान् विष्णुको नियमअनुसार यमदण्ड विना यमराजले पनि कुनै आदेश दिन नसक्ने र हातमा यमदण्ड हुनेकै आदेश यमदुतहरूले पालन गर्नुपर्ने थियो।
यसरी एक्कासी आफुमाथि आपत आइपरेपछि यमराज दौडेर बैकुण्ठलोक पुगेर भगवान् विष्णुको पाउमा छाँद हालेर बिन्ति गर्न थाल्यो- “प्रभु ! मबाट गल्ती भयो। मलाई क्षमा बक्सियोस्, मलाई यो संकटबाट बचाईबक्सियोस्।”
भगवान् विष्णुले अन्तर्ध्यानबाट सबै कुरा बुझे र अनि यमराजलाई भने- “तिमीले सजायँ त पाउनै पर्ने हो। सृष्टिरको नियम मिचेर तिमीले आफ्नो कर्तव्य बिरायौ र आफ्नो सिंहासन र यमदण्ड समेत गुमायौ । अब देख्यौ त जिउँदो मानिस कस्तो हुँदो रहेछ्? पुग्यो कि अझै जिउँदो मानिस हेर्ने रहर छ?”
यमराजले भने - “बिराएँ प्रभु, यस्तो गल्ती अब कहिल्यै गर्ने छैन।”
अनि भगवान् विष्णुले भने - “लौ भै गो। तिमीलाई यो एउटा ठूलो शिक्षा नै भो। अब आईन्दा यस्तो कुनै पनि रहर पाल्ने मुर्ख्याईं नगर र सृष्टिको नियमलाई कहिल्यै बेवास्ता नगर। एकपटकलाई म तिम्रो ईज्जत र यमलोक फिर्ता गराईदिन्छु। तर फेरि यस्तो भएमा मैले पनि केही गर्न सक्दिन। लौ यो चिठी लगेर मेरो नाम लिई त्यस जिउँदो मानिसलाई दिनू र उसँग माफी मागी उसलाई आदरपूर्वक मर्त्यलोक फर्काइदिनू। अब आईन्दा मिति नपुगी र काल नआई कुनै पनि जिउँदो मानिसलाई यमलोक ल्याउने काम नगर्नू।”
“हवस् प्रभु।” भन्दै यमराज त्यो चिठी लिएर यमलोक फर्के र जिउँदो मानिससँग माफी माग्दै उसलाई त्यो चिठी दियो। त्यस चिठीमा यमराजले बिराएकोले एकपल्टलाई भगवान् विष्णुको तर्फबाट यमराजलाई माफी दिइएको र जिउँदो मानिसलाई यमलोकको सिंहासन र यमदण्ड यमराजलाई फर्काई सृष्टिको नियम सुचारु गर्न अह्राइएको थियो। यसप्रकार यमराजले आफ्नो सिंहासन र यमदण्ड फिर्ता पाए र उनले जिउँदो मानिसलाई सम्मानपूर्वक मर्त्यलोक पुर्यायई आउन आफ्ना दुतहरुलाई अहर्याए।”
जिउँदो मानिस पनि यो सब घटनालाई एउटा भयानक सपना ठानी आफ्ना परिवारजन आफनो वियोगमा अलाप विलाप गर्लान् भनी मर्त्यलोक फिर्ता भयो।
0 Comments