बन्धनबाट मुक्ति
शाराशं
प्रस्तुत कथा बन्धनबाट मुक्ति मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । माथिको अंश मास्टर चोआलालकी श्रीमतीको मृत्यु पश्चात इष्टमित्र, छरछिमेकीहरुले वृधवस्थामा भोग्नुपर्ने कुरा सम्झाउने क्रममा आएका छन । मानिसले आफ्ना जीवनमा विभिन्न इच्छाहरु पुरा गर्ने चाहना राखेको हुन्छन् । ती चाहनामध्ये मृत्यु हुँदा सँगसँगै जान पाए कति आनन्द हुने थियो र दुवै मध्ये कुनै एक जनाको मृत्यु पश्चात् एकल जीवन ज्यादै पीडादायी हुने हुनाले यस्तो चाहना राख्नु स्वाभाविक मानिन्छ । तर ईश्वरको कृपा र मृत्युको नियमअनुसार मान्छेले चाहेजस्तो कहिल्यै हुन्न ।
सँगै बाँच्न र सँगै मर्ने मान्छेको नियमअनुसार मान्ेले चाहेजस्तो कहिल्यै हुन्न । सँगै बाँच्ने र सँगै मर्ने मान्छेको चाहना पुरा हुने सम्भावना हुँदै हुन्न । श्रीमान् र श्रीमतीमभ्ये एकजनाको मृत्यु हुन्छ । बाँच्नेले बिजोग बेहोर्ने हुन्छ । यही जीवनको तितो यथार्थलाई मिठो र आकर्षक भाषा शैलीमा उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।
सन्यास रुप धारण गरी भजन किर्तन र धेरै चेलाहरुका बिच आनन्दपूर्वक जीवन बिताइरहेका चोआलालको हृदय आध्यात्मिक चेतनाले ओतप्रोत भएको छ । उनी म पात्रलाई यही आध्यत्मिक सन्देश प्रवाहित गर्न चाहन्छन् । म पात्रलाई उनी आफ्ना हृयमा अटाउन सक्थे सबै आफन्त भएको र त्यस रुपमा व्यवहार आनप्रदान गरे सबैबाट माया पाउने र आफूबाट अरुले पनि माया पाउने कुरा गर्छन् । असार मानिएको संसार त्यस्तो बेला कसैको नभएर आफ्नै हुने यो बृहत मानवतावादी विचारलाई सन्यास रुप धारण गरेका चोआलाललेव यहँ प्रस्तुत गरेका छन् । संसार सबै मानिस आफन्त सरह हुने बृहँत्तर सोचलाई यहाँ आकर्षक भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छ ।
प्रश्नोत्तर
सुनाई
१) कथाको दोस्रो अनुच्छेद सुनी ठिक बेठिक भन्नुहोस् ।
क) मास्टर चोआलाल एकाउन्न वर्षमा विधुर भए ।
ख) उनकी श्रीमती उच्च रक्तचापको रोगबाट पीडित थिइन् ।
ग) चोआलालका दुई जना छोराहारु थिए ।
घ) श्रीमतीको मृत्युमा सबै जसो नातेदारले यो मृत्युको नियम हो भनेर बुढालाई सम्झाए ।
ङ) चोआलालका एउटा छोराको बिहे भएको थिएन ।
उत्तर :
क) बेठिक
ख) ठिक
ग) बेठिक
घ) ठिक
ङ) बेठिक
२) कथा सुनेको आधारमा तलका भनाइ कसले कसलाई भनेको हुन् पत्ता लगाई भान्नुहोस् :
क) तिमीहरुका लगि आमाले आफ्ना आफ्ना सबै सुख त्यागिदिइन् ।
उत्तरः कान्छो छोराले माहिला दाजुलाई भनेको हो ।
ख) म कहाँबाट यस बुढालाई पाल्न सक्छु ।
उत्तर कान्छो छोराले माहिला दाजुलाई भनेको हो ।
ग) यहाँ तपाईको आँतमा ज्याला दन्किन थाल्यो । एकछिन तपाई भोक सहेर बस्न सक्नुहुन्न ?
उत्तरः माहिलो छोरो चन्द्रनाथले बाबु चोआलाललाई भनेको हुन् ।
ङ) भाइ, म खहरेले बगाएर ल्याई बगरमा फलिएको बग्रेठो थिएँ ।
उत्तर सन्यासी रुप धारण गरेका चाआलालले म पात्र (कथाकार) लाई भनेको हुन् ।
३) कथाको बाइसौँ र तेइसौँ अनुच्छेद साथीबाट सुन्नुहोस् र तलका प्रश्नहरुको उत्तर दिनुहोस् ।
क) दसैँमा कुन छोराको परिवार आउँदा झगडा परेको थियो ?
उत्तर : दसैँमा माहिला छोराको परिवार आउँदा झगडा परेको थियो ।
ख) बाबुको स्याहारसुसार गर्न भागबन्डासमेत लागउनुपर्ने प्रस्ताव आएपछि माहिलो छोराले के प्रतिक्रिया दियो ?
उत्तर : बाबुको स्याहारसुसार गर्न भागबन्डा समेत लागउनुपर्ने प्रस्ताव आएपछि माहिलो छोराले आफू टुरमा जाने भएकाले समय दिन नसक्ने प्रतित्र्रिmया दियो ।
ग) बुढाले कान्छो छोरालाई कस्तो अनुरोध गरे ?
उत्तरः बुढाले कान्छो छोरालाई बोलाएर आफूलाई कुनै वृदधाश्रममा हाल्दिन अनुरोध गरे ।
घ) चाआलाललाई किन थोरै मात्र खान दिइयो ?
उत्तरः धेरै खान दिए अपाच्य भई लत्ताकपडा, तन्ना, तकिया फोहोर पार्न सक्ने भएकाले चोआलाललाई थोरै खान दिइयो ।
ङ) चोआलाललाई छोराले किन बेस्सरी गालामा हान्यो ?
उत्तर खाना खाइसकेपछि थप खाना मागेकाले चाआलाललाई छोराले बस्सरी गालामा हान्यो ।
४) कथाको अन्तिम अनुच्छेद सुनी त्यसमा व्यक्त भएको विचारलाई साराशमा भन्नुहोस् ।
पात्र देवघाट घुम्न जाँदा सन्यासी रुप धारण गरेका चोआलाल पहिलेको जस्तो अशक्त र विवश देखिनुको सट्टा हार्मुनियम बजाएर मस्त मिठो भजन गाइरहको पाए । शिष्यहरुलाई वरिपरि राखेर मधुरानन्दका नामले भजन, प्रवचन सुनाउने गर्थे । आफूलाई केही बेर रोकेर सबै शिष्य गइसकेपछि पहिले आफू बेबारिसे अवस्थामा रहेको थिएँ तर अहिले यत्रा धेरै भक्तहरुको माया र स्नेहमा बाँच्न पाएको छु । तिमी पनि माया बाँड र त्यसैबाट आनन्द र मोक्ष मिल्ने कुरो गर । उनले आफू पनि त्यसै गरी संसारको बन्धनबाट मुक्त भएको जानकारी गराए ।
१) उदाहरणका आधारमा शुद्ध उच्चारण गर्नुहोस् :
उत्तर :
व्यवस्थापन – व्य, ब, स्था, पन्
आशीर्वाद – आ, सिर्, वाद्
सञ्चय कोष –सन्, च, य कोस्
भ्ुाक्तानी – भुक्, ता, नि
मिर्गौला – मिर, गौ, ला
३) तल दिइएका अनुकरणात्मक शब्दहरुले प्रयोग गरी छोटो कथा सुनाउनुहोस् :
उत्तर कालेकी आमा डल्ली दिनभरि मेलापात गरेर साँझपख घर आई । लोग्नेले अँध्यारो कोठामा केही खस्याकखुसुक गरेर साँझपख घर आई । लोग्नेले अँध्यारो कोठामा केही खस्याकखुसुक गर्दै कुरो गरेको उसले सुनी । ‘‘होइन, बुढा कोही केटीसँग पो लागे कि क्या हो ?’’ डल्लीको मनमा खुलदुली मच्चियो । पेटीमा थचक्क बसी । मनमा अनेक कुरा खेल्न थाले । अगेनामा फतफत गर्दै खोले पाकिरहेको थियो । पसिना ओभाएपछि शरीर सिरिङ भयो । ऊ बसेको ठाउँबाट जुरुक्क उठी । उसले अँध्यारोमा जिङ्रिङ्ङ कपाल जस्तो देखी । त्ययसलाई राम्ररी ठम्याउन सकिन । उसलार्य बढाको चाला देखेर झनक्क रिस उठ्यो । बुढाले आफूकमथि घोर अन्याय ग¥यो भन्ने लागेर ऊ ह्वाँह्वाँ गर्दै । कोठको सामान मिलायरहेको बुढो उसको चाला देखेर छक्क प¥यो । ३¬) तपाइले जानेको कुनै कथा सिलसिला मिलाएर भन्नुहोस्
उत्तर : उषा आठ वर्षमा भरखरै पाइला टेकेकी हो । रमाकान्त र विष्णुकुमारी एक मात्र छोरी उषा पढाइलेखाइमा अब्बल दजामा गनिदैँ आएकि छ । उसको पढाइ र लगनशीलता देखेर बाबुआमाले राम्रो बोर्डिङ स्कुलमा भर्ना गरिदिएर विगत पाचाँ वर्षदेखि पढ्दै आएकी छ । बाबुआमाले अति नै मायाँ गरेर उसलाइ हरेक सामान जुटाइदिने काम गरेका छन् । केहि सामान चाहिएमा उषा सहज रुपमा बाबुआमालाइ भन्ने गर्छे । आज मलाइ कापी चाहिएको छ, आज मलाई समोसा खान इच्छा लागेको छ । उषाको इच्छा भुइमा झर्न नपाउदै बाबुआमा उसको इच्छा पुरा गर्न सधैँ तत्पर हुने गर्छन् । बाबुआमालाई उषाका सम्पुर्ण क्रियाकलाप र चालचलन मन परेपनि देशको बिग्रँदो परिस्थिति देख्दा बढि चिन्ता लाग्ने गर्छ ।
एक दिन बिहानको खाना खाएर रमाकान्तका साथमा उषा विद्लए गई । रमाकान्तले उसलाई स्कुल बसमा चढाएर घर फर्के । स्कुल तर्फ लाग्दै गर्दा बाटामा बम राखिएको हल्लाले सारा वातवरण आतङ्कित बनेको थियो । बाटामा गाडिको जाम थियो । ऊ सँगसँगै पढने साथिहरु के गर्ने र कसोे गर्ने भन्ने कुरामा आत्तिरहेका थिए । न उनिहरु विद्लय जान सक्थे न त घर नै फर्किन सक्ने अवस्था थियो । उषा सँगै पढने निशाले भनि ए उषा अब के गर्नेरु बम पढकियो भने मरीने पो हो कि मलाई त साह्रै डर लागिरहेको छ । दिनेशले अझ आत्तिदै भन्यो, घरमा बुबा आमालाई खबर गर्न पाए कति राम्रो हुन्थ्यो होला । लौ न कसैले खबर गरिदीए पनि त हुन्थ्यो । केहि थाहा नपाएका ससाना बालबालिकाहरु आत्तिउको स्वरमा कराउन थाले । ट्रफिक प्रहरीले सबै गाडीलाई जता बाट आव्एका थिए तेतै फर्काई दिए । उषा चडेको गाडि उसको घरै अगाडि गएर रोकियो । उसले बसबाट ओर्लिएपछि आत्तिएर बुबा बुबा आमा आमा कहाँ हुनुहुन्छ आज म बाचेर आएँ । सबै साथिहरु बाचेर आयौँ । छोरीको आवाज सुनेर रमाकान्त र विष्णुकुमारी आत्तिँदै लिन आए । छोरीबाट सबै वृतान्त सुनेपछि लामो सास फेर्दै रमाकान्तले भने छोरी डराउनु पर्दैन । तिमीलाइ केहि हुदैन छोरी तिम्रा साथिलाई पनि केहि हुदैन । विष्णुकुमारीले छोरीलाई अँगालो मारेर आँसु झारीन । उसको पिडा बुझेपनि रमाकान्त छोरीलाइ सम्झाउने क्षमता राख्दैनथे । उनलाई तेती मात्र भने कुनै फटाहाले राख्यो होला । उषाले भनि किन राखेको नि हामिलाई पढ्न नदिन हो कि क्या हो रमाकान्तले भने होइन छोरी होइन । भोलि देखि केहि हुदैँन । तिमी पढ्न जान पउछौँ । चिन्ता गर्नू पर्दैन । त्यसपछि सबै आआफ्नो काममा लगे । उषा साथि सँग खेल्न निस्की । रमाकान्तलाई भने बढो पिर पर्यो । संबिधान सभाको चुनाव सम्पन्न भईसक्यो । अब पनि यस्तो आतङ्क किन मच्चाउन खोजेका होलान । हाम्रो देशलार्इृ शान्तिक्षेत्र घोषण गर्न पाए यी बाल बालीकाहरुले पढ्नलेख्न त राम्ररी पाँउथे । तर देशको स्थिति आशलाग्दो छैन के गर्नै खै उनले लामो सास मात्र फेरे ।
पढाई
२) कथा पढेको आधारमा वृद्वृद्धाको सम्मान र हेरचाह गर्नु पर्छ भन्ने विषएमा एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर : उमेर खाईसकेको र अनुभवले खारिएका वृद्धवृद्धाहरु परिवार समाज र देशकै आदरणीय र सम्मानित व्यक्तित्व मानिन्छन । समयले कज्याएर कुसङ्गतमा लागेर वा विवेकशील नबन्दा आफ्नै सन्तानबाट वृद्धवृद्धाहरुले अपमानित हुने गरेको घटना देख्न र सुन्न पाईन्छ । उनिहरु मायााँका भोका हुन्छन् । श्रीमान र श्रीमती दुबै रहेका अवस्थामा त्यति धेरै समस्या बेशोर्नु नपरे पनि एक्लो जीवन बिताउनु पर्दा वृद्धवृद्धाको जीवन निकै कष्टकर हुने गर्छ । उनीहरु अशक्त भएका हुन्छन् । यस्तो अवस्तामा सन्तान छ भने सन्तानले सन्तान छैन भने जो कोहिले पनि वृद्धवृद्धाप्रति सम्मान गर्नु पर्छ र उनीहरुको हेरचाह तथा रेखदेख गर्नु आवश्यक हुन्छ । आखिर मानिसको जिवन सधैँ बालक र तन्नेरी अवस्थामा रहने होईन एक दिन वृद्धा हुने मर्ने कुरा त हुन्छ नै । त्यसैले उमेर खाईसकेका र अनुभबका पाका वृद्धवृद्धाहरुको सम्मान र हेरचाहा गर्नु विवेकशील सन्तान र मानिसको कर्तव्य हो ।
१) तल दिइएका टुक्काहरुको अर्थ पहिचान गरी जोडा मिलाउनुहोस्
(क) कुरो खानु गाली गर्नु
(ख) मासु खानु रिसाएर हेर्नु
(ग) मुख छाड्नु भनेको मान्नु
(घ) आँखा तर्नु चनाखो हुनु
(ङ) कान ठाडो पार्नु दिक्क पार्नु
कुट्नु
उत्तर
(क) कुरो खानु( भनेको मान्नु
(ख) मासु खानु( दिक्क पार्नु
(ग) मुख छाड्नु( गाली गर्नु
(घ) आँखा तर्नु( रिसाए हेर्नु
(ङ) कान ठाडो पार्नु( चनाखो हुनु
२) निम्न लिखित शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस्
प्रतिष्ठित, कुलत, अन्ध विश्वास, भुक्तानी, असहाय, प्रलय, वृत्तान्त
उत्तरः
प्रतिष्ठित – म एउटा प्रतिष्ठित कम्पनिमा काम गर्छु ।
कुलत – हिजो आज थुपै युवा हरु कुलत मा फसेका छन ।
अन्ध विश्वास (नेपाली समाजलाई अझ पनि थुपै अन्ध विश्वासले घेरेको छ ।
भुक्तानि – कर्मचारीलाई यस मीनाको भुक्तानि दिइसकिएको छ ।
असहाय – हामिले वृद्ध तथा असहायको सेवा गनुृपर्छ ।
प्रलय – उसलाई कामको प्रलय पर्याे
र्वतान्त – टोलमा भएको चोरीको सम्पुर्ण वृतान्त मैले सानीलाई सुनाए।
३) चोआलालका कान्छा छोराको बाँकी जीवन कसरी बित्यो होला, अनुमान गरी लेख्नुहोस् ।
उत्तर : चोआलालका कान्छा छोरा तारानाथको बाँकी जीवन निश्चय नै राम्रोसँग बितेन होला । बाबुले घर छाडेपछि ऊ झनै स्वतन्त्र भयो होला । सधैँ जाड रक्सी धोक्ने र गाजाको सेवन गरी घरमा आएर श्रीमती सँग झगडा गर्न थाल्यो होला । उसको आनीबानी बाट श्रीमती र छोराछोरीले पनि दिक्क माने होला । उसका घरमा हुने सधैँको झगडाले र होहल्लाबाट दिक्क भएर तारानाथलाई छिमेकिहरुले चेतावनी दिएहोला । जे गरे पनि उसको आदतमा परिवर्तन नआएपछि छिमेकिहरुले प्रशासनलाई गुहारे होला । छिमेकीहरुको उजुरी अनुसार उसलाई प्रहरीले थुनामा राखे होला । पन्ध्र दिन प्रहरीले थुनामा राखेपछि आइन्दा जाँडरक्सी खान्न भनि कागज गरेर थुनाबाट छुट्यो होला । केहि दिन जाँड रक्सी पनि पुन खान थाल्यो होला र पहिलेकै चरित्र देखाउन थाल्यो होला ।
४) निम्न लिखित प्रश्नहरुको संङ्क्षित उत्तर लेख्नुहोस् :
(क) चोआलालका राम्रा विशेषताहरु के के हुन्
उत्तर : चोआलाल व्यावहारिक कुशलता र दूरदृष्टि भएका एक सचेत व्यक्ति थिए । बर्दिवास हाइस्कुलका गणित ीशक्षकका रुपमा नाम कमाएका उनले ट्युसनको कमाईले तिन जना छोराछोरी लाई पढाऊने काम गरेका थिए । एकसट्ठी वर्षमा विदुर बनेका चोआलालकी बिरामी पत्नीको राम्रो उपचार हुन नपाई निधन भयो । यस घटनामा उनले ध्यान दिन नसके पनि श्रीमती र छोराहरु प्रति उनको लगाव लाग्यो । उनि सबैलाई मायाँ दिन सक्थे । उनी आफ्ना शिष्यहरुका समेत असल गुरु थिए । उनीप्रति सबै नतमस्तक हुन्थे । सबै सन्तानको राम्रो होस भन्ने चाहना राख्ने चोआलालले आफ््ना छोराबुहारी बाट बुढेसकालमा धेरै अपमान सहनुपर्यो । उनले अशक्त हुँदा परिवारबाट स्याहारसुसार पाएननन् ।
आफुलाई समयअनुकुल परिवर्तन गर्न सक्ने क्षमता उनमा थियो । उनले श्रीमतीको मृत्युको वज्रपात अनि छोराहरुको कठोर अपमानलई समेत सजिलै पचाए । अन्तत घरपरीवार बाट स्याहारसुसार पाएनन् ।
ख) चाआललको कान्छो छोरो कुलतमा फस्नुका कारणहरु के के सक्छन् ?
अभिभावकले समयमै ध्यान पु¥याउन नसक्दा बच्चाहरु कुलतमा फस्नु स्वभाविक मानिन्छ । चोआलालको कान्छो तारानाथ कुलतमा फस्नुका व्यावहारिक र सामाजिक गरी प्रमुख रुपमा दुई कारण हुन सक्छन् । तारानाथ कान्छो छोरो भएका कारण सानामा सबैले माया गर्थे होला । उसले चाहेको कुरा बाबुआमा र दाजुहरुले पनि पु¥याइदिन्थे होला । यसले गर्दा सानैदेखि ऊ पुल्पुलियो होला र अराजक बन्दै गयो हाला । उमेर चढ्दै गएपछि तारानाथले कसैले भनेका मान्न छाडेको हुनुपर्छ । टोलछिमेकका लफङ्गा केटासँग लागे जाँडरक्सी तथा गाँजा सेवन गर्न थालेको हुनुपर्छ । चोआलाल बाँचिरहेको सामाजिक परिवेश एकदमै खराब भएका कारण त्यसको प्रभाव तारनाथमा प¥यो होला । यिनै व्यावहारिह ता सामजिक कारणे चाआलालकोक कान्छो छोरो कुलतमा फस्नुका प्रमुख कारण हुन सक्छन् ।
ग) बृद्धवृधवृधा भएपछि तिरस्कृत हुनुका कारणहरु के के हुन सक्छन् ?
उत्तर कथाकाष्े चोआलाल एकल, रागी र छोराबुहारीको चाहन विपरित चल्ने भएकाले तिरस्कृत हुन पुगेको देखिन्छन् । मानिस वृद्धवृधा भएपछि तिरस्कृत हुनुका कारण थुपै्र हुनसक्छन् । हेरचाह गर्नेले व्यस्तताका कारण वा जिम्मेवारी बोध नगर्नाले वृद्धद्धा बेबारिसे जस्तै हुन्छन् । उनीहरुलाई खान रुच्ने भएपनि कहिलेकाहि अपच हुदाँ ओछ्यान, डसना तकिया आदि फोहोर पार्दिन सक्छन् । त्यस्तै वृद्धवृद्धा आफन्तहरुलाई तिरस्कृत हुने प्रमुख कारण यिनै हुन् प्रस्तुत तिरस्कृत हुन पुगेको देखिन्छन् ।
घ) चोआलालका छोराहरुले आफ्ना बाबुआमाप्रति गर्नपर्ने कर्तव्यलाई कसरी निर्वाह गर्नुपथ्र्यो ?
उत्तर
चोआलालका छोराहरु पढेलेखेका थिए । पढेलेखेका मान्छे विवेकशील हुन्छन् । त्यस्ता व्यक्तिहरुले पारिवारीक तथा सामाजिक मर्यादाको ख्याल गर्छन् भन्ने विश्वास गरिन्छ ।चोआलालका छोरा पढेलेखेका भए पनि यस किसिमको चरित्र उनीहरुलाई देखाएनन् । उनीहरुले आफ्नो आमाबाबुप्रतिको कर्तव्य पुरा गरेको पाइँदैन । आमालाई रोग लाग्दा उपचार गर्ने कुरा त परै जाओस् मरिसकेपछि काजक्रिया वसमेत राम्रोसँग सम्पन्न गर्दैनन्् । सदा छोराबुहारीको भलो चाहने एक्लो जीवान बिताइरहेको चोआलाललाई सम्पत्ति नदिएको भन्दै रिस पोख्छन् । खान नदिने र खान माग्दा गालामा चड्काउने जस्ता अति जति नै निच काम गर्न समेत पछि पर्दैनन् । अशक्त हुँदा बाबुको हेरचाह गर्नुपर्नेमा छोराबुहारी सबैले बोझका रुपमा लिएका छन् । वृद्धअवस्थाका कारण अशक्त भएका बेला चोआलाललाई छोराबुहारीको माया र स्याहारसुसारको आवश्यकता थियो तर उनले आफ्नो कृतघ्नी सन्तानबाट यी कुरा पाउन सकेनन् ।
ङ) य िकथाको शीर्षक ‘बन्धनबाथ मुक्ति’ भन्ने किन राखिएको होला ?
उत्तर : मानिसले बृद्धावस्थामा एक्लो जीव बाँच्नुपर्ने हुन्छ भने अर्कातिर अशक्त हुँदा परिवारबाट तिरस्कार र अपहेलना पनि सहनुपर्ने परिस्थिति सिर्जना हुन्छ । प्रस्तुत कथाको घटनाक्र्रमलाई हेर्ने हो भने यस कथाका चोआलाल समाजका प्रतिष्ठित र शिक्षित मानिस भए पनि वृद्धावस्थामा एक्लो जीवन बाँच्न बाध्य भएको छने । उनले आफ्ना तिन तिन छोराबुहारीबाट माया तथा स्नेह पाउनुको सट्टा तिरस्कार र अपमान सहनुभन्दा वृ्द्धाश्रममा गई बस्न चाहन्थे । उनका छोराले उनको त्यस चाहानालाई समेत पुरा गरिदिएनन् । अन्तत उनी घर छोडी देवघाटमा गई बस्न थाले । परिवारको सदस्य सगैँ बसेर भन्दा स्वतन्त्र रुपमा जीवन बिताउन पाउँदा नै मानिसले मुक्तिको अनुभव गर्ने हुनाले यस कथाको शीर्षक ‘बन्धनबाट मुक्ति’ राखिएको होला ।
५) कथाको तेइसौँ अनुच्छेदलाई जम्मा चार ओटा बुँदाहरुमा टिपोट गर्नुहोस् ।
उत्तर
क) बुढाले चाहे जति खाना खान नपाउने अवस्था सिर्जन भएको ,
ख) बुहारीले बुढालाई धेरै खान दिए अपाच्य भई लत्ता, कपडा, तन्ना, तकिया
ग) बुढाले श्रीमतीको फोटो हेर्दै बह पोख्ने गरेको,
घ) खान माग्दा वछोराले अप्त्याशित रुपमा बुढालाई गालामा चड्कन लगाएको ।
६) कथाको दोस्रो अनुच्छेदलाई एक तृतीयांश हुने गरी साराँश लेख्नुहोस् ।
उत्तर :
एकसट्ठी वर्षका हुँदा चोआलालकी श्रीमतीको दम, उच्च रक्तचाप, मुटुको व्यथा आदि कारणले निधन भयाृे । उपचार भएको भए निको हुने लक्षण देखिए पनि उनको निधनमा आफन्त सबैले यो ईश्वरको इच्छा अनुसार भएको र मृत्युको नियम हो भनी सम्झाए । उनीहरुले पति पत्नी सँगसँगै जान चाहे पनि त्यो पुरा नहुन छोराबुहारी, नाति नातिनाहरुलाई हेरेर चित्त बुझाउने कुरा गरे पनि बुढाको चित्त बुझेन ।
७) सप्रसङ्ग व्याख्या गर्नुहोस् :
क) ‘पतिपत्नी सँगसगै जान त सबै चाहन्छन् । तर एउटाले बिजोग बेहोर्नै पर्छ ।’
उत्तरः प्रस्तुत हरवहरु मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । माथिको अंश मास्टर चोआलालकी श्रीमतीको मृत्यु पश्चात इष्टमित्र, छरछिमेकीहरुले वृधवस्थामा भोग्नुपर्ने कुरा सम्झाउने क्रममा आएका छन । मानिसले आफ्ना जीवनमा विभिन्न इच्छाहरु पुरा गर्ने चाहना राखेको हुन्छन् । ती चाहनामध्ये मृत्यु हुँदा सँगसँगै जान पाए कति आनन्द हुने थियो र दुवै मध्ये कुनै एक जनाको मृत्यु पश्चात् एकल जीवन ज्यादै पीडादायी हुने हुनाले यस्तो चाहना राख्नु स्वाभाविक मानिन्छ । तर ईश्वरको कृपा र मृत्युको नियमअनुसार मान्छेले चाहेजस्तो कहिल्यै हुन्न ।
सँगै बाँच्न र सँगै मर्ने मान्छेको नियमअनुसार मान्ेले चाहेजस्तो कहिल्यै हुन्न । सँगै बाँच्ने र सँगै मर्ने मान्छेको चाहना पुरा हुने सम्भावना हुँदै हुन्न । श्रीमान् र श्रीमतीमभ्ये एकजनाको मृत्यु हुन्छ । बाँच्नेले बिजोग बेहोर्ने हुन्छ । यही जीवनको तितो यथार्थलाई मिठो र आकर्षक भाषा शैलीमा उक्त अंशमा प्रस्तुत गरिएको पाइन्छ ।
ख) ‘तिमीले हृदयमा अटाउन सक्ने जति तिम्रा आफन्त हुन् । संसारलाई माया लुटाऊ, संसार तिम्रै हो ।’ प्रस्तुत हरवहरु मेरो नेपाली किताबको कक्षा नौ को ‘बन्धनबाट मुक्ति’ कथाबाट साभार गरिएको हो । राजेद्र विमलाद्धारा लिखित कथामा उनले नेपाली समाजका यावत् गतिविधिहरुलाई विषयवस्तु बनाएर कथा लेख्छन् । देशभक्ति, सहअस्तित्व, जातीय सद्भाव तथा मानव कल्याण उनका कथामा पाइने प्रमुख विशष्ोता हुन् । चोआलालले आफ्ना छोराबाट तिरस्कृत भएर घर छोडी देवघाटमा गई सन्यास रुप धारण गरी बसिरहेको अवस्थामा म पात्र –कथाकार) सँग भेट हुाँ संसार के हो भन्ने गुढ रहस्य बताउने क्रममा उक्त अंश भनेका हुन् । चोआलाल घर परिवारबाट बिरक्तिएर चितवनको देवघाटमा गई बस्न थाले ।
सन्यास रुप धारण गरी भजन किर्तन र धेरै चेलाहरुका बिच आनन्दपूर्वक जीवन बिताइरहेका चोआलालको हृदय आध्यात्मिक चेतनाले ओतप्रोत भएको छ । उनी म पात्रलाई यही आध्यत्मिक सन्देश प्रवाहित गर्न चाहन्छन् । म पात्रलाई उनी आफ्ना हृयमा अटाउन सक्थे सबै आफन्त भएको र त्यस रुपमा व्यवहार आनप्रदान गरे सबैबाट माया पाउने र आफूबाट अरुले पनि माया पाउने कुरा गर्छन् । असार मानिएको संसार त्यस्तो बेला कसैको नभएर आफ्नै हुने यो बृहत मानवतावादी विचारलाई सन्यास रुप धारण गरेका चोआलाललेव यहँ प्रस्तुत गरेका छन् । संसार सबै मानिस आफन्त सरह हुने बृहँत्तर सोचलाई यहाँ आकर्षक भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छ ।
व्याकरण
२) तलको अनुच्छेदबाट कर्तवाच्य टिप्नुहोस् :
आमोदले भन्यो । म आज विद्यालय जान्नँ । सरलाई बिरामी भनिदेऊ है । अनिका टाउको हल्लाउँदै हिंडी । बाटामा जिज्ञासाल सोधी । आमोद आउदैन । ऊ फटाफट हिँडी । उनीहरुले आमोदकै बारेमा सोध्लान् । उसले हत्तपत्त भनी त्यही भनिदिनु भनेका छ ।
३) तलका अनुच्छेदबाट कर्मवाच्य छान्नुहोस् :
उत्तरः त्यतिकैमा बस भाँचियो । काँइया पनि भाँचियो । आफ्नो त आज चाँडै गृहकार्य पनि सकियो । अब मज्जासँग चिया खाइन्छ । दाइकी छोरीलाई लिटो खुवाइन्छ । अनि भान्छामा गएर अचार बनाइन्छ ।
४) तलको अनुच्छेदबाट भाववाच्य छान्नुहोस् :
उत्तरः आफू त सानामा खुब रोइयो । सानामा दुःख पाए पनि अहिले भने हाँसिँदै छ ।
५) वाच्य परिवर्तन गर्नुहोस् :
क्) कुमारले किताब किन्यो ।
उत्तरः कुमारद्धारा किताब किनियो ।
ख) मद्धारा भात खाइयो ।
उत्तरः मैले भात खाएँ ।
ग) हिजो खुब दगुरियो ।
उत्तरः म हिजो खुब दगुरेँ
घ) खेतालाले बारी खन्यो
उत्तरः खेतलाद्धारा बारी खनियो ।
ङ) आज त बिहान आठ बजेसम्म सुतिएछ ।
उत्तरः आज त बिहान आठ बजेसम्म सुतेछु ।
च) चोरहरुले घरका सबै राम्रा सामान नति सबै चोरेछन् ।
उत्तरः चोरहरुबाट घरका राम्रा सामान सबै चोरिएतन् ।
छ) आज विद्यालय कति बजे आइयो ?
उत्तरः तिमी आज विद्यालय कित बजे आयौ ?
ज) कति ओटा कथा पढियो ?
उत्तर तिमीे कति ओटा कथा पढ्यौ ?
झ) मुसाले कपडामा प्वालैप्वाल पारेछ ।
उत्तरः मुसाबाट कपडामा प्वालैप्वाल पारिएछ ।
७) कथाबाट शब्दका अन्त्यमा दीर्घ भएका दस ओटा शब्दको सुची बनाउनुहोस् ।
उत्तरः दुई, रक्सी, केही, एकसटठी, पत्नी, बुहारी, बुढी गोष्ठी एकादशी, भुक्तानी
८) कथाबाट शब्दका बिचमा ह्रस्व भएका दस ओटा शबदको सूची बनाउनुहोस् ।
उत्तरः गणित, विधुर, पीडित, किरियापुत्री, अनुभव, दायित्व, टुहुरो, मानिस, माहिलो, इन्जिनियर
९) तलको अनुच्छेदमा भएका गल्ती सच्यानुहोस् :
उत्तरः तिमी त असल पो रहिछयौ । मरी साथी सीताले भनेर पो थाहा पाएँ । खगेन्द्रले सधैँ तिम्रो कुरा काट्थ्यो । त्यही कुरा सुनेर मैले तिम्रा बारेमा नराम्रो धारण बनाएको छुँ । उनीहरुले प्रशंसा गरेको मानिस चाहिँ बरु दृष्ट रहेछ । अरुको कुरा सुनेर भन्दा आफैँले व्यवहारको मूल्याङ्कन गरेर मानिस चिन्नु राम्रो हुने रहेछ ।
0 Comments