मानव बेचविखन विरुदध हाम्रो दायित्य |
छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका
उत्तरः
श्रीमान् सभाध्यक्ष,
निर्णायक मण्डल, आरणीय गुरुवर्ग र उपस्थित सम्पुर्ण विद्यार्थी साथीहरु ! आको वक्तृतवकला प्रतियोगिताको विषय छ ‘‘छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका ।’’ यस विषयमा अफूलाई लागेका कुराहरु प्रस्तुत गर्न पाउँदा मलाई गौरवको अनुभूति भइरहेको छ । मेरा विचारमा आजको एक्काइसौँ शताब्दीमा समाजमा छुवाछुत जस्तो अति नै घृणित परम्पराले गाँजरहेको छ भन्ने सुन्दा मात्रै पनि मलाई लज्जाबोध भइरहेको छ । छुवाछुत सामाजिक कलङ्को विषय हो यसले समाजलाई ठुलो नोक्सान पु¥याईरहेको छ ।
सभाध्यक्ष महोदय,
समाजका सभ्य भनाउँदाहरुले सुनको काम गर्न, सिलाइको काम गर्ने फलामको काम गर्ने, छालाको काम गर्ने जस्ता मानिसलाई अछुत मानी व्यवहार गर्ने र अपहेलित गर्ने गरेको छ । यस्तो चलन परापुर्व कालदेखि आजसम्म नेपाली समाजमा देखिँदै आएको छ । कानुनले यस्तो घृणित काम गर्ने काम गर्नैहरु प्रति कडा सजायको व्यवस्था गरेको भए पनि ती नियमहरु प्रभावकारी रुपमा लागू गर्न सकेको देखिँदैन । त्यसैले समाजमा विद्यमान छुवाछुत प्रथाको उन्मूलन लागि हामी विद्यार्थीहरु सक्र्रिया हुन जरुरी भइसकेको छ ।
सभाध्यक्ष महोदय, विद्यार्थी भनेको परिवार र समाजमा सचेतना जगाउन सक्ने प्रमुख माध्यम हुन् । विद्यालयमा पढेका र बुझेका कुराहरुलाई उनीहरुले आफ्ना घर र टोलमा गई सजिलै सम्प्रेषित गर्न सक्छन् । उनीहरुले छुवाछुत साह्रै नराम्रो प्रथा हो, कुनै शक्तिशाली शासकले आफ्नो स्वार्थ पुरा गर्न यस्ता प्रथा समय समयमा चलाउँदै आएका हुन् यसले परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्नुको सट्टा नोक्सान मात्र भएका छन्, जस्ता कुरालाई विद्यार्थीले समाजमा फैलान सक्छन् र समाजमा फैलाउन सक्छन् । यस काईमा विद्याथीको ठुलो भूमिका रहन्छ । त्यसैले सामनिक कार्यमा सम्पुर्ण विद्यार्थीहरुले लाग्नु पर्दछ भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु
प्रश्नोत्तर
सुनाइ
१) चौबिसौँ अनुच्छेद सुनेका आधारमा मिलेको भनाइका अगाडि ठिक चिह्न दिनुहोस् :
क) कुनै पनि समस्याले समाधान आफैँ बोकेर आएको हुन्छ ।
ख) मानव बेचविखनको समस्या प्राकृतिक होइन ।
ग) मानव बेचबिखनको सपस्या समाधान गर्न राज्य जुर्मुराए पुग्छ ।
घ) मानव बेचबिखनको समस्या समाधानमा विद्यार्थीको कुनै भूमिका हुँदैन ।
ङ) मानव बेचबिखन निन्दनीय कार्य हो ।
उत्तर
क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ) ठिक
२) पाठको प्रारम्भिक अनुच्छेद शिक्षकबाट सुनेका आधारमा निम्न लिखित प्रश्नहरुको मौखिक जवाफ दिनुहोस् ।
क) वक्तृत्वको विषय के हो ?
उत्तर
मानव बेचबिखान विरुद्ध हाम्रो दायित्व वक्तृत्वको विषय हो ।
ख) वक्तृत्व प्रतियोगिता कसको सभाध्यक्षतामा सञ्चालन भएको छ ?
उत्तर
विद्लयालयका प्रधानाध्यापक मिलन चेपाङको सभाध्यक्षतामा वक्तृत्व सञ्चालन भएको छ ।
ग) निर्णयक मण्डलमा कति जना सदस्याहरु छन् ?
उत्तर निर्णय मण्डलमा तिन जना सदस्याहरु छन् ।
घ) उद्धोषण गर्ने व्यक्ति को हुन् ?
उत्तर
कक्षा ९ का विद्यार्थी सुमन मिजार उद्धोषण गर्ने व्यक्ति हुन् ?
ङ) वक्तृत्व प्रतियोगितामा कति जना वक्ता तोकिएका छन ?
उत्तर
वक्तृत्व प्रतियोगितामा चार जना वक्ता तोकिएका छन् ।
बोलाइ
२) तलका उखान टुक्काहरुलाई वाक्यामा प्रयोग गरी कक्षामा सुनाउनुहोस् :
उत्तर
आङै जिरिङ्ग हुनु –बाघलाइ देखेर मेरो आङै जिरिङ्ग भयो ।
सिधै स्वर्ग पु¥याउनु – हतारले बाटो काट्दा सिधै स्वर्ग पु¥यान सक्छन् ।
लहैलहैमा लाग्नु – इमानदार मानिस पनि कहिले काहिँ साथीको लहैलहैमा लागेर नराम्ररो काम गर्ने सक्छ ।
घाम जस्तै छर्लङ्ग हुनु – शिक्षकले घाम जस्तै छर्लङ्ग हुने गरी बुझाए विद्यार्थीले परीक्षामा राम्रो अङक् प्राप्त गर्न सक्छन ।
¥याल चुहाउनु – अरुको धन सम्पत्ति देखि ¥याल चुहाउनु हुदैन आफु पनि सङघर्ष गरी कमाउन सिक्नुपर्छ ।
सुइँको पाउनु – गाउँ चोर आउने कुराले सुइँको पाउदा गाउँमा प्रहरी जवान बोलाईयो ।
एक थुकी सुकी: सय थुकी नदी – एक जना व्यक्ति भन्दा गाउँको सबै जना एक ढिका भएर लाग्नुपर्छ । हुन पनि त एक थुकी सुकी, सय थुकी नदी हुन्छ ।
हुने बिरुवाको चिल्लो पात – हुने बिरुवाके चिल्लो पात भनेझै विमलघर्ती मगर सोह्र बर्ष देखी नै आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।
३) तपाईलाई वक्तृत्व प्रतियागितामा बोल्ने ४ जनामध्ये कसको विचार राम्रो लाग्यो ? कारणसहित भन्नुहोस् ।
मलाई वक्तृता प्रतियोगितामा बोल्ने ४ जनामध्ये रमा सापकोटाको अर्थात अन्तिम मित्र को विचार राम्रो लाग्याृे । उनले मानव बेचबिखान र ओसारपोसार व्यापारले नेपाल र विश्व परिवेशमा पारेको प्रभावतर्फ् पनि ध्यान केन्द्रित गराएका छन । उनले मानव बेचबिखनसम्बन्धी समस्याहरु विश्वमै जटिल र संवेदनशील रुपमा बढ्दै गएको विचार प्रस्तुत गर्दाे नेपालमा रोजगारीको न्युन अवसर, अज्ञानता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिका कारण मानिसहरु बेचबिखानको चपेटामा परेको वास्तविक तथ्य उजागर गरेका छन् । राज्यले कामदार पठाउन प्रतिबन्ध लगाएका मुलुकहरुमा पनि कानुनको आँखा छलेर र अर्काै देशको बाटो बनाएर मनिसहरुको बेचबिखान भइरहेको छ । यसतर्फ पनि सबैको ध्यान जान कुरामा आह्वान गरेकी छन् ।
बेचबिखन र ओसारपसार समस्याको समाधानका लागि केही समधानका उपाय पनि उनले प्रश्ट्र पारेको छिन । यस अपराधलाई नियन्त्रण गर्न सर्वप्रथम कानुनी प्रावधान बलियो बनाउनुपर्छ र भएको कानुनको उचित कार्यान्वयन हुनुपर्छ । वर्तमान कानुनमा रहेको कमजोरी सुधार गर्नुपर्छ । आवश्यक परे नयाँ कानुन पनि बनाउनुपर्छ । यस्तो अपराधको सुइँको पाएर सूचना दिने हरेक नागकिलाई सम्मान गर्न पछि पर्नु हुँदैन ।
मानव बेचबिखानबाट पीडित मानिसहरुलाई उपयुक्त क्षतिपूर्ति दिलाउने काम सुरु गर्नुपर्छ । पीडितहरुलाई पुनस्र्थापनाका लागि आवश्यक योजनाहरु ल्याउनुपर्छ । रोजगारीको अवसर दिलाउनुपर्छ । पारिवारिक पुनर्मिलन गराउने र समाजमा समायोजन गराउने जस्ता कार्यमा जोड दिनुपर्छ । हरेक सचेत मानिसले मानव बेचबिखन जस्तो अमानवीय दुष्कार्यका विरद्ध लाग्नुपर्छ । अन्त्यमा परिवर्तन आफैँमा सुरु गर्नुपर्छ भनिन्छ ।
नेपालमा मानव बेचबिखनका समस्या, मानव तस्करहरुका गतिविधि र तिनको सही समाधानका बारेमा सटीक एवम् तर्कपुर्ण विचारहरु प्रस्तुत गरेकाले वक्तृत्व प्रतियोगितामा बोल्ने चार जनामध्ये मलाई मित्र रमा सापकोटाकै विचार राम्रो लाग्यो ।
४) ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने विषयमा समूहमा छलफल गर्नुहोस् र निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
विद्यालय शान्ति क्षेत्र भएकाले त्यहाँ कुनै पनि प्रकारका गतिविधिले बालबालिकाहरुको पढाइमा खलल पुग्नु हुन्न । पढाइमा खलल पुग्ने कुनै पनि बालबालिकाहरुको मात्र नभएर देशकै भविष्य अन्धकारतर्फ धकेलिन्छ । विद्यालय ज्ञान आर्जन गर्ने पवित्र मन्दिर हो । यहाँ काँचो माटो समान रहेको कलिला विद्यार्थीले एकाग्र भएर ज्ञान आर्जन गर्ने वातावरण भएमा मात्र शिक्षाको उद्देश्य पुरा हुन्छ ।
विद्यालयमा गई बालबालिकाहरुले निर्बाध रुपमा बढ्न पाउने अवसर सबैले दिनुपर्छ संयुक्त राष्ट्र सङ्घले व्यवस्था गरेका नियम र मानव अधिकारी सम्बन्धी कानुनलाई मनन गर्दै सम्बन्धित सबैले सजक र सचेत हुनु जरुरी छ । विद्यालयलाई राजनीति गर्ने अखडा बनाउनु हुन्न । जहाँ राजनीति हुन्छ । त्यहाँ अशान्ति हुन्छ । समूहको स्वार्थ बाझिएपछि झगडा हुने भएकाले विद्यालयमा कुनै पनि पार्टी वा पार्टीका भ्रातृ सङ्गठनहरुले राजनीति गर्ने अखडा बनाउनु हुन्न । अशान्ति भयो भने त्यहाँबाट उत्पादित जनशक्ति कस्तो होला ? त्यसैले विद्यालय शान्ति क्षेत्र हुनुपर्छ ।
पढाई
माथिको वक्तृता पढेको आधारमा तलका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) लहैलहैमा लाग्नुको अर्थ के हो ?
उत्तर
मुख्या कुरा नबुझी अनेकौँ लोभ र बनावटी मायाजाल तथा तथा नक्कली विवाहको प्रपञ्च जस्ता कुरामा लाग्नु र जीवन बर्बाद पार्नु नै लहैलहमा लाग्नुको अर्थ हो ।
ख) मानव बेचबिखनमा परेका मान्छेहरुलाई कस्ता काममा लगाइएको पाइन्छ ?
उत्तर मानव बेचबिखनमा परेका मान्छेहरुलाई वेश्यावृत्ति, धरायसी कामदार, सर्कस, उद्योगमा श्रमिक र खानीमा मजदुर जस्ता काममा लगाइएको पाइन्छ ।
ग) बेचबिखनबाट उम्केर आएका मानिसहरु कसरी बाँच्न बाध्य छन् ?
उत्तर
विभिन्न मानसिक र शारीरिक रोगले ग्रस्त भएर समाजमा अपमानित र तिरस्कृत हुँदै बेचविखनबाट उम्केर आएका मानिसहरु बाच्न बाध्य भएका छन् ।
४) वक्तृततको छैटौँ अनुच्छेदलाई मनमनै पढ्नुहोस् र त्यसमा अभिव्यक्त भएका विचारहरुलाई आफ्नै मौलिक शैलीमा लेख्नुहोस् ।
सामाजिक बेचबिखनमा परेका मानिसहरु विभिन्न किसिमका शारीरिक् र मानसिक रोगका सिकार भएको छन् । उनीहरु घर फर्केपछि पनि परिवार तथा समाजबाट तिरस्कृत र अपहेलित जीवन सधैँ समस्यै समस्याले घेरिएको हुन्छ । नेपालमा रोजगारीको न्यून अवसर, अज्ञनता, आर्थिक विपन्नता, भेदभावपूर्ण सामाजिक संरचना आदिका कारण मानिसहरु बेचबिखनको चपेटामा परेको छन् । मानव तस्करहरुकले सिधासादा मानिसहरुलाई अनेकौँ प्रलोभन र झुठा आश्वासनहरु बाँड्ने गर्छन ।
लेखाइ
१) तलका प्रश्नहरुको सङ्क्षिप्त उत्तर लेख्नुहोस्:
क) मानव बेचविखन र ओसारपसारको तस्करी बढ्नाका कारणहरु के के हुन् ?
उत्तर
चेतनाको कमी, गरिबी र बेरोजगारीका कारण मानव बेचबिखन र ओसारपसार आज बढ्दा क्रममा छ । नेपालका सन्दर्भमा भन्नुपर्दा कानुन कार्यान्वयनमा फितलोपना भ्रष्टाचार, खुला सीमा आदि कारणले मानिव बेचबिखान र ओसारपसार फसटाउँदै गएको छ । वैदेशिक रोजगारीप्रतिको मोह, राजनीतिक अस्थिरता र अवसरको खोजीमा सहर पस्ने प्रवृत्तिका कारण पनि मानव बेचबिखन र ओसारपसारको तस्करी बढ्ने कारणहरु हुन् ।
ख) मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस किन गर्छ ?
उत्तर
पैसामुखी प्रवृत्ति र नैतिकताको दासले गर्दा नै मान्छेले मान्छेलाई बेच्ने दुस्साहस गर्छ । आजको मानिस नैतिकतालाई समेत ख्याल नगरी पैसा कमाउनेतर्फ बढी आकर्षित भएको छ । त्यसेले मानवलाई नै बेचबिखनको वस्तुका रुपमा लिन थालेको छ । आज विवेकशिल मानिएको मानव प्राणी पशु सरह बिक्री वितरण भइरहेको छ ।
ग) मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपाय के के हुन् ?
उत्तर
मानव बेचबिखन र ओसारपसार जस्ता अपराधलाई नियन्त्रण गर्न सर्वप्रथम कानुनी प्रावधान बलियो बनाउनुपर्छ र भएको कानुनको उचित कार्यान्वयन हुनुपर्छ । वर्तमान कानुनमा रहेको कमजोरी सुधार गर्नुपर्छ । आवश्यक परे नयाँ कानुन पनि बनाउनुपर्छ । यस्तो अपराधको सुइँको पाएर सूचना दिने हरेक नागरिकलाई सम्मान गर्न पछि पर्नु हुँदैन ।
मानव बेचबिखानबाट पीडित मानिसहरुलाई उपयुक्त क्षतिपूर्ति दिलाउने काम सुरु गर्नुपर्छ । पीडितहरुलाई पुनस्र्थापनाका लागि आवश्यक योजनाहरु ल्याउनुपर्छ । रोजगारीको अवसर दिलाउनुपर्छ । पारिवारिक पुनर्मिलन गराउने र समाजमा समायोजन गराउने जस्ता कार्यमा जोड दिनुपर्छ । हरेक सचेत मानिसले मानव बेचबिखन जस्तो अमानवीय दुष्कार्यका विरद्ध लाग्नुपर्छ । अन्त्यमा परिवर्तन आफैँमा सुरु गर्नुपर्छ ।
घ) तपाई कानुन बनाउने ठाउँमा हुनुभएको भए यस्तो अपराध गर्नेलाई कस्तो सजायको व्यवस्था गर्नुहुन्थ्यो ?
उत्तर
मानव बेचबिखन सम्बन्धी अपराध गर्ने मानिसहरुलाई निरुत्साहित गर्ने कडा कानुनको व्यवस्थाको साथै त्यस्तो कामको सुइँको दिने व्यक्तिलाई प्रोत्साहित भत्ताको व्यवस्था र गाउँ गाउँमा संचेतना अभियान सञ्चालन गर्न उच्च स्तरको संयन्त्र निर्माणको व्यवस्था पनि गर्थे । मानवले मानवकै बेचविखन र ओसरपसार गर्नु जघन्य अपराध हो । यस्तो गतिविधि गर्न मतियारको काम गर्ने वा अलिकति पनि यस्तो काम गर्न प्रोत्साहित गर्ने सम्मका मानिसलाई उसको कसुर हेरी सजाय दिने व्यवस्था गर्थँ मलाई मानव बेचविखन र ओसारपसार गर्ने काम ज्यादै तल्लो स्तरको लाग्छ । यसको लागि विद्मान कानुनमा रहेको कमजोरीलाई सच्याएर प्रत्यक्ष रुपमा अनुभूत गर्ने खालका व्यवस्थाहरु गर्थे ।
ङ) मानव बेचबिखन र ओसारपसर किन जल्दोबल्दो विषय मानिन्छ ?
वेश्यावृत्तिमा लागउन, श्रमशोषण गर्न , मजदुर बनाउन, मानव अङ्गको बेचबिखन गर्न, लागु ओषधको व्यापार गर्ने, अश्लील चलचित्रमा काम गर्न र सर्कसमा काम गर्नका लागी नेपालभित्रै नेपालीहरु बेचिने क्र्रम तीव्र बन्दै गएको छ । यसको सञ्जाल नेपालमा मात्र जभएर विश्वमै फैलिएको छ । कुनै एउटा देशको कानुन र सक्र्रियताले मानव बेचबिखन र ओसारपसार जस्तो कार्य रोक्न र नियन्त्रण गर्नृ सम्भव छैन । त्यसैले, विश्वकै लागि यो चुनौतीको विषय बनेको छ । त्यसकारण मानव बेचबिखन र ओसारपसार आज जल्दो विषय मानिन्छ र गरिबी, युद्ध, अशान्ति, अशिक्षा, पछौटेपन आदि कारणले मानव बेचबिखन र ओसारपोसार जस्ता कुरालाई अत्यन्त जघन्य अपराधका रुपमा लिइन्छ । आज बेचिनु, ठगिनु र बिचल्लीमा पर्नु जस्ता कुरा सामान्या बन्दै गएका छन् ।
२) मानव बेचबिखानका विरुद्ध सचेतना उभियान सञ्चालन गर्दा जुलुसमा लगाउन सकिने उपयुक्त कुनै पाँच ओटा नाराहरु लेख्नुहोस् ।
१) मान्छेलाई पशु सरह बिक्री गर्ने कार्यको विरोध गरौँ ।
२) मानव बेचबिखन अपराध हो ।
३) मानव बेचबिखनमा लाग्नेलाई कारबाही गरौ ।
४) पीडितको सबैले संरक्षण गरौं ।
५) मानव बेचबिखनमा लाग्नेलाई कारबाही गर ।
३) पाठको सातौँ अनुच्छेदबाट मुख्य चार ओटा बुँदाहरु टिपोट गर्नुहोस् ।
१) सामाजिक समस्यालाई नियन्त्रण गर्न परिवार, सङघ सस्ंथा र सरकारको सहयोग चाहिने ।
२) मानव बेचबिखानको बारेमा सबैलाई सचेत गराउनु आवश्यक रहेको ।
३) रोजगारीमुलक शिक्षाका अवसरहरु र गरीबी निवारणका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने ।
४) तस्करीहरुलाई सामाजिक बहिष्कार तथा कडा सजाय दिने र मानव बेचबिखन विरुद्ध लाग्ने व्यक्तिलाई राज्यले प्रोत्साहन दिनुपर्ने ।
४) पाठको अठारौँ अनुच्छेदबाट एक तृतीयांश गरी सङ्क्षेपीकरण गर्नुहोस् ।
उत्तर
हाम्रा शौक्षिक पाठ्यत्रमलाई व्यावसायिक र रोजगारमुलक बनाउँदै विद्यार्थी वर्गलाई चेतनाका कार्यमा सरिक गराउनुपर्छ । गरिबी निवारणका लागि स्थानीय निकायदेखि माथिल्लो तहसम्मका निकायहरु जिम्मेवार भए सजिलै अपराध नियन्त्रण गर्न सकिन्छ ।
५) ‘सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ’ भन्ने विषयमा ५० शब्दसम्मको एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तर
शान्ती भनेको रिसराग, असन्तुष्टि वा तनाव नहुँदाको अवस्था र सत्मार्ग भनेको असल वा उपयुक्त बाटो भन्ने बुझिन्छ । समाजमा बसोबास गर्न मानिसहरु खराब आचारणका भए भने शान्तिको कलपना गर्न सकिन्न । असल मार्ग अवलम्बन गर्ने मानिसहरु विवेकशील हुन्छन । यस्ता मानिसहरु समाजमा भए कहिल्यै रिसराग, असन्तुष्टि वा आपसमा तनाव हुन्न । यस्तो समाजमा बस्ने हरेक मानिसले उन्नति र प्रगति गर्दे जान्छ । फलस्वरुप समाज सभ्य र सुसंस्कृत बन्छ । त्यसैले सत्मार्ग र शान्ति सभ्य समानका गहना हुन् । यिनको परिपालना गर्ने समाज सबैका लागि उदारणीय बन्न सक्छ ।
0 Comments