F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ-१३ | सय रङ इन्द्रेनी | कक्षा-९ | नेपाली

Print Friendly and PDF

 

सय  न्द्रेनी

शारांश
कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । यो कवितामा कविले गाउँ र सहर मेरै हो । मानसले रच्ने कुरा सुख हो । ज्याुँने र पौरख गर्ने यही समाज हो । आँसु र पीडा नभएको जीवन होस् र मुस्कुराउँदा जीवन मिठो पनि होस् । मिलीजुली बस्न पाइयोस्  बाँच्दा भरेसा पनि मिलोस् । सयपत्री फुलेको ठाउँमा जहारी फुल पनि फुल्छ । मानिसले गर्ने सिर्जनामा समाज सबभन्दा ठुलो हुन्छ । घरमा जे पाकेको छ त्यही खाँदा अमृतभन्दा मिठो हुने गर्छ । गौरा, सीता र भृकुटीको साइनो के हो ? सलहेश फुलबारी बुद्ध  र जनकको फुलबारी हो । मञ्जुली र यलम्बरले रचना गरेको रस मिठो छ । भावनाले भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ । नेपाल आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिको शूरवीरको थलो हो । यी वीरले जहाँ पाइला टेके त्यहाँ विजय हासिल गरे अनि नेपालीहरु विश्ववीर भनेर चिनिए ।
सयौँ जात जाति रहेको र अनेक थर, उपथरमा विभाजित नेपालीहरुले मिलीजुली  गरेर आर्जेको पौरख सारै मिठो छ । त्यस्तै दिलको माया र साइनो झनै मिठो हुन्छ । होस्टे, हैँसे गर्ने सहसृजनको जोस झनै मिठो हुन्छ । प्रकृति हिमाल, पहाड, तराई मधेस जोड्ने सिप छभ । जसले रच्यो तिनलाई प्रणाम छ । पुर्खाले दिएको हाम्रो नासो देश हो ।  बरगाछी, पीपलगाछी र  चौतारीको शतिल हावा पनि मिठो छ । तिमी र म आउने जनने हो । यहाँ रहने भनेकोे समाज मात्रै हो । मरेपछि साथ लैजाने के छ र । आपूm्ले सिर्जना गरे जति सबै नेपालकै हो । मानिसको नाता प्यारो हुन्छ । मानिस समाजमै जन्मिन्छ । ऊ समाजमै हुर्किन्छ  । अनि समाजमै देखभेट हुन्छ  र साइनो जोडिन्छ । रोजीरोटीको जाहो, भेटघाट आदिलाई देसै जोड्ने साइनोका रुपमा लिनुपर्छ । अब आपसी द्धन्द्ध होइन, देश नै प्यारो छ भन्दै संवादबाट दिलको दोस्ती गाँस्नु पर्छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालीहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् ।
 मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो । तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लगि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यसरी कवितामा राष्ट्रिय एकताको भावलाई कवितामा सश्क्त रुपमा प्रस्तुत गरिएको कुरा प्रश्ट हुन्छ । 

प्रश्नोत्तर

१) पाठको पहिलो श्लोक सुनी ठिक बेठिक छुट्याउनुहोस् :
क) गाउँ पनि हाम्रै हो सहर पनि हाम्रै हो ।
ख) जसरी पनि मान्छेले आखिर दुःख नै रच्ने हो ।
ग) यही देशमा हामी पनि जिउनुपर्छ, यहीँ पौरख गर्नुरख गर्नुपर्छ ।
घ) आँसु र पीडाबिनाको मुस्कुराहटमा नै जीवन मिठो हुन्छ ।
ङ) जीवनमा एक आर्काको भरोसा आवश्यक पर्दैन ।
उत्तरः क) ठिक
ख) बेठिक
ग) ठिक
घ) ठिक
ङ) बेठिक 

२) पाठको दोस्रो श्लोक सुनी तलका प्रश्नको उत्तर दिनुहोस् :
क) सयपत्री फुलेको ठाउँमा फुल्ने अर्काे फुल कुन हो ?
उत्तरः यसपत्री फुलेको ठाउँमा फुल्ने अर्काे फुला हजारी हो ।
ख) समाज कसको सिर्जना हो ?
 उत्तरः समाज मानिसको सिर्जना हो ।
ग) भारापर्म र ऐँचोपैँचोलाई मिठो मान्नको आशय के हो ?
उत्तर ऐँचोपैँचोलाई मिठो मान्नको आशय आत्मीयता र सहयोगको भावना हुनु नै हो ।
घ) तपाईलाई आँटोपिठो र सिस्नो कस्तो लाग्छ ?
उत्तर  मलाई आँटोपिठो र सिस्नो मिठो लाग्छ ।
ङ) घरमा जे पाक्यो त्यसलाई अमृातभन्दा मिठो मानका कारण के हुन् ?
उत्तर शुद्ध र  पवित्र हुने भएकाले घरमा जे पाक्यो त्यसलाई अमृत मिठो मान्नको कारण हो ।
                                                                                                                                                                                                                                                          बोलाई 

१) पाठको सातौँ र आठौँ श्लोकका आधारमा तलका प्रश्नको अति छोटो मौखिक उत्तर दिनुहोस् :
क) हामीले सिर्जना गरेका कुरा कहाँ रहन्छन् ?
उत्तरः हामीले सिर्जना गरेका कुरा समाजमा रहन्छन् ।
ख) मानिसहरुलाई के प्यारो हुन्छ ?
उत्तरः नाता नै मानिसलाई प्यारो हुन्छ ।
ग) कसरी जिउँदा मिठो हुन्छ ?
उत्तरः मिलीजुली जिउँदा मिठो हुन्छ ।
घ) कस्तो नाता मिठो हुन्छ ?
उत्तरः चाचाचाची र तता आमैको नाता मिठो हुन्छ ।
                                                                                                                                                                                                 
उत्तरः देश जोड्ने कुरा साइनो हो ।
च) द्धन्द्धभन्दा कुन कुरा प्यारो हुन्छ ?
उत्तरः द्धन्द्धभन्दा देश र दिलको दोस्ती संवाद प्यारो हुन्छ । 

३) तलका प्रश्नको उत्तर भन्नुहोस् : 
क) यस कबिताका रचनाकार को हुन् ?
उत्तरः यस कविताका रचनाकार कवि वासुदेव त्रिपाठी हुन् ।
ख) पाठमा कति ओटा श्लो छन् ?
उत्तरः यस पाठमा आठ ओटा श्लोक छन् ।
ग) समाजका के के कुरा मिठा हुन्छन् ?
उत्तरः समाजका पाछाहरु मिलीजुली गरेको पौरख, दिलको माया, मोह र साइनो जस्ता कुरा मिठा हुन्छन् ।
घ) पाठका श्लोकहरुमध्ये तपाईँलाई सबैभन्दा बढी मन पर्ने श्लोक कुन हो र किन ?
उत्तरः मलाई यस पाठको श्लाकेमध्ये चौथो श्लोक मन प¥यो । यस श्लोकमा हामी नेपालीहरु एक आपसमा मिलेर बस्ने विविध जात जाति र नेपाली वीरताको प्रस्तुत गरिएकोले उक्त श्लोक मन परेको हो ।
ङ) आउने र जाने र रहने कुरा के के हुन् ?
उत्तरः आउने र जाने कुरा तिमी, म हो भने रहने कुरा समाज हो । 

४) मानिस र समाजको सम्बन्धका बारेमा समूहमा छलफल गर्नुहोस् र छलफलमा व्यक्त भएका मुख्य मुख्य कुराहरु कक्षामा सुनाउनुहोस् । 
१) नङ र मासुको जस्तो सम्बन्ध मानिस र समाजमा रहेको हुन्छ ।
२) समाजमा बस्ने मानिसहरुमा एक आपसमा मेलमिलाप र सहयोगको भावना  हुन्छ ।
३) समाजमा सभ्यता स्थापित गर्ने कुरामा मानिस सधैँ सक्र्रिया हुनुपर्छ ।
४) मानिसमा भएको डाह र अवनति चिताउने प्रवृत्ति देखिन्छ, भने यस्तो कुरालाई सभ्य समाजले मन पराउदैन् ।
५) जहाँ असल र शान्ति समाज हुन्छ त्यहाँ असल मानिस र सभ्य र समृद्धिले बास गर्छ ।
६) मान्छे मरेर जान्छ तर उसको कला कहिल्यै मर्दैन । 

पढाई
२) पाठको पाँचौ र छैटौँ अनुच्छेद पढी पाँच ओटा प्रश्न बनाउनुहोस् ।
क) कवितामा डोबलाई मान्नुको कारण के हो ।
ख) देश कसको नासो हो ?
ग) प्रकृतिले कसरी कुन कुन कुरालाई जोडेको छ ?
घ) मिठो लाग्ने कुरा के हो ?
ङ) मिठो लाग्ने कुरा के हो ? 

३) पाठको पहिलो श्लोकमा भन्न खोजिएको कुरा उदाहरुणका रुपमा तल दिइएको छ । यसरी नै  पाठ पढेर अन्य श्लोकमा भन्न खोजिएका कुराहरु टिप्नुहोस् : 
उदाहरण :
–    सबै मानिसको चाहना सुख हो ।
–    मासिको बाँच्ने र पौरख गर्ने आधार देश र समाज हो ।
–    दुःख र पीडाबिनाको हाँसो नै जीवनको सफल पक्ष हो ।
–    समाजमा मिलेर जिउनाले जीवन रमाइलो बन्छ ।
उत्तर श्लोक
–    हजारी फुल सयपत्री फुल्ने ठाउँमा पनि फुल्छ ।
–    मानिसको सिर्जनाले नै समाजको विकार हुन्छ ।
–    असल समाजको मानिसहरुमा एकअर्केमा सहयोगको भावना हुन्छ ।
–    भोक लागेको समयमा खान पाउँदा अमृत भन्दा प्यारो हुन्छ ।
श्लोक –३
–    गौर, सीता र भृकुटीको साइनो के हो ? बताऊ ।
–    सलहेश फुलबारी बुद्ध र जनकको उपवन हो ।
–    यो मञ्जुश्री र यलम्बरले रचना गरेको मिठो रस हो ।
–    भावनामा भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ ।
श्लोक – ४
–    यो विश्वमा वीर भनेर चिनिएको वीर गोर्खा जातिको प्यारो डोब हो ।
–    यो दोश आर्य, मङ्गोल, खस, किरात, थारु, यादव र शुरवीरको हो ।
–    सयौँ जाति र थरहरु मिलेर गरिने पौरख मिठो हुन्छ ।
–    दिलको माया र समाजको मायाँ मिठो हुन्छ ।
श्लोक – ५
–    पाल्पा, मुस्ताङ, नाम्चे, सिमरौनगढको डोब पनि प्यारो छ ।
–    मिथिला, कपिलवस्तु, चाँगु, सिन्जा र अजैमर एतिहासिक स्थल हुन् ।
–    सयौँ भाषा, भेष भूषा र संस्कृतिको रस मिठो हुन्छ ।
–    सबै मिलेर होस्टे, हैँसे गर्दै सहसृजनको जोस झनै मिठो हुन्छ ।
श्लोक –६
–    हिमाल पहाड र तराईलाई प्रकृतिको सिपले जोडेको छ ।
–    पुर्खाले रचेको वस्तुलाई प्रणम गर्नुपर्छ ।
–    जुनसुकै थातथलोमा बाँचे पनि यहाँको सृष्टिको रस मिठो हुन्छ ।
–    बगरगाडी, पीपलगाडी र चौतारीकिो शीतल मिठो हुन्छ ।
श्लोक –७
–    तिमी र म आउने जाने हो  भने यहाँ रहने समाज मात्रै हो ।
–    शरिर मर्छे तर उसको सृजना सधै अमर रहन्छ ।
–    मानिसको नाता प्यारो हुन्छ र एक आर्केमा सहयोगको भावना हुन्छ ।
–    चाचाचाची, तता, आमै जुनसुकै नाता मिठो हुन्छ ।
श्लोक – ८
–    जन्मनु, हुर्कनु, देख्नु, भट्नु, आदि समाजको साइनो हुन् ।
–    रोजीरोटी, भेटघाट आदि देश जाड्ने मिठा साइना हुन् ।
–    देश बाहिर जुनसुकै

लेखाइ 

१) तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
क) गौरा, सीता र भृकुटी नेपालका कुन कुन विषयसँग सम्बन्धित छन् ?
उत्तर राजा रामकी पत्नी र जनककी छोरीको रुपमा प्रसिद्ध नेपालकै विभूति सीता नेपालकी गौरव हुन् । त्यस्तै लिच्छवी कालको राजा अंशुवर्माकी छोरी र तिब्बती राजा स्रङचन गम्पोसँग बिहे गरी नेपाल र चिनसँग मधुर सम्बन्ध स्थापित गर्ने विशिष्ट नारीका रुपमा भृकुटीको नाम लिइन्छ । गौरा नेपालको प्रसिद्ध चाडपर्व हो । गौरालाई गौरी वा पार्वती पनि भनिन्छ । डोटी, डडेल्धुरातिर कृष्ण अष्टमीको अघिल्लो दिनदेखि सम्ताहव्यापी रुपमा यो चाड मनाइन्छ ।
ख) ‘सलहेश फुलबारी’ ले नेपालको कुन सन्दर्भलाई देखाउन खोजेको छ ?
उत्तरः विद्धान्हरुको वासस्थान, ऋषिमुनिहरुको तपोभूमि, नेपालका गौरव जनकको राजधानी र सीता जस्ता नेपालकै परम श्रद्धेय छोरीको माइतीघर भएकाले यस क्षेत्रको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्तव रहेको छ भन्ने सन्दर्भलाई देखाउन खोजेको छ ।
ग) मञ्जुश्री र यलम्बरको रचनाको रस भनेको के हो ?
उत्तरः मञ्जुश्री र यलम्बर एतिहासिक व्यक्तित्व हुन् । मञ्जुश्रीले पानीले भरिएको काठमाडौँ उपत्यकामा चोभारको डाँडो काटी बस्ती बसाउने जस्तो महत्वपुर्ण काम गरेको पाइन्छ । भने यलम्बरले किरात वंशको प्रथम राजा भएर नेपाल विर नेपालीहरुको ऐतिहासिक परम्परालाई स्थापित गर्दै त्यसलाई निरन्तरता दिएको पाइन्छ । यी दुई एतिहासिक व्यक्तित्वको कठोर तपस्या र कार्यकै परिणामस्वरुप आज संसारभर नेपालको नाम चम्किएको छ । यिनीहरुको रचनाको रस नेपाल, नेपाली संस्कृति र परम्परा हो । आज सारा नेपाली यसैमा राइरहेका छन् ।
घ) गोर्खा जाति विश्ववीर भनेर के भन्न खोजेका हुन् ?
उत्तर   नेपालीलाई स्वतन्त्र र सार्वभौम राख्न इतिहासको विभिन्न काल खण्डहरुमा नेपालीहरुले देखाएको वीरताको जति प्रशंसा गरे पनि सकिन्न । नेपालीहरुले जहाँ जहाँ लडे त्यहाँ त्यहाँ शत्रुलाई पराजित गरेरै छाडे । त्यस्तै एतिहासिक युद्धहरुमा नेपालीहरुले आफ्नो विजय अभियानलाई तीव्रताका साथ अघि बढाए । निकै ठुला र शक्तिशाली देशलाई घुँडा टेकाउन समेत नेपालीहरु समर्थ भए । स्वदेशमा मात्र होइन, विश्वभर नै नेपालीहरुको वीरताको कीर्ति पनामा फैलियो । त्यसैले गोर्खा जाति विश्ववीर भनेर भन्न खोजेका हुन् ।
ङ) कवितामा कुन कुन ऐतिहासिक तथा सांस्कृतिक स्थानको उल्लेख भएको छ ?
उत्तरः यस कवितामा गोर्खा, मिथिला, कपिलवस्तु, चाँगु, सिन्जा, अजैमिर, सिमरौनगढ जस्ता ऐतिहासिक र सांस्कृतिक स्थानको उल्लेख भएको छ । यी स्थानहरु नेपालको इतिहास निर्माणको प्रारम्भिक स्थल हुन् भने सांस्कृतिक दृष्टिले पनि यी स्थानहरुको विशिष्ट महत्तव रहेको छ । हाम्रो प्राचीन सभ्यता र संस्कृतिको धरोहरुका रुपमा यी स्थानको नाम लिने गरिन्छ ।
च) नेपाल बहु जातीय देश भएकामा कविलाई कस्तो लाग्छ ?
उत्तरः नेपाल बहुजातीय बहुसंकृतिक र बहुधर्म भएको कुरा कविले कवितामा प्रश्ट पारेका छन् । सबैको साझा फुलबारीका रुपमा रहेको नेपालमा धेरै जात, जाति, भाषा, भाषी र धर्म संस्कृति मान्नेहरु बसोबास गर्छन् । विश्व समुदायका लागि उदाहरणीय विषय बनेको हाम्रो देश गौरवको कुरा हो । हाम्रो यस जनतजाती बिच गहिरो मेलमिलाप रहँदै आएको छ । यिनीहरुका बिच कहिल्यै जातीय विभेद वा झगडा भएको छैन ।

२) कविताको मूल भावको विवेचना गर्नुहोस् । 
उत्तरः कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । सयौँ नेपाली जातिहरुको ऐतिहासिक एकताको गौरवगान गरिएकाले यस कवितामा सयौँ नेपाली जातीहरुको ऐतिहासिक एकताको गौरवगान गरिएकाले यस कवितामा राष्टियताको भावलाई नै मुख्य रुपमा प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा खुसी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गौरव बोध गर्छन् । नेपाली समाजमा आ्फ्नो विशेषता छन् । नेपालीहरु एकआर्कामा भारापर्म वा ऐँचोपैँचो गर िव्यवहार गर्न रुचाउँछन् । आँटोपिठो र मिठो सिस्नो खाएर रमाउने नेपालीहरु जसका घरमा जे पाक्यो त्यही बाँडी चुँडी गरेर खान्छन् । सांस्कृतिक विविधता भए पनि सबैले सबैलाई सम्मान गर्ने परिपाटीका कारण गौरा जस्तो चाडपर्व र सीता अनि भृकुटी जस्ता ऐतिहासिक पात्रलाई सबैले सम्मान गर्छन् । अनेक जात जाति मिलेर बनेको नेपाली समाजमा खुी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गैरव बोध गर्छन् ।  सयौँ भाषा, भेष, संस्कृतिले सम्पन्न नेपाल भौगोलिक दृष्टिले पनि विविधतामय छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालीहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् ।
 मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो । तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लगि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यसरी कवितामा राष्ट्रिय एकताको भावलाई कवितामा सश्क्त रुपमा प्रस्तुत गरिएको कुरा प्रश्ट हुन्छ । 

३) ‘ सय रङ इन्द्रनी’ कवितालाई गद्यमा रुपान्तर गरी लेख्नुहोस् ।
उत्तरः कवि वासुदेव त्रिपाठीद्धारा रचित एक चर्चित कविता ‘सय रङ इन्द्रेनी’ कवितामा इन्द्रेनी स्वयम्मा अनेक रङ्युक्त हुने गर्छ भनि प्रस्तुत गरेका छन् । अनेक रङको संयुक्त मेलबाटै इन्दे्रनीको शोभा र गरिमा बढ्ने गर्छ । यो कवितामा कविले गाउँ र सहर मेरै हो । मानसले रच्ने कुरा सुख हो । ज्याुँने र पौरख गर्ने यही समाज हो । आँसु र पीडा नभएको जीवन होस् र मुस्कुराउँदा जीवन मिठो पनि होस् । मिलीजुली बस्न पाइयोस्  बाँच्दा भरेसा पनि मिलोस् । सयपत्री फुलेको ठाउँमा जहारी फुल पनि फुल्छ । मानिसले गर्ने सिर्जनामा समाज सबभन्दा ठुलो हुन्छ । घरमा जे पाकेको छ त्यही खाँदा अमृतभन्दा मिठो हुने गर्छ । गौरा, सीता र भृकुटीको साइनो के हो ? सलहेश फुलबारी बुद्ध  र जनकको फुलबारी हो । मञ्जुली र यलम्बरले रचना गरेको रस मिठो छ । भावनाले भिजेपछि जुनसुकै कुरा मिठो हुन्छ । नेपाल आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिको शूरवीरको थलो हो । यी वीरले जहाँ पाइला टेके त्यहाँ विजय हासिल गरे अनि नेपालीहरु विश्ववीर भनेर चिनिए ।
सयौँ जात जाति रहेको र अनेक थर, उपथरमा विभाजित नेपालीहरुले मिलीजुली  गरेर आर्जेको पौरख सारै मिठो छ । त्यस्तै दिलको माया र साइनो झनै मिठो हुन्छ । होस्टे, हैँसे गर्ने सहसृजनको जोस झनै मिठो हुन्छ । प्रकृति हिमाल, पहाड, तराई मधेस जोड्ने सिप छभ । जसले रच्यो तिनलाई प्रणाम छ । पुर्खाले दिएको हाम्रो नासो देश हो ।  बरगाछी, पीपलगाछी र  चौतारीको शतिल हावा पनि मिठो छ । तिमी र म आउने जनने हो । यहाँ रहने भनेकोे समाज मात्रै हो । मरेपछि साथ लैजाने के छ र । आपूm्ले सिर्जना गरे जति सबै नेपालकै हो । मानिसको नाता प्यारो हुन्छ । मानिस समाजमै जन्मिन्छ । ऊ समाजमै हुर्किन्छ  । अनि समाजमै देखभेट हुन्छ  र साइनो जोडिन्छ । रोजीरोटीको जाहो, भेटघाट आदिलाई देसै जोड्ने साइनोका रुपमा लिनुपर्छ । अब आपसी द्धन्द्ध होइन, देश नै प्यारो छ भन्दै संवादबाट दिलको दोस्ती गाँस्नु पर्छ । 
४) सप्रसङ्ग व्यख्या गर्नुहोस्ः 
क) जहाँ फुल्यो सयपत्री हजारी फुल त्यहाँ फुल्यो
मानिसको सिर्जनामा समाज हो कति ठुलो
भारापर्म ऐँचोपैँचो आँटोपिठो सिस्नो मिठो
जसको घरमा जे पाक्यो त्यो अमृतभन्दा मिठो
उत्तर :
माथिको सुन्दुर पङ्क्तिहरु मेरो नेपाली किताबको कक्षा ९ को ‘सय रङ इन्द्रेनी’ भन्ने कविताबाट साभार गरिएको हो । कविताको लेखक कविकार वासुदेव त्रिपाठीद्धारा सिर्जित भएको हो । यस कवितामा नेपाली प्रकृति, नेपाली, संस्कृति र माटाको सुवास माइन्छ । शास्त्रीय तथा लोकलय अँगाली कविता लेख्ने त्रिपाठीका कविताहरु भाव गम्भीर्य हुन्छन् । यस कवितामा कवि त्रिपाठीले समाजका आदर्श पक्षहरु प्रस्तुत गर्ने क्र्रममा उल्लेख गरेको छन् ।  उनको अनुसार सय गौरवगान गरिएकाले यस कवितामा सयौँ नेपाली जातीहरुको ऐतिहासिक एकताको गौरवगान गरिएकाले यस कवितामा राष्टियताको भावलाई नै मुख्य रुपमा प्रस्तुत गरिएको छ ।
नेपाली समाजमा खुसी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गौरव बोध गर्छन् । नेपाली समाजमा आ्फ्नो विशेषता छन् । नेपालीहरु एकआर्कामा भारापर्म वा ऐँचोपैँचो गरी व्यवहार गर्न रुचाउँछन् । आँटोपिठो र मिठो सिस्नो खाएर रमाउने नेपालीहरु जसका घरमा जे पाक्यो त्यही बाँडी चुँडी गरेर खान्छन् । सांस्कृतिक विविधता भए पनि सबैले सबैलाई सम्मान गर्ने परिपाटीका कारण गौरा जस्तो चाडपर्व र सीता अनि भृकुटी जस्ता ऐतिहासिक पात्रलाई सबैले सम्मान गर्छन् । अनेक जात जाति मिलेर बनेको नेपाली समाजमा खुसी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गैरव बोध गर्छन् ।  सयौँ भाषा, भेष, भूषा र संस्कृतिले सम्पन्न नेपाल भौगोलिक दृष्टिले पनि विविधतामय छ ।
जुनसुकै ठाउँको बासिन्दा भए पनि सबै मिलेर देशनिर्माणमा लाग्ने नेपालीहरुले आफ्नो पुर्खाले नासोका रुपमा छोडेर गएको यस देशको इज्जत र प्रतिष्ठालाई बचाउँदै आएका छन् । नेपालहिहरुका बिच न  त कुनै किसिमको कटुता छ, न द्धन्द्ध नै । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् । कवितामा कविकारले नेपाली प्रकृतिको उच्चता, नेपाली समाजका आदर्शपूर्ण र अनुकरणीय सामाजिक व्यवहारहरु  र संस्कृतिप्रेम र जातीय प्रेमलाई आकष्र्कक भाषाशैलीका माध्यमबाट यहाँ प्रस्तुत गरेको पाइन्छ ।
ख) तिमी म त आउने जाने रहने यो समाज नै हो
कसले के नै साथ लग्ने सिर्जे जति नेपालकै हो
मानिसको नाता प्यारा मिलीजुली ज्युँनु मिठो
चाचाचाची तता आमै जुनै नाता पनि मिठो ।
उत्तर माथिको सुन्दुर पङ्क्तिहरु मेरो नेपाली किताबको कक्षा ९ को ‘सय रङ इन्द्रेनी’ भन्ने कविताबाट साभार गरिएको हो । कविताको लेखक कविकार वासुदेव त्रिपाठीद्धारा सिर्जित भएको हो । यस कवितामा नेपाली प्रकृति, नेपाली, संस्कृति र माटाको सुवास पाइन्छ । शास्त्रीय तथा लोकलय अँगाली कविता लेख्ने त्रिपाठीका कविताहरु भाव गाम्भीर्य हुन्छन् ।
यस कवितामा कवि त्रिपाठीले समाजका आदर्श पक्षहरु प्रस्तुत गर्ने क्र्रममा उल्लेख गरेको छन् । कवितामा कविकारले नेपाली प्रकृतिको उच्चता, नेपाली समाजका आदर्शपूर्ण, अनुकरणीय सामाजिक व्यवहारहरु, संस्कृतिप्रेम र जातीय प्रेमलाई आकर्षक भाषाशैलीका माध्यमबाट यहाँ प्रस्तुत गरेको पाइन्छ । मानिसको जीवन नाशवान् छ । मानिसको धर्तीमा आउने जाने क्र्रम चलि नै रहन्छ । उसले बनाएको समाज मात्रै सधैँ रहने कुरा हो ।
 तसर्थ मृत्युपश्चात् मानिसले साथमा केही पनि लैजान नसक्ने भएकाले आफ्नो देश नेपालकै लागि असल काम गर्नु आवश्यक छ । त्यसैले विविध जात जातिहरुका बिचमा एकता र सद्भाव भएकोमा कविले गौरव बोध गरेका छन् , बिना एकता राष्ट्रियता समेत कमजोर हुन्छ । एकतामै शक्ति र सामथ्र्य हुन्छ । यहाँ नेपाली संस्कृतिको  सिङ्गो चरित्र आदर्शपूर्ण र अनुकरणीय रहेको छ । यस्तो राष्ट्रिय संस्कृतिप्रतिको आस्था र निष्ठालाई लोकलय र अन्त्यानुप्रासयुक्त भाषा शैलीको माध्यमबाट कविले प्रस्तुत गरेका छन । 

५) ‘सय रङ इन्द्रेनी’ कवितामा नेपालको सामाजिक सांस्कृतिक चिनारी कसरी प्रस्तुत गरिएको छ ? 
उत्तरः ‘सय रङ इन्द्रेनी’ कवितामा कवि वासुद देव त्रिपठीले  नेपालको सामाजिक सांस्कृतिक चिनारी  गराएका छन् । सारोगारे पर्दा  आपसमा सहयोग गर्न, भारापर्म, एँेचोपैँचो गरी काम चलाउने कुरा पनि नेपाली समाजको उदाहरणीय पक्ष हुन् । नेपाली समाजमा एकता र मेलमिलाप छ । आँटोपिठो र मिठो सिस्नो खाएर रमाउने नेपालीहरु जसका घरमा जे पाक्यो त्यही बाँडी चुँडी गरेर खान्छन् । सांस्कृतिक विविधता भए पनि सबैले सबैलाई सम्मान गर्ने परिपाटीका कारण गौरा जस्तो चाडपर्व र सीता अनि भृकुटी जस्ता ऐतिहासिक पात्रलाई सबैले सम्मान गर्छन् । अनेक जात जाति मिलेर बनेको नेपाली समाजमा खुी र आनन्दका साथ बाँच्न पाएकोमा कवि गैरव बोध गर्छन् ।  सयौँ भाषा, भेष, भूषा र संस्कृतिले सम्पन्न नेपाल भौगोलिक दृष्टिले पनि विविधतामय छ ।  
सबै जातजाती र भाषा मान्ने मान्छेहरु एउटै चौतारामा बसेर उनीहरु बरगाछी, पीपलगाछी र चौतारीमा बसेर सुखदुःखहरु बाँड्छन् । आपसमा अनेक नातागोता वा साइनो गाँस्दै भेटघाट गर्न रमाउने नेपालीहरुको चरित्र अनुकरणीय छ । आफ्नो देश आफ्नो संस्कृति मान्नेहरुका बिचमा अपूर्व मिलन र सद्भाव यहाँ देख्न पाइन्छ ।
नेपाल बहुजातीय बहुसंकृतिक र बहुधर्म भएको भएको कुरा कविले कवितामा प्रश्ट पारेका छन् । सबैको साझा फुलबारीका रुपमा रहेको नेपालमा धेरै जात, जाति, भाषा, भाषी र धर्म संस्कृति मान्नेहरु बसोबास गर्छन् । विशव समुदायका लागि उदाहरणीय विषय बनेको हाम्रो देश गौरवको कुरा हो । हाम्रो यस जनतजाती बिच गहिरो मेलमिलाप रहँदै आएको छ । यिनीहरुका बिच कहिल्यै जातीय विद्वेष वा झगडा भएको छैन । 

६) पाठमा नेपालको इतिहास, संस्कृति, जाति तथा स्थानलाई बुझाउने शब्दहरु समूह कार्यका रुपमा टिपोट गरी तिनको अभिप्राय झल्कने गरी एक एक अनुच्छेद लेख्नुहोस् । 
उत्तरः इतिहास – भृकुटी, मञ्जुश्री, यलम्बर
संस्कृति – गौरा, सीता, बुद्ध, जनक
जाति – आर्य, मङ्गोल, खस, किरात, थारु, यादव, गोर्खा
स्थान – सलहेश, फुलबारी, मिथिला, कपिलवस्तु, चाँगु, सिन्जा, अजैमिर, पाल्पा, मुस्ताङ, नाम्चे, सिमरौनगढ
नेपालको अस्तित्व देश भरि चलाउन र विश्वलाई नै चिनाउन भृकुटी, मञ्जुश्री र यलम्बर जस्ता एतिहासिक व्यक्तित्वहरुको ठुलो योगदान रहेको छ । यस देशलाई समृद्ध बनाउन यी विभूतिहरुको योगदान पनि अद्धितीय रहेके छ । गौरा जस्तो चाडर्पा र आपसको मेलमिलाप विभूतिहरुको योगदान पनि अद्धितीय रहेको छ । जातजातिहरु बिच देखीने सम्बन्धले हाम्रो देशको संस्कृति विश्वकै लागि अनुकरणीय बनेको छ । नेपाल एतिहासिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले एक अद्धितीय देशको रुपमा रहेको प्रस्ट हुन्छ । 

७) पाठको चन्द्रबिन्दु र शिरबिन्दु लागेको शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् । 
उत्तरः जहाँ, त्यहाँ, मुस्कुराउँदा, ज्युँदा,  सयौँ, जिउँ, ज्युँनु कहीँ
शिरबिन्दु लागेका वाक्यहरुः संस्कृति, संवाद 

८) जनसङ्ख्या वृद्धि र त्यसका असरका विषयमा बुँदाहारु खोज्नुहोस् र ‘ जनसङ्ख्या विस्फेट’ शीर्षक राखी तिन ओटा  अनुच्छेद लेख्नुहोस् । 
उत्तर :
–    खाद्यन्न उत्पादन  गरीने साधन सिमित र जनसंख्यको वृद्धि दर धेरै
–    प्रकृतिक सम्पदाहरुमा असर पर्ने
–    वातावरण नै प्रदूषित बनेको
–    संसारमा सामाजिक, आर्थिक, राजजीतिक, सांसकृतिक क्षेत्रमा समस्याहरु देखिउको
जनसंख्या विस्फोट
खाद्यन्न उत्पादन गर्ने जमिन सिमित छ तर जनसंख्या धेरै छ त्यसैले यो समस्याले भविश्यमा संकट उत्पन्न हुन सक्छ । जसले गर्दा संसारमा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक जस्ता समस्याहरु विकराल रुपमा उत्पन्न भएका छन् । समाजमा घटेका प्राय समस्याहरु जनसंख्या वृद्धिकै कारण हो ।
हाम्रो देशमा मात्र जनसंख्यको समस्या नभई अरु राष्ट्रहरुमा पनि उत्तिकै रहेको छ । जनसङ्ख्या वृद्धिका मुख्या कारणहरुमा जनतामा रहेको अशिक्षा, अज्ञानता र गरिबीजस्ता कुराहरु पर्दछन् । जनसंख्या वृद्धिको कारणले विभिन्न खतरनाक् रोगहरु लाग्ने र गरीबी जस्ता समस्याहरु आईपर्ने गर्देछ । वनविनाश, समाजमा वकृति र बेरोजगारी समस्याले जस्ता समस्याहरु तीव्र जनसंख्याले नै हुन्छ ।
जहाँ धेरै सेवा सुविधा छ त्यहाँ नै धेरै जनसंख्या वृद्धि हुन्छ । मानिसहरु सुखी र आन्नदको जिवन बिताउन चाहन्छन् । जनसंख्याको तीव्र वृद्धिले जताजतै फोहोर तथा दूषित वातावरण बढ्नुका साथै सहरी क्षेत्रमा घर, कलकारखाना, सवारीसाधनको वृद्धिर त्यसबाट निस्कने फोहोरमैलाले गर्दा वातावरण प्रदूषित बनेको छ । जनसंख्याको वृद्धिले मानिसका लागि आधारभूत आवश्यकताअन्र्तगत पर्ने खाद्यान्न, स्वच्छ खानेपानीजस्ता कुरको उपलब्धता र वितरणमा पनि समस्या देखिने गरेको छ । 

९) पत्र पत्रिका अथवा जानकारहरुबाट जलवायु परिवर्तन र यसका असर बारेमा आवश्यक जानकारी लिनुहोस् र ‘ जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट’ शीर्षकमा कम्तीमा चार ओटा अनुच्छेद लेख्नुहोस् । 
उत्तरः
जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट
जल भन्नाले पानी, वायु भन्नाले हावा भन्ने बुझिन्छ  भने परिवर्तन भन्नाले जल र पानमिा  देखीने फेरबदल, रुपान्तर वा हेरफेर भन्ने बुझिन्छ । आज विश्व मानव समुदायका लागि गम्भीर चुनौतीको विषय बनेको छ । यसका लागि विश्व समुदायले बेलैमा ध्यान नदिए आगामी दिनमा झन् गम्भिरि चुनौतिहरको सामना गर्नुेपर्ने प्रस्ट छ । जल वायु परिवर्तनले  प्रभाव पार्ने तत्वहरुमध्ये जनसंख्या वृद्हिि ए हो ।
दिन दुईगुना रात चोगुनाको दरले जनसंख्या वृद्धि भएको कारण राज्यहरुले आफ्नो जनताको समुचित व्यवस्थापन गर्न सकेका छैनन् । अनियन्त्रित जनसंख्या वृद्धिले गर्दा खानपान, व्यवसाय, बसोबास हरेक कुराले मान्छेलाई सताउने गर्छ । जनसंख्या वृद्धिको कारण बसाइँसराइको क्रम पनि तीव्र हुने गर्छ ।
बाढी, पहिरो, भूकम्प, आँधीजस्ता प्राकृतिक प्रकोपहरुको त्रासले आजको मानव हरहमेसा सताइएको छ भने प्राकृतिक विनाश र औद्योगिक विकासले हिमाल पग्लिएर मरुभूमि बन्ने खतर पनि बढ्द गएको छ ।  अजवायु परिवर्तन र यसले विश्वमा निम्त्याएके चुनौतिलाई हाँक दिन हरेक राष्ट्र र मानव समुदायले सचेत र सजग भई अघि बढ्नु आवश्यक छ ।
वैज्ञानिक विकासको तीव्र कारणले पनि वातावरणीय सन्तुलनमा खलल पुगेको छ ।  जलवायुमा व्यापक परिवर्तन देखिन थालेको छ । यसले गर्दा अतिवृष्टि र अनावृष्टिको समस्या हरेक वर्ष देखिन थालेको छ । 

व्याकरण


१) तलको लेख्य चिह्नको नाम र काम कापीमा लेखेर शिक्षकलाई देखाउनुहोस् । 
क) पूर्ण विराम ( । )
मैया  दयालु छन् । उनी गरिबप्रति दया देखाउँछिन् । वृद्धवृधाहरुलाई सहयोग गर्ने उनको बानी छ ।
ख) अल्प बिराम ( , )
शोभा तारा र डोरनिधि बजार गए । उनीहरुरले त्यहाँ कपडा, किताब र काउली किने । त्यहाँ तुलसी , बाबुराम र पवित्रा पनि देखा परे । ‘‘ ओ , यिनीहरु यतै पो रहेछन् त !’’ पवित्राले भनी ।
ग) अर्ध विराम (;)
म बिहानै उठ्छु; हात मुख धुन्छु; घुम्न जान्छु; र पत्रिका पढ्छु । मानवता नेतिकताको नाम हो ; बहादुरीको नाम हो विश्वासको नाम हो ।
घ) प्रश्वाचक चिह्न (? )
तिमी घरबाट एक्लै आयौ कि तिम्रा भाइ पनि आए ? अब तिमी फेरि घर कहिले जान्छौ ?
ङ उद्गार चिह्न (!)
तिमीले राम्रो गरेछौ, स्याबास् !
बिचरा, तिनलाई त रोगले साह्रै च्यापेछ !
ए राम । कतातिर हो ?
उद्धरण चिह्न ( ‘ ’ , ‘‘ ’’)
लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कवितामा मात्रिक छन्दमा छ । यस कवितामा देवकोटाले ‘ मानवतावाद’ मा जोड दिएका छन् । उनी भन्छ्न,‘‘ मलम लगाऊ आर्तहरुको चहराइरहेको घाउ ।’’
छ) निर्देश चिह्न (ः)
 भौगोलिक रुपमा नेपाललाई तिन प्रदेशमा विभाजन गर्न सकिन्छ : हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश ।
ज) याजक चिह्न (–)
नेपाल–चिनबिचको दौत्य सम्बन्ध दिर्घकालसम्म रहने छ ।
झ) कोष्ठक ( )
वासुदेव त्रिपाठी त्रिवि बाट नेपाली साहित्यमा विद्यावारिधि (पएिचडी) गर्ने पहिलो व्यक्ति हुन् ।
दिइएबमे लेख्य चिह्नहरु पुर्णविराम ( । ), अल्प विराम ( , ) , अर्ध विराम ( ; ), प्रश्नवाचक चिह्न ( । ), उद्धरण चिह्न ( ‘ ’ , ‘‘ ’’ ) निर्देश ( : ) याजक चिह्न ( –) कोष्ठक (( )) चिह्न लेखेर शिक्षकलाई देखाउने र मनन पनि गर्ने ।

२) तलको अनुच्छेदमा कुन कुन लेख्य चिन्हहरु प्रयोग भएका छन्, लेख्नुहोस्ः
हाम्रा विज्ञान शिक्षक भन्नुहुन्छ, ‘‘ अहिलेको युग सूचना प्रविधिको युग हो । अहिलेको युगमा कम्प्युटर प्रविधि खास गरेर इन्टरनेटमा पहुँच नहुनेहरु धेरै पछि पर्छन ।’’ उहाँले भनेको कुरालाई राम्ररी मनन गरेर मैले आफूलाई कम्प्युटर प्रविधिमा पोख्त बनाएको छु । आधुनिक प्रविधिको कसरी सदुपयोग गर्नुपर्छ ?  इन्टरनेटको उपयोगिता के हो ? मलाई थाहा छ । इन्टरनेटलाई मैले पढाइकै एउटा अभिन्न अङ्ग बनाएको छु । यसबाट मैले संसार चिन्न सकेको छु । इन्टरनेटका अतिरिक्त पुस्तकालयमा गएर नयाँनयाँ पुस्तक पढ्ने मेरो सोख छ । मैले थुप्रै विदेशी तथा नेपाली लेखकका किताब पढेको छु । भर्खरै ‘मुनामदन’  पढ्े केही दिन अगाडि ‘घामका पाइलाहरु’ पढेको थिएँ, राम्रो लाग्यो । खेलकुदमा पनि उत्तिकै रुचि राख्छु । मलाई मन पर्ने खेल हुन् : क्र्रिकेट, भलिबल, फुटबल र चेस । मलाई ठुलो–सानो, धनी–गरिब, पुरुष–महिला, छुत–अछुत भनी विभेद गर्ने चलन पटक्कै मन पर्दैन । हाम्रो समाजमा रहेका   वर्गीय – धनीर गरिब बिचको), लैङ्गिक –पुरुष, महिला र तेस्रो लिङ्गी बिचको), जसता विभेद (भेदभाव) हटाउनुपर्छ । त्यस्तै शारीकि रुपमा अशक्तहरुलाई छिः छिः !! र दुरः दुर !! गर्ने, उनीहरुलाई बरा ! बिचरा ! भनेर कमजोर ठान्ने प्रवृत्ति पनि मलाई पटक्कै मन पर्दैन । उनीहरुसँग भिन्न प्रकारको क्षमता छ र उनीहरु प्नि आफ्नै गोडामा उभिन सक्छन् भन्ने कुरा मलाई थाहा छ ।
उत्तर दिइएको अनुच्छेदमा अल्पविराम ( , ) उद्धरण (‘‘ ’’)  पूर्ण विराम ( । ), प्रश्नवाचक ( ? ), उद्धरण (‘ ’), अर्ध विराम ( ; ) निर्देश ( : ) योजक ( – ) कोष्ठक (( )), उद्गार ( ! ) आदि चिह्नहरु प्रयोग भएको छन् । 
३) उपयुक्त लेख्य चिह्न प्रयोग पुर्नलेखन गर्नुहोस् : 
क) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको छोटकरी नाम न सार्क हो तपाईलाई थाहा छ : सार्कका सदस्य राष्ट्रहरु कुन कुन् नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान सार्कको सदस्य राष्ट्रहरु हुन् ।
उत्तरः दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको छोटकरी नाम न सार्क हो । तपाईलाई थाहा छ; सार्कका सदस्य राष्ट्रहरु कुन–कुन् हुन् ? नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान सार्कको सदस्य राष्ट्रहरु हुन् ।
ख) सुन्नु भो राम त हिजै अमेरिका पुगेछ तर के गर्नु उसको भिसा त नक्की पो परेछ ऊ त विमान स्थलबाटै फिर्ता भएछ हामीले उसलाई कति भनेका थियौँ स्वदेशमै बसेर काम गरे पनि हुन्छ विदेशै जाने हो भने पनि राम्ररी बुझेर मात्र जानुपर्छ ।
उत्तरः   सुन्नु भो ? राम त हिजै अमेरिका पुगेछ तर के गनु, उसको भिसा त नक्की पो परेछ । ऊ त विमान स्थलबाटै फिर्ता भएछ । हामीले उसलाई कति भनेका थियाँ, स्वदेशमै बसेर काम गरे पनि हुन्छ; विदेशै जाने हो भने पनि राम्ररी बुझेर मात्र जानुपर्छ । 

४) उाहरणमा जस्तै गरी ‘पढ’ धातुबाट तिन कालका सामान्य पक्षका रुप लेख्नुहोस् : 
उत्तर :
मैले किताब पढेँ । ( सामान्य भूत )
म किताब पढ्छु । ( सामान्य वर्तमान )
म किताब पढ्ने छु । ( सामान्य भविष्यत् )
५) उदाहरण अनुसार ‘लेख्’ धातुबाट अपूर्ण पक्षका रुपहरु बनाउनुहोस् :
उदाहरणः तिमी भात खाँदै थियौ । ( अपूर्ण भूत )
तिमी भात खाँदै हुने छौ । ( अपूर्ण वर्तमान )
तिमी भात खाँदै हुने छौ । (अपूर्ण भविष्यत् )
उत्तर :
तिमी चिढी लेख्दै थियौ । ( अपूर्ण भूत )
म चिठी लेख्दै थिएँ । (अपूर्ण वर्तमान )
तिमी चिठी लेख्दै हुने छौ । (अपूर्ण  भविष्यत् )  

६) उदाहरणमा जस्तै गरी ‘ सुन्’ धातुका पूर्ण पक्षका रुप लेख्नुहोस् : 
उदाहरणः  हरि बसेको थियो । सीता आएकी थिई । ( पूर्ण भूत )
हरि बसेको छ । सीता आएकी छ । ( पूर्ण वर्तमान )
हरि बसेको हुने छ । सीता आएकी हुने छ । (अपूर्ण भविष्यत्)
उत्तरः
रामले सुनेको थिया । सीताले सुनेकी थिई ( पूर्ण भूत)
रामले सुनेको छ । सीताले सुनेकी छ । ( पूर्ण वर्तमान )
रामले सुनेको हुने छ । सीताले सुनेकी हुने छ । ( पूर्ण भविष्यत् ) 

७. उदाहरणअनुसार ‘गर’ र ‘पढ्’ धातुको कर्तृ, कर्म तथा सुत् धातुबाट वाच्यका रुप देखाउनुहोस् ।
म कविता लेख्छु । तिमी सफल भयौ । जयकला हाँस्छिन् । योगराज गयो । ( कर्तृ वाच्य) (म द्धारा) हाँसिन्छ । (तिमीद्धारा ) परीक्षा दिइयो । ( कर्म वाच्य ) ( जयकलाद्धारा) हाँसिन्छ । (योगराजद्धारा)  गइयो । ( भाव वाच्य)
उत्तर
 गर् – म काम गर्छु । तिमीले काम ग¥यौ । रमा काम गर्छिन् । विनोद काम गर्छ । (कर्तृवाच्य)
पढ् – हरि पढ्छ । विनोले पढ्यो । गीता पढ्छिन् । म पढ्छु । (कर्तृवाच्य)
(मबाट) काम गरियो । (तिमीबाट)  काम गरिन्छ । (रमाबाट) काम गरिादै   विनोदबाट काम गरिएको छ । (कर्म वाच्य) 

८) उदाहरणमा दिए जस्तै गरी ‘हराउ’, ‘सुनाउ’, हिँड् र ‘बोल्’ धातुबाट करण र अकरणका वाक्यहरु ब्नाउनुहोस् : 
 उत्तर
हराउ – राम घरबाट हराउँछु ।  म उसलाई हराउँदिनँ । सुमित्राले फुटबलमा हराइन् । (करण)
हराउ –  राम घरबाट हराँदैन । म उसलाई हराउँदिनँ । सुमित्राले फुटबलमा हराइनन् । (अकरण)
सुनाउ – राम कथा सुनाउँछ  । उसलाई खबर सुनाउँछु । गीताले कथा सुनाइन् ।  (करण)
सुनाउ – राम कथा सुनाउँदैन । उसलार्य खबर सुनाउँदिन् । गीताले कथा सुनाई । (अकरण)
बोल् – कृष्ण मिठो बोल्छ । म मिठो बोल्छु । सिता मिठो बोलिन् । (करण)
बोल् – कृष्ण मिठो बोल्दैन । म मिठो बोल्दिन । सिता मिठो बोल्दिन् । (अकरण)

९) तलका क्र्रियापदले अभ्यस्त भूत काललाई बुझाएका छन्, तिनलाई सार्नुहोस :  
हाम्रा पालामा अहिले जस्तो जतासुकै स्कुल हुँदैनथे । खास गरेर माध्यमिक विद्यालयहरु सीमित हुन्थे । त्यसैले म मावि तहको पढाइका लागि घरबाट डेढ घण्टा टाढा हिँडेर जान्थेँ । बाढी आउँदा खोलाहरु ठुला हुन्थे । हामी बाढी नघटुन्जेल पर्खेर बस्थ्यौ र बाढी घटेपछि तथ्र्यौ । बाटो पनि अप्ठ्यारो हुन्थ्यो । कहिले काहीँ पहिरोले  पनि बाटो छेक्थ्यो । चाहिए जति कापी कलम किन्ने पैसासमेत हुँदैनथ्यो । पढाइ सकेर घर फर्किने बेला बाटाका पसलरुमा बाहिरै सेल राटी बेच्न राखेका हुन्थे यता भोकले पेटमा मुसा दौडिरहेको हुन्थ्यो, अर्कातिर किनेर खाने पैसा हँुदैनथ्यो । त्यसैले बेच्न राखका  खानेकुरातिर आँखा नपरुन् भन्दै दौडिन्थ्यौँ ।
उत्तरः हुँदैनथे, हुन्थे, जान्थेँ, हुन्थे, तथ्र्यौ, दुब्थ्यो, छेक्थ्यो, हुँदैनथ्यो, हुन्थे, हुन्थ्यो, हुदैनथ्यो, दौडिन्थ्यौँ । 

१०) तलको अनुच्छेदमा रहेको भूत कालका अज्ञात पक्ष ( अज्ञात भूत ) का क्र्रियापदलाई सारेर शिक्षकलाई देखउनुहोस् :
ऊ त कति ठुलो भइसकेछ । उसले पढ्न पनि राम्ररी पढेछ । इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएछ । अनि ऊ लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी जागिरे भएछ । 

११) अभ्यस्त भूत कालको प्रयोग गरी आफ्नो बाल्यकालको वर्णन गर्नुहोस् । 
बाल्यकालमा म फुटबल खेल्न मन पराउँथे । साथीभाइसँग धेरै फुटबल खेल्थेँ ।  मैले फुटबल खेलेको देखेर आमा दिक्क् मान्नुहुन्थ्यो । बुबा पनि फुबल नखेल भनि कराउँनु हुन्थ्यो । मेरो व्यवहार घरमा र स्कुलमा फरक हुने गथ्र्याे । 

१२) अज्ञात भूतको प्रयोग गरी आफूले देखेको कुनै सहरको वर्णन गर्नुहोस् । 
मैले काठमाडौँ सहर देखेको छु । त्यो सहर निकै दूषित रहेछ । नेपालको र अन्या विदेशी पनि तहाँ आउँदा रहेछन् । सबै मानसहरु आफ्नो आफ्नो सुरमा हिड्दा रहेछन् । बाटाघाटाको आम्रो सुविधा रहेको रहेछ । 

Post a Comment

0 Comments