F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ-८ | वसन्त कोकिला | कक्षा-९ | नेपाली

Print Friendly and PDF

 

वसन्त कोकिला

शारंश
प्रस्तुत सुन्दर प्रस्तुत मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।
कैली घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखको हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क पर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थर्किने गरी खुसीसाथ मिठो आवाज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
बसन्त ऋतुको आफ्नै महत्व छ । यस ऋतुले सबैलाई हर्षित एवम् आनन्दित तुल्याएको हुन्छ । चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । वसन्त ऋतुले उसका जीवनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरवगान गरिएको छ । परिष्कृत एव्म परिमार्जित भाषाशैली गरीकन मन जस्ता अन्त्यानुप्रासयुत पदावलि र उपजाति जस्तो शास्त्रीय छन्दका माध्यमबाट प्रकृतिप्रेम सम्बन्धी भावलाई सशक्त र प्रभावकारी बनाइएको छ ।
 यहाँ वसन्त ऋतुको गौरवले कोईली जस्तो मानवेतर प्राणी पनि खुसीले गद्गद् भएको उल्लेख गरेर कविले प्रकृतिको मानविकरण समेत गरेको पाईन्छ ।

प्रश्नोत्तर

सुनाई 

२) कविताको पहिलो र दास्र्रो श्लोक सुन्नुहोस् र त्यसका आधारमा निम्न प्रश्नको उत्तर दिनुहोस् । 
क) रुख तथा लहरामा वसन्त ऋतुमा कस्तो परिवर्तन आउँछ ?
उत्तर रुख तथा लहरामा वसन्त ऋतुमा लता वृक्ष आदिमा नवीन र लाखौँ फुलहरु फुलेर अनि पालुवाहरु पलाएर परिवर्तन आउँछ ।
ख) कोइलीले वसन्त ऋतुको शोभा कसरी बढाउँछ ?
उत्तर कोइलीले वसन्त ऋतुको शोभा वसन्त आयो भन्दै गौरवसाथ गाना खाएर बढाउँछ ।
ग) वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन कसरी बिताउँथ्यो ?
उत्तर लुकी लुकी दुःखमा वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन बिताउथ्यो ।
घ)  कोइली वसन्त ऋतुलाई कुन रुपमा लिन्छ ?
उत्तर आनन्द र सुखको ऋतुका रुपमा वसन्तलाई लिन्छ । 
बोलाई 
तलका शब्द प्रयोग गरेर साथीसँग कोइलीका बारेमा कुरा गर्नुहोस् । 
सारै, केवल, शरीर, चुच्चो
उत्तर
 राम : भाई तिमीले कोइली देखेका छौ ?
भाई : देखेको छु ।
राम : कोइलीको स्वर कस्तो हुन्छ बताइ देऊ त ।
भाई : कोइलीको स्वर धेरै मिठो हुन्छ । यसलाई मन नपराउनी कोइ हुदैन । सबैले मन पराउँछन ।
राम : यसको रङ्गको र क्र्रियाकलापको बारेमा पनि थाहा छ तिमीलाई बताईदेऊ न त ।
भाई : मलाई सबै कुरा थाहा छ । वसन्त ऋतुमा मात्र वनजङ्गलमा देख्न पाइन्छ । अरु बेला यो लुकेर बस्छ । जब वसन्छ ऋतु आउँछ यसले प्राकृतिक सौन्दर्यको मोज मस्ती लुट्छ । यसको सारा शरीर कालो हुन्छ । यसको मुख चराको जस्तो चच्चो हुन्छ ।
राम : धन्यवाद तिमीलाई सबै कुरा थाहा रहेछ कोहीलीको बारेमा,
भाई : हुन्छ । (दुवै जना घर तर्फ जन्छन ।) 

३) तलका प्रश्नको उत्तर भन्नूहोस् :
क) ‘वसन्त कोकिल’ कविताका कवि को हुन् ?
उत्तर ‘वसन्त कोकिल’ कविताका कवि लेखनाथ पौड्याल हुन् । 
ख) कवितामा कुन श्लोक बढी राम्रो लाग्यो र किन ?
उत्तर वसन्त ऋतुमा आँपको रसहरु पिएर खुसी हुँदै वन घन्काउने कोइलीको वर्णन यस  छैटौँ  श्लोकमा गएिकाले बढी राम्रो यो श्लोक लाग्यो ।
ग)  कविताको शीर्षक ‘वसन्त कोकिल’ कत्तिको उपयुक्त छ र किन ?
उत्तर वसन्त ऋतुमा  रमाउने कोइलीको वर्णनमै केन्द्रित भएकाले यो शीर्षक उपयुक्त र विषयवस्तु अनुकूल छ ।
घ) कविले कोइलाीलाई के के नाम दिइएका छन् ?
उत्तर कविले कोइलीलाई कलकण्ठ र कोकिल नाम दिइएका छन् ।
 ४) पाठका आधारमा वसन्त ऋतुमा देखिने परिवर्तनका बारेमा समूहमा छलफल गर्नुहोस् ।
 कवितामा उल्लेख भए अनुसार वसन्त ऋतुका समयमा प्राकृतिक जगत्मा धेरै परिवर्तन देखिन्छ । शिशिरपछि वसन्छ ऋतुको आगमन हुन्छ । । शिशिर ऋतुमा उराठ लग्दा लता, रुख आदिमा प्राकृतिक नयाँ लाखौँ फुल फुतिरहेका र पालुवाले भरिभराउ भएको देख्न पाइन्छ । यस बेला कोइलीले वसन्त आयो भनेर यस ऋतुको गौरव बढाउने काम गर्छ । आँपका रुखमा नयाँमञ्जरी पलाएका छन् । त्यसलाई चपाएर कोइली कुहू गर्दै छ । वसन्ती हावा सिरिरि चन्दैछ भने वसन्तको बहारमा कोइली मस्तसँग झुलिरहेको छ । वसन्त ऋतुमा ठन्डी र गर्मी डर छैन । बगैँचाहरु भरिभराउ छन् भने यस बेला वर्षाको पिर पनि छैन । 

पढाई 

१) ‘टनाटन’, ‘पालुवकन’ जस्ता अनुप्रासयुक्त शब्द पाठबाट खोजेर शिक्षकलाई भन्नुहोस् । 
उत्तर
 लुकीकन, दिन, परी मञ्जरी, बेसरी, घरी, हवा, पालुवा, मन, किन, झरी, परी, रस, मदालस, गलाकन, वन, अलिकति, यताउति, तहाँ, मञ्जरी, गरी, पछिल्तिर, पुच्छर, डर, पिर गरीकन, मन 

२) कविताको चौथो श्लोकका पङ्क्ति पढेर् उदाहरणअनुसार लेख्नुहोस् र कक्षामा सुनाउनुहोस् । 
उदाहरणः हावा सिरिसिरी चलिरहेको छ ।
सबै मञ्जु झुलिरहेछन् । सबै पालुवा झुलिरहेन् ।
जता दृष्टि दियो उतै मन सुखी हुन्छ । प्रमोदले त्यो किन पुरा नहोस् । 

३) पाठका सातौँ र आठौँ श्लोक पढी तलका प्रश्को उत्तर दिनुहोस् । 
क)  कोइलीले आफ्नो प्रसन्नतालाई कसरी व्यक्त गरेको छ ?
उत्तर  आफ्नो चुच्चो ठाडो  पारेर मञ्जरी चट्ट ठुगेर टिप्छ र सबैले दख्ने गरी चुच्चो ठाडो पारेर मञ्जरी चट्ट ठुगेर टिप्छ र घरी घरी अलिअलि भुर्र उड्दै एउटा एउटा रुखको हाँगोबाट अर्का हाँगोमा जाने बडो बहाडी रसिक झैँ भई पालुवामा ढलीमली गर्छ ।
ख) ‘ शाखान्तर’, ‘बहाडी’ , ‘रसिक’, ‘पालुवा’ र मञ्जरी शब्दको अर्थ के हो ?
उत्तर
शाखान्तर – एउटा हाँगाबाट अर्का हाँगामा जाने
बहाडी – फराकिलो
रसिक –  मन प्रसन्न पार्ने
 पालुवा – कलिला पात
मञ्जरी –मुजुर वा पलुवा
ग) ‘भुर्र, ‘चट्ट’, ‘परक्क’ यी अनुकरणातमक शब्दलाई वाक्यमा पयोग गर्नुहोस् ।
भुर्र – आगोलाई देख्नसाथ चरो भुर्र उड्यो ।
चट्ट – कैँचीले कपडा काटेर चट्ट मिलायो ।
फरक्क – मेरो डरले खेल्न गएको भाई डराएर फरक्क  फर्की घर आयो ।
 घ) ‘घरिघरि’, ‘ढलिमली’ जस्तै अन्य पाँच ओटा द्धित्व शब्द शिक्षकसँग सोधेर लख्नुहोस् ।
उत्तर : कालोकाले, राम्राराम्रा, मिठोमिठो, अलिअलि, उकुसमुकुस

४) पाठको पाँचौँ र छैटौँ श्लोक पढी छोटो उत्तर आउने तिन ओटा प्रश्न निर्माण गरी कक्षामा प्रस्तुत गनुहोस् । 
उत्तर
क) उक्त अनुच्छदेको मुल भाव के हो ?
ख) काइलीले हर्षलाई प्रस्तुत गर्ने तरिका कस्तो छ ?
ग) समीरले पुष्प– परपागको झरी भन्नुको अर्थ के हो ? 

लेखाई 
१) पाठका आधारमा उत्तर लेख्नुहोस् :
क) वसन्त ऋतुका विशेषताहरु के के हुन् ?
उत्तर  वसन्त ऋतुमा लता, वृक्ष आदिमा नयाँ नयाँ लाखौँ फुलहरु फुलेको देख्न पाइन्छ । पालुवाहरुले लता, वृक्ष आदिलाई ढपक्कै ढाकेका हुन्छन । यस बेला कोइलीले ‘वसन्त आयो’ भनी सुरिलो स्वार घन्काइसरहेको हुन्छ ।  वसन्त ऋतुमा न त जाडोको डर हुन्छ न त घामको नै डर हुन्छ । ठन्डी र गर्मी बराबर हुने भएकाले सारा प्राणीलाई यस ऋतुले आनन्द प्रदान गर्छ । यस्तै बगैँचाहरु अनेकौँ फुल र पालुव आदिले ढाकिएका हुन्छन् भने वर्षाको पनि कुनै पिर हुन्न । वसन्त ऋतुमा मानव र मानवेतर प्राणीलाई समेत आनन्द प्रदान गर्न वातावरण र मौसम हुन्छ । त्यसैले यस ऋतुका विशेषताहरु थुप्रै रहेका छन् ।
ख) वसन्त ऋतुमा कोइलीका दिन कसरी बित्छन् ?
उत्तर
यसरी कोइलीका दिन रमाइलो र उल्लासमय वातावरणमा बित्छन् । घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखमा हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क फर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थकिने गरी खुसीसाथ मिठो आवज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
ग) वसन्त ऋतु कोइलीका लागि किन रमाइलो हुन्छ ?
उत्तर यस ऋतु कोइलाको लागि धेरै रमाइलो हुन्छ । निकै कठिनत न त उसले आहारा नै पाउँछ न त उपयुक्त वातावरणमा रमाउन पाउँछ प्रकृतिक संसारमा रमाउने यस प्राणीले वसन्त ऋतुमा लता, वृक्ष्हरुमा जतातै फुल फुलेको पालुवाले ढपक्कै ढाकेको पाउँछ । बडो दुःखी बन्दै बिताइरहेको कोइली बगैँचाका बिचमा बसी मञ्जरी चपाउँदै कुहू  आवज निकाल्छ । यसरी कोइलीका दिन रमाइलो र उल्लासमय वातावरणमा बित्छन् । घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखको हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क फर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक सँसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको र पिएर सुरिलो गलाबाट वनै थाकिने गरी खुसीसाथ मिठो आवज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
घ) कोइलीले वनको शोभा कसरी बाढाउँछ ?
उत्तर
 चुच्चोले मञ्जरी टिप्ने, ठुँगेर चुच्चोमा मञ्जरी च्याप्ने अनि फरक्क फर्कदै पुच्छर लतारेर अर्कातिर फर्की मिठो स्वर निकाली कोइलीले वसन्तको शोभा बढाउँछ । प्रकृतिक संसारमा रमाउने यस प्राणीले वसन्त ऋतुमा लता, वृक्ष्हरुमा जताततै फुल फुलेको पालुवाले ढपक्कै ढाकेको पाउँछ । बडो दुःखी बन्दै बिताइरहेको कोइली बगैँचाका बिचमा बसी मञ्जरी चपाउँदै कुहू  आवज निकाल्छ । अनि  प्रकृतिलाई  नै उलासमय बनाई दिन्छ ।
ङ) कविले वसन्तको गौरवका रुपमा के के कुरा उल्लेख गरेका छन् ?
 आवाज, शीत तथा धामको कुनै डर नहुनु अनि बगैँचाहरु नाङ्गा तथा उराठ लाग्दा नहुनु र वर्षाको पिर नहुनु आदि कुरालाई वसन्तको गौरवका रुपमा उल्लेख गरेका छन् । 

 २) सप्रसङ्ग व्याख्या गर्नुहोस् । 
क)
चमाउँदै मस्त भएर बेसरी
कुहू कुहू गर्दछ त्यो घरी घरी ।
उत्तर
             प्रस्तुत सुन्दर पङ्क्तिहरु मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।
वसन्त ऋतुमा कोइलीले आफ्ना सारा दुःखहरु बिर्सन्छ । प्रकृतिक संसारमा रमाउने यस प्राणीले वसन्त ऋतुमा लता, वृक्ष्हरुमा जताततै फुल फुलेको पालुवाले ढपक्कै ढाकेको पाउँछ । बडो दुःखी बन्दै बिताइरहेको कोइली बगैँचाका बिचमा बसी मञ्जरी चपाउँदै कुहू  आवज निकाल्छ । यसरी कोइलीका दिन रमाइलो र उल्लासमय वातावरणमा बित्छन् ।
घरी एउटा रुखको हाँगामा त घरी अर्का रुखमा हाँगामा चाहर्दै बहाडी रसिक झैँ बनी पालुवामा ढलीमली गर्छ । चुच्चोले मञ्जरी ठड्याएर घरी यता घरी उता फरक्क पर्कने कोइली आफ्नो पुच्छरले लतार्दै प्रकिृतिक संसारमा रमाउने गर्छ । वसन्त हावा र पुष्प परागमा मस्त हुँदै आँप, कटहर आदिको रस पिएर सुरिलो गलाबाट वनै थर्किने गरी खुसीसाथ मिठो आवाज निकाल्छ । यसरी वसन्त ऋतुमा कोइलीले दिन बिताइरहेको हुन्छ ।
ख) वसन्तको गौरवले गरीकन
खुसी छ सारै कलकण्ठको मन ।
उत्तर  प्रस्तुत सुन्दर पङ्क्तिहरु मेरो नेपाली किताब कक्षा ९ को पाठ आठ वसन्त कोकिला भन्ने कविताबाट सिर्जित गरिएको हो । युक्त कविताका कवि लेखनाथ पौड्याल ( वि.सं १९४१ – २०२२) द्धारा लिखित कवितामा वसन्त ऋतुको समयमा कोइलाीले प्रदर्शन गर्ने गतिविधिलाई प्रस्तुत गरेका छन ।
बसन्त ऋतुको आफ्नै महत्व छ । यस ऋतुले सबैलाई हर्षित एवम् आनन्दित तुल्याएको हुन्छ । चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । वसन्त ऋतुले उसका जिबनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरबगान गरिएको छ । परिष्कृत एव्म परिमार्जित भाषाशैली गरीकन मन जस्ता अन्त्यानुप्रासयुत पदावलि र उपजाति जस्तो शास्त्रीय छन्दका माध्यमबाट प्रकृतिप्रेम सम्बन्धी भावलाई सशक्त र प्रभावकारी बनाइएको छ ।
 यहाँ वसन्त ऋतुको गौरवले कोईले जस्तो मानवेतर प्राणी पनि खुसीले गदगद भएको उल्लेख गरेर कविले प्रकृतिको मानविकरण समेत गरेको पाईन्छ ।

३)  कविले ‘वसन्त कोकिल’ कवितामा प्रकृतिको बयान कुन रुपमा गरेका छन्, विस्तारपुर्वक लेख्नुहोस् । 
उत्तर : 
उद्धृतंश कविशिरोमणि लेखनाथ पौड्याल ( वि.स १९४१  २०२० ) लिखित वसन्त कोकिल शीर्षकको कविताबाट साभार गरिएको हो । पौड्याल नेपाली साहित्यका प्रथम आधुनिक कविका रुपमा परिचित रहेका छन् ।  उनले यस कवितामा वसन्त  ऋतुका समयमा कोइलीले गर्ने गतिविधि क्र्रियाकलापका बारेमा सौन्दर्यपुर्ण चित्रण गरेका छन् । यसमा भावुक बन्दै कविले प्रकृतिको बयान गरेका छन् । 
चारैतिर ढकमक् फुलेका हजारैँ फुल तथा लतावृक्ष आदिमा ढपक्कै ढाकेको पालुवाले सौन्दर्य बढाइरहेको हुन्छ । सिरीसिरी हावा चल्नु न जाडो न गर्मी न त अति वृष्टिको भय पनि यस समयमा हुदैन । यस्तो गौरव बढाई रहेको वसन्त  ऋतुमा प्राकृतिक संसारमा रमाउने कोईली खुसी नहुने कुरै भएन । ऊ भित्रैैदेखी सारै खुसी भएको छ । ऊ प्रकृतिको निर्बाध उपभोग गर्न पाउदा गौरवबोध समेत गरिरहेको छ । बसन्त ऋतुले उसका जिवनमा बाहार ल्याईदिएको छ । यस अंशमा वसन्त ऋतुको गौरबगान गरिएको छ ।
 वसन्त ऋतुमा प्रकृति सबै प्राणीका लागि सुखदायक हुने गर्छ । जाडो र गर्मी तथा वर्षाको कुनै डर हुन्न र सारा प्राकृतिक संसार रमणीय बनेको हुन्छ । सबै प्राणीका निम्ति खुसी व्यक्त गर्ने प्रकृतिक वातावरण यसै बेला प्राप्त हुन्छ ।

४) ‘वसन्त कोकिल’ कविताको सारांश लेख्नुहोस् । 
वसन्त ऋतुमा लता, वृक्ष आदिमा नयाँ नयाँ लाखौँ फुलहरु फुलेको देख्न पाइन्छ । पालुवाहरुले लता, वृक्ष आदिलाई ढपक्कै ढाकेका हुन्छन । यस बेला कोइलीले ‘वसन्त आयो’ भनी सुरिलो स्वार घन्काइरहेको हुन्छ ।  वसन्त ऋतुमा न त जाडोको डर हुन्छ न त घामको नै डर हुन्छ । ठन्डी र गर्मी बराबर हुने भएकाले सारा प्राणीलाई यस ऋतुले आनन्द प्रदान गर्छ । यस्तै बगैँचाहरु अनेकौँ फुल र पालुवा आदिले ढाकिएका हुन्छन् भने वर्षाको पनि कुनै पिर हुन्न । वसन्त ऋतुमा मानव र मानवेतर प्राणीलाई समेत आनन्द प्रदान गर्न वातावरण र मौसम हुन्छ ।
हावाले पुष्प परागलई झार्दा वातावरण उत्सवमय बन्छ । त्यसबेला कोइलीले आँप कटहर आदिको रस पिई आफ्ना गलाबाट हर्षको सुरिलो स्वरले वन नै घन्काइरहेको हुन्छ । खुसीले कोइली अलिअलि भर्र उड्दै एउटा हाँगोबाट अर्के हाँगोमा गएर बस्छ । र बडो बहाडी रसिक झैँ बनी पालुवामाथि ढलीमली राखी बेलाबेला फरक्क पछि फर्कदा पुच्छरले पालुवा लर्तार्दै प्रसन्नता व्यक्त गर्छ ।  

४)  तलका विविध किसिमका शब्दहरुलाई समूह मिली अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् र कक्षामा सुनाउनुहोस् । 
उत्तर
कल – दाई कल भएको ठाउँमा कपडा सिलाउन गायो ।
कल – बच्चाले कल गरे भने काम गर्न समस्या आउँछ ।
पिर – गाउँलेहरुसँग झगडा गर्छ कि भनेर भाईको विषयमा मलाई पिर पर्छ ।
पिर – सालको पातबाट पिर पिर बजाउन मिल्छ ।
पिर – भाई ममीलाई धेरै पिरछ ।
पुरा – तिम्रो काम पुरा कति बजे हुन्छ ।
पुरा – पहिलेको पुराकथा मलाई खुब मन पथ्र्यौ  । 
आ )
श्रुतिसम भिन्नार्थक शब्द
उत्तर
दिन – म दिनमा धेरे काम गर्छैु ।
दीन – दीन दुःखीको सधैँ समस्या हुन्छ ।
घरि – तिमी घरि घरि किन म भएको ठाउँमा आउँछौ ।
घरी – मेरो भाईले एक घरी केरा ल्ययो ।
सित – मसित अहिले समस्याहरु धेरै छ ।
शित – शित परेको समयमा बाहिर हिँडदा विरामी पर्नै सक्छ ।
इ) विपरीतार्थक शब्द
उत्तर
भरि – गाउँभरि रहेको समस्या देखेर मानिसहरु दङ्ग  पर्नुभयो ।
आधा – मलाई आधा मात्र पैसा दिनुभए पनि हुन््छ ।
अगाडि – मेरो अगडि कसैले नराम्रो कुरा गर्नै सक्दैन ।
पछाडि – मानिसले अगाडि र पछाडिको कुरा सोचेर काम गनुपर्छ ।
दुःख – मैले दुःख गरेर काम गरेको छु ।
सुख – सुख नै जिवन होइन ।
दिनु – कसैलाई पनि बेकाममा दुःख दिनु हुदैन ।
लिनु – कसैको ज्यान लिनु राम्रो काम होइन् ।
नवीन – म सधै नवीन कार्य गर्छु ।
प्राचीन  – प्राचीन समयमा मानिसहरु अशिक्षित थिए ।
पूर्ण – उसले निर्माणका काम पूर्ण ग¥यो ।
अपूर्ण – काम गर्दा सधै अपूर्ण गर्नूहुदेन ।
कलिलो – हुने बिरुवाको चिल्लो पात भनेजसरी कलिलो उमेरमा नै भविष्यको जग बसाल्नुपर्छ ।
छिप्पिएको – रामले छिप्पिएको लैका खाएन ।
पछि – म पछिसम्म राम्रो काम गर्छु ।
अघि – केही छिनअघि राम यहीँ थियो तर अहिले यहाँ छैन ।
ई ) अनुकरणत्मक शब्द
घनक्क – बिहेमा धनक्क बाजा घन्किन थालेपछि सबै नाच्न थाले ।
 फरक्क – मेरो आवाज सुन्नासाथ रामले मलाई फरक्क फर्केर हे¥यो ।
भुर्र – चराहरु भुर्र उड्यो ।
चट्ट – उ आज चट्ट राम्रो भएर आएको छ । 
६ ) पाठमा भएका तलका शब्दहरुलाई प्रचिलित वर्ण विन्यासअनुसार सच्याएर कपीमा साुर्नुहोस् :
उत्तर
भरी – भरि
चलीरहेको –चलिरहेको
अलीकति – अलिकति
झुलीरहेछन् – झुलिरहछन्
लतारि – लतारी 

व्याकरण

२) कोष्ठकमा दिएको सङ्केतका आधारमा तलका वाक्य परिवर्तन गर्नुहोस् :   
क)  पूणिमान कविता ले कविता लेख्छ । (स्त्रीलिङ्ग)
उत्तर  पूणिमा कविता लेख्छे ।
ख) माधुरी गीत गाउँछे । (पुलिङग)
उत्तर तिमी कहाँ गएकी थियौ ?
ग) तिमी माछा मा¥यो । ( बहु वचन)
उत्तर उनीहरुले माछा मारे ।
घ) तिमी कहाँ गएका थियौ ?(स्त्रीलिङ्ग)
उत्तर तिमी कहाँ गएकी थियौ ।
ङ) हामी सिेनेमा हेर्न गएका थियौँ । (एक वचन)
उत्तर म सिनेमा हेर्न गएको थिएँ ।
च) मैले घाँस काट्ेँ । ( तृतिय पुरष)
उत्तर उसले घाँस काट्यो ।
छ) ऊ माइत गई ( अकरण)
उत्तर ऊ माइत गइन ।
ज) साथी घर गयो । (उच्च आदर )
उत्तर साथी घर जानुभयो । 

३) तलका वाक्यलाई पक्षका आधारमा जोडा मिलाउनुहोस् :
उत्तर
क) जुनेलीले खसी पालेकी छ । पुर्ण वर्तमान
ख) मञ्चला चित्र कोर्दै छिन् । अपूर्ण वर्तमान
ग) अष्टमान घर गयो । सामान्य भूत
घ) आज राती पानी परेछ । अज्ञात भूत
ङ) मीरा सानामा निकै पढ्थी । अभ्यस्त भूत
च) हामी भोलि मामाघर जाने छौँ । सामान्य भविष्यत् 
४) सामान्य वर्तमानका क्रियापदहरु प्रयोग गरी आफ्नो विद्यालयका बारेमा एक अनुच्छेद लेख्नुहोस् । 
उत्तर
मेरो विद्यालयको नाम श्री स्थानपति माध्यमिक विद्यालय हो । मेरो विद्यालयमा कक्षा दस सम्म पढाई हुन्छ ।  विद्लयमा टाढा टाढा बाट पनि विद्यार्थी पढ्न आउँछन । स्वच्छ वातावरण रहेको मेरो स्कुलको भौतिक संरचना पनि निकै उत्कृष्ट रहेको छ । वरिपरिको वातावरण सुन्दर भएकाले निकै नै सफा र लोभ लाग्दो ठाउँमा रहेको छ । 

५ ) भविष्यत् कालका तिन ओटै पक्षमा दुई दुई ओटा वाक्य लेख्नुहोस् ।  
उत्तर
सामान्वय भविष्यत्
क) राम सहर जाने छ ।
ख) उ धेरै पढ्ने छ ।
ग) हामी काठमाडौँ जाने छौँ ।
अपूर्ण भविष्यत्
क) राम खेल्दै हुने छ ।
ख) कृष्ण परीक्षा लेख्दै हुने छ ।
ग) म खाना खाँदै हुनेछु ।
पूर्ण भविष्त् ।
क) मैले काम गरेको हुने छु ।
ख) उ कामबाट आइसकेको हुने  छ ।
ग) रामले खाना खाईसकेको हुनेछ । 

६ ) तलका पद सङ्गति मिलेका वाक्यमा ठिक (√) र पद सङ्गति नमिलेका वाक्यमा बेठिक (×) चिह्न लगाउनुहोस् । 
क) साथीको आमा आयो ।
ख) आज विद्यालयमा विद्यार्थी छैनन् ।
ग) चरो आकासमा उड्छन् ।
घ) तिनीहरु बिहानै बजार गयन ।
ङ) तिमी नेपाली राम्ररी बोल्छौ ।
 उत्तर
क)   (×)
ख)  (√)
ग)  (×)
घ) (×)
ङ) (√)
७. धातु र सङकेतको  आधारमा खाली ठाउँ भर्नुहोस् :
क) कविले कविता .............. । ( लेख : पूर्ण भूत )
उत्तर कविले कविता लेखेका थिए ।
ख) गुरुले पाठ ..............। (  पढाउः सामान्य भूत )
उत्तर गुरुले पाठ पढाउनुभयो ।
ग) उसले खेल .......... । (खेल् : अज्ञात भूत )
उत्तर  उसले खेल खेलेछ ।
घ) भरियाहरु भात ............ । (  खा : अपूर्ण भूत )
उत्तर  भरियाहरु भात खाँदै थिए ।
ङ) हामी मङ्गलबार व्रत ........ । ( लि : अभ्यस्त भूत )
उत्तर हामी मङ्गलबार व्रत ..... लिन्थ्यौँ । 

८) तलको अनुच्छेदबाट ‘सम्’ उपसर्ग लागेका शब्द छानेर शिक्षकलाई देखाउनुहोस् :
लेखनाथ पौड्याल ( वि. सं. १९४१ –२०२२) कुशल कवि हुन् । उनको जन्म कास्ककिो अर्घौअर्चलेमा भएको थियो । उनले संकृत शिक्षामा मध्यमासम्मको अध्यान गरेका थिए । उनको उदयले नेपाली साहित्यको काव्य विधा निकै समृद्ध भयो । पूर्वीय साहित् सिद्धान्तअनुसार नेपाली भाषामा काव्य सिर्जना गर्ने कविहरुमा कवि शिरोमणि लेखनाथ पौड्याल अग्र पङ्क्तिमा छन् । उनका कवितामा विशेष गरेर नेपालको सामाजिक अवस्था, सांस्कृतिक परिवेश तथा प्राकृतिक दृश्यको चित्रण पाइन्छ । ऋतु विचार, बुद्धि विनोद, सतयकलि संवाद, भर्तृहरि निर्वेद, गीताञ्जली लक्ष्मीपूजा, त्याग र उद्यको युगन प्रकाश, सत्यस्मृति, मेरो राम, तरुण तपसी, लालित्य भाग १ र २ उनका उत्कृष्ट , संवाद ।
उत्तर
संस्कृत, समृद्ध, सांस्कृतिक, संवाद । 
९) उदाहरणअनुसार तलका उपसर्ग लगाएर तिन तिन ओटा शब्द निर्माण गर्नुहोस् :
उत्तर
प्र – प्रति, प्रयोग, प्रयास
वि – विना, विजोक्, विनायक
अनु – अनुशासन , अनुमान, अनुदान
सु – सुचना, सुस्केरा, सुकुमारी
अ –अज्ञान, अजान, अशिक्षा
बद – बदनियत, बदला, बदमास
अधि – अधिकार, अधिराज्य, अधिपति
अभि – अभिमत, अभिवक्ता, अभिज्ञान
उप – उपकार, उपचार, उपयोगी 
१० तलका शब्दबाट उपसर्ग र आधार पदलाई छुट्याउनुहोस्ः 
उत्तर
अभिभावक – अभि + भावक
अनुशासन – अनु + शासन
नातागत – ना + तागत
बेमतलब – बे + मतलब
निराहार – निर् + आहार
संहार – सम् + हार
सङ्कट – सम् + कष्ट 
११ तलका आधार पदमा उपसर्ग लगाई तिन तिन ओटा शब्द निर्माण गर्नुहोस् : । 
उत्तर
हार – विहार, आहार, जुहार
कार – उपकार, अपकार, नमस्कार
चार – उपचार, आचार , लाचार
देश – प्रदेश, उपदेश, आदेश
सार – संसार, निम्सार, असार
भाव – विभाव, अनुभाव, प्रभाप 

Post a Comment

0 Comments