F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ-१० | मङ्गलाका तिन दिन | कक्षा-९ | नेपाली

Print Friendly and PDF

 

मङ्गलाका तिन दिन

शाराशं
प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाह भने हुँदो रहेछ । स्वभाव वा प्रकृति हो । यही स्वभावजन्य कुराले गर्दा मानिसका मनमा प्रतिस्पर्धाको भावना हुन्छ । प्रतिशपर्धामा सबैले आफूले जित्ने दाबी गरिरहेका हुन्छन । जतिसुकै दाबी गरे पनि प्रतिस्पर्धामा एकजनाले जित्नु र बाँकीले हार्नुृ स्वभाविक मानिन्छ ।  प्रतिस्पर्धा समान बोद्धिक स्तर  वा हैसियत भएका व्यक्तिहरुका बिचमा हुने गर्छ । त्यसबेला अरुभन्दा आफू जान्ने छु  र प्रतियोगीहरुलाई सजिलै परास्त गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धामा उसले भाग लिन्छ ।
हरेक कामलाई महत्त्व र जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गर्नु आजको आवश्यकता हो युगको माग हो । मानव जीवनमा श्रमको ठुलो महत्त्व रहेको छ । श्रमले परिवार, समाज र राष्ट्रको उन्नति र प्रगति हुन्छ । श्रम गर्न मानिसहरु अल्छी गर्छन । अल्छी मात्र होइन, शारीरिक श्रम गर्नेलाई हेराईको दृष्टिले समेत हेप्छन । विद्यार्थी वर्गले बौद्धिक र शारीरिक श्रम गर्नु आवश्यक छ । जसले श्रम गर्दैन त्यसले जीवनमा सफलता पनि प्राप्त गर्न सक्दैन । शारीरिक श्रम गर्नेको स्वास्थ्य राम्रो हुन्छ र उसले पढाइमा पनि राम्रो प्रगति गर्छ । बल  गाउनुपर्नैै  कामलाई पनि मानिसहरु सम्मानित दृष्टिले हेर्दैनन् । शारीरिक श्रम र बलको कामलाई पनि अरु काम सरह सम्मान गर्नु बुद्धिमानी हुने कुरा उक्त अशंमा बताइएको छ ।

प्रश्नोत्तर

सुनाई 
 १) पाठको बिसौँ र एक्काइसौँ अनुच्छेद सुनी ठिक बेठिक छुट्याउनुहोस् ।
क) मङ्गला भविष्यामा कलाकार बन्न चाहन्छिन् ।
ख) मङ्गलाकी भाउजु भविष्यमा शिक्षक बन्न चाहन्छिन ।
ग) मङ्गलाका दाजुलाई साइबर अपराधबारे केही थाहा छैन ।
घ) आफ्नो रुचिअनुसार पेसा गर्नुपर्छ तर आफूले रोजेको क्षेत्रमा गहन अध्ययन भने गर्न आवश्यक हुन्छ ।
उत्तर
 क) ठिक
ख) बेठिक
ग) बेठिक
घ) ठिक

२) माठको दास्रो र तेस्रो अनुच्छेद सुनेर तलका प्रश्नको उत्तर दिनुहोस् : क) मङ्गला कति बजे उठिन्  र के गरिन् ? 
उत्तर  मङ्गला पाँच बजे उठिन् र हातमुख धोइ कसरत गरिन् ।
खं)  मङ्गला १२ गते बिहान किन घाँस काट्न गइनन् ?
उत्तर मङ्गला १२ गते बिहान घाँस काट्न नजानुको कारण अतिरिक्त क्र्रियाकलापको तयारी गर्नु हो ।
ग) मङ्गलाका विद्यालयका हुने अतिरिक्त क्रियाकलापहरु के के हुन् ?
उत्तर   मङ्गलाका विद्लयमा हुने अतिरिक्त क्रियाकलापहरु खेलकुद, गायन, नृत्य, कविता, निबन्ध , हाजिीर जवाफ ,वक्तृत्व कला, वाद विवाद चित्रकला आदि हुन ।
घ) मङ्गलालाई मन पर्न अतिरिक्त क्रियाकलाप कुन कुन हुन् ?
उत्तर नृत्य र गीत मङ्गललाई मन पर्न अतिरिक्त क्रियाकलाप हुन ।
ङ)  मङ्गलाका सङ्कोच र डरहरु कसरी हटे ?
उत्तर अतिरिक्त क्रियाकलापहरुमा पटक पटक सहभागी हुन थालेपछि डरहरु हटे ।

बोलाई 
२) तलका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :  
उत्तर
प्रतिभा – कृष्णले खेलकुद् क्षेत्रमा आफ्नो प्रतिभा देखायो ।
प्रस्फुटन – आफुमा भएको ज्ञान र प्रतिभालाई आफुमा गुम्साई राख्नु भन्दा बाहिर प्रस्फुटन गरे चर्चित हुन् सकिन्छ ।
अगेनो – अगेनोको छेउमा बसेर आगो ताप्नु राम्रो बानी होइन ।
 मन्त्रमुग्ध  – कृष्णले फुटबल खेलेको देखेर हामी त मन्त्रमुग्ध भयौ ।
परित्र्रmमा – मडण्ली माईको दर्शन गर्न जाँदा मन्दिरको परिक्रमा गरौँ ।

३) तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् । 
क) मङ्गलालाई के मन पर्छ ?
उत्तर  मङ्गलालाइ कटुस मन पर्छ ।
ख) मङ्गला र उनको भाइले जङ्गलमा जाँदा के खाजा लगेका थिए  ?
उत्तर  मकै र भटमास भुटेर मङ्गला र उनको भाइले जङ्गलमा खाजा लगेका थिए ।
ग)   मङ्गला र उनकी भाउजू सदरमुकाम किन गएका हुन् ?
उत्तर  मङ्गला र उनकी भाउजू सदरमुकाम बैङ्क खाता खोल्न र केही सामान किन् बेच् गर्न गएका थिए ।
घ)  ‘‘ मानिसले गर्न  काम र सिप ठुला र साना भन्ने  हुँदैनन्’’ कसले र किन भनेको हो ?
प्रजिअले मङ्गलाको पढाइ र सिर्जनात्मक क्रियाकलापमा देखिएको रुचिका बारे जानकारी प्राप्त गरेपछि ‘‘ मानिसले गर्ने काम र सिप ठुला र साना भन्ने हुँदैनन्’’ भनेको हो  ।
ङ) मङ्गलाका तिन दिनमा दैनिकीमध्ये तपाईलाई कुन दिनको दैनिकी मन प¥यो, किन ?
उत्तर  उनको तिन दिनको क्रियाकलाप मध्य अन्तिम दिनको मन प¥यो । किन भने यसमा बैङ्कमा खाता खोल्ने र स्काइपमा प्रत्यक्ष कुराकानी भएको छ । आधुनिक जमना अनुसारको ज्ञानबर्धक कुरा उल्लेख भएका छन् । 

४) तपाईलाई कुन अतिरिक्त क्रियाकलापमा बढी रुची छ र किन, भन्नुहोस् ।
मलाई अतिरिक्त क्रियाकलाप मध्य बढी रुची खेलकुदमा छ । किन कि शारिरिक कसरत देखी लिएर खेलकुदले नै विश्वमा चर्चित हुन सकिन्छ । विश्वभर नै लोकप्रिय हुन्छ  र शरीर फुर्तिलो बनाउनुका साथै स्वस्थ जीवन बाँच्न मद्दत गर्छ । मनोरञ्जन पनि त्यत्तिकै मात्रामा दिने गर्छ । 

५)  मङ्सिर १३ गते मङ्गलाले गरेका कामहरुका बारेमा कक्षामा  छलफल गर्नुहोस् ।
उत्तर
क) मङ्गला वन जान बिहान ५ बजे उठेर उसले मकै, भटमासको खाजा तयार पारेकी,
ख) उसले वनमा गीत गाउदै कटुस टिप्ने काम गरेकी,
ग) सबै जना मिली खाजा खान सामेल भएको,
घ) घरमा आई दिनभरिका घटनाको बारेमा घरको अभिभावकलाई सुनाउनु,
६) भविष्यामा सरकारी कर्मचारी बन्न चाहने मङ्गलाकी भाउजूले महिला प्रजिअ आफ्नो कार्यकक्षामा बसिरहेका देख्दा मनमनै सोचेको कूरा अनुमान गरी भन्नुहोस् ।
उत्तर
 सरकारी कर्मचारीको इज्जत र प्रतिष्ठाको बारेमा थाहा नपाएकी होइन । आज भने प्रत्यक्ष देख्न पाइयो । महिला भएर आज प्रजिअ जस्तो विशिष्ट पदमा  पुग्न पाउनु चानचुने कुरा हाइन । यिनले थुप्रै पढेर अनि मिहिनेत गरेर यस्तो गरिमामय पदमा आसीन हुने मौका पाएको हुनुपर्छ । म पनि पढाइ सकेर सरकारी सेवामै प्रवेश गर्छु र इज्जतिलो जागिर खान्छु । महिला पनि पुरुषभन्दा कम हुन सक्दैनन् । आज मलाई ज्यादै ठुलो ज्ञान प्राप्त भयो । आजैदेखी म पनि सरकारी कमैचारी बन्न मिहिनेत गर्छु र भविष्यमा जस्तै गरिमामय पदमा पुगेर सानसँग जीवन बिताउँछु । 


पढाई

२  मङ्गलाको दोस्रो दिनको दैनिकी पढी तलको प्रश्नको उत्तर दिनुहोस् :
क)  मङ्गला किन वनमा गएकी हुन् ?
उत्तर  मङ्गला चिराइतोको बोटहरु लिन कटुस टिप्न र वनमालाका लहरा लिन वनमा गएकी हुन् ।
ख) वनका रुखहरु काट्न कसको अनुमति लिनुपर्छ ?
उत्तर बनको रुखहरु काट्न सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको अनुमति लिनुपर्छ ।
ग) मङ्गलाहरुले वनमा के के गरे  ?
उत्तर  मङ्गलाले वनमा गीत गाउने, गोठका लागि घोचा, हलो कोदालाका लागि बिँड बनाउने, सगरमाथाको मनोरम दृश्य हेर्ने, सामूहिक रुपमा खाजा खाने जस्ता काम गरे ।
घ)  मङ्गलाका साथीहरुले के के खाजा लगेका थिए ?
उत्तर मङ्गलाको साथीहरुले सेल, चाम्रे, उसिनेको इस्कुस र आलू खाजा लगेका थिए ।
ङ)मुटू छेड्ने हावा हुरी भनेको के हो ?
उत्तर  मुटू छेड्ने हावा हुरी भनेको ज्यादै चिसो हावा हुरी चलेको भन्ने हो । 

३) तेस्रो दिनको दैनिक पढी मुख्य मुख्य चार ओटा बुँदा टिप्नुहोस् ।
उत्तर
क)  स्थानीय विदाको मैका पारेर  बैङ्क खाता खोल्न र केही सामान किन् बेच् गर्न  दिग्तेलितिर लाग्नु ,
ख) जिप्रकामा कार्यरत मामालाई भेट्नु, बैङ््कको शाखामा गई खाता खोल्नु र सामानहरु किनबेच गर्नु ।
ग) प्रजिअसँगको भेटमा पढाइसँगै श्रम गर्न कुराको प्रशंसा गर्नु ,
घ) विदेशमा बस्ने दाजुसँग साइबरमा लामो कुरा हुनु र दाजूको स्वादेश फर्केर कुनै व्यवसाय गर्ने कुरा सुनाउनु । 

४) पाठ पढी तलका भनाइ कसले कसलाई भनेका हुन, पत्ता लगाउनुहोस् ।
क) हरेक मासिमा कुनै न कुनै प्रकारको प्रतिभा हुन्छ, सबैको प्रतिभाले प्रस्फुटन हुने अवसर पाउनुपर्छ ।
उत्तर : शुक्र्रबारको अतिरिक्त क्र्रियाकलापका दिन  प्रअले विद्यार्थीलाई भनेका हुन् ।
ख) कलाकार, रजनीतिज्ञ, डक्टर, इन्जिनियर, प्राध्यपक आदि जोसुकै बन्नुहोस्  आफ्नो रोजाइ हो ।
उत्तर प्रजिअले मङ्गला र उनकी भाउजूलाई भनेकी हुन् ।
ग) हाम्रो देशमा धेरै काम गर्न सकिने रहेछ । यहाँ हामी मरुभूमिमा फूल उमारिरहेका छौँ । त्हाँ त्यत्रो उब्जाउ जमिन बाँझै छ ।
उत्तर मङ्गलाका दाजुले मङ्गला र भाउजूलाई भनेका हुन् । 

 ५) पाठका शब्दार्थ खण्डमा नपरेका कठिन शब्द टिपी तिनको अर्थ शब्दकषको सहायताले लेख्नुहोस् । 
उत्तर : 
अभ्यास – कुनै व्यवहार वा सिपलाई निरन्तर दोहो¥याएर गरिने काम
सङ्कोच – असजिलोपन, धक
एकल – एक्लो
तुलबुल – चञ्चलाता, खुलदुल
सामुदायिक – सर्वसाधरण सम्बन्धि
घोचा – तिखारिएको लामो किलो
व्यवसाय – जीवन निर्वाहका लागि गरिने काम, इलाम, जीविका
लेखाइ

१) तलका प्रश्नको छोटो उत्तर लख्नुहोस्ः
क) मङ्गलाको विद्यालयको नाम के हो ?
उत्तर मङ्गलाको विद्यालयको नाम श्री कालिका माधयमिक विद्यालय हो ।
ख) मङ्गला र उनका भाइ हरेक बिहान के काम गर्छन ?
उत्तर उनीहरु बिहान ५ बजे उठेर नित्य कर्म र केही कसरत पश्चात् एक एक भारी घाँस काट्छन् ।
ग) मङ्गलाहरु किन जङ्गल गएका हुन् ?
उत्तर
 मङ्गलाले वनमा गीत गाउने, गोठका लागि घोचा, हलो कोदालाका लागि बिँड बनाउने, सगरमाथाको मनेरम दृश्य हेर्ने, सामूहिक रुपमा खाजा खाने जस्ता काम जस्ता काम गर्ने मङ्गलाहरु जङ्गल गएका हुन् ।
घ) मङ्गलाको घरबाट जिल्ला सदरमुकाम पुग्न कति समय हिँड्नुपर्छ ? 
उत्तर मङ्गलाले घरबाट जिल्ला सदरमुकाम पुग्न लगभग तिन घन्टा हिँडनुपर्छ ।
ङ) मङ्गला र उनकी भाउजूले दिक्तेल बजारमा के के सामान किने ?
उत्तर मङ्गला र उनकी भाउजूले दिक्तेल बजारमा कापी, कलम, चिनी, मसला र रिचार्जकार्डहरु किन ।
च) भविष्यमा तपाई के बन्न चाहनु हुन्छ ?
उत्तर भविष्यमा म डक्टर बन्न चाहन्छु । 

 २) तलका भनाईहरुको भाव विस्तार गर्नुहोस् :  
क्) प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाह भने हुँदो रहेछ । स्वभाव वा प्रकृति हो । यही स्वभावजन्य कुराले गर्दा मानिसका मनमा प्रतिस्पर्धाको भावना हुन्छ । प्रतिशपर्धामा सबैले आफूले जित्ने दाबी गरिरहेका हुन्छन । जतिसुकै दाबी गरे पनि प्रतिस्पर्धामा एकजनाले जित्नु र बाँकीले हार्नुृ स्वभाविक मानिन्छ ।  प्रतिस्पर्धा समान बोद्धिक स्तर  वा हैसियत भएका व्यक्तिहरुका बिचमा हुने गर्छ । त्यसबेला अरुभन्दा आफू जान्ने छु  र प्रतियोगीहरुलाई सजिलै परास्त गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धामा उसले भाग लिन्छ । 
ख) शारीरिक श्रम पर्ने र बल लगाउनुपर्ने कामलाई हेला होइन, अरुलाई जत्तिकै सम्मान गर्नुपर्छ ।
उत्तर हरेक कामलाई महत्त्व र जुनसुकै कामलाई सम्मान गर्ने बानीको विकास गर्नु आजको आवश्यकता हो युगको माग हो । मानव जीवनमा श्रमको ठुलो महत्त्व रहेको छ । श्रमले परिवार, समाज र राष्ट्रको उन्नति र प्रगति हुन्छ । श्रम गर्न मानिसहरु अल्छी गर्छन । अल्छी मात्र होइन, शारीरिक श्रम गर्नेलाई हेराईको दृष्टिले समेत हेप्छन । विद्यार्थी वर्गले बौद्धिक र शारीरिक श्रम गर्नु आवश्यक छ । जसले श्रम गर्दैन त्यसले जीवनमा सफलता पनि प्राप्त गर्न सक्दैन । शारीरिक श्रम गर्नेको स्वास्थ्य राम्रो हुन्छ र उसले पढाइमा पनि राम्रो प्रगति गर्छ । बल  गाउनुपर्नैै  कामलाई पनि मानिसहरु सम्मानित दृष्टिले हेर्दैनन् । शारीरिक श्रम र बलको कामलाई पनि अरु काम सरह सम्मान गर्नु बुद्धिमानी हुने कुरा उक्त अशंमा बताइएको छ । 

३) पाठको २१ औँ अनुच्छेदलाई एक तृतींश हुने गरी सारांश लेख्नुहोस् । 
उत्तर
हामी जिल्ला प्रशासन कार्यालयबाट निस्केर साइबर पुगी दाजुसँग दुवैले स्काइपमा हेराहेर गर्दै कुरा ग¥योैँ । दाइले आमाबुवाको स्वास्थ्य, साथीहरुका हालखबर र इन्टरनेटलाई पढाइसँग जाड्नु पर्ने कुराको साथै साइबर अपराधदेखि सतर्क हुने कुराका साथै साइबर अपराधदेखि सतर्क हुने कुरा पनि बताउनु भयो । 

४) कुनै ठाउँमा भ्रमण गर्दाको स्मरण गरी एक दिनको दैनिकी लेख्नुहोस् । 
उत्तर
गोरखा दरवारको भ्रमण
गोरखा दरवारको घुम्ने इच्छा पहिलेदेखि नै जागेर आएको थियो ।   नववर्षको उपलक्ष्यमा वनभोजको आयोजना गरेको हुँदा केही शिक्षक  अनि ९ र  १०  का विद्यार्थीसाथीहरुको यो जमघट निकै रमाइलो भयो । गोरखा  पुगेपछि पर्वप्रथम हामीले खाना बनाउने ठाउँ चयन ग¥यौँ । त्यस ठाउँबाट हिमाल, पहाड र  गोरखाको दृश्य छर्लङ्गै देखिन्थ्यो । खाना तयार गर्ने काममा मैले निकै सहयोग पु¥याएँ । साथीहरुले गीत गाउँने र रमाइलो गर्ने अन्य प्रसिद्ध हिमालहरु हेर्न उद्देश्यले अलि मास्तिर रहेको टावरमा गयौँ । टावरमा चढ्न सबै डराए  तर म नडराई चढेपछि सबै टावरमा चढ्यौ र त्यहाँ वरिपरिको हिमालहरु हेरीयो । दुई बजेतिर हामीले खाना खायौँ अनि गुराँसका फुल र हरिया बुट्यानहरुसँग केहीबेर जिस्क्यौँ । प्रकृतिको काखबाट विमुख हुनुपरेको मैले सहरिया जीवनलाई धिक्कारेँ । त्यहीँको प्रकृतिमा सधैँ  खेलिरहन पाए हुन्थ्यो जस्तो मलाई लाग्यो । गोरखा र त्यहाँको सौन्दर्यपूर्ण दृश्य नाचिरह्यो । आज साह्रै थाकिएकाले निद्रादेवीले स्वागत गर्न थालिन्् ।  मेरो  मस्तिष्कमा गोरखाको रमाइलो दृृृृश्य नाचिरह्यो । 

५) तलको गद्यांशबाट सङ्क्षिप्त उत्तर आउने पाँच ओटा प्रश्न बनाउनुहोस् :
उत्तर : पोखरा प्रकृतिका रुपमा मात्र चर्चित नभई भाषा, साहित्या र कलाका क्षेत्रमा पनि चर्चित छ । पाँ्रकृतिका अनुपम सौन्दर्य माछापुच्छे, फेवाताल, बेगनास ताल, रुपा तालमा जसरी छरिएको छ त्यसरी नै सेतीको गहिरो सुसाइमा छ । महेन्द्र गुफाको कालो ओढार आश्चर्यमा लेखिएको । आफृना जीवनका अनुभूाति साटृनेहरुसँग  संस्कृति भएर घाटु हुर्केको छ, सोरठी गुन्जिएको छ । संस्कारसँगै रोध िर सेलो, झ्याउरे ताल, तयामचा तथा नाच पनि हुर्किएको छ । पोखरेली सुतला जस्तै रसिलो भएर पोखरेली परिवेश लेखिएको छ । यही भूमिमा लेखनाथ पौड्यालको वार्णिक लयको गुञ्जन छ । अविल मिया र धर्मराज थापाको लोकगलाको मिठास छ र भूपि शेरचनको गद्यको ललित रन्को अटाएको छ । 
उत्तर
क) पोखरा कुन कुन क्षेत्रमा चर्चित छ ?
ख) पोखरेली सुन्तला जस्तै रसिलो के लेखिएका छ ?
ग) संस्कारसँगै हुर्किएका कुराहरु के के हुन् ?
घ) प्रकृतिको अनुपम सौन्दर्य के केमा छरिएको छ ?
ङ) पोखरामा बसेर साहित्य सिर्जना गर्ने व्यक्तित्वहरु को  को हुन् ? 

६) अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् :  
उत्तर
सराहना – प्रतियोगितामा भाग लिने सबैको म सराहना गर्छु ।
हुल – हुल बाँधेर घुम्न जान रमाईलो हुन्छ ।
अतिरिक्त क्र्रियाकलाप – मलाई अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्छ ।
साइबर अपराध – नेट बढी चलाउनाले साइबर अपराध धेरै बढेको छ । 

७) उदाहरणमा लिए जस्तै गरी सङ्क्षिप्त शब्द बनाउनुहोस् :  
उत्तर
प्राध्यापक : प्रा.
डाक्टर : डा.
पण्डित : पं.
जिल्ला विकास समिति : जिविस÷जि.वि.स
राष्ट्रिय समाचार समिति :  रासस÷ रा.स.स.
संयुक्त राष्ट्र सङ्घ : सं.रा.स.

८) पाठको प्रयोग भएका सङ्क्षिपत शब्दहरु खोजेर तिनको पूर्ण रुप लेख्नुहोस् । 
उत्तर
प्रअ : प्रधान अध्यापक (प्रधानाध्यापक)
विनि : विद्यालय निरीक्षक
रावबै :  राष्ट्रिय वाणिज्य बैङ्क
जिप्रका :  जिल्ला प्रशासन कार्यालाय
प्रजिअ : प्रमुख जिल्ला अधिकारी 

९) पाठबाट ह्रस्व उकार ( ु) र दीर्घ ऊकार (ू) लागेका शब्दहरु खोजी लेख्नुहोस् । 
 ह््रस्व उकार लागेका शब्दहरु : गाउँ, उनी, बेलुका, मुख, स्कुल, शुक्र्रबार,खेलकुद खुसी, उत्साहित, सुरु हाकुममाया, युगल, मन्त्रमुग्ध, परशुराम,  सुब्बा, प्रस्फुटन, कुरा युवती, सामुदायिक अनुमति, उपभोक्ता, स्कुल, आलु घँगरुँ, एउटा, उकालो, थुप्रा, लुगा, मुख्य, बुबा , फुर्सद, कुखुर , कुरुवा, प्रमुख, कुरा, सुविधा, अनुहार, फुल, कुरा
दीर्घ उकार लागेका शब्दहरु :
समूह, भाउजू, अनुभूति, फर्किनू आफू मरुभूमि

१० ) पाठको खुट्टो काटेका (हलन्त) शब्दहरु खोजेर लेख्नुहोस् । 
उत्तर
उछिनिन्, रहेछन्, छन्, राख्छन्, हुँदैनन्, बन्नुहोस् 

व्याकरण


तलको अनुच्छेदमा रहेका विभक्ति चिनेर तपाई पनि विभक्ति प्रत्ययको प्रयोग गरी कुनै मेला वा जात्रामा जाँदाको अनुभव लेख्नुहोस । 
कृष्णाकी मितिनी डोल्मा उनको घर गइन् र उनले आफ्नो विवाहको निमन्त्रणा दिइन् । विवाहमा कृष्णाले पनि डोल्मालाई सक्दो सहयोग गरिन् । विवाहको अन्त्यमा डोल्माले भनिन्,‘‘ तिम्रो सहयोगका लागि धेरै धेरै धन्यावाद छ ।’’ विवाहपछि कृष्णा खुसी हुँदै आफ्ना घर गइन् ।
उत्तर
 म मेरो साथीहरुसँग मिलेर गाई जात्रा हेर्न गए । मैले साथीलााई खाजा किनेर खान दिएँ । जात्रामा मैले रमाइला दृश्यहरु देखेँ । यो खबर घरमा गई मैले बाआमालाई पनि सुनाएँ ।
उपयुक्त विभक्ति प्रयोग गरी खाली ठाउँ भर्नुहोस् : 
उत्तर 
सुजन युजनका दाजु हुन् । स्वस्तिका उनीहरुकी बहिनी हुन् । सुजनलाई मन पर्ने विषय कविता र चत्रकला हो । त्यसैले हरेक बिहान एक घण्टा सुजन र स्वीस्तकालाई चित्र बनाउन र कविता लेख्न सिकाउँछन् । उनीहरु खराब साथीबाट टाढै रहन्छन् । 

३) पाठको १६ औँ अनुच्छेदमा प्रयोग भएका विभक्तिहरु लेख्नुहोस् । 
उत्तर
मेरी – षष्ठी विभक्ति
भाइ – प्रथमा विभक्ति
काम – द्धितीया विभक्ति
बुवा – प्रथमा विभक्ति
हामी – प्रथमा विभक्ति
हामीले – प्रथमा विभक्ति 

४) तलको अनुच्छेदमा रेखाङ्कित द्धित्व शब्दलाई कापीमा सार्नुहोस् । 
सहरमानले साथीहरुका घर घरमा गएर उनीहरुलाई छिटो छिटो उठायो । साथीहरुले पनि हतार हतार आआफ्ना सामान झोलामा पोको पारे । ससाना झोला बोकेर उनीहरु बाटो लागे । हतार भएकाले उनीहरुले भातसातल खान भ्याएनन्, बिस्कुटसिस्कुट खाएर हिँडे ।
उत्तर घर घर, छिटो छिटो, हतार हतार आआफ्ना,ससाना, भतसात, बिस्कुटसिस्कुट 

५) तलका पूर्ण, आंशिक र आपरिवर्तित द्धित्व शब्दहरुलाई वाक्यमा प्रयोग गर्नुहोस् :  
अ) पूर्ण द्धित्व : छिटो छिटो, घर घर, सबै सबै, आफ्नो आफनो्, समय समय, स्कुल स्कुल
उत्तर
छिटो छिटो – हामीले छिटो छिटो काम सक्यौँ ।
सबै सबै – म आफु भन्दा ठुला सबै सबैलाई सम्मान गर्छु ।
आफ्नो आफ्नो – हामी सबै जना आफ्नो आफ्नो काममा जाऊँ ।
समय समय – समय समयमा पानी खानु स्वस्थ्याको लागी राम्रो हुन्छ ।
स्कुल स्कुल – तिमी स्कुल स्कुल गएर राम्रोसँग पढ् ।
आ) आंशिक द्धित्व : 
आआफ्नो – उनीहरु ऋाआफ्नो किताब पढ्छन् ।
ससाना – म ससाना कुरामा पनि चिन्ता लाग्छ् ।
ठुल्ठुला – आफु भन्दा ठुल्ठुलालाई सम्मान गर्नुपर्छ ।
झझल्को – मलाई उनकाृ झझल्कोले सताउँछ ।
झैझगडा – हामी कोही सँग पनि झैझगडा गर्नु हुदैन ।
इ) आपरिवर्तित द्धित्व – : 
उत्तर
भातसात – तिमी आज भातसात नखाने सुरुमा छौ कि के हो ?
गोदगाद – प्रहरीले चोरलाई गोदगोद गरी तह लगायो ।
टिपनटापन – घाँस सगाल्दा टिपनटपन सबै सगाल्नु पर्छ है ।
 पैसापैसा –  जहिले पनि भाई पैसा पैसा भनेर सताउँछ ।
ऐँचोपैँचो – छिमेकमा परिआएका बेल ऐँचोपैँचो गर्नुपर्छ ।
बाटोसाटो – बाटोसाटो काट्दा ध्यान दिनुपर्छ । 

६) पाठमा प्रयोग द्धित्व शब्दहरु खोजेर  शिक्षकलाई देखानुहोस् । 
उत्तर
 पटक पटक, सानोतिनो, रुखरुख, आसपास, आआफ्ना पर्लापर्ला, मुख्य मुख्य, सानोतिनो 

७) तल केही धातु र नाम धातु दिइएको छन् । उदाहरणमा दिए जस्तै गरी ती धातुमा ‘नु’ प्रत्यय लगाई शब्द बनाउनुहोस् ? 
उत्तर
बस् – बस् +नु = बस्नु
धु – धु + नु = धुनु
हाँस् – हाँस + नु = हा्ँस्नु
बोल् – बोल् +नु = बोल्नु
लेख् – लेख् + नु = लेख्नु
गर् – गर् + नु = गर्नु
उठ् – उठ् + नु = उठ्नु
देख् – देख् + नु = दे्ख्नु
नाम धातु : छोटि, चेप्टि, घिनाउ, नङ्ग्याउ, मोटाउ, बङ्ग्याउ
उत्तर
छोटि – छोटि + नु =छोटिनु
घिनाउ –घिनाउ + नु = घिनाउनु
नङ्ग्याउ – नङ्गयाउ + नु = नङ्ग्याउनु
मोटाउ – मोटाउ + नु = मोटाउनु
बङ्ग्याउ – बङ्ग्याउ + नु = बङ्ग्याउ + नु = बङ्ग्याउनु 

 पाठको १२ औँ अनुच्छेदमा प्रयोग भएका क्र्रियापदहरु टिपोट गरी तिनको धातुहरु पहिल्याउनुहोस् । 
उत्तर
रोकियो = रोक्
लाग्यौँ = लाग्
रहेछन् = रह
दौडियौँ = दौडि
उघ्रियौँ = उघ्रि
रोकियो = रोक्
रहेनछ = रह
रहेछ = रह
सुस्तायौँ = सुस्ताउ
थाल्यौँ = थाल् 

९) तलको धातुबाट शब्द निर्माण गरी वाक्यमा प्रयोग गर्नुहोस् :  
उत्तर
गर् : गर् + नु = गर्नु – म राम्रो काम गर्छु ।
सुत् : सुत् + नु = सु्त्नु – मलाई धेरै सुत्ने मान्छे मन पर्दैन् ।
हिँड् : हिँड् + नु = हिँडनु – मलाई धरै  हिँडन मन पर्दैन ।
फेर् : फेर् + नु = फेर्नु – पानीले कपडा भिजाइ दिएकोले फेर्न लागेको हो ।
लेख् : लेख् + नु = लेख्नु – मलाई कविता लेख्नुभनेको थिइन बहिनीले तर मैले लेखेको छैन ।
भन् : भन् + नु = भन्नु – आफूलाई लागेको कुर प्रधानध्यापकसँग प्रष्ट भन्नुपर्छ । 

Post a Comment

0 Comments