F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ १ : प्रश्नोत्तर - 'नेपाली कक्षा १०'

Print Friendly and PDF


पाठ १ : प्रश्नोत्तर 

 ✍भानुभक्त आचार्य

 प्रश्नोत्तर कविता कवि भानुभक्त आचार्यद्वारा लिखित कविता हो । हामीले यहाँ यस कवितासँग सम्बन्धित सम्पूर्ण अभ्यास र ब्याकरणहरुलाई समेट्न खोजिरहेको छौ । विद्यार्थी भाइबहिनीहरु हाम्रो यस उत्तर केवल निर्देशनको रुपमा लिनुहोला । हामीले प्रस्तुत गर्ने सबै उत्तरहरु सहि हुन्छन भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले अध्यन गरेर आफ्नै मौलिकता लेख्ने बानी बसालौँ । 

अभ्यास :

१. तलका प्रश्नको मौलिक उत्तर दिनुहोस् : 
क) मानिसका शत्रु को हुन् ? 
उत्तर– यदि मानिसको नियन्त्रणमा छैनन् भने मानिसका दशै वटा इन्द्रिय मानिसका शत्रु हुन् ।  
ख) इन्द्रियहरुलाई जित्नाले के हुन्छ ? 
उत्तर– इन्द्रियहरुलाई जित्नाले आफ्ना सबै इन्द्रियहरु आफ्ना असल मित्र हुन्छन् । 
ग) मानिसहरुमा दरिद्र को हुन्छ ? 
उत्तर– जसले आफ्नो मनमा विभिन्न उच्च मनोकक्षा राख्छ, मानिसहरुमा ऊ नै दरिद्र हुन्छ । 
घ) जिउँदै मरेको भनेर कसलाई भनिन्छ ? 
उत्तर– कुनै मेहनत र परिश्रम नगरी आफ्नो समय र जीवन बर्बाद गर्नेलाई जिउँदै मरेको भनेर भनिन्छ । 
ङ) कुनै बखतमा पनि गर्नु नहुने काम के हो ? 
उत्तर– जस्तोसुकै परिस्थितिमा पनि गर्नु नहुने काम पाप हो । 
च) कुन कुरालाई सत्य मान्नुपर्छ ?
उत्तर– यदि प्राणीको हित हुन्छ भने त्यस कुरालाई सत्य मान्नुपर्छ । 
छ) आमाले जस्तै मानिसलाई सुख दिने चिज के हो ? 
उत्तर– विद्या नै यस्तो चिज हो, जसले मानिसलाई आमाले जस्तै सुख दिन्छ । 
ज) कुन कामलाई डराएर पर सार्नुपर्छ ? 
उत्तर– लोकको बदनाम हुने कामलाई डराएर पर सार्नुपर्छ । 

२. तलका शब्दको अर्थ भन्नुहोस् : 
क) खरिद्रं : दुःखी, गरिब ख) विशाल : ठूलो ग) तृष्णा : लोभ,तिर्खा घ) उद्यम : परिश्रम ङ) हित : भलो च) लोकापवाद : लोकनिन्दा छ) दूर : टाढा ज) घटिया : नराम्रो

५.तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : 
क) शत्रु : मानिसले कहिल्यै पनि आफ्नो शत्रुलाई कमजोर मान्नु हुदैन । 
ख) मित्र : सबै मानिससँग असल व्यवहार गरेमा उनीहरु मित्र हुन्छन् । 
ग) इन्द्रिय : मानिसले आफ्ना सबै इन्द्रियहरुलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ ।
घ) नर : यस संसारमा नर जातिले आफ्नो आधिपत्य जमाएको छ । ङ) काल : काल र परिस्थितिलाई बुझेर काम गर्ने मानिसले सफलता हासिल गर्छ । 
च) उपदेश : आफूभन्दा ठूला मानिसले दिएको उपदेश सानाहरुले लिनुपर्छ । 
छ) परोपकारी : परोपकारी व्यक्तिको जीवन सम्मानजनक हुन्छ । 
ज) तत्व : विभिन्न असल तत्वहरुको अनुसरण गर्नाले जीवन सफल हुन्छ । 
झ) गहना : अनुशासन विधार्थीको सर्वश्रेष्ठ गहना हो । 
ञ) प्रसन्न : छोराछोरीको परीक्षाफल राम्रो भएकाले राम बहादुर प्रसन्न भएका छन् । 
ट) शास्त्र : शास्त्रको गहन अध्ययन गरेका मानिसहरुले विशेष ज्ञान प्रांप्त गरेका हुन्छन् । 
ठ) निश्चय : रामले अब जागिर खान बिदेश जाने निश्चय गर्यो । 
ड) घटिया : घटिया काम गर्ने मानिसको इज्जत हुदैन् । 

६. 'प्रश्नोत्तर’ कवितामा प्रयुक्त कतिपय शब्दहरु प्रचलित वर्णविन्यास र हिज्जे भन्दा फरक छन् । तिनलाई प्रचलित वर्ण विन्यास अनुसार देखानुहोस् : 
उत्तर: तल छड्के पारिएका अक्षरहरु फरक हिज्जे हुन भने सामान्य (छड्के नपारिएका) अक्षरहरु प्रचलित हिज्जे हुन ।
कस्लाइ - कसलाई, दिन्या - दिने, खूब - खुब,    कौन - कुन, जित्या - जितेर, तेहि - त्यही, कस्को - कसको, मान्या - माने, पन्र्या - पर्ने, डरायर - डराएर, गन्र्या - गर्ने, बित्तछ - बित्दछ, लिन्या - लिने, कौनै - कुनै, कसोरी - कसरी, कहयाको - भनेको, रहयाको - रहेको, जती - जति, जान्या - जाने

७. तलका प्रश्नहरुको उतर दिनुहोस् : 
क) यस कवितामा मानिसका इन्दियलाई किन शत्रु र मित्र दुवै हुन् भनिएको हो ?
उत्तर – प्रश्नोत्तर कवितामा मानिसका इन्द्रियहरुलाई शत्रु र मित्रु दुवैको संज्ञा दिइएको छ । मानिसका दशवटा इन्द्रिय हुन्छन् । ज्ञान र कर्मको आधारमा पाँच र पाँच कर्मेन्द्रिय गरि जम्मा दशवटा इन्द्रिय हुन्छन् । कवितामा मानिसका इन्द्रियलाई शत्रु भनिएको छ । यिनै इन्द्रियहरुले यदि खराब काम गरेमा यिनीहरु मनिसको शत्रुका रुपमा हुन्छन् । यदि मानिसको नियन्त्रण भन्दा बाहिर गएमा मानिसको इन्द्रियलाई शत्रु मानिन्छ । त्यसै गरी यदि मानिसका इन्द्रियहरु आफ्नो वशमा रहेर आफुले चाहे अनुसार र समाजले रुचाउने अनुसार काम गर्यो भने यिनीहरुलाई एक असल मित्र मान्न सकिन्छ । तर मानिसले इन्द्रियलाई मित्र मान्नको लागि सबै इन्द्रियलाई आफ्नो वशमा कैद गरेर राख्न सक्नुपर्छ । 

ख) विद्यालाई कवितामा कुन कुन रुपमा प्रस्तुत गरिएको छ ? 
उत्तर– प्रश्नोत्तर कवितामा आदिकवि भानुभक्त आचार्यद्धारा विद्यालाई विभिन्न रुपमा प्रस्तुत गरिएको छ । सर्वप्रथम विद्यालाई जगत्को गहनाको रुपमा प्रस्तुत गरिएको छ । विद्याले संसारलाई सुन्दर सिंगार्ने काम गरेको गरेको छ । त्यसै गरी हामीलाई सबैभन्दा बढी माया र ममता दिने आमासँग विद्यालाई प्रस्तुत गरिएको छ । यसरी विद्यालाई विभिनन रुपमा प्रस्तुत गरिएको छ । 

ग) विद्याले कसरी मानिसलाई आमाले जस्तै सुख दिन्छ ? 
उत्तर – आमा भनेको माया र ममता प्रदान गर्ने सबैभन्दा आत्मिय व्यक्ति हुन् । आमाले आफ्नो बच्चाको लालनपालन र पोषणमा आफ्नो जीवन नै खर्चीछन् र आफ्नोे बच्चालाई निकै खुसी तुल्याउँछिन् । आमाले दिएको जस्तो अरु कुनै कुराले दिन्छ भने त्यो विद्या नै हो । विद्याले मानिसलाई निकै जटिल एवम् गहन बिषयहरुको बारेमा ज्ञान दिन्छ । विद्याले मानिसको जीवनमा आउने जस्तो सुकै दुःख र परिस्थितिसँग जुध्ने क्षमता प्रदान गरेर विद्याले मानिसलाई आमाले जस्तै सुख दिन्छ । 

घ) कस्तो मानिस किन सभाको बीचमा शोभायमान देखिन्छ ? 
उत्तर– मानिसले यस संसारकमा विभिन्न कार्यहरु गर्दछन् । विभिन्न विचार र विमर्शको बारेमा बहस र छलफल गदरिन समूहलाई सभा भनिन्छ । जो मानिसले सबै सभामा उपस्थित बन्धुबान्धवहरुलाई चित्त बुझाएर उनीहरुको मन प्रसन्न बनाउन सक्छ, ऊ सभाको बीचमा एकमदम सोभायमान देखिन्छ । त्यस्ता मानिसले त्यहाँ उपस्थित अरु मानिसहरुलाई आफ्नो ज्ञान र विवेकको सहयोगले आफ्नो भावनालाई उत्कृष्ट ढङ्गले प्रस्तुत गर्नको लागि सक्षम हुन्छ त्यसैले ज्ञानी र विवेकी मानसहरु सभाको बीचमा सोभायमान देखिन्छ । 

ङ) कवितामा कुन कामलाई किन मानिसले कहिल्यै धारण गर्नुहुन्न भनिएको छ ? 
उत्तर– भानुभक्त आचार्यद्धारा रचना गरिएको यस कवितामा लोकापवाद र लोकनिन्दालाई निकै तुच्छ कामा मानिएको छ । यदि कुनै मानिसले लोकको बदनाम हुने काम गरेको छ भने त्यसलाई घटिया भनिएकोे छ । मानिसले लोकको उपकार हुने काम गर्नुपर्छ । यदि मानिसको कुनै कामले लदोकके बदनाम या अहित हुन्छ भने त्यस किसिमको कामलाई कहिल्यै धारण गर्नहुन्न भनिएको छ । यस्ता कामले मानिसको मात्र नभई समाजको समेत इज्जत र प्रतिष्ठा पखाल्ने हुनाले मानिसले लोकापबाद हुने काम कलिल्यै पनि धारण गर्नुहुन्न भनिएको छ । 

८) सप्रसङ्ग व्याख्या गर्नुहोस् :
क) ज्यूँदै मर्याको भनि नाउँ कस्को ? उधम् बिना बित्तछ काल जस्को । 
उत्तर - प्रस्तुत पधांश कक्ष १० को नेपाली किताबको प्रश्नोत्तर भन्ने कविताबाट उदृत गरिएको हो , यस कविताका रचनाकार आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५) हुन् । यस कविताबाट कविले मानिसलाई नैतिक शिक्षा प्रदान गरेर ज्ञान, बुद्धि र विवेकको निर्माण गर्नको लागि विशेष योगदान पुर्याएका छन् ।

मानिसले यस धर्तीमा जन्म लिइसकेपछि ऊ सँगसँगै विभिन्न कर्तव्य र कामहरु जन्मन्छन् । जो मानिसले आफ्नो जीवनकालमा विभिन्न कार्यहरु गरेर आफ्नो जीवनलाई उपलब्धीमूलक बनाउँछ, उसको जीवन सार्थक हुन्छ तर आफ्नो जीवनमा केही काम नगरी जीवन सार्थक हुन्छ । तर आफ्नो जीवनमा केही काम नगरी जीवन बिताउनेको जीवन जीउँदो लासको जस्तो अर्थहीन हुन्छ । वसन्ततिलका र उपजाति छन्दमा रचना गरिएको यस कविताले मानिसलाई विभिन्न जीवन उपयोगी कुराहरु सिकाएको छ । 

मातासरी सुख दिन्या कुन चिज् छ जान्नू ? विद्यै छ यस्तो अरु कौन खोज्नू ?
उत्तर - प्रस्तुत पधांश कक्षा १० को नेपाली किताबको प्रश्नोत्तर भन्ने पाठबाट उदृत गरिएको हो, आदिकवि भानुभतm आचार्यद्धारा रचित यस कविताको माध्यमबाट मानिसलाई ज्ञान, बुद्धि र विवेक प्रदान गरेका छन् । यस कवितामा कविले विभिन्न सन्देश दिएर नैतिथक शिक्षाको विकास गरेका छन् ।

आमाको माया र ममतासँग कुनै पनि कुराको दाँजो गर्न मिल्दैन । अरुको लाख भन्दा आफ्नो आमाको न्याने काख प्यारो हुन्छ । कुपुत्र जन्मन सक्छ तर कुमाता कहिल्यै पनि हुन् सक्दिनन् । नौ महिनासम्म गर्भमा राखेर जन्माएको आमाको स्नेहो तुलना हँदैन । त्यसैले नै भन्ने गरिन्छ पोले पनि घामै जाति, पिटे पनि आमै जाति । हो, आमाले जस्तै सुख दिने अर्को कुरा छ र त्यो विद्या हो । विद्याले अज्ञानरुपि अन्धाकारलाई निस्तेज पार्दै ज्ञानरुपी उज्यालो छर्छ र मानिसको जीवनलाई सार्थक तुल्याउँछ । उपजाति र वसन्ततिलका छन्दमा रचना गरिएको यस प्रश्नोत्तर कविताले विद्याले नै यस संसारमा आमूल परिवर्तन ल्याउन सक्ने कुरा उल्लेख गरेको छ ।

९. विवेचनात्मक उत्तर दिनुहोस् : 
 क) के कस्ता कामहारु गर्न सकियो भने मानवजीवन सार्थक हुन्छ । कविताको आधारमा पुष्टि गर्नुहोस् । 
उत्तर– आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)द्धारा रचना गरिएको प्रश्नोत्तर कविता एक उत्कृष्ट र लोकप्रिय कविता रचना हो । आदिकवि आचार्यले प्रश्नोत्तर, भक्तिमाला र बधूशिक्षा जस्ता थुप्रै कविताहरुको रचना गरी हाम्रो समाजको नैतिक पक्षलाई सबल बनाउने कार्य गरेका छन् ।

आदिकवि आचार्यले मानवजीवन सार्थक पार्न चाहिने शुत्रहरु ‘प्रश्नोत्तर’ कवितामा राम्रोसँग प्रस्तुत गरेका छन् । मानिसले यस संसारमा जन्म लिइसकेपछि आफ्नो जीवनको गोरेटोमा आइपर्ने विभिन्न निम्न कार्यहरु गरेमा मानव जीवन सार्थक हुन्छ । प्रथमतः मानिसले आफ्ना दशैवटा इन्द्रियहरुलाई आफ्नो काबुमा राख्न सक्नुपर्दछ । जब इन्द्रियहरु आफ्नो नियन्त्रणमा हुन्छन् ती इन्द्रियहरुले असल काम गर्छन र मानवजीवनलाई सार्थक बनाउन भूमिका खेल्छ । आफुसँग भएको चिजमा नै सन्तोष राख्ने व्यक्तिले पनि आफ्नो जीवनलाई सार्थकतातिर धकेलीरहेको हुन्छ ।  
आफ्नो जीवनको उर्वर समयलाई कुनै उपलब्धीमूलक कामको लागि खर्चनुपर्छ । केही काम बिनाको जीवन बिताउन हुन्न । बिद्यालाई नै सर्वश्रेष्ठ धन मानेर विद्या आर्जन गर्ने मान्छेले आफ्नो जीवनमा आइपर्ने जस्तोसुकै समस्यासँग पनि सिँगौरी खेल्न सक्षम हुन्छ । त्यसैले मानव जीवनलाई सार्थकताको बिन्दुमा पुर्याउनको लागि विद्या अत्यावश्यक छ । माताले जस्तो सुख दिने विद्याको महत्व निकै ठूलो छ । 

लोकले भलाई हुने काम गर्नुपर्छ । लोकमा जेजस्ता कामा आएपनि हामीले पापको अगाडी कहिल्यै सर्नु हुन्न र लोलको बदनाम हुने कार्य पनि कहिल्यै गर्नु हुँदैन । यिनै कुराहरु आफ्नो बुद्धि, विवेक र ज्ञानको पूर्ण सदुपयोग गरेर ग¥यौँ भने मानव जीवन सार्थक हुन्छ ।

ख) “विद्यारुपी धन नै सर्वश्रेष्ठ धन हो” यस भनाइलाई कविताको आधारमा पुष्टि गर्नुहोस् । 
उत्तर– आदिकवि भानुभक्त आचार्य(१८७१–१९२५) द्धारा रचना गरिएको प्रश्नोत्तर कवितामा विद्यालाई सर्वश्रेष्ठ धनको रुपमा व्याख्या गरिएको छ । जीवन र जगतको यथार्थ कुरालाई राम्रोसँग बुझाउन प्रयास गरिएको यस कविताको स्पष्ट आशय भनेको नैतिक शिक्षा र ज्ञान नै हो ।

विद्यालाई नै यस संसारको सबैभन्दा उत्कृष्ट धनको रुपमा लिइएको छ । विद्या मात्र एक यस्तो प्रकारको धन हो जुन धनको चोरिने, लुटिने आदि कुनै शङ्का हुँदैन् । विद्या भएको मानिस आफु जहाँ भए पनि यस धनलाई सँगै लगेर जान्छ र उपयुक्त ठाउँमा प्रयोगमा ल्याउँछ । तर यो धन कतै लैजानको लागि भरियाको जरुरत पर्दैन् । विद्या नै यस्तो धन हो जुन दाजुभाइको बीचमा अंशबण्डा गर्न असम्भव छ ।

भौतिक सम्पति र धनदौलत मानिसहरुमा बाड्यो भने त्यो घट्दै जान्छ, तर विद्या यस्तो धन हो जुन जति बाँडे पनि सकिदैँन । यो त झन् बढ्दै पो जान्छ । हो विद्या आर्जन गरेको मानिसहरुले आफ्नो ज्ञान र सिपको मदतले विभिन्न खोज र अनुसन्धान गरेका छन्, र संसारलाई आफ्नो इसारमा हिडाँउन सफल भएका छन् । विद्याले गर्दा नै पहिले असम्भव मानिएका कुराहरु अहिले सम्भव भएका छन् । यसमा विद्याको ठूलो हात छ । धन र भौतिक सम्पतिले त मानिसलाई अल्छि घमण्डी बनाउँछ तर विधाले मानिसलाई फूर्तिलो र जाँगरिलो बनाउँछ । मानिसको जीवनलाई निकै सुख र लाभदायिक बनाउने हुनाले नै विधारुपी धनलाई सर्वश्रेष्ठ धन भनिएको हो । 

Post a Comment

0 Comments