डाक्टर अङ्कल
प्रश्नोत्तर
सुनाई
१) कथाको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस् :
क) जाडाका दिन मात्रै केटाकेटीहरु ल्यापटप र आइप्याडमा झुत्ती खेल्छन् ।
ख) सुनिताले हजुरबा र हजुरआमाबाट कथा सुन्न पाएकी थिइन ।
ग) डा. कमलले सुनिता र विदरुलाई कथा भन्न लगाए ।
घ) कमलले कथा भन्न सुरु गरे ।
उत्तर
क) बेठिक
ख) ठिक
ग) बेठिक
घ) ठिक
२) कथाको तेस्रो अनुच्छेद सुनेर तल सोधिएका प्रशनहरुको उत्तर दिनुहोस् :
क) सीतापुर गाउँ कहाँ थियो ?
उत्तरः नेपालको पश्चिम पहाडमा सिता गाउँ थियो ।
ख) त्यस गाउँका मानिसहरुको पेसा के थियो ?
उत्तरः त्यस गाउँका मानिसको पेसा कृषि थियो ।
ग) उनीहरु किसानीबाहेक अरु के काम गर्थे ?
उत्तर उनीहरु किसानीहरु बाहेक बेलाबखत सदरमुकाम गएर साहु र ठेकेदारको भारी बोक्ने, सडक बनाउने काम गर्थे ।
घ) गाउँलेहरु नुनतेल र लुगाफाटाको जोरजाम कसरी गर्थ ?
उत्तरः गाउँलेहरु मजदुरी गरेर कमाएको पैसाले नुनतेल र लुगाफाटाको जोरजाम गर्थ ।
ङ) ‘ नुनतेल’ र ‘लुगाफाटो’ शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
नुनतेल – नुनतेलले खाना स्वादिष्ट बनाउनु हुन्छ् ।
लुगाफाटो – गरीबहरुको लागी लुगाफाटो पनि दिन गाह्रो हुन्छ ।
३) तलको अनुच्छेद सुनेर उत्तर दिनुहोस् ।
बाग्मती अञ्चलको पूर्वतिर जनकपुर अञ्चल पर्छ । दोलखा त्यही अञ्चलको पहाडी जिल्लाको नाम हो । यस जिल्लमा प्रसिद्ध केही स्थलहरु छन् । नेपालको स्विजरल्यान्ड मानिएको जिरी, एसियाको समयको मापक मानिएको गौरीशङ्कर हिमाल आदिले महत्त्वपूर्ण मानिएको कालिन्चोक धार्मिक पर्यटनका दृष्टिले महत्तवपूर्ण दोलखा भीमसेन, नेपालकै सबभन्दा ठुलो जल विद्युत् आयोजना भएको तामाकोसी जस्ता कुराले पनि दोलखा प्रसिद्ध नै छ । त्यसका अतिरिक्त जिरेल, सुरेल, थामी जस्ता विविध जातिको आदिभूमि पनि दोलखा नै हो ।
क) दोलखा कहाँ पर्छ ?
उत्तरः जनकपुरको पहाडी जिल्लामा दोलखा पर्छ ।
ख) दोलखा किन प्रसिद्ध छ ?
उत्तरः स्विजरल्यान्ड मानिएको जिरी, एसियाको समयको मापक मानिएको गौरी शङ्कर हिमालले गर्दा प्रसिद्ध छ ।
ग) गौरीशङ्कर हिमालको विशिष्टता केमा रहेको छ ?
उत्तरः हिमालको विशिष्टता एसियाको समयको मापक मानिएकाले रहेको छ ।
घ) नेपालको सबभन्दा ठुलो जल विद्युत आयोजनाको नाम के हो ?
उत्तरः नेपालको सबभन्दा ठुलो जलविद्त् आयोजानको नाम तामाकोसी जल विद्युत आयोजना हो ।
ङ) दोलखा कुन कुन जातिको आदि थलो हो ?
उत्तरः दोलखा जिरे, सुरेल र थामी जातिको आदि थलो हो ।
बोलाइ
२) कथामा लेखकले एउटा गरिब टुहुरो केटो डाक्टर बनेको देखाएर कुन कुरा सिद्ध गर्न खोजेका हुन् भन्ने बारेमा कक्षामा छलफल गर्नुहोस् । छलफलपछिको निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नुहोस् ।
प्रस्तुत कथा डाक्टर ‘अङ्कलका’ कथाकार आत्माराम शर्मा पुडासैनी द्धारा लिखित काथामा उनले गरिब टुहुरो केटो डाक्टर बनेको कुराको बारेमा चित्रण गरेका छन । गरिब परिवारमा जन्मिएको भए पनि वा टुहुरो भए पनि भाग्यमा राम्रो लेखिएको छ भने उसको बुद्धिले पनि ठिक बाटो पहिल्याउँछ र अन्ततः उसले प्रगति गरेरै देखाउछन् । गरिब वा टुहुरो मानिसले प्रगति गर्न सक्दैन् भन्ने आमधारण समाजमा विद्यमान रहेको छ । नेपाली समाजमा डाक्टर बन्नु सामान्य कुरा होइन, टुहुरो र गरिब भए पनि कति हरेस नखाई सङघर्ष र मिहिनेत गरेकाले कमल डाक्टर बनेका छन् । कमलले कथामा कथाकार आत्माराम शर्मा पुडासैनीले एउटा गरिब टुहुरो केटो डाक्टर बनेको देखाएका छन् । कमलले असमयमै आमाको मृत्यु भएको कारण मातृ वात्सल्य पाएका थिएनन् । दाजु घर छोडी हिँडे भने बहिनीले पनि आफु खुसी बिहे गरिन् । गरिबीका मारमा बाबु छोराले समय बिताउँदै गर्दा कापी किन्न एक दिन उनले बाबुको दस रुपियाँ पैसा चोरे । बाबुले थाहा पाएर निकै हकारे । यस घटनाले बाबुछोरा दुवैलाई निकै व्यथित बनायो । अन्ततः एकदिन कमल घर छोडी हिँडे । अनेक दुःख हन्डर खाँदै अञ्चल सदर मुकाममा पुगेर व्यापारीका घरमा काम गर्दै पढ्न थाले । उनले पढाइमा उत्कृष्टता हासिल गर्दै गएका कारण विदेशमा गएर पढ्नका लागि छात्रवृत्ति समेत प्राप्त गरे । पाँच वर्ष विदेशमा पढेर डाक्टर बनेका कमलले मिहिनेतकै कारण सम्मानित जीवन बाँच्ने अवसर पाए ।
३) काठमाडौँमा घरेलु कामदार बनेका राम र हरिको दुध किन्ने पसलमा भेट हुन्छ उनीहरुले आफूले काम गर्ने घरमा आफूहरुप्रति हुने व्यवहारका बारेमा गर्ने कुराकानी लेखी हाउभाउसहित कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तर राम – ए हरि, आज तिमी किन यति हतार गर्दै आएको नि ?
हरि – के गर्नु मालिक र मालिक्नीले अराएको काम गर्दा म त हैरान भएँ ।
राम – मेरा मालिक मालिक्नी त असल नै छन् । हैन, तिमीलाई सारै सताउँछन् ।
हरि – सताउने मात्र हुन् र कहिले काहीँ त हातै पनि छोड्छन् बाबै ।
राम – साँच्चै तिम्रा मालिक मालिक्नीले त तिमीलाई दुःख मात्र दिँदा रहेछन् । हो कि ?
हरि – हो त , म त अब के गरुँ के गरुँ भनी सोच्न थालेकी छु ।
राम – अर्कै ठाउँ खोजेर काम गरे त भै हाल्यो नि ।
हरि – हो नि, तर अर्कै ठाउँमा मालिक, मालिक्नी तिम्रा जस्तै असलै होलान् त ।
राम – त्यो त के जानूँ काम गर्दै जाँदा थाहा पाइने कुरा हो ।
हरि – हेर राम तिमीसँग यति कुरा गरेको थाहा पाए भने मैले मालिक मालिक्नीको कति धेरै गाली खानुपर्छ । त्यसैले मलाई धेरै नअल्मल्याऊ । म चाँडै पुग्नु पर्छ ।
राम – तिम्रो कुरा सुनेर मलाई तिम्रा मालिक मालिक्नीदेखि सारै रिस उठ्यो ।
हरि – ल , गए भोली भेटौँला है ।
राम – हुन्छ ( दुवै आआफ्नो लाग्छन् । )
४) तपाई आफूलाई भविष्यामा कस्तो बनाउन चाहनुहुन्छ ? यस बारेमा बुँदा बनाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
आजसम्म मैले पढेको, अनुभव गरेको र सिकेका कुराहरुबाट म भविष्यमा कस्तो बन्न चाहन्छु भन्ने कुरालाई तल बुँदागत रुपमा प्रस्तुत गरेको छु ।
क) भविष्यमा मैले डक्टर बन्ने चाहेको
ख) देशभरिको मानिसहरुमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने ,
ग) गाउँको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने ,
घ) गाउँ गाउँमा स्वास्थ्य संस्थाहरु खोल्ने ,
ङ) खानेकुरा मौसम अनुसार खानेकुराकोे प्रयोग गर्ने सिकाउने ।
पढाई
१) तलका शब्दसँग त्यसमुनिका वाक्यमा दिइएका रेखाङ्कित शब्दको अर्थ खोजी जोडा मिलाउनुहोस् :
बेहाल, भत्किएको, बिजोग, बादलले, ढाकिएको, जम्मा गर्ने काम
................ क) केही दिनदेखि बादल लागेर दिन धुम्मिएको थियो ।
उत्तर बादलले ढाकिएको क) केही दिनदेखि बादल लागेर दिन धुम्मिएको थियो ।
.........ख) त्यति टाढासम्म पुगेर गाउँका मानिसहरु नुनतेल र लुगाफफटाको जोरजाम गर्ने गर्दथे ।
उत्तर जम्मा गर्ने काम ख) त्यति टाढासम्म पुगेर गाउँका मानिसहरु नुनतेल र लुगाफाटाको जोरजाम गर्ने गर्दथे ।
......... ग) त्यस घरका किसान र केटाकेटीहरुको बिचल्लो भयो ।
उत्तर बेहाल ग) त्यस घरका किसान र केटाकेटीहरुको बिचल्ली भयो ।
घ) घरको अवस्था भताभुङ्ग बन्न पुग्यो ।
उत्तर भत्किएको घ) घरको अवस्था भताभुङ्ग बन्न पुग्यो ।
ङ) उसैबाट आज यस्तो दुर्गाति भएको थियो ।
उत्तर
विजोग ङ) घरको अवस्था भताभुङ्ग बन्न पुग्यो ।
३) तलको अनुच्छेद पढी सोधिएको प्रश्नहरुको उत्तर दिनुहोस् :
नेपाली समाजमा भर्खरै मात्र नयाँपनका केही सङ्केत देखा पर्न थालेका छन् । नेपालमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक रुपान्तरणका लागि पनि पृष्ठभूमि तयार भइरहेको छ । खास गरी २०४६ सालको परिवर्तनपछि सञ्चारका क्षेत्रमा व्यापक विकास भएको छ । नेपाल पनि एउटै गाउँका रुपमा विकसित भएको विश्वको एउटा अङ्ग बनेको छ । विश्वमा विकसित ज्ञान विज्ञानका हरेक आयामसँग नेपालिको परिचय मात्र नभई घनिष्ठतासमेत बढिसकेको छ । समाजमा अनेकन् विभेदमा परेका जन समुदाय पनि सोही कारणले टाठाबाठा बनिरहेका छन् । यस क्र्रममा नेपालीहरु पर्याप्त मात्रामा व्यक्तिवादी बनाउँछ । यो पूर्वीय सभ्यताको विपरीत आचरण हो । असल कुराको साथ लागेर खराब कुरा पनि भित्रिँदा रहेछन् ।
क) नेपाली समाजमा केका लागि पृष्ठभूमि तयार भइरहेको छ ?
उत्तरः सामाजिक रुपान्तरणका लागि नेपाली समाजमा पृष्ठभूमि तयार भईरहेको छ ।
ख) कस्ता मानिसमा परिवर्तन आउन थालेको छ ?
उत्तर अनेकन् विभेदमा परेका मानिसमा परिवर्तन आउन थालेको छ ।
ग) अहिले विश्वको स्वरुप कस्तो बनेको छ ?
उत्तर अहिले विश्वको स्वरुप एउटै गाउँ जस्तो बनेको छ ।
घ) सञ्चारको अधिक विकासले देखा परेका नराम्रा कुरा के हुन् ?
उत्तर मानिस व्यक्तिवादी बन्नु र खराब कुरा भित्रिनु सञ्चारको अधिक विकासले देखा परेका नराम्रा कुरा हुन् ।
ङ) ‘ पृष्ठभूमि’ र ‘ आयाम’ शब्दहरुको अर्थ शब्दकोशको प्रयाग गरेर लेख्नुहोस् ।
पृष्ठभूमि – कुनै वस्तु वा कार्यको आधार
आयाम – वस्तुको रुप तथा आकृतिको विस्तार तथा फैलावट
४) कथाबाट मुख्य मुख्य छ ओटा घटनालाई क्र्रम मिलाएर टिप्नुहोस् ।
क) गरिब किसान परिवारकी आमा भिरबाट लडेर मृत्यु हुनु,
ख) कापी किन्न पैसा चोर्नु बाबुले घरबाट निकल्दिनु,
ग) घर छोडी अनेक हन्डर खाँदै तराईमा रहेको अञ्चल सदरमुकाममा गई काम र पढाइ सँगसँगै गर्नु ,
घ) विद्यालय र कलेजमा पढ्दा प्रगति गर्दै लैजानु,
ङ) विदेशमा पढ्न छात्रवृत्ति पाउनु र पाँच वर्ष पढी डाक्टर बन्नु,
च) योग्य डाक्टर बनी बिरामीको उपचारमा संलग्न हुनु ।
लेखाइ
१) कथा पढी बालिका घरमा बस्दाको समय कसरी बिताउन चाहन्छन् ?
उत्तर
फुर्सद मिलाएर हजुरबा र हजुरआमा तथा आमाबुबाबाट मिठा कथा सुनेर पनि घरमा बस्दा बाल बालिकाहरुले समय बिताउने गर्छन । त्यस्तै बाल बालिका घरमा बस्दा सधैँभरि ल्यापटप र आइप्याडमा झुत्ती खेल्दै बिताउने गर्छन ।
ख) सुनिताले के गुनासो गरी ?
उत्तर
सुनिताले साथीहरुले आफ्ना हजुरबा र हजुरआमाबाट मिठा मिठा कथा सुन्ने गरेको भए पनि आफूले भने त्यस्तो अवसर कहिल्यै नपाएको गुनासो गरी ।
ग) बाल बालिकाको चरित्र निर्माणमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
उत्तरः बालबालीकाको कुरामा झर्काे फर्काे नगरी अभिभावकले आफ्नो भूमिका पुरा गर्नु पर्छ । उनीहरुको इच्छा र चाहनामा अवरोध पुग्न गएमा त्यसको परिणाम् आफूले सोचेभन्दा विपरीत निस्कन सक्छ । तसर्थ, आफ्ना बाल बालिकाहरुलाई योग्य असल नागरिक बनाउन अभिभावक धेरै नै सचेत हुनुपर्छ ।
घ) किसानको घरको अवस्था किन भताभुङ्ग बनेको थियो ?
उत्तर किसानको आर्थिक अवस्था निकै दयानिय र निम्न स्तरको थियो । सामान्य केही काम गर्नु प¥यो भने पनि किसान सहर गई साहुँको भारी बोक्न जानु पथ्र्यो । साहुँको भारी बोक्ने क्रममा नै उनको आमाको मृत्यु भयो । यति भएर पनि किसान हरेस नखाई सबै समस्यासँग जुध्दै अघि बढ्यो । उसले जतिसुकै प्रयास गरे पनि केटाकेटी सानै भएका र पत्नीका अभावमा उसको घरको अवस्था भताभुङ्ग बनेको थियो ।
ङ) किसानले छोरालाई गाली गर्नुका पछाडिको मर्म के थियोे ?
उत्तर : मुख्य त किसानले छोरालाई गाली गर्नुको कारण गरीबी नै थियो । पैसा कमाउन किसानका लागि निकै कष्टकर थियो । आफ्नो टुहुराको अनुभव गर्नु नपरोस् भनी उसले भारी बोकेर कमाएको पैसा बचाएको थियो । यो नै किसानले छोरालाई गाली गर्नुको पछाडिको मर्म थियो ।
२) कथाको तेरौँ अनुच्छेदबाट चार ओटा मुख्य मुख्य बुँदा टिपी सारांश लेख्नुहोेस् ।
उत्तर क) विद्यालयमा चार कक्षामा भर्ना भई व्यापारीका घरमा ऊ मेहनत र इमानदारीका साथ काम गर्न सुरु ग¥यो,
ख) उसको पढाईको मेहनत देखेर शिक्षकले मायाँ गर्नु हुन्थ्यो,
ग) विद्यार्थीको अक्षरहरु नराम्रा भएकाले शिक्षकले मलाई आमाले धेरै माया गर्नुहुन्छ’ शीर्षकमा अनुभव लेख्न लगाएका,
घ) उसले शिक्षको आदेश पालना नगरेको ।
साराँश
उसले व्यापारीको घरमा मेहनत इमानदारीका साथ काम गरी कक्षा चारमा पनि अध्यान गर्न छुटाएनन् । उसको पढाई प्रतिको लगाव देखेर गुरहरुले उसलाई मायाँ गरेतापनि उनको अच्छेरमा सुधार गर्नुपर्छ भनि कराउनु हुन्थ्यो । आमाको मृत्युको कारण म धेरै आमालाई मायाँ गर्छु भन्ने शिर्षकमा निबन्ध लेख्न सकेन ।
३) कथामा प्रस्तुत गरिएको मुल भावको विश्लेषण गर्नुहोस् ।
उत्तर
प्रस्तुत बाल मनोवैज्ञानिक कथा कथाकार आत्माराम शर्मा पुडानसैनीद्धारा लिखित ‘ डाक्टर अङ्कल’ एक सामाजिक यर्थाथलाई कथाकारले कथामा चित्रण गरेका छन् । कथामा गरिबी र पारिवारिक एवम् सामाजिक जटिलताको चिरफार गरिएको छ भने अर्कातिर आजका बाल बालिका र उनीहरका मनोभावनाको उद्घाटन पनि सँगसँगै गरिएको पाईन्छ ।
दुई छाक टार्न र सामान्य नुनतेल जुटाउन पनि त्यस परिवारलाई मुस्किल थियो । भारी बोक्न जाँदा भिरबाट लेडेर किसानकी जहानको मृत्यु भयो, जेठो छोरो घर छोडी हिँड्नु र छोरीले आफूखुसी बिहे गरी जानु जस्ता घटनाले त्यहाँको सामाजिक परिवेश कति दयनीय थियोे भन्ने प्रस्ट हुन्छ । त्यस्तो दुःखद अवस्थामा अनेक समस्याहरुसँग जुध्दै किसानले आफ्नो कान्छो छोरोलाई विद्यालयमा भर्ना गरिदिन्छ । बाबुको कमाईको आशले पढ्न थालेको कान्छो छोरोलाई बाबुले झर्की फर्की गरेपछि उ आफै काम गरी पढ्न सुरु ग¥यो । यसरी गरिबी र त्यसबाट उत्पन्न जटिलता अनि मेहनत र इमानदारीका साथ काम गरे सफलता प्राप्त हुने विशिष्ट भावका साथै बाल बालिकाहरुमा स्वाभाविक रुपमा देखिने जिज्ञासु प्रवृत्ति र चाहनालाई पनि यसमा देखाएको छ । मेहनेत र इमानदार भए जुनसुकै परिवारमा जन्मिएको भए पनि मानिसले प्रगति गरेरै छाड्छ भन्ने भावलाई यस कथामा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
४) व्याख्या गर्नुहोस् :
क) सबै दुर्दशा खपेर भए पनि ऊ विद्यालयमा पढ्दथ्यो र आफ्ना बाबुसँग घरमा नै बस्थ्यो ।
उत्तर किसानको आर्थिक अवस्था निकै दयानिय र निम्न स्तरको थियो । सामान्य केही काम गर्नु प¥यो भने पनि किसान सहर गई साहुँको भारी बोक्न जानु पथ्र्यो । साहुँको भारी बोक्ने क्रममा नै उनको आमाको मृत्यु भयो । यति भएर पनि किसान हरेस नखाई सबै समस्यासँग जुध्दै अघि बढ्यो । किसानको कान्छो छोरो सानै थियो । किसानको कान्छो छोरो अनेकन् दुर्दशा बेहोर्नु प¥यो । सानामै दुःखद निधन हुँदा ऊ टुहुरो बन्यो । सँगै खेल्न र पढ्न जाने दाजुले घर छोड्यो भने दिदीले पनि बिहे गरी हिँडी । गरिबीका चपेटामा पिल्सिएका बाबुले उसलाई दुःख गरी लालनपालन गर्दै आएको थिए । जेजस्तो भए पनि ऊ र दिदी जस्तो मनलाग्दी हिँड्ने बेवारिसे बन्ने बानी उसको थिएन । आफ्ना बाबुलाई अभिभावक मान्दै उसले आफ्नो जीवन गतिलाई अघि बढाउने काम गरेको थियो ।
ख) पैसा कमाउने काम उनको लागि कष्टकर थियो ।
उत्तर
किसानसँग एउटा भारी बोक्नुभन्दा अरु कुनै ज्ञान थिएन । उसले सजिलै पैसा कमाउन सक्तैन थियो । उसले मिहेनत गरेर कमाएको पैसा टुहुरो छोरो र घरको दैनिकी चलाउनु पर्ने थियो । कुनै योग्यता र अवसर पनि नभएकाले किसानलाई पैसा कमाउन सजिलो थिएन । पैसा कमाउन योग्यता र अवसर चाहिन्छ । अनपढ किसानले भारी बोकेर अनि श्रम गरेर मात्र पैसा कमाउन सक्थ्यो । विडम्बनापूर्ण सामाजिक अवस्थाका कारण पैसा कमाउनु भनेको किसानका लागि आकाशको फल सरह हो । त्यसैले कापी किन्नकै लागि टुहुरो छोरोले उसको पैसा चोर्दा उसलाई रिस उठेर खुब गाली ग¥यो । सामाजिक इज्जत र प्रतिष्ठा बचाउन तथा बालमनोभावनामा कुनै चोट नपुगोस् भनी बचाएको पैसा कमाउन निकै ठुलो जोखिम मोल्नुपर्ने कुरा बुझेको थियो र उसलाई विविध कारणले गर्दा कामउन सजिलो थिएन ।
५) डाक्टर कमलले आफ्नो व्यक्तित्व निर्माणका क्र्रममा गरेका सङ्घर्ष आफ्नो धारणा लेख्नुहोस् ।
उत्तरः डाक्टर कमलले अनेक सङ्घर्ष गरेर व्यक्तित्व निर्माण गर्नु सामान्य कुरा थिएन । प्रतिकूल परिस्थितिमा समेत उनले आफूलाई सक्र्रिया बनाइरहे । घर नछोडी गाउँमै बसेर पढेको भए सम्भवतः उनी डाक्टर हुने थिएएन् । दुःख र हन्डर खेप्दै भए पनि पढाइलाई मुख्य लक्ष्य बनाएर अघि बढे । उनले व्ययापारीका घरमा मेहनत र इमानदारीका साथ काम गर्दै चार कक्षामा भर्ना भएर पढाइलाई समेत अघि बढाए । निकै दुःख, कष्ट र हन्डर खेप्दै व्यक्तित्व निर्माण गरेका कमलको पढाई र मेहनत देखेर विद्यालयका शिक्षकहरु उनलाई धेरै माया गर्थे । उनका नेपाली अक्षर निकै नराम्रा थिए । उनी आफ्नो आफ्नो पढाइ र आमाको वियोगले पनि निकै व्यवस्थित थिए । उनले प्रविेशिका परीक्षा राम्रो अङ्क ल्याएर उनले उत्र्तीण गरेपछि उनी शिक्षकको सहयोगबाट राजधानी गई विज्ञान क्याम्पसमा भर्ना भए । विज्ञान विषयमा उत्कृष्ट हासिल गरी छात्रवृत्ति पाएर विदेशमा गई चिक्त्सिा अध्ययन गरे । पाँच वर्षसम्म कठोर मेहनत गरी स्वदेश फर्किएर डाक्टर जस्तो सम्मानित सेवामा संलग्न भए ।
दुई छोराछोरीका बाबु र श्रीमती सहित सम्मानित जीवन बिताउँदै गएका भए पनि विगतका दुःख कष्टहरु सम्झेर उनी भावविह्वल बन्थे । बुबालाई सहयोग गर्न नसकेकोमा समेत उनी पश्चात्ताप गर्थै यसैको फलस्वरुप समाजमा उनको इमानदारीपन नै मुख्य थियो । उनले जतिसुकै कठिन समयमा पनि मेहनत र इमानदारीलाई कठोरतापूर्वक ग्रहण गरी अघि बढे र आफ्नो विशिष्ट व्यक्तित्वको निर्माण गरे । यसरी उनले सङ्घर्षबाटै व्यक्तित्वको निर्माण गरेको देखिन्छ ।
६) ‘ गरिबीबाट मुक्ति’ शीर्षकमा अनुच्छेद रचना गर्नुहोस् ।
उत्तर
गरिबीबाट मुक्ति पाउन कठोर भन्दा कठोर मेहनेत र परिश्रम बिना सम्भव हुदैन् । यो बाट मुक्त पाउन स्वयम् सक्र्रिया हुनुपर्छ । देशको कानुन आर्थिक अवस्था र मेहनेतमा भर पर्छ । हाम्रो जस्तो गरीबीको रेखा मुनि रहेको दशमा बेरोजगारी समस्या धेरै रहेको छ । उनीहरु गरिबीबाट मुक्त हुन चाहन्छन तर तिनको पिडाहरु बुझेर योजनाहरु बनाई कार्यान्यन गर्न कोही छैन् । धेरै युवाहरु कामको खोजीमा विदेशमा गई आलपविलाप परी कतिले ज्यान नै गुमाएको छन् भने कति पैसा कमाउन नसकी ऋण माथि ऋण भई घर फर्केको छन ।
७) ‘ मानिसले पूर्ण समर्पित भएपछि मात्रै साँचो अर्थमा लक्ष्य हासिल गर्न सक्छ’ भन्ने शीर्षकमा सर्वप्रथम शिक्षकबाट बुँदाहरु प्राप्त गर्नुहोस् । शिक्षकबाट प्राप्त बुँदालाई कथाका रुपमा लेख्नुहोस् ।
उत्तर
नेपालको सुदूरपूर्व फुलबारी गाउँमा एउटा गरिब किसान परिवारको बसोबास थियो । परिवारको लालनपालन गर्न त्यस किसान परिवारलाई धौधौ परेको थियो । दिदि र दाजुहरुले प्रवेशिका जेनतेन उत्तीर्ण गरेपछि उनीहरु लाखापाखा लागे । जेठा दाजु सहर गएर घडी बनाउने सिप सिक्न थाले भने महिला दाजु होटलमा भाँडा माज्दै क्याम्पस पढ्न थाले । दिदी मामा घर बसेर सिलाइ बुनाइ सिक्न थाली । एक दिन भोलानाथले टकबहादुरसँग भन्यो, ‘‘ ए दाइ, मलाई फलफुल खेती गर्न अलिकति पैसा तपाईले सहयोग गर्नुप¥यो ।’’ उसको कुरा सुनेर टेकबहादुर आश्चर्यचकित भयो । भोलानाथलाई के को भूत लागेको हो । तिमीले पैसा लिएर सदुपयोग त गर्न सक्छौँ ? गम्भीर भएर भोलनाथले जवाफ दियो , ‘‘ किन नसक्नु नि मैले फलफुल खेती गर्न अठोट गरिसकेँ । अब म कसैको कुरा सुन्नेवाला छैन ।’’ उसको आत्मविश्वास देखेर टेकबहादुरले पचास हजार ऋण दियो । भोलानाथले सदरमुकाम गएर विभिन्न जातका फलफुलको बिरुवा ल्यायो । उसले आवश्यकता अनुसार मल पनि किनेर ल्यायो । उसले दुई चार जना सहयोगी पनि राख्यो । उसको फलफुल खेतीको व्यापार दिन दुई गुना, रात चौगुना गरी बढ्दै गयो । सुरु सुरुमा गाउँका टाठाबाठाहरुले खुबै खिल्ली उडाए पनि ऊ आफ्ना कर्ममा समर्पत भएर लागि रह्यो । व्यवसायले पनि उसलाई मनग्ने फाइदा भयो । उसलाई सहयोग गर्ने कामदारहरु बिस जना छन्् भने एउटा छुट्टै लेखापालको समेत उसले व्यवस्था गरेको छ । समर्पण र लगनशीलताले गर्दा यस समाजमा उसको नाम जताततै वास्ना फैलिए झैँ फैलिँदै गएको छ ।
व्यकरण
१) तलका कृत् प्रत्यय लगाई दुई दुई ओटा शब्द बनाउनुहोस् :
उत्तर
अक्कड – बुझ् + अक्कड = बुझक्कड
बोल् + अक्कड = बोलक्कड
उवा – ढाँट् + उवा = ढँटुवा
सुत् + उवा = सुतुवा
इलो – खाँद् + इलो = खँदिलो
हाँस् + इलो = हँसिलो
अन्त – लेख् + अन्त = लेखन्त
पढ् +अन्त = पढन्त
ओट – बन् + ओट = बनोट
लेख् + ओट = लेखोट
नु – खा + नु = खानु
जा + नु = जानु
आलु – बढ् + आलु = बढाल्नु
पिर् + आलु = पिरालु
अक – दृश् + अक = दर्शक
गै + अक = गायक
२) तलका तद्धित प्रत्ययद्धारा दुई दुई शब्द निर्माण गर्नुहोस् :
उत्तर
आली – अपुतो + आली = अपुताली
हरियो + आली = हरियाली
इलो – रस + इलो = रसिाले
नुन + इलो = नुनिलो
एली – डोटी + एली = डोटेली
पुर्व + एली = पुर्वेली
आहा – ठग + आहा = ठगाहा
भुस + आहा = भुस्याहा
तव्य – ज्ञा + तव्य = ज्ञातव्य
दा + तव्य = दातव्य
उवा – भाँड् + उव = भँडुवा
हार् + उवा = हरुवा
ता – कवि + ता = कविता
विशेष + ता = विशेषता
ति – गम् + ति= गति
मुच् +ति = मुक्ति
आलु – दुध + आलु = दुधालु
लज्जा + आलु = लजालु
इ – दोष + ई = दोषी
रोग + ई = रोगी
ए – धरान + ए = धराने
पहाड + ए = पहाडे
औना – खेल् + औना = खेलौना
विलाप + औना = बिलौना
३. तलका शब्दहरुमध्येबाट कृदन्त र तद्धितान्त शब्द छुट्याएर लेख्नुहोस् ।
उत्तर
कृदन्त शब्द :
खाएर (खा + एर )
बुझक्कड (बुझ् + अक्कड)
खेल्दै ( खेल् + दै )
बोलेर ( बोल् + एर )
चुनाउ (चुन् + आउ )
किटान (किट् + आन )
पोसिलो ( पोस + इलो )
खेलाडी ( खेल् + आडी )
हारेको ( हार् + एको )
थुनुवा (थुन् + उवा )
बनावट ( बन् + आवट )
खान – (खा + न )
खेलेर ( खेल् + एर )
हिँड्दै ( हिँड् + दै )
तद्धितान्त शब्द :
दयालु ( दया + आलु
नागरिक ( नगर + इक )
यही ( यो ही )
होसियार ( होस + इयार )
नुनिलो ( नुन + इलो )
भिक्षुक ( भिक्षु क )
सहरिया ( सहर + इया )
फटाहा ( फाटो + आहा )
४. तल दिइएका शब्दहरुको निर्माण प्रक्र्रिया देखाई तिनलाई कृदन्त वा तद्धितान्त दुई समूहमा विभाजन गर्नुहोस् :
उत्तर
चम्किलो : चम्क + इलो
रोपाइँ : रोप् + आइ
भिडन्त : भिड् + अन्त
मगन्ते : माग् + अन्ते
बोलक्कड : बोल + अक्कड
खेलाडी : खेल् + आडी
लागत : लाग् + अ
पक्र्राउ : पक्र्र + आउ
जडान : जड् + आन
बढुवा : बढ् +उवा
मिसावट : मिस् + आवट
तद्धितान्त शब्द र निर्माण प्रक्र्रिया
सुन्दरता : सुन्दर + ता
गाउँले : गाउँ + ले
हिमाली : हिम + आली
फटाहा : फाटो + आहा
दुधालु : दुध + आलु
अंसियार : अंश + इयार
पहाडिया : पहाड + इया
जुनेली : जून + एली
पोसिलो : अंश + इयार
पहाडिया : पहाड + इया
जुनेली : जून + एली
पोसिलो : पोस + इलो
मतियार : मत + इयार
नुनिलो : नुन + इलो
भलाइ : भलो + आई
५) तलको अनुच्छेद पढी कालका अपूण पक्ष पहिचानत गुर्नुहोस् :
म वि.सं २०७२ साल वैशाख १२ का दिन बाटामा हिँड्दै् थिएँ । घाम लागिरहेको थियो । एक्कासि मानिसहरु कोकोहोलो गरिरहेका देखिए । हावा चलिरहेको थियो । वातावरण धमिलिँदै थियो । एक बथान चरा नमिठो आवज निकालेर उड्दै थिए । मानिसहरु कोही उभिँदै थिए भने कोही चाहिँ बाटाका बिचमा नै बस्दै थिए । अगाडिको एउटा घर भत्किँदै थियो । त्यतिखेर भुईचालो आउँदै थियो ।
आज ठुलो भुइँचालो आएको दोस्रो दिन मात्र हुँदै छ । मानिसहरु चौरमा पाल टाँग्द्दै छन् । डोल्मा किला ठोक्दै छिन् । कल्पना पाल आसार्दै छिन ् भने सीता पानी बाँड्दै छिन् । विश्वनाथ कामको निर्देशन दिइरहेका छन् । निर्मला चाहिँ सामानको रखवारी गर्दे छिन् । म चाहिँ भुइँचालोमा घर भत्कँदा गोडा भाचिएकाले एकै ठाउँमा बसेर सबैले काम गरेको हेर्दै छु ।
एक महिनापछि त हामी जस्ताको छाना हालेर अस्थायी टहरा बनाउँदै हुने छौँ । बच्चाहरु विद्यालय जाँदै हुने छन् भुइँचालाका कारणले बन्द भएका विद्यालयहरु पनि खुल्दै हुने छन् । त्यसैले म भने सिन्धुपाल्चोक पुग्दै हुने छु ।
उत्तर
म वि.सं २०७२ साल वैशाख १२ का दिन बाटामा हिँड्दै् टिएँ । ( अपुर्ण भूत ) घाम लागिरहेको थियो । एक्कासि मानिसहरु कोकोहोलो गरिरहेका देखिए । हाव चलिरहेको थियो । वातावरण धमिलिादै थियो । ( अपुर्ण भूत ) एक बथान चरा नमिठो आवज निकालेर उड्दै ( अपुर्ण भूत ) थिए । मानिसहरु कोही उभिँदै( अपुर्ण भूत ) थिए । भने कोही चाहिँ बाटाका बिचमा नै बस्दै ( अपुर्ण भूत ) थिए । अगाडिको एउटा घर भत्किँदै ( अपुर्ण भूत ) थियो । त्यतिखेर भुईाचालो आउँदै ( अपुर्ण भूत ) थियो ।
आज ठुलो भुइँचालो आएको दोस्रो दिन मात्र हुँदै ( अपुर्ण वर्तमान ) छ । मानिसहरु चौरमा पाल टाँग्द्दै ( अपुर्ण वर्तमान ) छन् । डोल्मा किला ठोक्दै ( अपुर्ण वर्तमान) छिन् । कल्पना पाल आसार्दै ( अपुर्ण वर्तमान ) छिन ् भने सीता पानी बाँड्दै ( अपुर्ण वर्तमान) छिन् । विश्वनाथ कामको निर्देशन दिइरहेका ( अपुर्ण वर्तमान ) छन् । निर्मला चाहिँ सामानको रखवारी गर्दे ( अपुर्ण वर्तमान) छिन् । म चाहिँ भुइँचालोमा घर भत्कँदा गोडा भाचिएकाले एकै ठाउँमा बसेर सबैले काम गरेको हेर्दै( अपुर्ण वर्तमान ) छु ।
एक महिनापछि त हामी जस्ताको छाना हालेर अस्थयायी टहरा बनाउँदै हुने छौँ । ( अपुर्ण भविश्यत ) बच्चाहरु विद्यालय जाँदै ( अपुर्ण भविष्यत्) हुने छन् भुइँचालाका कारणले बन्द भएका विद्यालयहरु पनि खुल्दै ( अपुर्ण भविष्यत्) हुने छन् । त्यसैले म भने सिन्धुपाल्चोक पुग्दै ( अपुर्ण भविष्यत्) हुने छु ।
६) हिजो यसै समयमा तपाईको परिवारका कुन कुन दिस्यहरु के के गर्दै थिए ? अपूर्ण भूत कालको प्रयोग गरी दस वाक्यमा वर्णन गरी दस वाक्यमा वर्णन गर्नुहोस् ।
हिजो म यसै समयामा पढ्दै थिए । हिजो घरमा खाना बनाउने काम बहिनीबाट भईरहेको थियो । भाई कोठोमा बस्दै थियो । बेला बेला किताब पल्टाउने काम पनि गर्दै थियो । ए कथा पढ्ने काम गर्दै थियो । घरिघरि ऊ कितब पढ्ने काम पनि गर्दै थियो । बहिनी खाना बनाईसकेपछि गृहकार्य गर्दै थिई । समस्या परेको विषवस्तुहरु मलाई सोध्ने थिई ।
७) वर्तमान समयमा तपाईका को को साथीहरु के के गर्दाै छन् ? अपूर्ण वर्तमान कालको प्रयोग गरी पाँच ओटा वाक्य निर्माण गर्नुहोस् ।
मेरो साथी भिमसेन नेपाली सेनामा भर्ना हुँदै छ । उ धेरै मेहनत गर्दैै छ । अर्के साथी रमेश विदेश जाने तयारीमा पैसा सङ्कलन गर्दै छ । अर्का साथी कुमार नेपाली किताब पढ्दै छ । अनिता चित्र बनाउँदै छिन् ।
८) भोलिको यसै समयमा तपाई के गर्दै हुनुहुने छ अनुमान गर्नुहोस् र अपूर्ण भविष्य्त कालको प्रयोग गरी पाँच ओटा वाकयको एउटा अनुच्छेद निर्माण गर्नुहोस् ।
उत्तर
म भोलि यसै समयमा कक्षामा पढदै छु । साथीहरुसाग मिलेर छलफलमा भाग लिँदै हुने छु । नबुझेको कुरा शिक्षकलाई सोध्दै हुने छ । छलफलबाट निस्किएको निष्कर्ष ठिक भयो कि भएन भनी साथीहरुसँग सोध्दै हुने छु । त्यसपछि गुरुको उपस्थितिमा कक्षामा सो निष्कर्ष सुनाउँदै हुने छु ।
0 Comments