जैविक खेती
शारंश
नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कुनै गारो छैन । यहीँ उपलब्ध वनस्पति अन्य सडेगलेका चिजबाट प्राङ्गारिक मल बनाएर खेती गर्दा जमिनको उर्वर शक्ति बढ्ने तथा खाद्यान्नको उत्पादनमा समेत वृदधि हुने देखिन्छ । आज नेपालीहरु वैदेशिक रोजगारबाट फर्किएपछि जैविक खेतीमा समेत आकर्षित हुन थालेको छन् । नेपाल विविधतायुक्त हावापानी भएको देश हो । यस देशमा अनेक किसिमका जीवजन्तुहरुको अस्तित्वव रहको छ । अनेक प्राणी र वनस्पतिले युक्त यस देशमा जैविक खेतीको सम्भावना प्रचुर मात्रामा रहने कुरालाई सहजै स्विकार्न सकिन्छ । आज नेपालीहरु सहजै स्विकार्न सकिन्छ ।
निश्चित रुपमा रासायनिक खेतीबाट क्षणिक लाभ हुने कुरामा दुईमत हुन सक्दैन तर दीर्घकालीन असर भयावह बन्दैगएको कुरालाई पनि नकार्न सकिन्न । नेपालको भौगोलिक बनावट विविधतामय छ । हावापानी पनि विविधतमय रहेको छ । यसले गर्दा जैविक खेती नेपालमा सहज रुपमा फस्टाउने सम्भावना छ । परम्परागत रुपमा भन्दा केही नयाँप्रविधिको प्रयोग र आधुनिकीकरण गर्दै लैजान सकेका खण्डमा यसबाट पर्याप्त लाभ लिन सकिने देखिन्छ ।
धेरै बाली उब्जाउने र छिटै पैसा कमाउने लालसाले नेपालीहरुको स्वस्थ्यमा दिनँहु गम्भीर सङ्कट उत्पन्न हुन थालेको छ । खेती किसानी गर्ने मानिसहरु आफ्नो बालीनाली जोगाउन विषादी युक्त रसायनको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई ख्यालै गर्दैनन् । त्यस्तै रसायन र विषादी युक्त रक्तचाम, हृदयघात जस्ता डरलाग्दा रोहरुले आक्र्रमण गर्न थालेको छ । राष्ट्रलाई नेपालीहरुको स्वास्थ्य कसरी बचाउने भन्ने कुरो ठुलो चुनौती बनेर आएको छ ।
प्रश्नोत्तर
सुनाइ
१) पाठको पहिलो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस्ः
क) रासायनिक मल र कीट नाशक विषादीको प्रयाग भएको खेती रासायनिक हो ।
ख) रासायनिक मल र कीट नाशक विषादीको प्रयोग नभएको खेती जैविक हो ।
ग) जैविक र प्राङ्गारिक मलको प्रयोग हुँदैन ।
घ) जैविक खेतीमा प्राङ्गारिक मलको प्रयोग हुँदैन ।
ङ) मानिस, पशुपन्छी, कीट, पतङ्ग र वनस्पतिमा निर्भर खेती नै जैविक हो ।
उत्तर
क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ्) ठिक
२) पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् ।
क) जैविक खेतीको सुरुआत कहिले भयो ?
उत्तर जैविक खेतीको सुरुवात कृषि युगको आरम्भसँगै भयो ।
ख) उद्योग धन्दाको सुरुआतपछि के भयो ?
उत्तर उद्योग धन्दाको सुरुवातपछि जनसङ्ख्याको ठुलो हिस्सा कृषिबाट विमुख भयो ।
ग) रासायनिक मलका रुपमा कस्ता खाद्य तत्त्वहरु उत्पादन गरिन्छ ?
उत्तर रासायनिक मलका रुपमा नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तत्त्वहरु उत्पादन गरिन्छ ।
घ) के कारणले थोरै जमिनमा धेरै उब्जनी हुन थाल्यो ?
उत्तर ःरासायनिक मलबाट उत्पादन बढने, विषादीको प्रयागबाट रोग र किरा नियन्त्रण हुने भएका कारण थोरै जमिनमा धेरै उत्पादन हुन थाल्यो ।
ङ) रासायनिक खेती कसरी लोकप्रिय भयो ?
उत्तर थोरै मिहिनेतबाट धेरै उब्जनी दिन सकेकाले रासायनिक खेती लोकप्रिय भयो ।
२) रासायनिक खेतीका फाइदा र बेफाइदाका बारे कक्षामा छलफल गर्नुहोस् ।
कृषि युगको आरम्भसँगै जैविक खेतीको सुरुआत भएको हो । उद्योग धन्दाको विकाससँगै जनसङ्ख्यको ठुलो हिस्सा कृषिबाट विमुख भयो । थोरैले काम गरेर धेरैलाई पाल्नुपर्ने भयो । यसैको उपायका रुपमा १९ औँ शताब्दीमा रासायनिक मलको आविष्कार भयो । रासायनिक मलमा आविष्कार भयो । रासायनिक मलमा बाली बिरुवाका लागि अधिक मात्रामा चाह्निे नाइट्रोजन, फोस्फोरस, पोटास जस्ता खाद्य तत्त्वहरु मिश्रण गरिएकाले उत्पादन बढ्न थाल्यो । यसै गरी २० औँ शताब्दीदेखि बालीनालीमा लाग्ने कीट पतङ्गहरुलाई नियन्त्रण गर्न विषादीको पनि प्रयोग हुन थाल्यो । रासायनिक मलबाट उत्पादन बढ्ने, विषादीको प्रयोगबाट रोग र किरा नियन्त्रण हुने भएपछि थोरै जमिनमा धेरै उत्पादन हुनु स्वाभाविक हो । यसरी थोरै मिहेनतबाट धेरै उब्जनी दिन सकेकाले रासायनिक खेती चाँडै लोकप्रिय हुन थाल्यो । रासायनिक खेतीमा यी फाइदा भएर पनि यसका बेफाइदा पनि देखा पर्न थाले । यसले गर्दा रासायनिक खेतीका विषयमा अनुसन्धान र अध्ययन गर्नुपर्ने अवस्था आयो । यसका नकारात्मक असरहरुका बारेमा हुन थालेको अध्ययनले यसको विकल्पको खोजी गर्नुपर्ने तत्थ्यलाई प्रस्तुत गर्यो । रासायनिक खेतीका फाइदाहरुका साथै बेफाइदाहरु पनि थुपै्र रहेका छन् । यसका बारेमा अनुसन्धाताहरुले थुप्रै अध्ययन एवम् अनुसन्धान गरेका छन् । रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वानस्पतिक चक्र्रमा प्रतिकूल असर पारेको कुरा उनीहरुले पत्ता लगाए । रासायनिक मलको प्रयोगले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ । जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ । शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयाग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ । रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ । यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु हुन् ।
गाउँघरमै रहेको विभिन्न वस्तुहरु जैविक प्रविधिबाट बाली बिरुवामा लाग्ने किरा र रोगको निदान गर्ने उपाय थुपै्र छन् । सागपातमा किरा वा लाइ लागेमा गाईको गहुँत पानीमा मिसाएर छर्किदा सजिलै नियन्त्रण गर्न सकिन्छ । यस्तै मकै, धान, गहुँ आदि बालीमा लाग्ने किरालाई पनि गहुँतको प्रयोग गरी निदान गर्न सकिन्छ भने सुर्तीपानी, खरानी आदिले रोगको निदान गर्न सकिन्छ । यस्तै धोक्रेफुलको जराको प्रयोग गरेर पनि बिरुवामा लाग्ने किरा र रोगको निदान गर्न सकिन्छ । विभिन्न सेउलाहरले विरुवाहरुको फेदमा राख्ने वा टुक्रा बनाएर जमिनमा छर्ने गर्नुपर्छ यसरी जैयविक प्रविधिबाट पनि किरा वा अन्या रोगहरु हटाउन सकिन्छ ।
२) पाठको नवौँ अनुच्छेद पढी ठिक बेठिक छुट्याउनुहोस्:
क) नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ ।
ख) नेपालमा व्यावसायिक रुपमा पशु पालन गर्न सकिन्छ ।
ग) नेपालमा कम्पोस्ट मल बनाउने कच्चा सामग्रीको अभाव छ ।
घ) नेपालमा बहु सङ्ख्यक मानिसहरुको पुख्र्यौली व्यवसाय व्यापार हो ।
ङ) नेपालमा जैविक खेतीलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ ।
च) अब नेपालका गाउँ गाउँसम्म सडक यातायात पुग्न थालेको छ ।
छ) नेपालबाट बर्सेनि अरबौँ रुपियाँको खाद्य पदार्थ निर्यात हुने गरेको छ ।
उत्तर
क) ठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ) ठिक
च) ठिक
छ) बेठिक
३) पाठको अनुच्छेद पढी तलका प्रश्नको उत्तर दिनुहोस्:
क) रासायनिक खेतीले माटोलाई के गर्छ ?
उत्तर रासायनिक खेतीले माटोको अम्लीयपन बढाउने काम गर्छ ।
ख) मित्र किराहरुले बाली बिरुवालाई कसरी सहयोग पुर्याउँछन् ?
उत्तर बिरुवालाई सखाप पार्न कीट पतङ्गलाई धपाएर मित्र किराहरुले सहयोग पुर्याउँछन् ।
ग) किन रासायनिक खेतीको विकल्प सोच्न थालिएको हो ?
उत्त्र
जैविक विविधताका गम्भीर सङ्कट उत्पन्न गर्न थालेकाले रासायनिक खेतीको विकल्प सोच्न थालिएको हो ।
घ) उर्वरा शक्ति, पराग सेचन, प्रतिरोधात्मक क्षमता, पर्यावरणीय सन्तुलन र जैविक विविधताको अर्थ बताउनुहोस् ।
उत्तर
उर्वर शक्ति – धेरै उब्जनी गराउने शक्ति
पराग सेचन – फूलको परागलाई मौरी, भमरो आदिले अर्काे फुलमा पुर्याउने काम, परागण, बीजाधान
प्रतिरोधात्मक क्षमता – रोगसँग लड्न सक्ने शक्ति
जैविक विविधता – जीवहरुको अनेकता, धेरै जीवहरु भएको अवस्था
४) पाठमा प्रयोग भएका प्राङ्गारिक, उर्वरा शक्ति, पराग सेचन जस्ता प्राविधिक शब्द टिपोट गर्नुहोस् ।
उत्तर
कीटनाशक, रासायनिक मल, रासायनिक खेती, जैविक खेती, कृषि युग, उद्योग धन्दा, वनस्पतिक चक्र्र, जैविक तत्त्व, वातावरणीय प्रदूषण, पर्यावरणीय सन्तुलन, जैविक विधि, बालीचक्र, उत्पादकमूलक, आत्मनिर्भर, व्यवसाय
पाठको आधारमा उत्तर दिनुहोस्:
क) रासायनिक खेती र जैविक खेतीका बिचमा के फरक छ ?
उत्तर विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो । यसमा मानिस तथा जीवका लागि हानिकारक हुने तत्त्वको प्रयोग हुँदैन । आफ्नै परिवेशमा पाइने वनस्पति, जडीबुटी तथा अन्य वस्तुबाट जैविक खेतिका सामग्री तयार पारिने हुँदा यी सामग्री जीवनका लागि हानिकारक नभई लाभदायक हुने गर्छन् । तर रासायनिक मल तथा कीट नाशक विषादीको प्रयोग गरेर गरिने खेती रासायनिक खेती हो भने परम्परागत जैविक वस्तुमा मात्र निर्भर रहेर गरिने खेती जैविक खेती हो । जो जन्मिन्छ, बढ्छ र मर्छ अनि जसलाई बाँच्नका लागि खाना, पानी र हावा चाहिन्छ , त्यसलाई जीव भनिन्छ । त्यसैले विषादी लगायत हानिकारक तत्त्व प्रयोग नगरी गरिने खेती जैविक हो ।
ख) रासायनिक खेतीका बेफाइदाहरु के के हुन् ?
उत्तर रासायनिक मलको प्रयागले पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वनस्पतिक चक्र्रमा प्रतिकूल असर पारेको कुरा उनीहरुले पत्ता लगाए । रासायनिक मलको प्रयोगले माटाको अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्ने काम गर्छ । जैविक तत्त्वकै कमी भएर जमिन मरुभूमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । रासायनिक खेतीले बालीबिरुवाका मित्रलाई पनि असर पुर्याएको हुन्छ । शत्रु किराहरुको प्रतिरोधात्मक क्षमता बढ्न गई तिनलाई नियन्त्रण गर्ने क्र्रममा कडा विषादीको प्रयोेग गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुग्न थालेको पाइन्छ । रासायनिक मलको प्रयागले कयान्सर, उच्च रक्तचाप, हृदयघात, मुटू, कलेजो र फोक्सो बिग्रिएको पनि पाइन्छ । यसरी रासायनिक मलको खेतीले मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट उत्पन्न गर्नु यसका बेफाइदाहरु हुन् ।
ग) विषादीको प्रयोगले मानव स्वास्थ्यमा के कस्तो असर गर्देछ ?
उत्तर
विषादीको प्रयोगमा मानव स्वास्थ्यमा धेरै उत्पादन गर्ने लोभमा उसले आफ्नो स्वास्थ्य नराम्ररी बिगारि रहेको हुन्छ । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पाइन्छ । यसले क्यान्सर, उच्च रक्तचाप, हृदयाघात, मुटू, कलेजो र फोक्सो बिग्रने खालका रोगलाई निम्त्याउँछ । यसरी विषादीको प्रयोगले मानव स्वास्थ्यमा अति नै गम्भीर असर गर्दछ ।
घ) पर्यावरणीय सन्तुलन र जैविक विविधताका बिचमा के अन्तर छ ?
उत्तर
पर्यावरणीय सन्तुलनका लागि पृथ्वीमा रहेको सबै प्राणी लगायत वनस्पति आपसमा अन्तर निर्भर हुने भएकाले यिनको संरक्षण तथा संवर्धन आवश्यक हुन्छ ।
पार्यवरणीय सन्तुलन राख्न विभिन्न प्रकारका जीवहरुको अन्तर सम्बन्ध रहेको हुन्छ वा यो प्रक्र्रिया जल तथा थलमा खाद्य जनका रुपमा रहेको हुन्छ । त्यसैले खाद्य जालको प्रक्र्रियाबाट वातावरण्मा सन्तुलन कायम हुने हुनाले पर्यावरणीय सन्तुलन र जैविक विविधताको बिच यही सामान्य अन्तर छ ।
ङ) जैविक खेतीबाट कसरी आत्म निर्भरत बढाउन सकिन्छ ?
उत्तर
जैविक खेतीलाई सर्वप्रथम रोजगारीको मुख्य आधार बनउनुपर्छ । नेपालको प्रकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण खेतीका लागि अनुकूल रहेकाले जैविक खेतीबाट प्रशस्त लाभ लिन सकिन्छ । नेपालमा प्रशस्त मात्रामा जङ्गल, चरन सुविधा र पानीको स्रोत भएकाले जैविक खेतीलाई व्यावसायिक र आधुनिकीरण गर्दै उत्पादनमा वृद्धि गरी निर्यात गर्न सके विदेशमा गई श्रमबेच्ने स्थितिको अन्त्य भई स्वदेशमै आत्मनिर्भरता बढाउन सकिने अवस्था छ । त्यसैले हामीसँग भएका मैलिक वस्तु र श्रम तथा सिपको सदुपयोग गरी योजनाबद्ध तरिकाले अघि बढेका खण्डमा जैविक खेतीबाट आत्म निर्भरता बढाउन सकिन्छ ।
३) ‘ नेपाललाई रसायन र विषादी मुक्त राष्ट्र बनाऔँ’ शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् ।
विषादी मुक्त राष्ट्र नेपाल
धेरै बाली उब्जाउने र छिटै पैसा कमाउने लालसाले नेपालीहरुको स्वस्थ्यमा दिनँहु गम्भीर सङ्कट उत्पन्न हुन थालेको छ । खेती किसानी गर्ने मानिसहरु आफ्नो बालीनाली जोगाउन विषादी युक्त रसायनको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई ख्यालै गर्दैनन् । त्यस्तै रसायन र विषादी युक्त रक्तचाम, हृदयघात जस्ता डरलाग्दा रोहरुले आक्र्रमण गर्न थालेको छ । राष्ट्रलाई नेपालीहरुको स्वास्थ्य कसरी बचाउने भन्ने कुरो ठुलो चुनौती बनेर आएको छ ।
व्याख्या गर्नुहोस्:
क) पृथ्वीका प्राणी र वनस्पतिबिचमा लिने दिने प्रक्र्रिया चक्र्र झैँ घुमिरहन्छ ।
उत्तर
प्राणीले बोट बिरुवाबाट खाद्य तत्त्व र अक्सिजन प्राप्त गर्दछन् । यस्तै बोट बिरुवाहरुले पनि आफूलाई चाहिने हावा र खाने कुरा जीवनजन्तुबाट लिने गर्दछन् । पार्यवरणीय सन्तुलन राख्न विभिन्न प्रकारका जीवहरुको अन्तर सम्बन्ध रहेको हुन्छ व यो प्रक्र्रिया जल तथा थलमा खाद्यजनका रुपमा रहेको हुन्छ । त्यसैले खाद्य जालको प्रक्र्रियाबाट वातावरण्मा सन्तुलन कायम हुन्छ ।
मानिस तथा जनावरहरुका मलमूत्र बोट बिरुवाका उत्तम खाना मानिन्छन् । अर्कातिर सडेगलेका पात पतिङ्गरलाई कुहाएर बोट बिरुवाका लागि खान योग्य मल बनाउने काम कीट पतङ्गरहरुले गरिरहेका हुन्छन् । यो एक अर्कामा लेनदेन गर्ने प्रक्र्रिया हो ।
ख) प्राणी र वनस्पतिका बिचमा रहेको अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको अस्तित्व सम्भव भएको हो ।
उत्तर
मानिस वनस्पति जगत्बाट खाद्य तत्त्वका साथै अक्सिजन प्राप्त गर्दछन् । खाद्य तत्त्व र अक्सिजनका अभावमा प्राणीको अस्तित्व कायम हुन सक्दैन । त्यस्तै वनस्पति जगत्ले पनि आफूलाई चाहिने हावा र खाने कुरा जीवजन्तुबाट प्राप्त गर्दछन् । मानिसका मलमूत्र, सडेगलेका चिज बोट बिरुवालाई अस्तित्ववान् बनाउने प्रमुख खाद्य सामगी्र हुन् । यिनको अभावमा वस्पति जगत् वा बोट बिरुवाको अस्तित्व सङ्कटग्रस्त बन्दछ ।
पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पतिको सम्बन्ध नङ र मासुको जस्तो हुने गर्दछ । यस्तो सम्बन्ध हरेक प्राणी र वनस्पतिसँग रहेको हुन्छ । प्राणी र वनस्पतिको अस्तित्व कायम गर्न यिनीहरुका बिच गहिरो र अटुट सम्बन्ध रहेको तथ्यलाई माथिको अंशमा उल्लेख गरिएको छ ।
५ उत्तर नेपालमा व्यवसायिक रुपमा जैविक खेतीको सम्भावनाका बारेमा एउटा निबन्ध लेख्नुहोस् ।
उत्तर
नेपालमा जैविक खेतीको सम्भावना
नेपालमा प्राङ्गारिक मल उत्पादन गर्ने कुनै गारो छैन । यहीँ उपलब्ध वनस्पति अन्य सडेगलेका चिजबाट प्राङ्गारिक मल बनाएर खेती गर्दा जमिनको उर्वर शक्ति बढ्ने तथा खाद्यान्नको उत्पादनमा समेत वृदधि हुने देखिन्छ । आज नेपालीहरु वैदेशिक रोजगारबाट फर्किएपछि जैविक खेतीमा समेत आकर्षित हुन थालेको छन् । नेपाल विविधतायुक्त हावापानी भएको देश हो । यस देशमा अनेक किसिमका जीवजन्तुहरुको अस्तित्वव रहको छ । अनेक प्राणी र वनस्पतिले युक्त यस देशमा जैविक खेतीको सम्भावना प्रचुर मात्रामा रहने कुरालाई सहजै स्विकार्न सकिन्छ । आज नेपालीहरु सहजै स्विकार्न सकिन्छ ।
निश्चित रुपमा रासायनिक खेतीबाट क्षणिक लाभ हुने कुरामा दुईमत हुन सक्दैन तर दीर्घकालीन असर भयावह बन्दैगएको कुरालाई पनि नकार्न सकिन्न । नेपालको भौगोलिक बनावट विविधतामय छ । हावापानी पनि विविधतमय रहेको छ । यसले गर्दा जैविक खेती नेपालमा सहज रुपमा फस्टाउने सम्भावना छ । परम्परागत रुपमा भन्दा केही नयाँप्रविधिको प्रयोग र आधुनिकीकरण गर्दै लैजान सकेका खण्डमा यसबाट पर्याप्त लाभ लिन सकिने देखिन्छ ।
६) शब्दार्थमा प्रयाग भएका पर्यावाची शब्दहरुको सूची बनउनुहोस् ।
उत्तर
हिंसा – भाग, अंश, खण्ड
पराग सेचन – परागण, बीजाधान
प्रतिरोधात्मक – प्रतिरोधक
चक्र्र – वृत्त, मण्डल
अस्तित्व – सत्ता, विद्यमानता
पुख्र्यौली – पुस्त्यौली, वंशावली
पुँजी – धन, सम्पत्ति, रुपियाँ, पैसा
समुन्नत – सम्पन्नता, समृद्धिि
हेय – निच, खराब, हेला, उपेक्षा
७) तलका शब्दालाई फरक फरक अर्थ आउने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्:
उत्तर
तर – दुधको तर मन पर्दैन ।
तर – म खोला तर्छु ।
तर – राम आयो तर सिता आएन् ।
तिर – कृष्ण घर तिर गयो ।
तिर – उसले तिरले हानेर मान्छे मार्यो ।
कल – बच्चाहरु कल गरे भने रिस उठ्छ ।
कल – म कपडा सिलाउन कल भएको ठाउँमा जान्छु ।
कल – म पानी कल कल खान्छु ।
अर्थ – अर्थहिन काममा समय खेर फ्याल्नु हुदैन ।
अर्थ – पैसा शब्दको अर्थ धन हो ।
फुल – बगैँचामा फुलहरु धेरै फुलेका छन् ।
फुल – मलाई कुखुको फुल मन पर्दैन ।
फल – कमजोर मान्छेले फलफुल खुवाउनु पर्छ ।
फल – आज परिक्षाफल प्रकाषित भयो ।
बस – भाई बस अनी कुरा गर ् ।
बस – म अस्ती बसमा चढेको थिए ।
८) तलका शब्दको विपरीत अर्थ हुने शब्द लेख्नुहोस् ।
उत्तर
ठुलो – सानो
शत्रु – मित्र
सफा – फोहोर
मरुभूमि – उर्वराभूमि
कृत्रिम – अकृत्रिम
निर्यात – आयात
सकारात्मक – नकारात्मक
आधुनिक – पुरातन
९) पाठको तेस्रो अनुच्छेदबाट सुरु, विचमा र अन्त्यमा दीर्घ हुने पाँच पाँच शब्द खोजी कापीमा लेख्नुहोस् ।
उत्तर
सुरुमा
भौगोलिक – भूगोल + इक
जैविक – जीव + इक
बिचमा – अनुकूल
अन्त्यमा – खेती, पानी, दही, गाई , पुख्र्यौली
१० ) पाठको ‘श’ को प्रयोग भएका शब्दहरु खोजी लेख्नुहोस् ।
उत्तर
शक्ति, धनराशि, श्रेयस्कर, प्रशस्त, देश, स्वदेश, पशुपन्छी, आवश्यकता, आवश्यक
व्याकरण
१) उदाहरणका आधारमा प्रत्येक कारक र विभक्तिको उचित प्रयोग गरी एक एक ओटा वाक्य बनाउनुहोस्:
क) कर्ता कारक र प्रथमा विभक्तिको प्रयोग
हसिना हाँसिन् । म कविता लेख्छु । रामले खाना खायो । नानीमैयाँले कविता लेखिन् ।
उत्तर बुबाले चिठी लेख्नुभयो ।
ख) कर्म कारक र द्धितीया विभक्तिको प्रयाग
मैले आँप खाएँ । पासाङले सीतालाई किताब पढायो । आमाले रामलाई बोलाउनुभयो ।
उत्तर ः भाइले मलाई बोलायो ।
ग) करण कारक र तृतीया विभक्तिको प्रयोग
मैले लाठाले आँप झारेँ । हरिले खुकुरीले दाउरा चिरे । गुरुआमाले हामीलाई प्रोजेक्टरले पढाउनुभयो ।
उत्तर मैले लट्ठीले सर्प मारेँ ।
घ) सम्प्रदान कारक र चतुर्थी विभक्तिको प्रयोग
मैले सिर्जनालाई उपहार दिएँ । हाकुमैयाले रञ्जजनादेवीलाई रुमाल दिइन् । सुलोचनाले हामीलाई गीत सुनाइन् ।
उत्तर ः मैले भाइलाई कलम दिएँ ।
ङ) अपादान कारक र पञ्चमी विभक्तिको प्रयोग
मैले रुखबाट सुन्तला झारेँ । हरिले बिहानैदेखि केही खाएको छैन । सुम्निमाले झोलाबाट किताब निकालेर मैयाँलाई दिइन् ।
उत्तर पोखराबाट म हिजो मात्र आएँ ।
षष्टी विभक्तिको प्रयाग
मेरा एक एक जना बहिनी र भाइ छन् । मेरो भाइको नाम भोगेन्द्र हो । रञ्जना मेरी बहिनी हुन् । सरिता , सन्देश र गेल्बु भाइका मिल्ने साथी हुन् । बहिनीको मिल्ने साथी चित्रलेखा हुन् । रञ्जना र भोगेन्द्र दुबै जना आआफ्ना सामानको हिफाजत गर्न सिपालु छन् । आफ्नो भाइ र आफ्नी बहिनीको यस्तो राम्रो बानी देख्दा मलाई खुसी लाग्छ ।
उत्तर:
मेरो भाइ घर गयो ।
छ) तलको अनुच्छेदमा रहेका कारक र विभक्ति पहिल्याई शिक्षकलाई देखाउनुहोस् ।
बेगम नेपालगन्जमा बस्छिन् । मञ्जु दार्चुला पुगिन् । उनको मनमा पाप छैन ।
उत्तरः मैले टेबुलमा समान राखेँ ।
तलको अनुच्छेदमा रहेका कारक र विभक्ति पहिलयाई शिक्षकलाई देखाउनुहोस्:
निनामा धेरै महेनती छन् । उनी अत्यन्त दयालु र सहयोगी पनि छन् । उनी दुःखी गरिबहरुलाई सहयोग गर्छिेन् । उनी बेला बेलामा असहायहरुलाई खानेकुरा र कपडा दिन्छिन् । निनामाका बाबु अमरबहादुर चाम्लिङ अवकास प्राप्त बेलायती सैनिक हुन् । उनी श्रमलाई धेरै महत्त्व दिन्छन् र धेरैजसो कोदालाले बारी खनिरहेका भेटिन्छन् । उनी रुखबाट डाले घाँस झार्न र बाँसबाट चोया काढ्न पनि उत्तिकै सिपालु छिन् । निनामाकी आमा धनशोभा याक्खा कलेजमा पढाउँ छिन् । आमाकै छत्रछायामा रहेर निनामाले पाढाइमा धेरै राम्रो गरेकी छन् । पढाइका अतिरिक्त घरको काममा पनि निनामा उत्तिकै जाँगरिली छन् । बगैँचामा जाने, पाकेका फलफुल रुखबाट टिपेर जम्मा गर्ने बजारमा लगेर बेच्ने आदि काममा उनी सिपालु छिन् । त्यसो त कविता लेख्ने, चित्र बनाउने कलामा पनि उनी निपुण छिन् ।
उत्तर
निनिमा –कर्ता कारक
उनी – कर्ता कारक
गरिबहरुलाई – कर्मकारक ‘लाई’ द्धितीय विभक्ति
असहायहरुलाई – सम्प्रदान कारक ‘लाई’ चतुर्थी विभक्ति
निनाका बाबु – ..... षष्ठी विभक्ति
श्रमलाई – सम्प्रदान कारक ‘लाई’ चतुर्थी विभक्ति
कोदालाले – करण कारक ‘ले’ तृतिया विभक्ति
रुखबाट – अपादान कारक ‘बाट’ पञ्चमी विभक्ति
बाँसबाट – करण कारक ‘बाट’ तृतिया विभक्ति
निनामाकी आमा –................... षष्ठी विभक्ति
कलेजमा अधिकरण कारक ‘मा’ सप्तमी विभक्ति
आमाकै............................ षष्ठी विभक्ति
छत्रतायामा अधिकरण कारक ‘मा’ सप्तमी विभक्ति
निनामाले – कर्ता कारक ‘ले’ प्रथमा विभक्ति
घरको .............. ‘को’ षष्ठी विभक्ति
काममा अधिकरणकारक ‘मा’ सप्तमी विभक्ति
बगैँमा – अधिकरणकारक ‘मा’ सप्तमी विभक्ति
पाकेका – .................... का षष्ठी विभक्ति
रुखबाट – अपादान कारण ‘बाट’ पञ्चमी विभक्ति
बजारमा – अधिकरण कारक ‘मा’ सप्तमी विभक्ति
काममा – अधिकरण कारक ‘मा’ सप्तमी विभक्ति
कलामा – अधिकरण कारक ‘मा’ सप्तमी विभक्ति
पाठको दसौँ अनुच्छेदमा प्रयुक्त फरक फरक विभक्ति चिह्न प्रयाग भएका शब्दको टिपोट गर्नुहोस् ।
कृषिमा (मा)
बचतलाई (लाई)
क्षेत्रमा (मा)
यसबाट (बाट)
स्वास्थ्यमा (मा)
संस्कृतिको (को)
लगानीको (को)
४) सबै प्रकारका कारकको प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् ।
म गोरखा घुम्न जाने कुरा भयो । मैले साथमा भाईलाई पनि लिएर गएँ । बाटोमा जाँदै गर्दा बाटोमा नयाँ नयाँ ठाउँहरु हेर्दौ रमाइलो मानेर घुम्यौ । बाटाका छेउमा बसिरहेको माग्नेलाई पनि पैसा दियौ । बसबाट गोरखा दरवार पुगेपछि हामी ओर्लियौँ । हामीले गोरखामा रमाइलो गर्यौँ ।
0 Comments