एकाई १: विकासका पूर्वाधारहरु
जनशक्ति (मुख्य बुँदाहरु)
- कुनै न कुनै काम गर्न जान्ने, तालिम प्राप्त तथा अनुभबी व्यक्ति लाई जनशक्ति भनिन्छ ।
- जनशक्ति लाई तीन भागमा बिभाजन गर्न सकिन्छ । जस्तै अदक्ष, अर्धदक्ष, दक्ष
- डकर्मी, सिकर्मी, सुचिकार, कुचिकार, ड्राइभर, मजदुर, किसान देखि लिएर डाक्टर, नर्स, इन्जिनियर, पाइलट, बैज्ञानिक,शिक्षक, पत्रकार, वकिल आदि जनशक्तिका उदाहरणहरु हुन ।
- दक्ष जनशक्ति बिना देश बिकासको कल्पना गर्न सकिँदैन ।
- विकासका पूर्बधारको विकासको लागि इन्जिनियर ओभरसियर तथा विभिन्न तहमा काम गर्ने दक्षजनशक्तिले महत्वपूर्ण योगदान दिएका हुन्छन् ।
- डाक्टर, नर्स लगायतले स्वास्थ्य क्षेत्रको विकासमा शिक्षकले शिक्षा क्षेत्रमा, बैज्ञानिकले विज्ञान क्षेत्रमा, साहित्यकारले साहित्य क्षेत्रमा, कलाकारले कलाको विकासमा, खेलाडिले खेलकुदको क्षेत्रमा, किसानले कृषिको क्षेत्रमा विशेष योगदान दिएका हुन्छन् ।
- काम सानो होस वा ठुलो हरेक ब्यक्तिको काम आ-आफ्नो ठाउमा महत्वपुर्ण रहेको हुन्छ ।
0 Comments