मिति : २०७१/०२/०१ गते
प्यारो साथी रन्जित,सुमधुर सम्झना ।
म यहाँ आरम नै छु र त्यहाँ पनि पशुपतिनाथको कृपयाले सबैजनालाई सञ्चै छ भन्ने आशा गरेको छु । १० वर्षे जनयुद्धले हाम्रो देशमा अशान्ति पैदा गरायो । तर यसको अन्त्य शान्तिको ढोका ढकढकाएर भएको छ । अहिलेको वर्तमान परिवेशमा समाजमा विकास गरेर देशलाई समृदितिर उन्मुख गराउने नै सबैको मुख्य ध्यय हो । आपसी मेलमिलाप र समझदारी बिना यो कुरा निकै कठिन र असम्भवप्राय नै छ । आपसी मेलमिलाप र समझदारी जस्ता आधारभूत आवश्यकताहरु बिस्तारै पूरा गर्दै विकासका परियोजनाहरुमा मन, वचन र कर्मले लाग्नुपर्छ । सभ्य एवम् उत्कृष्ट समाजको कल्पना शान्ति र सहअस्तित्व बिना पुरा हुँदैन । त्यसैले गाउँका सबै मानिसहरुले यस किसिमको कुरामा विशेष जोड दिनुपर्छ । धन्यवाद !
उही तिम्रो साथी
बिकास गुरुङ
खामको नमुना प्रेसकमा आफ्नाे नाम र र ठेगाना अनि प्रापकमा साथीकाे नाम र ठेगाना लेख्ने । |
0 Comments