पाठ २ : कर्तब्य
अभ्यास
१. तलका प्रश्नको एकएक वाक्यमा उत्तर दिनुहोस् :
क) कसैले ऋण तिर्ने भाका सोध्यो भने गगांधर के जवाफ दिन्थे ?
उत्तर–यदि कसैले ऋण तिर्ने भाँखा सोध्यो भने गगांधर सके तिर्नु नसके तिमीहरुकै हो भन्थे ।
ख) गगांधरको देहावसानले क–कसको टेक्ने लट्ठी भाचियो ?
उत्तर– गगांधरको देहावसानले कानाखोरण्डा, बुढाबुढी र लुलालगांडा आदिको टेक्ने लट्ठी भाँचियो ।
ग) मुरलीधर किन बाबुसँग अघि नै छुटिएर बेग्लै बसेका थिए ?
उत्तर– आइमाईहरुको गृहकलहले गर्दा मुरलीधर बाबुसँग अगिनै छुटिएर बसेको थियो ।
घ) जिल्लामा शर्माजीको नाउँले प्रख्यात हुने को थिए ?
उत्तर– जिल्लामा शर्माजीको नाउँले प्रख्यात हुने श्रीधर थिए ।
ङ) मुरलीधर र श्रीधरको बीच कुन बिषयमा बिवाद उठ्यो ?
उत्तर – मुुरलीधर र श्रीधरको बीच बाबुको जीउनी खेतको बिषमा बिबाद उठ्यो ।
च) मुरलीधरले गाउँका मानिसहरुलाई किन बोलाए ?
उत्तर – मुरलीधरले बाबुको जीउनीको बिषयमा वकलात गर्नको लागि गाँउको मानिसहरुलाई बोलाए ।
छ) बुढापाकाहरुले अदालतमा कस्तो वकलात गरे ?
उत्तर – बुढापाकाहरुले अदालतमा मर्ने बेलामा बुढाले आधाआधा बाँँडेर खाउ भनेर भनेको कुरा प्रत्यक्ष देखे सुनेको भनेर वकलात गरे ।
ज) अदालतको कसको पक्षमा फैसला सुनायो ?
उत्तर– अदालतले श्रीधरको पक्षमा फैसला सुनायो ।
झ) मुरलीधरले कमलालाई दोसल्ला किन झिक्न लगाएका थिए ?
उत्तर– श्रीधरको बिहेमा जन्ती जानाको लागि मुरलीधरले कमलालाई दोसल्ला झिक्न लगाएका थिए ।
ञ) श्रीधरका छोराछोरीको नाम के हो ?
उत्तर – श्रीधरको छोराको नाम शशीधर र छोरीको नाम रमा हो ।
तलका शब्दहरुको अर्थ लेख्नुहोस् :
विपुल : विशाल
भाका : म्याद
फिराद : प्राथना
तालुकदार : कर उठाउने व्यक्ति
क्षति : नोक्सान
दिग्दिगान्त : जताततै
असीम : सीमा नभएको
च्यादर : खास्टो
परिधान : पहिरन
जिउनी : आमाबाबुले छोराछोरलाई दिएपछि आफ्नो नाममा राखेको सम्पति
निरोपण : निक्र्यौल
फैसला : निर्णय
वकपत्र : साक्षीको बयान लरिखएको कागज
रीति : चालचलन
वेदी : धार्मिक मञ्च
नाबालक : बालक
अनिष्ट : नराम्रो
४. अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुुुुहोस् :
क) फिराद गर्नु : निर्दोष भएर पनि सजाय भोगेका मानिसहरु न्यायको लागि फिराद गरिरहेका छन् ।
ख) तालुकदार : तालुकदारले कर उठाउने काममा निकै समय खर्चेका छन् ।
ग) कोहोलो हाँस्नु : गाउँको मुखियाबालाई देखेपछि सबैजना बच्चा कोहोलो हाल्थे ।
घ) मुसुमुुसु हाँस्नु : रामको चुट्किला सुनेर बुबा मुसुमुसु हाँस्नुभयो ।
ङ) क्षति हुनु : वर्षा ले गर्दा निम्त्याएको पहिरोले धनजनको ठूलो क्षति भयो ।
च) शव : स्वर्गीय प्रधानमन्त्रीको शव आज अन्त्यष्टि गरिदैँछ ।
छ) ललाट : ललाटमा टिका लगाएर हिँडेपछि आफू हिन्दू भएको संकेत जान्छ ।
ज) दासत्व : संसारबाट दासत्वको अन्त्य भएपछि सबैले सुख पाउँछन् ।
झ) निसाफ : न्याय अन्यायको बीचमा विभिन्न मानिस निसाफको लागि अदालत गएका छन् ।
ञ) मामिला : रामको काका नेपालको परराष्ट्र मामिलाको काम गर्नुहुन्छ ।
ट) हठ : बाबुआमाले जति सभ्झाएपनि श्यामले बिहे गर्दिन भन्ने हठ छोडेन् ।
ठ) घरानियाँ : मानिसहरु बिहेभन्दा पहिले कुल र घरानियाँको कुरा गर्छन् ।
ड) आँखा चिम्लेर बस्नु : कसैलाई दुःख परेको बेलामा आँखा चिम्लेर बस्नु हुँदैन ।
ढ) गदगद हुनु : बुहारीले छोरा पाएपछि परिवारका सबै सदस्य खुसीले गदगद भए ।
ण) हरेस खानु : हरेस खाने मानिसले जीवनमा कहिल्यै पनि प्रगति गर्न सक्दैन ।
५. पाठको नवौँ अनुच्छेद पढी तलका प्रश्नहरुको उत्तर दिनुहोस् :
क) मुरलीधरको गाउँका मानिसहरुलाई किन बोलाए ?
उत्तर – बाबुको जीउनी खेतको बारेमा निर्णय गर्न मुरलीधरले गाउँका मानिसहरुलाई बोलाए ।
ख) बूढापाकाले कसको पक्ष लिए ?
उत्तर – बूढापाकाले मुरलीधरको पक्ष लिए ।
ग) बुढापाकाले कस्तो निर्णय गरे ?
उत्तर – गंगाधरजस्तो महापुरुषले अन्तिम समयमा गरेको निर्णय श्रीधरले मान्नैपर्छ भनी बुढापाकाले निर्णय गरे ।
घ) ठिटाहरुले कस्तो निर्णय गरे ?
उत्तर – ठिटाहरुले आधा–आधा बाँडेर खाउ भनी भनेको लिखित प्रमाण नभएकाले सम्पति श्रीधरकै हुनुपर्छ भनेर ठिटाहरुले फैसला गरे ।
ङ) निरोपण, निसाफ, मत, फैसला, विवाद शब्दहरुको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर –
- निरोपण : विवेक र बुद्धिले गरिने निर्णय - परिवारमा भएका समस्याको निरोपण गरेमा पारिवारिक सुख मिल्छ ।
- निसाफ : न्याय दिने काम - निसाफको ठूलो घरमा बसेर बेहिसाब गर्नेलाई कारबाही गर्नुपर्छ ।
- मत : बिचार - देशमा शान्ति र संविधान समयमा नै जारी गर्नुपर्छ भनेर सबैले आफ्नो मत प्रकट गरे ।
- फैसला : निर्णय - दोषीलाई कारबाही अगाडि बढाउनुपर्छ भन्ने फैसला गरियो ।
- विवाद : मतभेद - विवाद भयो भने बहस गरेर टुङ्गोमा पुग्नुपर्छ ।
६. पाठको छैटौँ अनुच्छेदबाट ‘इक’ र ‘इत’ प्रत्यय लागि बनेका शब्द टिपी तिनको प्रकृति र प्रत्यय छुट्याउनुहोस् र त्यस्तै अन्य पाँचवटा शब्द लेख्नुहोस् :
इक – राजनीति + इक = राजनीतिक
इत – अशिक्षा + इत – अशिक्षित
- इक - सामाजिक = समाज + इक, भौगोलिक = भूगोल + इक, आर्थिक = अर्थ + इक, वार्षिक = वर्ष + इक, नैतिक = नीति + इक
- इत - लिखित = लिख + इत, पठित = पठ् + इत, पीडित = पीडा + इत, लक्षित = लक्ष + इत
७. तलका समस्त शब्दको विग्रह गर्नुहोस् :
दोबाटो : दुई बाटोको समूह
बाबुछोरा : बाबु र छोरा
ठूलाबा : ठूलो बा
जीवनकाल : जीवनरुपी काल
वरिपरि : वरि पनि परि पनि
ग्रामपिता : गाउँका पिता
८. पाठबाट अनुकरणात्मक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :
मुसुमुसु : मौसमको कुरा सुनेर सबै मानिस मुसुमुसु हाँस्दै छन् ।
झमक्क : झमक्क साँझ परेपछि मात्र दुर्गा आइपुग्यो ।
करकर : सानो तिनो कुरामा समयको बर्बाद हो ।
सुटुक्क : बिरालो सुटुक्क घर भित्र पस्यो ।
९. तलका प्रश्नहरुको संक्षिप्त उत्तर दिनुहोस् :
क) गंगाधरको चरित्र चित्रण गर्नुहोस्
उत्तर– गंगाधर एक आदर्श व्यक्तित्व हुन् । आफ्नो बिपुल सम्पतिलाई केवल जनताको नासो मान्ने उनी त्यसलाई संचालन गर्ने व्याक्तिको रुपमा रहेका थिए । वास्तवमा उनी गाउँको कर उठाउने तालुकदार थिए । तर उनको आदर्श बिचार र भावनाको कारणले गर्दा उनी सबैको अभिभावक थिए । उनी अनाथ र अशक्तहरुको टेक्ने लट्ठी थिए । उनको प्रस्थान बिना विभिन्न कार्यहरु अपुरो हुन्थ्यो । उनी न्यायको घरमा बसेर सबै जनतालाई न्याय प्रदान गर्ने एक इमानदार मानिस थिए । गंगाधर सबै मानिसका लागि आशाको स्तम्भ थिए । उनले विभिन्न पुण्यका काम गरेर गाउलेको सेवा गरेका थिए । उनले सबैलाई सम्मान दृष्टिकोले व्यवहार गर्ने गर्थे । गंगाधर गाउँको धनवन्तरी थिए ।
ख) मुरलीधर र श्रीधरका बीच के–कस्ता चारित्रिक अन्तरहरु देखिन्छन् ?
उत्तर– कर्तव्य कथाको मुरलीधर र श्रीधर प्रमुख एवम् चर्चित पुरुष पात्रका रुपमा छन् । मुरलीधर र श्रीधर दाजुभाइ हुन् । उनीहरुको आ–आफ्नै चारित्रिक बिशेषताहरु छन् ।
मुरलीधर कथाका एक आदर्श पात्र हुन् । उनी बिख्यात पण्डित हुन् । धर्मकर्म र संस्कृतिमा अपार श्राद्ध राख्ने उनलाई आफ्नो रितिरिवाजमा ठूलो बिश्वास थियो । उनी विहान सबेरै न्वाउँथे, र जपध्यान, पूजापाठ आदि गर्थे । उनी जिल्लामा ‘मुरली पण्डितका’ नामले बिख्यात थिए । भाइ श्रीधर भने आफुलाई जिल्लाको एक मात्र प्रगतीशील व्यतिm सम्झन्थे । खानपानमा खासै ध्यान पु¥याउँदैन थिए र आफुलाई मन पर्ने पहिरन लगाउथे । उनलाई धर्मकर्ममा कुनै रुचि थिएन् । उनले नयाँ शैलीको पालना गर्थे र केहि दादागिरीको काममा पनि पछि हट्दैनथे । त्यसैले उनी ‘शर्माजी’को नाउँले जिल्लामा प्रख्यात थिए । यी दुई दाजुभाइबीचको चारित्रिक अन्तरहरु यिनै हुन् ।
ग) मुरलीधर र श्रीधरका बीच कुन बिषयमा विवाद भयो र विवादको टुङ्गगो कसरी लाग्यो ?
उत्तर– मुरलीधर र श्रीधरको बाबु गंगाधरले जिउनीको रुपमा सय मुरी खेत राखेका थिए । आइमाइको गृहकलहले गर्दा मुरलीधर पहिल्यै नै बाबुसँग छुटिएर बसेका थिए । गंगाधरले मर्ने बेलामा जिउनी खेत दुई भाइले बाड्ेर खानु भनेका थिए भनेर मुरलीधरले आदि खेत दावी गरेका थिए । बाबु आफुसँग बसेको हुनाले पुरै सम्पति आफ्नो हुनुपर्छ भन्ने श्रीधरको बिचार थियो । यहि बिषयलाई लिएर मुरलीधर र श्रीधरको बीचमा बिवाद भयो । गाउँका मानिसहरुबीच मत बाजिए पछि कुरा अदालतमा पुग्यो र अदालतले वकितमलाई भन्दा लिखित्मलाई बढि प्राथमिकता दियो । श्रीधरको नाममा मुद्दा जित्यो । यसरी नै मुरलीधर र श्रीधरको बीचमा भएको बिवादको टुङ्गगो लाग्यो ।
घ) मुरलीधरले आफ्नो कर्तव्य कसरी निर्वाह गरे ?
उत्तर – श्रीधर बिरामी परेर बसेको बेलामा छोरा शशीधरको विवाहको कुरा चल्यो । बिस्तारै विवाह हुने भयो तर विवाहको कुरा चल्इो । बिस्तारै विवाह हुने भयो तर विवाहको जन्तिमा कोही पनि पाका र बुझेका मानिस गएका थिएनन् । आफ्नो कुलको इज्जत बचाउनको लागि कुनै पनि निम्तो सबना शशीधरको विवाहमा जन्ति गए र विवाह विधि राम्रो सगँ सम्पन्न गराए । यति मात्र होइन भाइले आफुलाई अपहेलना गरेको अवस्थामा पनि उनले भाइको परिवारको रेखदेख गरे र उनको स्वास्थ्य उपचारको लागि लगे । यसरी नै आदर्शवादी मुरलीधरले आफ्नो कर्तव्य निर्वाह गरे ।
ङ) ‘कर्तव्य’ कथाको मूल आशय के हो ?
उत्तर– एक आधुनिक कथाकार गुरुप्रसाद मैनालीले लेखेको कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो । वास्तवमा यस कथामा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको द्धन्द्धलाई देखाइएको छ । यस कथामा पुरानो पुस्ताको आदर्श भावना र बिचारलाई प्रस्तुत गरिएको छ । पुराना पुस्ताको मानिसले विजय प्राप्त गरेको देखाइएको यस कथाले आपसी मिलापलाई विशेष महत्व दिएको छ । पारिवारिक झै–झगडा गर्न नहुने कुरा यस कथाको मुख्य विषय हो । मानिसहरुबीच विभिन्न फरक विचार हुन्छन्, विभिन्न सामाजिक मतभेदहरु पनि हुन्छन् । तर त्यसको समाधान खोज्नुपर्छ । मतभेद भयो भन्दैमा मनभेद हुनुले नै विभिन्न सामाजिक समस्याहरु निम्त्याउँछ । परिवारका सबै सदस्यबीचमा माया, प्रेम, स्नेह, र सहयोग हुनुपर्छ भन्नु नै ‘कर्तव्य’ कथाको मूल आशय हो ।
च) यस कथाले के कस्तो भातृप्रेम देखाएको छ ?
उत्तर – सामजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीद्धारा लिखित कर्तव्य कथामा भार्तप्रेम कतिसम्म गाढा हुन्छ भन्ने कुरालाई स्पष्ट रुपमा देखाइएको छ । एक आपसमा जतिसुकै वैमनस्य, ईष्र्या, डाह र कटुता भएपनि रगतको नाता भनेको कहिल्यै पनि टुट्दैन भन्ने कुरालाई राम्रोसँग देखाइएको छ । पानी बाराबारको अवस्था र आवतजावत नै ठप्प भएपनि अप्ठेरो अवस्था र दुःखमा एकले अर्कालाई साथ दिनुपर्छ भन्ने कुरा देखाइएको छ । रगत्को नातालाई भौतिक सम्पतिको कारणले टुट्न दिनुहुन्न भन्ने कुरामा यस कथाले आफ्नो विषय बस्तु प्रस्तुत गरेको छ ।
१०. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखत मौका विचार गरेर आफै पनि जानुपर्छ ।
प्रस्तुत गधांस कक्षा १० को नेपाली किताबको कर्तव्य भन्ने पाठबाट निकालिएको हो । यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् । आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीले कर्तव्य कथामा पनि समाजमा घटेको वास्तविक घटनालाई टपक्क टिपेर आफ्नो कथाको विषयबस्तुको रुपमा प्रस्तुत गरेका छन् ।
जब श्रीधरको छोरा शशीधरको विवाहमा दाजु मुरलीधरको घरमा कुनै निम्तो हँुदैन, तब मुरलीधर आफ्नो कुलको इज्जत बचाउनको लागि आफुलाई नडाकिएको बिहेमा पनि जान खोज्छन् । त्यस्तो त कुकुरले मात्र गर्छ भन्ने मुरलीधरको पत्नीको कुरामा उनले माथि उल्लेखित कुरा भनेका थिए ।
हो, कुकुर पो एउटा अज्ञानी पशु हो । उसले समय र परिस्थितिलाई बुझ्न सक्दैन । तर, मानिस त ज्ञानवान हुन्छ त्यसैले मानिसले बेलामैक बिचार गरेर कुनै काममा आफ्नो सहभागीता जनाउनुपर्छ । सन्तानहरुको काँधमा नै प्रत्येक कुल खानदानको इज्जत निर्भर हुन्छ भन्ने वास्तविकतालाई कर्तव्इ कथाले बेजोड ढङ्गगले प्रस्तुत गरेको छ ।
विभिन्न दुःख, कष्ट आदि सहेर कमाएको इज्जत र प्रतिष्ठालाई बेक्कारमा नउडाउनको लागि यस कथाले बिशेष जोड दिएको छ ।
११. विवेचनात्मक उत्तर दिनुहोस् :
क) ‘कर्तव्य’ कथामा कथाकारले नेपाली समाजका के–कस्ता वास्तविकताहरुलाई देखाउन खोजेका छन् ?
उत्तर– नासो कथासंग्रहमा समेटिएको ‘कर्तव्य’ भन्ने कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् । नेपाली साहित्यको क्षितिजमा एक आदर्शवादी एवम् यथार्थवादी कथाकारको रुपमा स्थापित भएका उनले सामाजिक द्धटनालाई आफ्नो कथाको विषयवस्तुमा समावेश गर्न माहिर छन् । नेपाली समाजमा पैतिक सम्पति छोराहरुकाले अंशवण्डा गर्ने सामाजिक चालचलन पहिलेदेदि नै रहेका् छ । आफ्नो बाबुआमाको निधनपछि उनीहरुको जीउनीको रुपमा रहेको सम्पति कतै बाड्न् चलन पाइन्छ त कतै बाबुआमाले भनेको कुराको आधाधमा नै जिउनी सम्पतिको प्रक्रिया मिलाउने गरिन्छ । यो समाजको यथार्थ घटना हो । नेपाली समाजमा उपयुतm वर खोजेर छोरी दिने र धेरै दाइजो र धनसम्पतिको आशमा धनाड्यको छोरी खोज्ने प्रचलन पनि रहिआएको छ । तयसै अनुसारले श्रीधरले छोरा शशीधरलाई धनी व्यतिmले छोरी दिन आएकाले त्यसलाई सहर्ष स्वीकार गरिएको छ ।
यस्तै गरी गाउँको कुनै मानिसको मृत्यु हुँदा मलामी जानु, दुःख व्यतm गर्नु र काज किरिया गर्नु पनि नेपाली समाजमा घट्ने वास्तविक घटना हो । अशिक्षा र असमझदारीबाट उतपनन हुने विवादको कारणले एउटै परिवारका सदस्यहरु पनि अलग्गिएर छुट्ने बस्ने पनि यथार्थ घट्ना हो । अन्य समाजका यथार्थ कुराहरु पन िकथाम समावेश भएका छन् । संस्कृतिको रक्षा गर्ने, पुराण लगाउने आदि पनि यथार्थ घटना हुन् । यसरी नै कर्तव्य कथामा कथाकार मैनालीले समाजमा घटेका वास्तविकतालाई सुन्दर एवम् कलात्मक ढङ्गगले प्रस्तुत गरिएको छ ।
ख) “धनसम्पतिभन्दा नातासम्बन्ध ठूलो कुरा हो” भन्ने भनाइ ‘कर्तव्य’ कथाका आधारमा पुष्टि गर्नुहोस्।
उत्तर– नेपाली साहित्यका आधुनिक कथाको फाँटमा जग बसालेका कथाकार गुरुप्रसाद मैनालीले नेपाली समाजको यथार्थ र वास्तविकतालाई सरल भाषाम चित्राकर्षक ढङ्गगले प्रस्तुत गरेको छन् । समाजमा दैनिक रुपमा घट्ने यथार्थ घटनालाई आफ्नो विषयवस्तुमा कलात्मक ढङ्गले प्रस्तुत गर्नु उनको विशेपता हो । जीवनमा आइपर्ने दुःख र पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गर्ने मैनालीको कथामा आदर्शवादी विचारले महत्व पाएको हुन्छ ।
मुरलीधर मुख्य पात्र भएको कथामा उनको आदर्शवादी विचारले गर्दा नै धनसम्पतिभन्दा नातासम्बन्ध ठूलो विवाद उत्पन्न हुन्छ । मर्ने बेलामा बाबुले दुबै छोरा समान हुन बाडेर खानु भनेर भनेको कुराको आधारमा मुरलीधर सम्पतिको दावी गर्छन । त्यसैगरी सँगै बसेको नाताले ऐनकानूनको आधारमा त्यो खेत उकलौटि आफुले पाउनु पर्ने श्रीधरको धारणा छ । भौतिकम धनसम्पतिका विषयमा दुई दाजुभाइको बीचमा भएको विवादले कुनै फाइदा हुनेवाला थिएन । हाम्रो समाजमा गरिने विभिन्न सामाजिक र सांस्कृतिक कायहरुको लागि नातासम्बन्ध निकै महत्वपूर्ण हुन्छ । धनसम्पति क्षणिक हुन्छ भने नातासम्बन्ध सधै प्रगाढ रुपमा रहेको हुन्छ । धनसम्पतिको कारणले गर्दा दाजुभाइबीचको सम्बन्ध चिसिएको थियो तर पछि नाताको आधारमा विपत्तिको बेलामा सहयोग गरेपछि दाजुभाइबीच पुनः मिलनको अवस्था सिर्जना हुन्छ । यसरी नै धनसम्पति भन्दा नातासम्बन्ध निकै प्रगाढ र ठूलो हुन्छ भन्ने कुरा आदर्शवादी मुरलीधरको व्यवहार र क्रियाकलापबाट प्रमाणित गरिएको छ ।
0 Comments