F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ-७ | निद्रा | कक्षा-९ | नेपाली

Print Friendly and PDF


पाठ-७ | निद्रा | कक्षा-९ | नेपाली 

शारंश
श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन्, ‘‘हजुर किन राम्ररी निदाइ बक्सन्न? जान्नेलाई देखाउन पाए हुन्थ्यो । ’’ जवाफमा चन्द्रशमशेरले भने ,‘‘ मैले कलकतताका ठुला डाक्टरहरुसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । जस्ता कुरा गर्छन ।
 चन्द्रशमशेर प्राय ः रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरुसँग पनि झर्काेफर्काे गरेर बोल्थे । रोलक्र्रममा जनुपर्ने भएकाले भाइहरुको कुनै भरोसा थिएन । त्यसै कारण उनले इमानदार फतयलाई हजुरियाबाट र गेहेन्द्रलाई दरबारमै आउन रोक लगाउनेसम्मको काम गरे । उनको व्यवहारबाट  भाइ , भतिजाहरु पनि वाक्क भइसकेका थिए । यस थितिले भाइ, भतिजा पनि शत्रु हुने कुरा उनले बुझेका थिए ।  बालकुमारी आफ्ना पतिका बारेमा अनेक खराब कुराहरु सुन्नु परेकोमा पनि उनी चिन्तित बनेकी छन् ।
 चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे । त्यस कलेजको उद्घाटन गरेपछि उनलाई ठुलो पछुतो भयो । कलजमा पढेर शिक्षित भएपछि जनता जहानिया शासनका विरुद्ध आन्दोलनमा सरिक हुन्छन, । आफ्नो सत्ता गुम्छ भन्ने उनले ठानेका थिए । 

प्रश्नोत्तर

सुनाई

  १) पाठको पहिलो र दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्यानुहोस् । 
क)  बालकुमारी देवी श्री ५ बडामहारानीका रुपमा दरबारमा भित्रिएकी थिइन् । ख) बालकुमारीले चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देखिन्न् ।
ग) चन्द्रशमशेर निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । 
घ) चन्द्रशमशेर नेपालका ठुला डाक्टरहरुसँग जँचाइसकेका थिए ।
ङ) चन्द्रशमशेर मुख्तियार, जङ्गीलाठ भइसकेको भाइहरुलाई गाली गर्थ ।
उत्तर
 क) बेठिक
ख) ठिक
ग) ठिक
घ) बेठिक
ङ) ठिक

 २) पाठको तेस्रो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् : 
क) चन्द्रशमशेर भाइ भतिजासँग कसरी बोल्थे ?
उत्तर
चन्द्रशमशेर भाइ भतिजासँग झर्काैफर्काे र रिसाहा बनी बोल्थे ।
ख) किन चन्द्रशमशेरमा भाइहरुप्रति विश्वास थिएन ?
उत्तर   सबैलाई रोलक्रममा जनुपर्न भएकाले  सत्ताको डरले चन्द्रशमशेरमा भाइहरुप्रति विश्वास थिएन ।
ग) चन्द्रशमशेरले  फत्य र गेहेन्द्रलाई के के गरे ?
 चन्द्रशमशेरले गेहेन्द्रलाई दरबारमा आउन रोक लगाए र फत्यालाई हजुरियाबाट हटाउने काम गरे ।
घ) चन्द्रशमशेर र गेहेन्द्रशमशेरका बिचमा कस्तो नाता सम्बन्ध थियो ?
उत्तर चन्द्रशमशेर र गेहेन्द्रशमशेरका बिचमा काका र भतिजको सम्बन्ध थियो ।
 ङ)  भमिशमशेरले किन राजीनामा दिन्छु भनेका थिए ?
उत्तर चन्द्रशमशेरको रिसले गर्दा राजीनामा दिन्छु भनेका थिए । 
बोलाई 

१) तलका शब्दहरुको शुद्ध उच्चारण गनुहोस् :  

२ ) पाठका आठौ, नवौ र दसौँ अनुच्छेदका आधारमा तलका प्रश्नका उत्तर भन्नुहोस् । 
क) चन्द्रशमशेरले कुन कलेजको उद्घाटन गरे ?
उत्तर चन्द्रशमशेरले त्रिभुवन चन्द्र (त्रिचन्द्र) कलेजको उद्घाटन गरे ।
ख) कलजको उद्धाटनमा चन्द्रशमशेरले के भने ?
उत्तर : कलेजको उद्घाटनमा चन्द्रशमशेरले  कलेज खोलेर मैले आफ्ना खुट्टामा आफैँले बन्चरो हानेँ भने ।
ग) बालकुमारीका अनुसार कलेज खोल्दा किन राम्ररो हुन्छ ?
उत्तर बालकुमारीका अनुसार आफ्ना मानिसले पढ्न पाउने भएकाले कलेज खोल्दा राम्रो हुन्छ ।
घ) पढे लेखेका शिक्षितहरु के थाहा पाउँछन् ?
उत्तर पढे लेखेका शिक्षितहरु संसारमा के कस्ता शासन व्यवस्था छन् भन्ने कुरा थाहा पाउँछिन ।
ङ) राणा वंशको शासन समाप्त हुने कारण के हो ?
उत्तर  पढ्े लेखेका पाविारिक र जहानिय शासनका विरुद्ध प्रजातान्त्रिक आनदोलप्रति आकर्षित हुनु नै राणा वंशको शासन समाप्त हुने कारण हो । 
३) पाठको सत्रौँ अनुच्छेदमा उल्लेख भएका पात्रहरु चन्द्रशमशेरका सपनामा किन आएका होलान् ? समूहमा छलफल गर्नुहोस् र छलफलबाट निकालिएको निष्कर्ष कक्षामा सुनाउनुहोस् ।
उत्तर अनेकौँ  षडयन्त्र र हत्याबाट सत्ताको बागडोर समालेका चन्द्रशमशेर त्यसबेलाको शक्तिशाली शासक भए पनि उनी आफ्नो सत्ता गुम्छ कि भनी सधैँ त्रसित देखिन्छिन । मरेका बडाबाउ, दाइभाइ र भतिजाहरुसँग भने सारै  डराउन थालेको छन् । जिउँदा मानिसबाट भन्दा मरेका मानिसबाट डराउनुको कारण उनको मनमा उत्पन्न सत्ता खोसिन सन्त्रास नै हो । सन्त्रासकै कारण वनको वाघले खाओस्  वा नखाओस्  मनको बाघले उनलाई खाएको छ । जसरी उनले अनेकौँ षड्यन्त्र र हतया गरी सत्ता हत्याएका थिए , त्यसै गरी आफ्नो सत्ता गुम्छ भन्ने कुराबाट विपनामा मात्र होइन सपनामा पनि उनी त्रसित बन्ने गरेको छन् । 

पढाई 
१) पाठको तेरौँदेखि सोरौँ अनुच्छेदसम्म पढी सारांश लेख्नुहोस् । 
 प्रथम विशवयुद्धमा लाखौँ नेपाली युवाहरु पठाइ त्यसबाप्त  लाखौँ पैसा आफ्नो कोषमा जम्मा गरे  स्वार्थी चन्द्रशमशेरले आफ्ना छोराहरुका रोक्र्रमलाई सुरक्षित गर्दै भारतमा रहेको अङ्ग्रेज सरकारसँग सम्बन्ध बढाए ।  अन्तर्राष्ट्रिय  स्तरको विभूषणबाट उनी विभूषित हुनाका साथै करोडौँ पैसा र मूल्यवान् सामानहरु जम्मा गरे पनि उनको झन्झन् बढ्दै गयो । उनको उपचारका लागि तत्कालै विदेशबाट डाक्टर झिकाउने कि भनी बालकुमारीले प्रश्न गर्दा आफुलाई केही नभएको कुरा उनी बताउँछन् । 

३) पाठका बाइसौँदेखि अन्तिम अनुचछेदसम्म पढी कुनै पाँच ओटा प्रश्न बनाउनुहोस् । 
उत्तर
क) चन्द्रशमशेर के कुरामा बढी डर देखिन्थ्य् ?
ख) चन्द्रशमशेर चरित्र तपाइलाई कस्तो लाग्यो ?
ग) चन्द्रशमशेरलाई के भनेर बालकुमारीले सम्झाइन् ?
घ) चन्द्रशमशेरले गरेको काम मध्य कुन चाँही राम्रो हो ?
ङ) चन्द्रशमशेरले के के नराम्रो काम गरे ? 

४ पाठको बाइसौँदेखी अन्तिम अनुच्छेदसम्म पढी मुख्या मुख्या घटना टिपनुहोस् । 
उत्तर
क) अन्तर्राष्टिय रुपमा स्लेभ कमिसन बनेको,
ख) सती प्रथा जस्तै नराम्रा प्रथाहरु भारत, अमेरिका लगायत देशमा हटाइएको,
ग) दासप्रथा राज्यकोषबाट क्षतिपूर्ति दिएर भए पनि यो प्रथा हटाउनुपर्छ भन्ने लागेको छ,
घ) नेपालभरिबाट उनन्साठी हजार आठसय त्रिपन्न दासदासी मुक्त भएका ,
ङ) असल कामबाट चन्द्रशमशेरलाई आनन्द सुख प्राप्त भएको । 

५) तलको अघुकथा पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
फाटेको मैलो लुगा लगाएको एक  माग्ने खाली खुट्टामा एक नव धनढ्यकहाँ माग्दै पुग्यो । नव धनाढ्यले एक मुठी भिक्षा दिनुको सट्टा एक जोर नयाँ नै दियो ।माग्नेले सर्ट उठाएर लुगा हे¥यो र त्यहीँ राख्यो, जहाँबाट उठाएको थियो । प्यान्ट उठायो, हे¥यो र त्यही राख्यो । त्यसरी आफूलपे दिएको सामानलायृ तिरस्कार गरेको ठानी धनी व्यक्तिले कड्केर भन्यो, लपे दिएको सामानलाई तिरस्कार गरेको ठानी धनी व्यक्तिले कड्केर भन्यो, ‘‘हैन, के खोजेको  तैँले ? माग्न हिँडने, दिएको नलिन ?’’
माग्नेले  सकरुण भन्यो, ‘‘मालिक , मलाई बस्, एक पेट अन्न चाहिएको छ , जसले पेट भर्न सकूँ ।  यतिका लुगा लगाएर हिँडे मलाई कसले दिन्छ फेरि ? त्यसैले यी लुगा लगाएन बाध्य गराएर मेरो पेटमा लात किन हान्नुहुन्छ ? मैले हजुरको के पो बिराँएको छु र ? ’’

प्रश्नहरु
क) माग्नेलाई धनी व्यक्तिले के दियो ?
उत्तर माग्नेलाई धनी व्यक्तिले एक जोर नयाँ लुगा दियो ।
ख)   धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले किन लिन मोनेन ?
उत्तर धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले लिन नमान्नुको कारण कसैले उसलाई नयाँ लुगा लगाएर माग्न हिँडदा्  भोकाएको पेट भर्न अन्न नदिनु हो ।
ग) माग्नेले धनाढय् व्यक्तिलाई ‘ मेरो पेटमा लात किन हान्नुहुन्छ ?’ भन्नुको तात्पर्य के हो ?
उत्तर  आवश्यकता पेट भर्ने भए पनि अरु नै कुरा दिएर पन्छिन खोज्नु नै माग्नेले धनाढय् व्यक्तिलाई मेरो पेटमा लात किन हान्नुको तात्पर्य हो ।
घ) माथिको अनुच्छेदमा रेखाङ्कित शब्दहरुको अर्थ के के हुन् ?
उत्तर   भिक्षा – मागेर पाएको अन्न वा खानेकुरा , भिख
तिरस्कार – कसैलाई गरिने अनादार वा उपेक्षा
सकरुण – दया वा करुणा 
६) पाठको पाँचौँ र छैटौँ अनुच्छेद पढ्नुहोस् र जोडा मिलाउनुहोस् ।
बालकुमारी देवी –जाजरकोटे ठकुरीकी छोरी
फत्य – हजुरियाबाट निकालिएको
जङ्गबहादुरले बाँधेको थिति – आफ्नै भाइ , भतिजासँग डराउनुपर्छ
कुरा काट्नेहरु – ‘फिस्टे महाराज’ भनेर हँस्सी मजाक गर्छन् ।
दुब्लाएर – सिट्ठो भइबक्स्यो
गेहेन्द्र – मेसिन गन बनाउने 
लेखाई 

१) तलका प्रश्नको उत्तर छोटकरीमा  लेख्नुहोस् । 
क) बिहे भएर आएको केही  दिनमै बालकुमारी देवीले चन्द्रशमशेरका बारेमा के कुरा थाहा पाइन् ?
उत्तर
 श्र ि३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि  निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँझिने गर्थे ।
ख) चन्द्रशमशेर आफ्ना भाइ भतिजाहरुसँग कस्तो व्यवहार गर्थे ?
उत्तर
सबैलाई रोलक्रममा जनुपर्न भएकाले  सत्ताको डरले चन्द्रशमशेरमा भाइहरुप्रति विश्वास थिएन । चन्द्रशमशेरले गेहेन्द्रलाई दरबारमा आउन रोक लगाउने र फत्यालाई हजुरियाबाट हटाउने काम गरे । उनी आप्mना भाइ, भतिजाहमरुलाई समेत शत्रुका रुपमा हेर्थे  ।  चन्द्रशमशेरलाई भाइ, भतिजाहरुप्रति  रिस उठ्ने गथ्र्याे । उनको व्यवहारले भाइ, भतिजाहरु पनि वाक्क भइसकेका थिए । यसरी चन्द्रशमशेर भाइ, भतिजासँग असामान्य किसिमको व्यवहार गर्थ ।
ग) चन्द्रशमशेरलाई किन आफ्नै भाई भतिजाप्रति शङका थियो ।
उत्तर   जङ्गबहादुरको शेषपछि दाजुभाईका बिचमा हानथाप भइरहन्थ्यो । यसरी दाजु पछि भाइहरुमा र भाइहरु पछि भतिजाहरुमा सत्ता जाने रोलक्रमको स्थिति चलेको हुनाले चन्द्रशमशेरलाई आफ्नै भाई भतिजा हरुप्रति आफुलाई सिध्याउँछन् कि भन्ने शङका थियो । राणा शासनको बागडोर समाल्ने व्यक्ति अनेक षड्यन्त्र  गरी सत्तामा आएको हुन्थ्यो सत्तामा जान राणाहरु आपसमै झगडा र काटमार गर्थे । जङगबाहादुरले आफ्नै दाजुभाई बा हातबाट अरुका हातमा सत्ता नजाओस् भनी रोलक्रमको थिति बसाई दिएका थिए । 
घ) चन्द्रशमशेरले कसरी शासनलाई बलीयो बनाएका थिए ?
उत्तर  चन्द्रशमशेरले आफ्ना शत्रु पक्षलाई दबाएका थिएभने अर्कातिर छिमेकी भारतमा रहेको अङग्ेज सरकारसँग राम्रो सम्बन्ध कायम गरेका थिए । उनले एकातिर आफ्ना विरोधीका रुपमा चिनिएकालाई कित जिम्मेवारीबाट हटाएका थिए कि त समाप्त नै गरेका थिए । त्यस्तै उनले सती प्रथा, दास प्रथाको अन्त्य गर्ने जस्ता असल काम पनि गरेका थिए । त्यस्तैगरी आफ्ना छोराहरुको रोलक्रमलाई पनि सुरक्षित पारेका थिए । यसरी सबैतिर बाट चन्द्रशमशेरले आफ्नो शासनलाई बलियो बनाएका थिए ।
ङ) चन्द्रशमशेरलाई सपनामा ककसले के के गर्थ ?
उत्तर     विशवयुद्धमा मारिएका लाखौँ मानिसहरु  आएर उनीहरुलाई  हाम्रो ज्यान बेचेर कति कति कमाइस्  भनेर सताउने काम गर्छन । अपराध बोधका कारण उनीबाट अन्यायमा परेका व्यक्तिहरुले सपनामा आएर विभिन्न हिसाबले उनलाई सताउने गरेका छन् ।  चन्द्रशमशेरले सत्ता पा्रप्त गर्न र टिकाउन अनेक षड्यन्त्र, जालझेल र हत्या एवम् आताङ्क मच्चाएका थिए । उनी विपनामा मात्र होइन, सपनामा पनि गहिरो बेचैनमा परेका थिए । उनलाई अपराधबोधले सताईरहेका थियो ।  त्यसैले उनलाई सपनामा रणोद्ीपपले गाली गर्छन्  भने जगतजङहरु आएर डर देखाउने काम पनि गर्छ्न । 

२) शिक्षकलाई सोधेर सती प्रथाको बारेमा एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर
सती प्रथा
अमानविय प्रथा प्राचिन कालदेखि नै नेपाल र भारतीय राज्यमा समेत प्रचलनमा थियो । मृतक शरीरसँग प्राण त्याग गर्नु र अति कष्टकर उवम् हृदयविदारक चित्कार सुन्न पनि नपरोस्  भनी अनेकौँ बाजा बजाउने प्रचलन सती प्रथामा थियो । यो प्रथा अवस्था हेरी सती जाने कुराको निर्धारण गरिन्थ्यो । मानदेव नाबालक भएको कारण आमा राज्यवतीलाई सती जानबाट रोकेको घटना र राणा नरभूपालको मृत्युमा जेठी आमालाई रोकेको घटनालाई उदाहरणका रुपमा लिन सकिन्छ । आफ्नो स्वार्थका लागि सती जान बाध्य परिएका घटना पनि प्रशस्त छन् ।  नेपालको इतिहासमा  सती प्रथा एउटा सामाजिक कलङ्कका रुपमा रहेको भयो । लोग्नेको मृत्यु भएमा उसकी श्रीमती लोग्नेकै चितामा जल्ने प्रथालाई सती प्रथा भन्ने चलन थियो ।
 वीरशमशेरका पालामा सरकारसँग अनुमति लिएर मात्रै सती जान पाइने व्यवस्था गरिएको थियो भने चन्द्रशमशेरले सन् १९२० जुन २८ (वि.स )  का दिन एउटा कानुनद्धारा यस अमानवीय प्रथालाई नेपालको सम्पुर्ण भागमा अवैध घोषित गरेर पुर्ण बन्द गरे । भारतमा यस प्रथालाई सन् १८२९ डिसेम्बर ४ मा लर्ड विलियम बेन्टिकले अन्त गरेको थिए ।

३) भाव विस्तार गर्नुहोस् : 
क) जङ्गबहादुरले बाँधेको स्थिितिमा यही कमजोरी छ , शासनमा रहनेले आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ ।
जङ्गबहादुरले बाँधेको स्थिितिमा यही कमजोरी छ , शासनमा रहनेले आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ । दाजुपछि भाइहरुमा र भाइहरुपछि भतिजाहरुमा रोलक्र्रम जाने भएपछि आफ्नै भाइ भतिजा त शत्रु हुँदा रहेछन् । रणोद्दीप, जगतजङका शत्रु को भए ? देव दाइका शत्रु का भए ,  जङ्गबहादुरले दाजुपछि भाइहरुमा र भाइहरुपछि भतिजाहरुमा रोलक्र्रम जाने स्थििति बसाइदिएका कारण आफ्नो पनि राज्य सत्ता गुम्ने हो कि भन्ने पिर चन्द्रशमशेरलाई परेको छ । यसले उनलाई सताउनसम्म सताएको छ  ।
 जङ्गबहादुर आफ्नो समयका बडो शक्तिशाली शासक थिए । उनले बनाएको नियमलाई कसैले उल्लङ्घन गर्ने हिम्मत गर्दैनथे । फलतः उनले आफ्नो समयमा अनुकूल किसिमका स्थििति बसाले पनि भावी पुस्ताका लागी उनले बसालेका कतिपय स्थिितिहरु शासन सत्ता सञ्चालन गर्दा सहज किसिमका थिएनन् । सत्तामा बसनेहरु सधैँ आफ्नो सत्ता सुरक्षित भइरहोस्  भन्ने चाहन्छन् । आफनो सत्ता गुम्ने हो कि भन्ने उनीहरुलाई चिन्ता हुने गर्छ । त्यस्तो बेला असल र राम्रा काम गर्नुको सट्टा पुर्खाहरुलाई दोष दिन पनि मानिस पछि पर्दैन भन्ने कुरालाई स्पष्ट पारिएको छ ।
ख) कलेज खोलेर मैले आफ्ना खुट्टमा आफैले बन्चरो हानेँ ।
उत्तर
सामान्यातया कसैले पनि आफ्नो खुट्टाम बञ्चरो प्रहार गर्दौन ।  आफ्ना खुट्टामा आफैँले बन्चरो प्रहार गर्नु असामान्य अवस्थामा मात्र सम्भव हुन्छ । त्यसैले यहाँ चन्द्रशमशेर आफुबाट त्यस्तै कमजोरी भएको स्वीकार गर्दै कलेज खोलेकोमा नेपाली जनता शिक्षित हुन्छन र आफ्नो सत्ता खोस्न आकर्षित हुन्छन् । भनेर पशचत्ताप गरेको कुरालाई माथिको अंशमा उल्लेख गरिएको छ ।
नाताले पढ्न पाए भने बिग्रन्छन् भन्ने कूर शासक चन्द्रशमशेरलाई लागेको छ पढे लेखेका शिक्षितहरुले संसारमा के कस्ता शासन व्यवस्था छन् । भन्ने थाहा पाउँछन् । नेपालीहरुले पनि पढेर आफ्नो शासनको अत्याचार बुझ्न सक्छन्  र आफ्नो राज्य सत्ता समाप्त हुन सक्छ भन्ने उनलाई लागेको  छ ।
ग) शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक भन्ने ठानियो र मान्यजन पनि भनिएन , आफन्त पनि भनिएन ।
मानिस शक्ति, सत्ता र सम्पत्तिका कारण जस्तो सुकै अपराध कार्य गर्न पनि  तयार गर्न पछि हड्दैन ।  सत्तामा बस्ने मानिस आफूलाई सधैँ शक्तिशाली हुन प्रयत्न गर्छ । शासनको अधिकार वा प्रभुत्व कार्य गर्न साम, दाम, दण्ड र भेदको नीति अपनाएर ऊ अघि बढ्छ । 
 शक्ति, सत्ता र सम्पत्ति आर्जन गर्न मान्यजन र आफन्त केही नभनी अन्धो भएर निर्मम व्यवहार देखाए । यसल उनलाई सत्तामा टिकिरहन अुनकूल वातावरण मिले पनि उनी बडो बेचैनमा जिन्दगी बिताइरहेका छन् ।  अमन चयन र शान्ति बिनाको शक्ति, सत्ता र सम्पत्तिले मानिसलायै सुखी होइन, दुःदी मात्र बनाउँछ । अतः मानिस सुखी हुन जुनसुकै ठाउँमा पुगे पनि विवेकशील हुनुपर्छ र सन्तोषको जीवन बिताउन पाएमा नै उसको जीवन सार्थक हुन्छ । शक्ति, सत्ता र सम्पत्तिले मानिसलाइ अन्धो बनाउँछ । यिनको उपभोग गर्दा मानिस विवेकहीन वा संवेदनहीन बन्छ ।  यी यस्ता वस्तु हुन् जसले मानिसलाई मानिसको श्रेणीमा बस्न निकै कठिन हुन्छ । 
घ)  सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति , पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हुँदो रहेछन ।
उत्तर
असल कामबाट मानिसलाई सुख र सन्तुष्टि प्राप्त हुन्छ भन्ने कुरा चन्द्रशमशेरका गतिविधि र क्र्रियाकलापबाट स्पष्ट हुन्छ । मानिसको अन्तिम चाहना सुख र सन्तुष्टि हुने गर्छ । गलत तरिकाले आर्जन गरेको मानिसलाई सन्तुष्टि प्राप्त हुने  कुरा उसले गर्ने असल कर्म नै हो  । अवश्या नै मानिस सम्पत्ति आर्जन गर्न , उच्च पदमा पुग्न र प्रतिष्ठा प्राप्त गर्न सदा लालयित हुने गर्छ । यो मानवीय स्वभाव पनि हो  । तर उसले गलत तरिकाले सम्पत्ति आर्जन ग¥यो भने  पद र प्रतिष्ठा प्राप्त ग¥यो भने त्यसले उसलाई सुख वा सन्तुष्टि आर्जन ग¥यो भने  वा पद र सन्तुष्टि प्राप्त गर्न त असल कमै गर्नै पर्छे ।  प्रशंसा पाउँदा देवताहरु त खुसी हुन्छन् भने प्रशंसा पाउँदा मानिस खुसी नहुने कुरै भएन । अतः  अरुको प्रशंसा पाउन र सुखी एवम् सन्तुष्टिको जीवन बिताउन असल कर्म गर्ने पर्छै ।

४) पाठको सारांश लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
 श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाह देखिन । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्तैनथे । उनी निद्रामै बर्बराउने , दारा किट्ने र एक्कासि बिउँझिने गर्थे । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भनिन्, ‘‘हजुर किन राम्ररी निदाइ बक्सन्न? जान्नेलाई देखाउन पाए हुन्थ्यो । ’’ जवाफमा चन्द्रशमशेरले भने ,‘‘ मैले कलकतताका ठुला डाक्टरहरुसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । जस्ता कुरा गर्छन ।
 चन्द्रशमशेर प्राय : रिसाइरहन्थे । उनी आफ्ना भाइ भतिजाहरुसँग पनि झर्काेफर्काे गरेर बोल्थे । रोलक्र्रममा जनुपर्ने भएकाले भाइहरुको कुनै भरोसा थिएन । त्यसै कारण उनले इमानदार फतयलाई हजुरियाबाट र गेहेन्द्रलाई दरबारमै आउन रोक लगाउनेसम्मको काम गरे । उनको व्यवहारबाट  भाइ , भतिजाहरु पनि वाक्क भइसकेका थिए । यस थितिले भाइ, भतिजा पनि शत्रु हुने कुरा उनले बुझेका थिए ।  बालकुमारी आफ्ना पतिका बारेमा अनेक खराब कुराहरु सुन्नु परेकोमा पनि उनी चिन्तित बनेकी छन् ।
 चन्द्रशमशेरले त्रिभुवन चन्द्र कलेजको उद्घाटन गरे । त्यस कलेजको उद्घाटन गरेपछि उनलाई ठुलो पछुतो भयो । कलजमा पढेर शिक्षित भएपछि जनता जहानिया शासनका विरुद्ध आन्दोलनमा सरिक हुन्छन, । आफ्नो सत्ता गुम्छ भन्ने उनले ठानेका थिए ।
अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् ।
उत्तर
बेचैनी – गाउँमा झगडा भएकाले बेचैनी भएको छ ।
बिनासित्तीमा – आज मैले  स्कुल गएर बिनासित्तीमा दःख पाए ।
रोलक्र्रम – प्राचिन कालमा सत्तामा जान रोलक्र्रम हुन्थ्यो ।
राजीनामा – मेरो लोकसेवामा नाम निक्लेकोले अब पढाउन राजीनामा दिन्छु ।
पदच्युत – नराम्रो काम गर्न कर्मचारीलाई मदच्युत गर्नुपर्छ ।
आकर्षित – फुल देखेपछि जो पनि आकर्षित हुन्छन ।
विभूषण – भानुभक्त आचर्यले सरकारबाट थुप्रै विभूषण पाएका छन ।
प्रायश्चित्त – उसले आफूले गरेको भूलको प्रायश्चित गरेको छ ।
षडयन्त्र – षडयन्त्र हुनु राम्रो होईन ।
उन्मूलन –  समाजमा भएको विकृतिहरुको उन्मूलान गर्नुपर्छ ।
प्रतिष्ठा – हामीले आफ्नो प्रतिष्ठा बड्ने काम गर्नुपर्छ । 

६) निम्न लिखित अनुकरणत्मक शब्दहरुको प्रयाग गरी वनभोज जाँदाको अनुभव लेख्नुहोस् ।
उत्तर
वनभोज रमाइलो कार्यक्रम
ज्यमारुङ गा वि स स्थित सल्लेघारी भन्ने ठाउँमा सबै जना साथीहरु मिली विहान ठिक सात बजे स्कुल प्राङगणमा सबै विद्यार्थी भेला भई गयौ । त्यहाँ नजिकै कलकल गरी खोली बगिरहेको थियो । साथीहरु सबै जना मिली त्यस खोलाबाट पानी ल्याईन्थ्यो । वनभोजमा साथीहरु सबै मिली नाचगान गरी रमाईलो गरईयो । 

७)  पाठबाट हलन्त प्रयोग भएका शब्दहरु खोजेर लेख्नुहोस् । 
उत्तर  भनिन, सुनिन, गरिनन्, पाउँछन, गर्लान, हुन्, भइन्, पाएनन् 

८)  पाठको शब्दार्थ पढी उही अर्थ आउने शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् ।
 बेचैनी – चिन्ता,  तनाव
प्राय –  धेरैजसो
बिनासित्ती – बेकाममा, अकारण
राजीनामा – त्यागपत्र
शङ्कालु – अविश्वास गर्ने
रिट्ठो – दुर्बल
फिस्टे – ज्यादै सानो
बर्खास्त – आवकाशप्राप्त, खारेज,
आकषर््िात – खिचिएको
कलङ्क – आरोप, फत्तुर
उन्मूलन – मूलोच्छेदन
प्रतिष्ठा – ख्याति प्राप्त 

 ९ ) पाठ पढ्दा दोहोरो उद्धरण चिह्नको प्रयोगमा ध्यान दिनुहोस् र यस्तो चिह्न प्रयोग गरी छोटो संवाद लेख्नुहोस् । 
उत्तर
राम पढाई भन्दा बढी धेरै ध्यान खेलकुदमा दिन्छ । उनको दाईले उनलाई सम्झाउदै भने ‘‘ भाई तिमीले खेलकुदमा भन्दा बढी पढाई ध्यान देऊ ’’तर ऊ पढाईमा भन्दा खेल्ननै बढी चाहन्थ्यो । उसको पढाईको अवस्था देखेर दाईलाई चिन्ता पथ्र्याै र सधै सम्झाउथ्यो । उसले यो कुरा एक दिन बुबालाई सुनायो उसको बुबाले भन्नुभयो ‘‘ म एक पटक सम्झाउछु भन्नुयो’’ । 

व्याकरण

१) तलको अनुच्छेदमा वर्तमान काल जनाउने क्र्रियाकपदलाई रेखाङ्कन गरिएको छ, तिनलाई भूतकालमा रुपान्तरण  गरी कापीमा सार्नुहोस् : 
 सुदर्शन र स्वस्तिका उठिसकेका छन् । अहिले उनीहरु खाजा खाँदै छन् । जेनिस र आशुतोष पनि आँखा मिच्दै उठ्छन् । सुजन र युजन कपडा लगाउँदै छन् । करुणा र  नारायण ठिक परिसकेका छन् । अनिता, प्रनिसा, प्रतीक र सचिन पनि जम्मा हुन्छन् । सबै मिलेर एकै छिनमा चाहिने सामानको भारी लगाउँछन् । पुजन क्यामेर बोक्छन् । मुनाल गितार भिर्छन् । आज उनीहरु वनभोन आउँदै छन् । सबैको चेहरामा खुसी देखिन्छ ।
उत्तर  उठिसकेका छन् – उठिसकेका थिए
खाँदै छन् – खाँदै थिए
उठ्छन् –उठे
लगाउँदै छन् – लगाउँदै थिए
परिसकेका छन् – परिसकेका थिए
हुन्छन – भए
लगाउँछन् – लगाए
भिर्छन् – भिरे
जाँदै छन् – जाँदै थिए
देखिन्छ – देखे 

२) तलको अनुच्छेद पढी वर्तमान कालका पक्षहरुको पहिचान गर्नुहोस् र हरेक पक्षका वाक्यलाई अलग अलग तालिकामा राख्नुहोस् : 
 डोल्मा, रेखा, हसिना र शान्ति मेरा मिल्ने साथी हुन् ( सामान्य वर्तमान) । सुम्निमा,चित्रलेखा, हाकुमायसँग पनि म सारै मिल्छ ( सामान्य वर्तमान) । उनीहरु पनि मसँग असाध्यै मिल्छन् । (सामान्य वर्तमान) । अमरेश, रामकृष्ण, सुवास, सलिम, अष्वास, सलिम, अष्टमान प्रविण, पासाङ, योगेन्द्रहरुसँग हामी सँगै पढ्दै छौँ –अपूर्ण वर्तमान) । उनीहरु पनि मेरा राम्रा साथी बन्दै छन् (अपूर्ण वर्तमान )  हामीहरु मेचीदेखि महाकालीसम्म अनि हिमाल, पहाड, मधेस, तरार्य सबैतिरका छौँ (सामान्य वर्तमान) । जात, संस्कार मातृभाषा, वेषभूषा अलग अलग भए पनि हामी सबै नेपाली हौँ भन्ने हामीले थाहा पाएका छौँ  (पूर्ण वर्तमान )  । यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ ( पूर्ण वर्तमान ) यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ ( पुर्ण वर्तमान) । यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ ( पूण वर्तमान ) एक अर्कको भावनाको कदर गरेका छौँ । ( पूर्ण वर्तमान)
उत्तर
सामान्य वर्तमान
हुन्, मिल्छु, मिल्छन्, छैन
अपूर्ण वर्तमान
पढ्दै छौँ, बन्दै छन्
पूर्ण वर्तमान
पाएका छौँ, बसेका छौँ, गरेका छौँ 

३) पाठको पहिलो अनुचछेदलाई सामान्य वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् । 
उत्तर
श्री ३ बडामहारानकिा रुपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देख्छिन् । चन्द्रशमशेर राती राम्ररी निदाउन सक्छन् । उनी निद्रामै बर्बराउने, दार किट्ने र  एक्कासि बिउँझिने गर्छन् । पतिको यस्तो व्यवहार देखेर बालकुमारी एक दिन चन्द्रशमशेरसँग भन्छिन्, ‘‘ हजुर किन राम्ररी निदाइ बक्सन्न ? जान्नेलाई देखाउन पाए हुन्छ । ’’ जवाफमा चन्द्रशमशेर भन्छन्, ‘‘म कलकत्ताका ठुला डक्टरहरुसँग जँचाउने छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । ’’

४) पाठको तेइसौँ अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।
 उत्तर ‘‘ यो त ठिकै भन्दै छ्यौ । यस सम्बन्धमा मेरा मनमा पनि कुरा खेल्न थान्दै छन् । अमेरिकामा दास प्रथा हटाएकामा अब्राहम लिङ्कनको कत्रो इज्जत हुँदै छ । भारतमापनि यो प्रथा हट्दैछ । संसारबाटै दास प्रथा हट्नुपर्छ भनेर अन्तर्राष्ट्रिय रुपमा स्लेभ कमिसन पनि बन्दै छ भन्ने सुन्दै छु । अब हामीले यो प्रथा राख्दै छौँ भने संसारभरि हाम्रो बेइज्जत पनि हुँदै छ । त्यसैले अब दास प्रथा त हटाउने पर्छ तर दास मालिकहरु रिसाउँदै छन् कि भन्ने डर छँदै छ ।’’ चन्द्रशमशेर भन्दै छन् । ५)  पाठको छब्बिसौँ अनुच्छेदलाई पूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।
उत्तर  श्री ३ चन्द्रशमशेरले टूँडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको घोषणा गरेका छन् । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिकेर मालिकहरुलाई दासदासीको मूल्य चुक्ता गरेकोछ । यसरी नेपालभरिबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासिहरु मुक्त भएका छन् । 

६)  कोष्ठकमा दिएको सङ्केतअनुसार खाली ठाउँ भर्नुहोस् ।  
क) जसदीप पढाइका साथसाथै घरका काममा पनि सहायोग .....................। ( गर् – सामान्य वर्तमान)
उत्तर जसदीप पढाइका साथसाथै घरका काममा पनि सहायोग गर्छ ।
ख) कृतिका कक्षा ९ मा ...................... । ( पढ् – पुर्ण वर्तमान)
उत्तर कृतिका कक्षा ९ मा पढ्दै छिन् ।
ग) आङ्काजी आज काठमाडौँ  ......................... । (जा – सामान्य वर्तमान
उत्तर आङ्काजी आज काठमाडौँ गएका छन् ।
घ) लछुमनियाँ  बिदाका दिन लुम्बिनी.....................। (घुम् सामान्य वर्तमान )
उत्तर लछुमनियाँ बिदाका दिन लुम्बिनी घुम्छन् ।
ङ) महेश गीत ........................... ।(गाउ – उपूर्ण वर्तमान)
उत्तर  महेश गित गाउँदै छन् ।
च) खालिदाले चित्र ................... ।(बन्– पूर्ण वर्तमान)
उत्तर खालिदाले चित्र बनाएकी छन् । 

७) तलको अनुच्छेदबाट विशेषण र क्र्रियापद छानी अलग अलग तालिकामा लेख्नुहोस् : 
हामी गुराँसे पाखातिर लाग्यौँ । उकालो बाटो,माटो मान्छेलाई उकालो बाटो चढन् धेरै गारो हुँदो रहेछ, केही शिक्षकलाई सारै गारो भयो । बाँकी हामी दुब्ला, पातला भए पनि फुर्तिला थियौँ, खासै गारो भएन । पाखैभरि राता गुराँस फुलेका अनि साना, ठुला र रङ्गीबिरङ्गी चरा चुरुङ्गीको चिरबिराहटले गर्दा मनै आनन्द भयो । डाँडाको शिखरमा पुग्दा चेप्टा, थेप्चा, लाम्चा, गोला, काला, राता विभिन्न आकार र रङका ढुङ्गाहरु थुपारेर बनाएको देउरालीलाई फुलपाती र सेता कपडाको ध्वजा चढायौँ । शिखरमा पुग्दा हामीलाई ठुलो विजय हासिल  गरेको महसुस भयो ।
उत्तर
विशेषण
गुराँसे, उकालो, मोटो, धेरै, केही, बाँकी, दुब्ला,  पातला , राता, साना, ठुला, रङ्गीबिरङ्गी, चेप्टा, थेप्चा, लाम्चा, गोला, काला, राता, विभिन्न, सेता, ठुलो ।
क्र्रियापद
लाग्यो, हुँदोरहेछ, भयो, थियौँ, भएन, भायो , चढायौँ । 

८) समूह बनाई पाठबाट विशेषण शब्दहरु छान्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् । 
उत्तर विदेशी, जिउँदा, सारै, राम्रा, अलिकति, दुई, चार, सय , कति छत्तिस, सत्तरी केही , गहिरो, लामो इमानदार, जाजरकोट, एउटा, शङ्कालु 

९) पाठको अन्तिम अनुच्छेदमा प्रयाग भएका क्रियापदहरु वाक्यमा प्रयोग गरी कापीमा सार्नुहोस् । 
उत्तर थाले – नेपालीहरु देशको विकासमा सरिक हुन थाले ।
हुन्थे – एस उल सी परीक्षामा सबै विद्यार्थी उत्तीर्ण हुन्थे ।
भयो – मैले पसल राख्ने नै भयो ।
भइन् – म परीक्षामा पास भएको भएर ममी खुसी हुनु भयो ।
भनिन् – सिताले आज राम्रो कथा भनिन् ।
हैन – मैले भनेको कुरा असत्य हैन ।
रहेछ – राम्रो काम गरे फल पनि राम्रो नै पाइने रहेछ । 
| धन्यबाद |

Post a Comment

0 Comments