F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

पाठ-१४ | महिला हिंसा | कक्षा-९ | नेपाली

Print Friendly and PDF

 

महिला हिंसा

शारांश
महिलाप्रति  गरिने कुरुप र असह्यव व्यवहारहरु यत्रतत्र देख्न पाइन्छ भन्ने कुरालाई माथिका अंशमा प्रस्तुत  गरिएको छ । नेपाली समाजमा महिलाप्रति गरिने व्यवहारहरु एकदमै तल्लो स्तरको रहेको छन् । समाजमा महिला जति हेपिने वस्तु अरु केही छैन । उनीहरुलाई वस्तुभाउ सरह मोलतोल गरी बेचिन्छ ।  महिलालाई उपभोग्य वस्तुभन्दा बढी मुल्यको ठन्ँिदैन । त्यसैले महिला हिँसा समाजमा जिउँदो रुपमा रहेको छ ।  महिलाको गरिमा र इज्जतलाई ख्यालै नगरी बिक्र्री वितरण गर्न वस्तुका रुपमा हेरिनु र तदनुरुपको व्यवहार गरिनु आफैँमा लज्जास्पद कार्य हो । त्यस्तै महिलालाई जबर्जस्ती बलात्कार गरी मारेर फालिन्छ । यस्ता घृणित सामाजिक  परम्पराको अन्त्यका लागि सबै सचेत हुनु र आआफ्नो ठाउँबाट व्यवहारहरु सच्याउनु पनि आवश्यक भइसकेको छ ।
संसारका मानिसहरु कर्तव्य, अधिकार र सारा मानवलाई कसरी सम्मान गर्न सकिन्छ भनेर तदनुरुपमा क्रियाकलापहरु अघि बढाइरहेका छन् । यो ज्यादै लज्जास्पद कुरा हो । विश्वले आज धेरै कुरामा प्रगति गरिसकेको छ । चेतनाका हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ । आज विश्वमा अनेक प्रकारका परिवर्तनहरु भएका छन् । महिला हिंसा, सामाजिक विभेद, लैङगिक विभेद जस्ता कुरा विश्व परिस्थितिमा नेपालमा भने पुरानै परम्पराले जकडिरहेको कुरालाई माथिका अंशमा प्रस्तुत गरीएको छ ।
समाजमा आज पनि अनेक विभेदहरु छन् । खास गरी महिला माथिको हिंसा अहिले पनि जिउँदै छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएको भनी हेप्ने, छोरा र छोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति नै लज्जास्पद क्रियाकलापहरु नेपाली समाजमा देख्न पाइन्छ । विश्वले जतिसुकै प्रगति गरेको भए पनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन । नेपाली समाजमा अविवेकि कुरा गरेर हिंसालाई बढुवा दिने प्रवृत्ति ज्युँका त्युँ रहेका छ । यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन ।
कानुन कडाइका साथ लागु गर्ने र संस्कारमा परिवर्तन गरी समसत्ता कायम गर्न सकेका खण्डमा सामाजिक रुपान्तरण सम्भव हुन्छ । नेपाली समाजको कुरा गर्दा यहाँ नारी हिंसाका अनेक रुप देखा पर्छन । नेपाली नारीहरु छाउपडी देउकी र कुमारी जस्ता प्रथाका सिकार पनि भएका छन् । आर्थिक अधिकारबाट वञ्चित गराइएका र अनेक अविवेकी व्यहारका कारण सामाजिक रुपान्तरण आशातीत रुपमा हुन सकेको छैन ।  त्यसकारण  सामाजिक रुपान्तरण गर्न सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।

प्रश्नोत्तर

संवादको एकदेखि एघारसम्मको अनुच्छेद सुन्नुहोस् र ठिक र बेठिक छुट्यानुहोस् ? 
क) दाइजो प्रथाका बारेमा कसैकसैले मात्रै सुनेका छन् ।
ख) पत्र पत्रिकामा दिनदिनै दाइजोका बारेमा समाचार आएको छ ।
ग) मानिसहरु लोभीपापी छैनन् ।
घ) विदेशीहरुले आजसम्म हाम्रो पछौटेपनका बारेमा थाहा पाएका छैनन् ।
ङ) भुङग्रो खन्याउनु अपराध हो ।
उत्तरः
क) बेठिक
ख) ठिक
ग) बेठिक
घ) बेठिक
ङ) ठिक

२) संवादको बाह्रदेखि एक्काइससम्मको अनुच्छेद सुन्नुहोस् र तल सोधिएका प्रश्नहरुको उत्तर  भन्नुहोस् :
क) दुई चार दशकअघिसम्म नेपालमा दाइजो प्रथाको रुप कस्तो थियो ?
उत्तरः अहिलेको जस्तो विकराल  दुई चार दशकअघिसम्म  थिएनन् ।
ख) पहिला छोरीप्रतिको व्यवहार कस्तो थियो ?
उत्तरः पहिला छोरीप्रतिको व्यवहार निकै नकरात्मक थियो ।
ग)  महिला हिंसाका घटना कसरी थाहा पाइन्छ ?
उत्तरः व्यवहारबाट महिला हिंसाको घटनाहरु थाहा पाइन्छ ।
घ) नेपालीहरु कस्ता कुरामा अल्झिएर बसेका छन् ?
उत्तरः नेपालीहरु महिला हिंसा, लैङगिक विभेद जस्ता अविवेकी कुरामा अल्झिएर बसेको छन् ।
ङ) महिलालाई किन वस्तुभाउ सरह बेचिन्छ ?
उत्तर सामाजिक विभेदले समाजमा निरन्तरता पाएको कारण महिलालाई वस्तुभाउ सरह बेचिन्छ । 

३) तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस् : 
समाजमा महिला उत्पीडनको कारक आर्थिक सम्बन्ध पनि हो । परम्परापगत रुपमा हेर्ने हो भने महिलाहरु आर्थिक रुपमा पछि परेका छन् । बिहानदेखि रातीसम्म घरायसी काममा संलग्न रहे पनि त्यसको कुनै श्रमगत मुल्य छैन । आर्थिक कारोबार कि पति कि पुत्रका हातमा हुन्छ । सम्पत्ति माथि अधिकार नहुँदा महिलाहरु उत्पीडनमा परेका छन् । यस्तो अवस्थामा परिवर्तन ल्याएर नै महिला अधिकारलाई सुनिश्चित गर्न सकिन्छ ।
 क) महिला उत्पीडनको मूल कारक के हो ?
उत्तरः आर्थिक कारक नै महिला उत्पीडनको मूल कारक हो ।
ख) महिलाको श्रमको गणना किन नभएको हो ?
उत्तरः आर्थिक कारोबार कि पति कि पुत्रको हातमा हुने भएकाले महिला श्रमको गणना नभएको हो ।
ग) लैङ्गिक विभेदको अन्त्य कसरी सम्भव हुन्छ ?
उत्तर  सम्पत्ति माथिको अधिकार स्थापित भएमा लैङगिक विभेदको अन्त्य सम्भव हुन्छ ।
घ) लैङ्गिक विभेदको अन्त्यका लागि तपाई के गर्नुहुन्छ ।
उत्तर : लैङगिक विभेदको अन्त्यका लागि महिला अधिकार सुनिश्चित गर्दै सोही अनुसारको व्यवहार गर्छु । 

बोलाइ

तपाइँलाई कुन पात्रको भनाइ राम्रो लाग्यो र किन ? तर्कसहित कक्षामा बताउनुहोस् । 
 उत्तर : मलाई अन्वेषाको भनाइ राम्रो लाग्यो । उनीलो महिलामाथि हुने हिंसाको बारेमा आनिफकारका रुपमा देखा पर्छिन् । महिला र पुरुष बिचको सम्बन्धमा हुने भेदभावको बारेमा व्याख्या गरेको छन् । महिला हिंसा हटाउने कानुनी व्यवस्था भए पनिकार्यान्वयन पक्ष कमजोर भएको बताउँछिन् । त्यस्तै राज्यले आँट्ने हो भने यस्तो कुप्रथा हट्न समय नलाग्ने उनको तर्क रहेको छ । यस्तो कुप्रथाको अन्त्य व्यक्तिबाट सम्भव नहुने र राज्यबाटै सम्भव हुने उनको तर्कमा दम छ । त्यस्तै उत्पीडन दिने कार्य सामाजिक संरचनाबाट भउको र त्यसको अन्त्यका लागि कानुनी व्यवसथा र पालना तथत चेतनाको विस्तारसँगै हुने कुरा उनले गरेकी छन् । 

३)   आआफ्ना परिवेशमा तापाईहरुले अनुभव गरेका लैङ्गिक विभेदका बारेमा कक्षामा प्रस्तुत गर्नुहोस् । 
 मेरा परिवेशमा लैङ्गिक विभेदका व्यवहारहरु प्रशस्तै हुने गरेका छन् । पढाइकै कुरालाई हेर्ने हो भने छोरालाई धेरै खर्च गरेर बोर्डिङ स्कुलामा पढाउने जस्तो नकरात्मक सोच भएको अशिक्षित बाबुआमा रहेको छन् ।  । पैसाको कारेबार लोग्ने मान्छेले लिने र स्वास्नीमान्छेलाई त्यसको सुइँको पनि नदिने प्रवृत्तिले निरन्तरता पाइरहेकै छ । त्यस्तै छोराको बिहे गर्दा धुमधामसँग सम्पन्न गर्ने र छोरीको बिहे झारो टार्ने हिसाबले गर्ने चलन पनि परिवेशमा मैले अनुभव गरेको छु ।

२) पाठको पचासदेखि सन्ताउन्नसम्मको अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिप्नुहोस् : 
उत्तर :
परुष र महिला एक आर्कामा एउटै रथको दुई पाङ्गा्र हुन ।
ख) समाजमा महिला र पुरुष  एउटै हो भन्ने भावनाको विकाश गर्ने ।
ग)महिला र पुरुष एक भएमा मात्र समाजमा विकाश हुन सक्छ ।
घ) महिला र पुरुषमा बराबर अधिकार दिनुपर्छ ।
ङ) आर्थिक रुपमा महिलालाई पनि जिम्मेवारी वहन गर्ने दिनुपर्छ । 

३) निम्नलिखित अनुच्छेद पढी तल सोधिएको प्रश्नहरुको उत्तर दिनुहोस् : 
सधैँ सधैँसल्ला सुसाउँदा रमाइलो र आन्नद लाग्ने मलाई अहिले कस्तो कस्तो नरमाइलो लागेर आयो । कामैकाम र दुःखै दुःखले सधैँभरि थिचिएकी महिलाको चिसो सुस्केरा जस्तो लाग्यो मलाई सल्ला सुसाउँदाको लावाज । हजारौँ हाजार दुःखी नेपाली महिलाहरुका मधुरा अनुहारहरु उभिए मेरा आखाँअघि । कठै ! सभ्यताका नाममा जतिनै आधुनिक देखिए पनि र नियम कानुनका पानामा जतिनै लेखे पनि खोइ कहाँ घटेको छ र महिलाको उत्पीडन र शोषण ! खोइ कहाँ ओभाएको छ महिलाको आँखा र अनुहार र आँखाको डिल ? खोइ कहाँ उज्यालिएको छ  महिलाको अनुहार र आँखाको नानी ! जब आधा धर्ती र आधा आकाश ने अकअध्यारो बादलले ढाहिरहन्छ ।  भने आधुनिकता र विकासको नाममा गर्व गरेर छाती फैलानउनु पनि व्यथै नै हो भन्छु म ।
क) लेखकलाई किन नरमायइलो लाग्यो ?
उत्तर कामैकाम र दुःखले सधैँभरि थिचिएकी महिलाको चिसो सुस्केरा सल्ला सुसाउँदा लोगेकाले नरमायलो लाग्यो ।
ग) महिलाको लागी कानुनको पाना कस्ता रहेको छन् ?
उत्तरः  महिलाको लागि कानुनका पाना सभ्यताका नाममा देखाउने किसिमका मात्र छन् ।
घ) महिलाको आँखाको डिलले के भन्छ । ?
उत्तर महिलाको आँखाको डिलले दुःख र पीडा यथावत् रहेको छ भन्छ ।
ङ) अहिले आधुनिकता र विकासको मूल्य के कस्तो छ ?
उत्तर अहिले आधुनिकता र विकासको मुल्य व्यर्थैको छ ।
च) ‘उत्पीडन’ र ‘मधुरा’ शब्दको प्रयोग गरी एउटा एउटा वाक्य बनाउनुहोस् ।
उत्तरः उत्पीडन – महिलाहरुले पहिले दखी नै उत्पीडन खाँदै आएको छन् ।
मधुरा – गाउँमा महिलाको अनुहार मधुरा रहेको हुन्छ । 

लेखाई

१ पाठ पढी तलका प्रश्नहरुको उत्तर देख्नुहोस् : 
क) महिला हिंसाको स्वरुप कस्तो हुन्छ ?
उत्तरः कतै दाइजो नल्याएकामा, कतै छोरा नपाएकामा, कतै श्रीमती हुने पुरुषको सम्बन्ध अन्य महिलासँग भएकाले कतै श्रीमती श्रीमान्भन्दा माथिल्लो ओहोदामा पुग्नाले घर घरमा  धेरै महिलामाथि हिंसा हुने गरेको छन । हाल नेपालमा दाइजो प्रथाले विकराल रुप लिँदै गएको  छ र यसले महिला हिंसामा बढोत्तरी हुँदै छ ।  तराई, पहाड, हिमाल कहीँ पनि छोडेको छैन आज पनि विवाह गरेर गएका घरमा बुहार्तन बेहोर्नुपर्ने प्रथठा यथावत् देख्न पाइन्छ  भने छाउपडी, देउकी एवम् कुमारी प्रथाले पनि महिला हिंसाका लागि सहयोग पु¥याइ रहेका छन् । यसरी महिला हिंसाको स्वरुप निकै घृणास्पद र नराम्रो हुन्छ ।
ख) समाजका विभिन्न घटनाका बारेमा कसरी जानकारी पाइन्छ ?
उत्तर  नराम्रो घटनाहरु घट्नु देश, परिवार, र समाजको लागि राम्रो मान्न सकिदैन् ।  । आजको युगमा सञ्चारको माध्यमबाट जता सुकै घटना घटे् पनि थाहा पाउन सकिन्छ । 
ग) सामाजिक समसत्ता भनेको के हा ?
उत्तर समाजमा महिलामाथिको विभेद र हिंसा बढी मात्रामा  देख्न पाइन्छ । यस्ता प्रथाले समाज आपाङ्ग हुने हुँदा महिला र पुरुष दुवै थरीको प्रयत्न समसत्ता स्थापना गर्ने कुरामा केन्द्रित हुनु आवश्यक छ । वास्तवमा समसत्ता भनेको पुरुष नारी दुवैले लैङ्गिक उत्पीडन भोग्नु नपर्ने सत्ता हो । अतः समाजमा नारी पुरुष दुवैले लैङ्गिक उत्पीडन भोग्नु नपर्ने सत्ता काय मगर्न सके मात्र समसत्ता कायम हुन्छ र समाजमा गतिशीलता र शान्ति सुव्यवस्था कायम हुन्छ ।
घ) कस्ता कुरालाई अविवेकी भनिन्छ ?
उत्तर :
आफूले अँगाल्दै आएका कुराले परिवार, समाजमा नोक्सान पु¥याएको थाहा पाए पनि आँखा चिम्लेर त्यस्ता व्यावहार र क्रियाकलापहरु दोहो¥याइरहनु मानिसको र हिंसाका कारण परिवार तथा समाजको सुव्यवस्थामा खलल पुग्ने गर्छ । व्यवहार गर्दा वा कुनै काम गर्दा विवेक गर्न नसक्ने, निर्णय गर्दा विचार नपु¥याउने वा विवेकहीन अथवा नासमझ कुरालाई अविवेकी भनिन्छ ।
ङ) अधिकार र कर्तव्यको समान वितरण भनेको के हो ?
उत्तर :  अधिकार पाएर कर्तव्य बिर्सियो भने त्यसले सही प्रतिफल दिन सक्दैन । अधिकार दिएर नारीहरुलाई अधिकार सम्पन्न बनाए पनि उनीहरुले कर्तव्या बिर्से भने परिवार वा समाजमा अराजकता सिर्जना हुन्छ । अधिकार । कर्तव्य भनेको एउटै सिक्काका दुई पाटा हुन् ।  यस पाठमा अधिकार र कर्तव्यको समान वितरण भनेको महिला र पुरुषमा समान आर्थिक हैसियत कायम गर्नु र सोहीअनुसारको आचरण तथा व्यवहार गर्नु पनि हो । 

२) प्रस्तुत पाठ पढेपछि सामाजिक रुपान्तरणका बारेमा आफ्नो धारणा लेख्नुहोस् । 
कानुन कडाइका साथ लागु गर्ने र संस्कारमा परिवर्तन गरी समसत्ता कायम गर्न सकेका खण्डमा सामाजिक रुपान्तरण सम्भव हुन्छ । नेपाली समाजको कुरा गर्दा यहाँ नारी हिंसाका अनेक रुप देखा पर्छन । नेपाली नारीहरु छाउपडी देउकी र कुमारी जस्ता प्रथाका सिकार पनि भएका छन् । आर्थिक अधिकारबाट वञ्चित गराइएका र अनेक अविवेकी व्यहारका कारण सामाजिक रुपान्तरण आशातीत रुपमा हुन सकेको छैन ।  त्यसकारण  सामाजिक रुपान्तरण गर्न सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्छ ।

३) तलका अनुच्छेद पढी सोधिएको प्रश्नहरुको उत्तर सङ्क्षेपमा लेख्नुहोस् : 
पितृसत्ताका कारणबाट भएका समस्या महिलाले मात्र भोगेका छैनन्, पुरुषहरु पनि यसबाट पर्याप्त मात्रामा पीडित बनेका छन् । कतिपय पुरुषलाई भान्साको काम गर्न रहर लाग्छ । तर समाजका डरले उनीहरु त्यसो गर्न सक्दैनन् । कतिपय पुरुषको स्वभाव नै लजालु हुन्छ । तर उनीहरुले लाज मान्दा समाजले महिला जस्तो भनिदिन्छ । दुःखमा आँसु नआाउने मानिस हुँदैन,  । समाजले भने पुरुषलाई आँसु लुकाएर कठोर बन्ने आदेश दिन्छ । दुःख हेपिनेलाई मात्र हुँदैन, हेप्नपेलाई पनि हुन्छ । महिला र पुरुषमध्ये एउटा हेप्ने र अर्काे हेपिने हुँदा समाजको संरचना पनि लथालिङ्ग हुन्छ । यस्तो समाजमा मानिसले सुख र शान्तिको अनुभव गर्न पाउँदैनन् । यसैले सग्लो र परिपुर्ण समाजको निर्माणको एउटा महत्वपुर्ण आधार हो , पितृसत्ताको उच्छेदन र समसत्ताको स्थापना ।
क) पितृसत्ताबाट पुरुष कसर िपीडित बनेका छन् ?
उत्तर : पितृसत्ताबाट महिला सरह नै समस्या भोग्नु परेकाले पुरुष पीडित बनेका छन् ।
ख) पुरुषले समाजका डरले के गर्न सक्दैनन् ?
उत्तरः पुरुषले समाजको डरले भान्साको का मगर्न सक्दैन् ।
ग) समाजले पुरुषलाई कस्तो अवस्थामा महिला जस्तो भनिदिन्छ ?
उत्तर : समाजमा पुरुषले महिलाले जस्तो लाज मान्दा महिला जस्तो भनिदिन्छ ।
घ)  समाजको अवस्था कसरी लथालिङ्ग हुन्छ ?
उत्तरः महिला र पुरुषमध्ये एउटा हेप्ने र अर्काे हेपिने हुँदा समाजको अवस्था लथालिङ्ग हुन्छ ।
ङ) समसत्ता भनेको के हो ?
उत्तरः समसत्ता भनेको नारी र पुरुषमा बराबरी अधिकार हो । 

४) माथिको संवादमा प्रस्तुत भएका सन्देशहरुलाई सारांशका रुपमा लेख्नुहोस् । 
उत्तर महिला हिंसा अन्त्य हुनुपर्छ भन्ने मान्यातामा ‘महिला हिंसा’ शर्षिकको संवादमा समाजमा दाइजो प्रथा महिलाले छोरा नपाएको श्रीपमान्भन्दा श्रीमती माथिल्लो ओहदामा पुग्दा हुने हिंसाको अन्त्य हुनुपर्ने कुरा अघि सारेको छ । पहिला हिंसाको अन्त्य सहज छैन ।
नेपाली महिलाहरु परम्परादेखि विभेद सहँदै आएका छन् । यो विभेद पहाड, मधेस सबैतिर व्याप्त छ । परिवारमा छोरालाई महत्त्व दिने छोरीलाई अर्काको घर जाने जात भनी हेला  गरिन्छ । आर्थिक कारोबारमा समेत महिलालाई कुनै अधिकार दिइँदैन । यस्ता तमाम विभेदहरु अन्त्य गरी  महिला हिंसालाई समाजबाट सदाको लागि बिदा गर्नुपर्ने सन्देश यसमा दिइएको छ । 

५) व्याख्या गर्नुहोस् : 
क) विश्व कहाँबाट कहाँ पुगिसक्यो । नेपालीहरु भने यस्तै अविवेकी कुरामा अल्झिएर बसेका छन् ।
उत्तर :
संसारका मानिसहरु कर्तव्य, अधिकार र सारा मानवलाई कसरी सम्मान गर्न सकिन्छ भनेर तदनुरुपमा क्रियाकलापहरु अघि बढाइरहेका छन् । यो ज्यादै लज्जास्पद कुरा हो । विश्वले आज धेरै कुरामा प्रगति गरिसकेको छ । चतनाका हिसाबले विश्व आज अकल्पनीय अवस्थामा पुगेको छ । आज विश्वमा अनेक प्रकारका परिवर्तनहरु भएका छन् । महिला हिंसा, सामाजिक विभेद, लैङगिक विभेद जस्ता कुरा विश्व परिस्थितिमा नेपालमा भने पुरानै परम्पराले जकडिरहेको कुरालाई माथिका अंशमा प्रस्तुत गरीएको छ ।
समाजमा आज पनि अनेक विभेदहरु छन् । खास गरी महिलामाथिको हिंसा अहिले पनि जिउँदै छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरा नपाएको भनी हेप्ने, छोरा र छोरीमा विभेदकारी व्यवहार गर्ने जस्ता अति नै लज्जास्पद क्रियाकलापहरु नेपाली समाजमा देख्न पाइन्छ । विश्वले जतिसुकै प्रगति गरेको भए पनि त्यसले नेपाली समाजलाई छुन सकेको छैन । नेपाली समाजमा अविवेकि कुरा गरेर हिंसालाई बढुवा दिने प्रवृत्ति ज्युँका त्युँ रहेका छ । यस्तो सोचाइ नत्यागेसम्म समाजको सही विकास र उन्नति सम्भव छैन ।
ख) वस्तुभाउ सरह बेचिनु पनि महिलाले नै पर्ने । बलात्कार गरी मारेर कुकुर बिराला सरह मारेर मिल्काइने पनि तिनै ।
उत्तर
 महिलाप्रति  गरिने कुरुप र असह्यव व्यवहारहरु यत्रतत्र देख्न पाइन्छ भन्ने कुरालाई माथिका अंशमा प्रस्तुत  गरिएको छ । नेपाली समाजमा महिलाप्रति गरिने व्यवहारहरु एकदमै तल्लो स्तरको रहेको छन् । समाजमा महिला जति हेपिने वस्तु अरु केही छैन । उनीहरुलाई वस्तुभाउ सरह मोलतोल गरी बेचिन्छ ।  महिलालाई उपभोग्य वस्तुभन्दा बढी मुल्यको ठन्ँिदैन । त्यसैले महिला हिँसा समाजमा जिउँदो रुपमा रहेको छ ।  महिलाको गरिमा र इज्जतलाई ख्यालै नगरी बिक्र्री वितरण गर्न वस्तुका रुपमा हेरिनु र तदनुरुपको व्यवहार गरिनु आफैँमा लज्जास्पद कार्य हो । त्यस्तै महिलालाई जबर्जस्ती बलात्कार गरी मारेर फालिन्छ । यस्ता घृणित सामाजिक  परम्पराको अन्त्यका लागि सबै सचेत हुनु र आआफ्नो ठाउँबाट व्यवहारहरु सच्याउनु पनि आवश्यक भइसकेको छ । 

६)  म समतावादी समाज निर्माण गर्न चाहन्छु’ शीषृकमा एउटा अनुच्छेद रचना गर्नुहोस् । 
म समतावादी समाज निर्माण गर्न चाहन्छु
म समाजलाई भेदभाव रहित बनाउन चाहन्छु । समाजिक उत्नति र प्रगतिमा बाधा पु¥याउने र महिला हिंसा गर्न प्रति कडा चुनैति दिई कडा भन्दा कडा सजाय दिनुपर्छ ।  समाजमा भएको सम्पुर्ण विभेदीकरण अन्त्य गरी समनतामुलक  समाजको निर्माणमा लाग्न चाहन्छु ।  यो मेरो जिम्मेवारी र कर्तव्या पनि हो  समाजमा हुने हत्या हिंसा र अत्याचारको  अन्त्य गरी  समतावादी समाजको निर्माण गर्न र  समाजको प्रगति  गर्नु म धेरै आतुर छु । 

७) ‘महिला सशक्तीकरण’ शीर्षकमा एउटा संवाद रचना गर्नुहोस् । 
 समया : दिउँसो ४ बजे
स्थान : बानेश्वर
प्रचन्ड : नमस्ते ओली ज्यु
ओली : नमस्ते प्रचन्ड ज्यु, आरामै हुनुहुन्छ ?
प्रचन्ड : म आरामै छु अनि आजको विधेयकमा महिला हकहितका पक्षमा  राम्रै सम्भावनता देखिन्छ । होइन ?
ओली : होइन तपाई पनि प्रधानमन्त्रीको कुरा गर्नुहुन्थ्यो आज त महिला हिंसाको कुरा उठाउनु भाको छ त ?  अझै पनि महिला  सशक्तीकरणका बारेमा  राम्रो सम्बोधन गरिएको पाइँदैन । कतिपय क्षेत्रहरुमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएकै छैन ।
प्रचन्ड :  आली जी कानुन र न्यायको सुनिश्चितताले मात्र पुग्दो रहेनछ । समाजको बनोट र महिलाहरुको अभिरुचि तथा क्षमताका आधारमा प्रभावकारी रणनिति बनाउनु त जरुरी नै छ ।
ओली : अँ , एउटा कुरामा चाहिँ महिलाहरुको रामै्र मूल्याङ्कन गरिन्छ । डाक्टर नर्स बाहेक अरु धरै त्यस्ता क्षेत्रहरु छन्  जहाँ महिलालाई सशक्त तुल्याउन सकिएको छैन । सर्वप्रथम शिक्षाको अवसर तथा पहुँच, त्यसपछि स्वरोजगार एवम् सरकारी क्षेत्रमा  सशक्त उपस्थिति , परम्परित सामाजिक तथा सांस्कृतिक मान्यतासंगै महिलाको सम्मानजनक मूल्याङ्कन हुनु जरुरी छ ।
प्रचन्ड : हो अझ यो समस्या गाउँ गाउँ बस्तीबाट जनचेतना जगाउँदै महिलाई एकातिर हक र अधिकार लगाउँदै जानुपर्छ । आब संसद् सुचारु हुने समय भयो सभासत् ज्यु । पछि गफ गारौ ला हुँदैन । 
ओली : हुन्छ । प्रचन्ड जि हुन्छ । 

व्याकरण

१) पाठको शब्दका प्रारम्भमा र अन्त्यमा ह्रस्व इकार भएका दस दस ओटा शब्द टिप्नुहोस् । 
उत्तर : प्रारम्भमा ह्रस्व इकार भएको शब्द – विश्व, विराला, किसिम, विभेद, तिमी, किन, हिंसा
अन्त्यमा ह्रस्व इकार भएका शब्द – पचाइ, छात्रवृत्ति, फेरि, यति, पनि, माथि, जति कति 

२) पाठको शब्दको मध्यमा ह्रस्व इकार भएका पाँच र दीर्घ इकार भएका पाच ओटा शब्द टिप्नुहोस् । 
उत्तरः ह्रस्व इकार भएको शब्द – महिला, दाइजो, मानिसि, विकसित
दीर्घ इकार भएको शब्द – लोभीपापी,  गम्भीर, सशक्तीकरण 

३) स, श, ष, अक्षर प्रयोग हुने दस शब्द लेख्नुहोस् । 
उत्तर : सानो , षट्यन्त्र, शासन, अनुशासन, प्रश्न, सामाजिक, सिधा, सुरीलो, सुष्त शारिरीक 

४) तलको अनुच्छेदमा भएको वर्ण विन्यासगत त्रुटिहरु सच्याउनुहोस् : 
 सिता मेरी साथी हुन् । गिता चाही सीताकी साथी हो । हामी सबैका बहीहिरु पनि सँगै पढ्छन् । हामिलाई कथाका पुस्तक पढ्न मन पर्छ । रजनि दिदीले हामीलाई पुस्तक दिनूहुन्छ । हामी पनि पुस्तकको खूब जतन गर्छाै हामीसँग कथाको पुस्तक देख्नासाथ दिपा पनि हाम्रा छेउमा आउँछिन् ।
उत्तरः
सीता मेरी साथी हुन् । गीता चाहिँ सीताकी साथी हुन् । हामी सबैका बहिनीहरु पनि सँगै पढ्छन् । हामीलाई कथाका पुस्तक पढ्न मन पर्छ । रजनी दिदीले हामीलाई पुस्तक दिनुहुन्छ । हामी पनि पुस्तकको खुब जतन गछौँ । हामीसँग कथाको पुस्तक देख्नासाथ दीपा पनि हाम्रा छेउमा आउँछिन् । 

७) पाठको सरल, संयुक्त र मिश्र वाक्य छानेर सार्नुहोस् ।
उत्तर : सरल वाक्य
–    तिमीले थाहा पायौँ ,
–    कानुनी व्यवस्थापन भएमा कुराको कार्यान्वयन भक्ष बलियो हुनुपर्छ ।
–    महिलामा पनि जागरण आएको छ ।
संयुक्त वाक्य
–    व्यवहारमा पनि यसलाई लागु गर्नुपर्छ ।
–     पहिले दाइजो दिनु त परै जाओस् , छोरीलाई पोषणयुक्त खानेकुरा र शिक्षादीक्षा दिने कुरामा समेत बन्देज थियो ।
मिश्र वाक्य
–    राज्यले आँट्ने हो भने यस्तो कुप्रथा हट्न धेरै बेर लाग्दैन ।
–    त्यतिमात्र होइन,  जीवनमा पनि यसलाइ लागु गर्नुप¥यो । 
८) तलका संयोजक प्रयोग गरेर वाक्य निर्माण गर्नुहोस् : 
उत्तर
र – राम र म विद्यालय जान्छौँ ।
तर – मैले काम गरी तर भाईले काम गरेन् ।
जो – जो मेहनेत  गरेर पढ्छ ऊ पास हुन्छ ।
जुन – जुन कटी मन पर्छ उहीसँग बिहे गर् ।
किनकि – म आज विद्यालय जाँदिन किनकि आज शनिबार हो ।
भने – तिमीले जे भने पनि म रिसाउँदिन् ।
वा – कृष्ण  वा गिती जो आए पनि हुन्छ ।
नत्र – काम गर राम्रोसँग नत्र पैसा आउँदैन ।
कि – घरमा बस् कि पढ्न जा ।
तैपनि – पानी प¥यो तर म भिजिन् ।
एवम् – गरीब एवम् धनी बिच समान सम्बन्ध हुनुपर्छ । 

९) सरल वाक्यको प्रयोग गरेर आफ्नो घरको वर्णन गर्नुहोस् । 
उत्तर :
 मेरो घर एउटा सुन्दर गाउँमा छ । घरमा पाँच जानको परिवार छ । घरलाई टिनले छाएको छ । मेरो घर एकतले छ । मेरो घरमा परिवारको  सदस्य सबै अट्छौँ । घरको वरिपरि फुलबारी छ । घरको पूर्वपट्टि  बार्दली छ । बार्दलीमा बसेर म पढ्छु । मेरी बहिनी पनि त्यहीँ बसेर पढ्छे । मेरो घरलाई भुईचालोले पनि केही गरेन । मेरो घरलाई म माया गर्छु । 

१०) मिश्र वाक्यको प्रयोग गरेर आफ्नो समाजका बारेमा वर्णन गर्नुहोस् । 
 उत्तर :
जब मान्छेमा समस्या उत्पन्न हुन्छ तब मानसहरु क्र्रान्तिमा जान चाहन्न त्यो क्र्रान्ति विरोधी  हो । समाज जब बन्छ तब समाजमा बस्ने मानिसहरुका बिच एकता हुन्छ । समाजमा एकता भयो भने शान्ति, सुव्यवस्थ हुन्छ तब समाजले फड्को मार्छ । 

११) संयुक्त वाक्यको प्रयोग गरेर वातावरणीय प्रदूषणका बारेमा वर्णन गर्नुहोस् । 
उत्तरः मानिसहरु एकैठाउ बस्छन र वातावरण प्रदुषित हुन्छ । गरिब धनी सबै  एकै ठाउँ बसे पनि  वातावरणका बारेमा जानकारी हुनुपर्छ । वातावरण प्रदुषण हुनबाट एउटाले प्रयत्न गर्छ तर धेरैले बिगार्छन । हामी वातावरण जोगाउनेतिर लागौँ किनभने हामीले धेरै बाँच्नुछ । यहाँ भनेको सुन्ने कोही छैन तापनि वातावरण प्रदुषणबाट बच्न सबैले कोसिस गरैँ । वातावरण प्रदुषणले मानव स्वास्थ्यमा ठुलो  असर गर्छ र यसले सामाजिक संरचना समेत खलल पुर्याउँछ ।  

Post a Comment

0 Comments